मिश्री ऊखुको रसद्धारा निर्मित गुलियो ठोस् पदार्थ हो । यो स्वादमा मात्र नभएर हाम्रो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक छ । यसले दम खोकी, कम्मर दुख्ने, शरीर दुख्ने, गर्मिले पेट पोल्ने जस्ता समस्याहरूमा लाभ गर्दछ ।

मिश्रीको उत्पादन खासगरी भारत र पर्सियामा हुन्छ । मिश्रीमा हाम्रो स्वास्थ्यमा आउने सानातिना समस्याको समाधान गर्न सक्ने गुण हुन्छ ।

यस्ता छन् मिश्रीका फाइदाहरु 

घाँटीको खसखस र खोकी

घाँटीमा खसखस भयो वा खोकिले सतायो भने मिश्रीको सानो टुक्रा मुखमा राख्नाले समस्या समाधान हुन्छ ।
बच्चाहरुलाई पनि रुघाखोकी हुँदा मिश्री खुवाउन सकिन्छ ।

मिश्रीलाई पानीमा मिसाएर पिउँदा आराम मिल्छ । यसका अलावा मिश्रीमा मरिचको धुलो र घिउ मिलाएर पेस्ट बनाउनुपर्छ । राति सुत्नुअघि मनतातो पानीका साथ एक चांथाई चम्चा लिनुपर्छ । यसबाट खोकी ठिक हुन्छ ।

हात, गोडाको जलन ठिक गर्छ

नौनी घ्यू र मिश्रीलाई बराबर मात्रामा मिलाएर लगाउँदा हात–गोडाको जलनबाट मुक्ति पाउन सकिन्छ । दुवै चिजले चिसो दिन्छन् । खानामा नौनीघ्यू र मिश्रीको मिश्रण पनि उपयोगी हुन्छ ।

हेमोग्लोबिन बढ्छ

तातो दुधमा केसर र मिश्री मिसाएर पिउँदा शरीरमा शक्ति तथा स्फुर्ति आउँछ । यसले शरीरमा हेमोग्लोबिनको मात्रा पनि बढाउँछ । यसबाट त्वचामा कान्ति छाउँछ । यो दूधले यौन दुर्बलता कम गर्न पनि सहयोग गर्छ ।

गर्मीमा मिश्री

मिश्रीमा मिठास र चिसोपना दुवै गुण हुन्छन् । कडा गर्मीमा मिश्रीको उपयोग चिसो पेय बनाउनका लागि गरिन्छ । एक गिलास पानीमा मिश्री मिलाएर पिउँदा गर्मीबाट राहत मिल्छ र शरीरलाई तागत पनि प्राप्त हुन्छ ।

मुखको कालो छाला ठीक गर्छ

मुखको छाला कालो भयो भने मिश्रीलाई अलैंचीसँग मिलाएर पेस्ट बनाउनुहोस् । यो पेस्ट लगाउँदा कालो छाला चाँडै हट्छ ।

पाचन यन्त्रलाई ठिक राख्छ

मिश्रीको सेवन खाली माउथ फ्रेसनरका लागि नभएर पाचन क्रिया सुधार्नका लागि पनि गर्न सकिन्छ । यसमा रहेको तत्व आन्द्राका लागि फाइदाजनक हुन्छ । यसको सेवन सुपनको बिजसँग गर्न सकिन्छ ।

दैनिक खानापछि मिश्रीको थोरै मात्रामा सुप मिसाएर खाने गर्नुहोस् । यसले पेटलाई चिसो राख्नेछ । यसले अमिलो डकार र मुखको दुर्गन्धलाई पनि तुरुन्तै हटाउनेछ ।

कम्मर दुख्ने रोगमा

आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।

दम खोकीमा

१ चम्चा मनतातो भाङको रसमा १ चिम्टी मरिच र मिश्री फिटेर खाने गरेमा दमको वेग कम हुदै जान्छ । आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहानर दिउँसोर वेलुका खाने गरेमा ठिक हुन्छ ।

शरीर दुख्ने रोगमा

भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहानरबेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।

शरीर सुन्निएमा

दतिउनको चाररपाँच वटा पात एक ग्लास पानीमा मिश्री हालेर पकाएर बिहानरबेलुका खाने गरेमा सम्पूर्ण शरीर सुन्निएको ठीक हुन्छ ।

पित्तको ज्वरो आएमा

सुप एक चम्चा, एक ग्लास पानीमा एक टुक्रा मिश्री हालेर उमाल्नुहास् र आधा भएपछि छानेर सेवन गर्नुहास्, २–३ दिनमा नै ठीक हुन्छ ।

घाँटी बसेमा

घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०–१२ पात तुलसी ४–५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २–३ मात्रामै ठीक भएर आउँछ ।

