स्वस्थ जीवनका लागि मात्रै होईन तपाईँको मुहारमा सधै मुस्कुराहट देखिनका लागि पनि दाँत सबैभन्दा स्वस्थ हुन जरुरी छ । र स्वस्थ दाँत बनाउनका लागि सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छ टूथब्रसले ।

टूथब्रसले हाम्रो दाँतमा जमेर रहेको खानाका अंशहरु तथा अन्य फोहर पदार्थ हटाउने काम गर्छ ।त्यसैले सहि टूथब्रसको प्रयोग गर्नु हाम्रो लागि जरुरी विषय हो । तर सहि ब्रसको प्रयोगले मात्रै हुदैन त्यो भन्दा बढी जरुरी हुन्छ टूथब्रसको सरसफाई वा सफा तरिकाले राख्नु ।

जब हामी दाँत सफा गर्न ब्रस मुखमा छिराउछौँ , हाम्रो मुखभित्र रहेका हजारौँ लाखौँ व्याक्टेरियाहरु हाम्रो ब्रसका माध्यमले बाहिर आउछन । तर यदि ब्रसको सफाई गरिएन भने वा सफाई गर्न जानिएन भने ब्रसमै डेराजमाएका व्याक्टेरियाहरुले पुन तपाईँको मुखमा प्रबेश गर्दछन् । त्यसैले ब्रसको सफाईमा ध्यान पुरयाउनु अतिनै आवश्यक छ ।

टूथब्रसलाई सफा कसरी राख्ने ?

१. टूथब्रसलाई बन्द भाँडोमा नराखौँ । किनकी बन्दभाँडोमा राख्दा टूथब्रसमा हावा प्रवाह नभई किटाणु लाग्ने खतरा बढी हुन्छ ।

२. ब्रस गरेपछि टूथब्रसलाई सधै ठाडो गरि राख्नुहोस । यसले गर्दा पखाल्दा ब्रसभित्र रहेको पानी तर्किन्छ र ब्रस सुख्खा हुन मद्दत गर्छ । जसको कारणले गर्दा किटाणुको संक्रमण हुदैन ।

३. टूथब्रसलाई शौचालय देखि कमसेकम २ फिटको दुरीमा राख्नुस, किनकी फ्लस गर्दा पानीमा भएका किटाणुहरु हावाद्वारा पुरा बाथरुममा फैलिन्छ, जुन ब्रसमा पनि लाग्नसक्छ ।

४. टूथब्रस राख्ने भाँडो हप्तामा एक चोटी सफा गर्नुस, जसले गर्दा भाँडोमा भएका किताणुुहरु ब्रसमा लाग्न पाउदैन ।

५. घरका सदस्यहरुको ब्रस एकआपसमा छोइन नदिनुस् जसले गर्दा एक ब्रसमा भएको ब्याक्टेरिया अर्को ब्रसमा लाग्न पाउदैन ।

६. ब्रस गरिसके पछी ब्रसलाई राम्रोसंग हल्लाएर वा झड्कारेर सुख्खा बनाई राख्नुस, किनकी चिसो ब्रसमा किटाणु लाग्ने सम्भावना बढी हुन्छ ।

७. तपाईँले प्रयोग गर्ने ब्रस हरेक ३-४ महिनामा परिबर्तन गर्न जरुरी हुन्छ र यदी ब्रसको सफा गर्ने माथिलो भाग चाडै खराब भयो भने चाडै बदल्लनुपर्छ । लामो समय राख्दा ब्रस आफै संक्रमणमा पर्छ भने सफा गर्ने भाग नै विग्रिएको कारणले दाँतको राम्ररी सफा समेत हुदैन ।

थप जानकारीः

दाँत सुन्दर मात्र होइन, स्वास्थ्य पनि हुनुपर्छ

दाँत, शरीरको यो हिस्सा बहुउपयोगी छ । दाँतको सम्बन्ध मूलत, दुई कुरासँग छ । एक स्वास्थ्य, दोस्रो सौन्दर्य ।पहिलो कुरा, दाँतको मूख्य काम खानेकुरा चपाउनु हो । यसर्थ दाँतको सम्बन्ध सम्पूर्ण शारीरिक स्वास्थ्यसँग पनि छ । किनभने जब दाँतले राम्ररी चपाएर खाइन्छ, तब पाचन प्रक्रिया सहज रुपले हुन्छ ।

भनिन्छ, खानेकुरा राम्ररी चपाएर खानुपर्छ ।राम्ररी चपाएर खानेकुरा सेवन गर्दा त्यसमा रहेको पोषक तत्व शरीरले सहज रुपमा ग्रहण गर्छ । पाचन यन्त्रलाई अनावश्यक भार पर्दैन । यसरी खानेकुरालाई टुक्रा-टुक्रा गर्नका लागि बलियो दाँत चाहिन्छ ।

बलियो दाँत मात्र भएर पनि पुग्दैन, सफा र स्वस्थ्य पनि हुनुपर्छ । किनभने दाँत फोहोर भयो भने हामीले जे-जति खानेकुरा खान्छौं, त्यो सबै दुषित हुन्छ । मुखमा खानेकुरा चपाउन थालेपछि त्यो सफा हुनुपर्छ । यसका लागि मुख तथा दाँत पनि सफा हुनुपर्छ ।दोस्रो कुरा, कवि, कलाकारले सौन्दर्यको वर्णन गर्दा दाँतको प्रसंग पनि उल्लेख गर्ने गर्छन् ।

