एकतामा बल हुन्छ भन्ने त हामी सबैलाइ थाहा छ । किनकि एकतामा भन्दा ठुलाे बल अरू केहि पनि हुदैन । अाज हामीले यहाँ जब एकता टुट्छ तब त्याे कसरी पतनकाे कारण भन्छ भन्ने टपिकमा एउटा भिडियाे लिएर अाएका छाै । हामीले याे भडियाे युट्युब च्यानल SAKARATMAK SOCH बाट साभार गरेका हाै ।

माथीकाे भिडियाे हेरेर तपाइले याे त बुझिसक्नु भयाे हाेला कि कसरी फुट पतनकाे कारण बन्छ भनेर । माथीकाे भिडियाेमा भने जस्तै यदि हामीले पनि अरूकाे कुरामा अाएर हाम्राे एकतालाइ ताेड्न तर्फ लाग्याै भने त्यसकाे फाइदा अरू कसैले लुट्न सक्छ । त्यसैले एउटा कुरा सधैव स्मरण रहाेस कि जस्ताेसुकै परिस्थितीमा पनि हामीले हाम्राै एकता कहिल्यै ताेड्नु हुदैन ।

याे पनि जान्नुहाेस हाेस :

लाउमा डुबेर मर्ने मान्छेले मर्नु अघि हात खुट्टा चलाएकै हुन्छ र तैरन जान्नेले पनि रमाएर पौडदै हात खुट्टा चलाएकै हुन्छ । आफ्नो तरिकाले दुबैले हात खुट्टा चलाएकै हुन्छन् । दुबैका लागि पानी एउटै हो ।

गहिराई एउटै हो तर एउटा डुबेर मर्छ अर्को हाँसेर तैरिन्छ । परिवेश एउटै छ तर हात खुट्टा चलाउने कला फरक हुँदा तलाउ कसैको वियोग त कसैको मनोरन्जनको विषय बन्छ । पोखरी रुपी यो संसार पनि उस्तै छ ।

कसैका लागि उत्सव त कसैका लागि दुःख बनिरहेको छ । जीवनमा सुख पुर्वक जिउन पनि पोखरीमा डुब्नुमा पानीको दोष नभए झै वाहिरी वातावरण मात्रै जिम्मेवार रहँदैन । बरू यसमा आफ्नो सकारात्मक सोच, जीवनलाई बुझ्ने र आफुलाई चिन्ने कलामा निर्भर गर्दछ ।

एउटा हिन्दी कविता छ–

जीवन खुव सुरत है,

हमको जी ना नहि आता,

नशा तो हर चिजो मे

हमको पीना नहीं आता ।

दुःख या सुखका लागि संसार जिम्वेवार छैन् । जिम्मेवारी स्वयंको हो । हामीले जति प्रार्थना गरे पनि हाम्रो दुःख हरेर लाने त्यस्तो कुनै वाह्य शक्ति छैन । बाहिरको इश्वरले हामीलाई सुख दिनका लागि अगाडि ‘तथास्तु’ भनेर कहानीमा भनिए झैं कहिल्यै उभिने छैन । त्यसैले त ईश्वर खोज्न गएकाहरू सिद्धार्थ गौतम, स्वामी विवेकानन्द, रमण महर्षि, जिसस, मोहम्मद लगायत धेरै आफै ईश्वर बनेर फर्किए ।

जीवन भर अविचलित सुखमा बाँचे । फरक यत्ति हो कि सामान्य मान्छेमा र उनीहरूमा जीवनलाई हेर्ने दृष्टिकोण बदलियो । उनीहरू पनि सुख र ईश्वरलाई खोज्न जति बाहिर तड्पिए त्यति दुःखी थिए । तर, जब यो खोज अन्र्तमुखी बन्यो तब सारा दुःख बिलायो र स्वयं भित्रको इश्वरीय अनुभूति पाए । परिस्थिति बद्लिएर हैन मन बदलिएर मान्छे सुखि बन्ने रहेछ ।

पश्चिमका एक वैज्ञानिक मारग्रेट यङ्गले भन्छन् ‘धेरैजसो मानिस जीवनलाई फेदबाट नबाँचेर टुप्पोबाट जिउने यत्न गर्छन् । उनिहरू ठान्छन् कि , धेरै धन , धेरै लोकप्रियता र धेरै चर्चा भए पछि जीवन सुखी हुनेछ । तर, सत्य उल्टो छ । सुखको कडी त्यसमा छ कि मनिसले सर्वप्रथम आफु त्यो हुन सक्नुपर्छ, जो उसको वास्तविकता हो ।

सत्यको दर्शन कहिल्यै नगर्नुभन्दा ढिलै गरे पनि बेस हुन्छ । अनेक रोगबाट मुक्ति पाउन र आरोग्य सुख प्राप्तिमा भोजन शुद्धी जरुरी छ । निरोगिताको खुशी चाहने तर खान–पान र अम्मलमा नसा लगाइराख्ने हो भने सुखलाई हामी आँफै बार हाल्दैछौ । अरुले के भन्ला ? समाजले के भन्ला ? भन्दै आफ्नो सुख अरुको भनाईमा निर्भर गराउने हो भने हामी मानसिक सुख अरुको हातमा राख्दै छौं ।

टोकरीमा ढुङ्गा र फलसँगै छ भने ढुङ्गाको बीचमा पनि मिठो फल रहेछ भन्दै खुशी हुने हो या फलमा ढुङ्गा मिसिएछ भन्दै दुःखी हुने हो ? सोच दृष्टि र सकरात्मक त्याग नै सुखका सूत्रहरू हुन् ।कृष्ण भन्नुहुन्छ– जीवन उत्सवमय छ हरेक दिन उत्सव मनाउ । जीवन प्रसन्न हुनका लागि हो ।

उत्सव मनाउन कुनै पर्व र नयाँ सालको जरूरी पर्दैन । जब प्रत्येक श्वास ईश्वरको कृपा विना फेर्न सकिदैन भने हरेक श्वासमा हामी खुशी मनाउ । प्रत्येक पल, क्षण र वर्षमा खुशी मनाउ । मनुष्यको जन्मभन्दा ठुलो संसारमा कुनै जन्म छैन । रामायण, उत्तरकाण्ड, कागभुषुन्डि(गरुड वार्ता ), यस्तो अमुल्य जीवनका प्रत्येक पल नाचेर हाँसेर बाचौं ।

जनावरमा ५ चेतनाका गुण छन् ‘आहार निन्द्रा भय, मैथुन’ तर मानवमा ५० गुण छन् । हामी यो संसारमा पुराना कर्म पखाल्न र जीवन मरणको चक्कर बाट सदाको लागि मुक्ति पाउने निर्वाणको अवस्थामा पुग्न जन्मिएका हौं ।

मृत्युको एकपल अघिसम्म पनि जीउन पाएकोमा उत्सव मनाऔं । जब मृत्यु आउँछ तब ती क्षणमा पनि रमाउंदै खुसी मनाउ किनकी संसारका सबै दुःखको अचुक उपचार मृत्यु हो । ‘मरे पछि राजा’ भन्ने उखान त्यत्तिकै चल्तिमा आएको हैंन । त्यही मरण जसले पुरानो शरीर त्यागेर पुनः नयाँ जीवन पाउने वा अनन्त आनन्दमा रहने द्वार खोल्छ । जसरी जन्मलाई स्वागत ग¥यौ त्यस्तै मृत्युलाई पनि स्वागत गर्न तयारी गरौं ।

जीवनका हरेक समस्यालाई अवसरको रुपमा नियालौं । जब जीवनको मुल्यबोध हुन्छ तब हरेक पात्रो फेरिँदा मात्र हैन, मानिसले तयार पारेको सालहरू फेरिँदा मात्र हैन हरेक पटक श्वास फेरिँदा रम्न मन लाग्छ । आउनुहोस् दिब्य ज्ञानको द्वार खोलौं । मानिस भित्र निहित अत्यन्त वलशाली चेतनाको पहिचान गरौं ।

तपाईं जहाँ जसरी रहनु भएको छ, आउनुहोस् अझै ढिला भएको छैन, नयाँ सोच पलाएको यो नयाँ समयलाई नुतन सोचका साथ मनाऔं । शाकाहार भोजन, दृष्टि र सोचको परिवर्तन, नियमित अन्तर्मुखी ईश्वरीय साधना थालौं । यसमै हाम्रो वास्तविक चिर सुख निहित । अस्तु !