हामीले केहि थप जानकारी दिइएका छाै

कसरी राख्ने गर्मी र झरीमा खाद्य पदार्थ सुरक्षित ? जानाैँ

त्यसै पनि अहिले गर्मीको मौसम । त्यसमाथी मनसुन सक्रिय भएको बेलामा पर्ने अविरल वर्षाले हाम्रो स्वास्थमा समेत प्रतिकूल प्रभाव पारिरहेको हुन्छ । यो सिजनमा हामीले खाने खाद्य पदार्थहरु अरु बेलाको तुलनामा अझ चाँडो दुषित हुने सम्भावना रहन्छ ।

खाद्य पदार्थलाई कसरी दुषित हुनबाट जोगाउने ? अथवा खाद्यपदार्थलाई कसरी सुरक्षित राख्ने ? यो आजको बुझ्नै पर्ने आवश्यकता हो । हामीले उपभोग गरिरहेका सबै प्रकारका खाद्य पदार्थहरु कत्तिको स्वच्छ, ताजा अथवा स्वास्थको लागि सुरक्षित छन् ? यसबारेमा हामीले विचार गर्नैपर्छ ।

पछिल्लो समय तरकारीमा विषादीको प्रयोग राष्ट्रव्यापी मुद्दा नै बनिरहेको छ । हामीले खाने अधिकांश तरकारीहरुमा आवश्यकता भन्दा बढि विषादीहरु प्रयोग भैरहेका छन् भन्ने समाचारहरु हरेक दिनजसो प्रकाशित भैरहेका छन् । यस्तो अवस्थामा हामीले खाने खाद्य पदार्थ जस्तै अन्न, तरकारी, फलफूल आदि विषालु रसायनबाट मुक्त छन् कि छैनन् भन्ने कुरामा ध्यान दिनु अनिवार्य छ ।

विषालु रसायन प्रयोग भएका खाद्यपदार्थहरु हाम्रो स्वास्थका लागि हानिकारण हुन्छन् । त्यसै पनि अहिले खाद्य पदार्थहरुमा विषादी धेरै छन् । हामीले खाने खानामा विषादीको मात्रा कति छ भन्नेतर्फ पनि हामीले ध्यान दिनु अनिवार्य छ ।

थोरै सावधानी अपनाइएमा हामी शरीरलाई हानी गर्ने विषालु रसायनबाट छुटकारा पाउन सक्छौं । यहाँ केही खाद्यपदार्थलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा चर्चा गर्दैछौं ।

खाद्य पदार्थलाई कसरी जोगाउने ?

गहुँ

रोटी प्रायः सबैलाई मनपर्ने खाद्य पदार्थ हो । रोटी प्राय गहुँको पिठोबाट बनाइन्छ । हामीले स्वस्थकर रोटी खाने हो भने गहुँ नै स्वस्थ हुनु अनिवार्य छ । गहुँलाई डीडीटी, एचसीएच, एफ्लाटक्सिन जस्ता विषालु रसायनका साथै मुसाको रौं तथा मलले समेत दुषित बनाइरहेको हुन्छ । ती पदार्थले हाम्रो प्रजनन प्रकृयामै नकारात्मक प्रभाव पार्न सक्छ भने रगतलाई समेत दुषित बनाउँछ ।

यसबाहेक ती पदार्थले मस्तिष्क तथा छातीको क्यान्सर नै हुने सम्भावना रहन्छ । त्यसबाट बच्नका लागि गहुँ पिस्ने बेलामा नै ध्यान दिनु पर्छ । गहुँ पिस्नुभन्दा अघि त्यसको सबै भुस निकाल्नुपर्छ । भुससँगै त्यसमा भएको किटनासक विषादी पनि स्वतः निस्कन्छ ।

त्यसबाट पनि बाँकी रहेको विषादी रोटी पकाउने अथवा सेक्ने क्रममा नष्ट भएर जान्छ । त्यसैले गहुँ किनेपछि राम्ररी सफा गरेर मात्र पिसाउनु उपयुक्त हुन्छ ।

चामल

चामलमा पनि विभिन्न प्रकारका दुषित पदार्थहरु पाउन सकिन्छ । ती मध्ये प्रमुख हुन चामलमा प्रयोग गरिने डीडीटी तथा आरसेनिक । ती दुषित पदार्थले हाम्रो स्मरणशक्ति तथा प्रजजन क्ष्ँमतामा कमि ल्याउँछ । ती पदार्थले हाम्रो रगत समेत दुषित बनाउँछ ।

छाती तथा मस्तिष्कको क्यान्सर हुने सम्भावना पनि अधिक हुन्छ । त्यसैले दुषित पदार्थ मिसिएको चामल नै किन्नबाट जोगिनु पर्छ । त्यसका लागि हामीले किन्ने चामलको रंगमा ध्यान दिनु पर्छ । हुन त अधिकांश चामलको रंग सेतो नै हुन्छ, तर सेतो बाहेकका रंगका चाममा एफ्लाटक्सिन हुन सक्छ ।

त्यस्ता