कुनै युवती वा युवक राम्रो छ भनेर पुष्टि गर्नका लागि उनीहरुको दाँतको पनि व्याख्या गरिन्छ । ‘मिलेका दाँतका पंक्ति’, ‘अनारदाना जस्तै मिलेका दाँत’ यस्तै-यस्तै ।दोहोर्‍याइरहनु परेन, दाँत सौन्दर्यकै एउटा हिस्सा हो । समग्र अनुहारकै सौन्दर्यमा दाँतको अहंम् भूमिका हुन्छ । नमिलेका, फोहोर, दुर्गन्धित दाँतले सौन्दर्य नै बिगारिदिन्छ ।

नेपाल डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसन द्वारा आज काठमाडौंको मुख्य ठाँउ चावहिल, गौशाला, बानेश्वर, कोटेश्वर रत्नपार्क लगायतका विभिन्न ठाउँहरुमा दाँत चनचेतनामुलक कार्यक्रम (पर्चा वितरण, दाँत माझ्ने तरिका सीकाइनुका साथै मुख स्वास्थ्य संग सम्बन्धीत ज्ञान आम जन समुहमा  पुर्याइदै।)

दाँतलाई कसरी आकर्षक र बलियो बनाउने ?

दाँतलाई आकर्षक राख्नुपर्छ । बलियो पनि । दुबैको लागि अरु केही गर्नुपर्दैन, केवल सरसफाईमा ध्यान दिए हुन्छ ।दाँत त्यसबेला खराब हुन्छ, जब त्यसको सरसफाईमा ख्याल गरिदैन । खानेकुरा खाएपछि त्यसको टुक्रा दाँतमा रहन्छ ।

खानेकुराको लेउ दाँतमा टाँसिएर बस्छ । यस्ता टुक्रा तथा लेउलाई हटाउनुपर्छ । त्यसको लागि सजिलो र प्रचलित उपाय हो, दाँत ब्रस गर्नु ।खाना खाएपछि ब्रस गर्नुपर्छ । सामान्यतः हामी दिनमा दुई पटक भात खान्छौं ।

बिहान र बेलुकी । खाना खाइसकेपछि दुई पटक नै दाँत ब्रस गर्नुपर्छ । दिनभर खाजा, नास्ता गरेपछि ब्रस गरिरहने अनुकुलता नमिल्न सक्छ । त्यसैले कुनैपनि खानेकुरा खाइसकेपछि सफा पानीले मुख कुल्ला गर्नुपर्छ ।

तर, हामी गल्ती गर्छौ

हामी धेरैजसो बिहान उठ्नसाथ ब्रस गर्छौं । हामीलाई लाग्छ, उठेपछि मुखको गन्ध हटाउन ब्रस गर्नुपर्छ । तर, यतिबेलासम्म राती खाएको खानाको टुक्रा सड्ने, गल्ने, कुहिने प्रक्रिया सुरु भइसकेको हुन्छ । दाँतमा जिवाणुहरु फैलिइसकेको हुन्छ । त्यसैले बिहान दाँत ब्रस गर्नुको खास अर्थ छैन ।

खाना खाइसकेपछि ब्रस गर्नु सबैभन्दा उपयोगी तरिका हो । खाना खाएपछि दाँतमा अल् एको खानेकुराको टुक्रा, लेउ आदि हटाउनका लागि ब्रस गर्नुपर्छ । ब्रस गर्ने पनि विधी छ । समयसीमा छ । पेस्टको गुणस्तर, ब्रसको गुणस्तरले पनि यसमा भूमिका खेल्छ ।

कस्तो ब्रस प्रयोग गर्ने ?

कस्तो ब्रस प्रयोग गर्ने भनेर हामिले यसअघि पनि सामाग्री प्रस्तुत गरिसकेको छ । जुनसुकै किसिमको ब्रसले दाँतको सफाई प्रभावकारी ढंगले गर्दैन । खासमा दाँतमा रहेको फोहोर सफा गर्नका लागि मुलायम ब्रस चाहिन्छ ।

खासमा नाइलनको रेशा भएको ब्रस ठिक हुन्छ । यसले गिजालाई असर नगरी दाँतमा चेपिएर रहेको खानेकुरा पखाल्न सहयोग गर्छ ।हामी एउटै ब्रस त्यसबेलासम्म प्रयोग गर्छौ, जतिबेलासम्म त्यो काम नलाग्ने हुन्छ ।

तर, यस किसिमको हेलचेक्राइले हाम्रो दाँत नै काम नलाग्ने बनाइदिन्छ । त्यसैले टुथ ब्रस निश्चित अवधीपछि बदल्नुपर्छ । दुई वा तीन महिनामा ब्रस बदल्नै पर्छ ।

दाँतको लागि प्राकृतिक स्वास्थ्य

अहिले दाँतको सुरक्षा, सफाई आदिको लागि विभिन्न प्रविधि र विधी प्रयोगमा छन् । यद्यपी कृतिम तरिकाले दाँतलाई बलियो बनाउने भन्दा प्राकृतिक रुपमै स्वस्थ्य बनाउनु राम्रो हो ।

दाँतलाई बलियो, स्वस्थ्य र सफा बनाउनका लागि सही समयमा सही ढंगले सफाई गर्नुपर्छ । अर्थात ब्रस गर्नुपर्छ ।कतिपय खानेकुराले दाँतलाई कमजोर बनाउँछ । जस्तो कि, गुट्खा, पराग, पान, सुपारी, चुरोट आदिले दाँतलाई कुरुप र कमजोर बनाउँछ ।

धेरै तातो खानेकुरा वा धेरै चिसो खानेकुरा पनि दाँतको लागि अनुकुल मानिदैन । मध्यम तापमानको खानेकुरा उपयोगी हुन्छ । भिटामिन डि युक्त खानेकुराले दाँतलाई बलियो बनाउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः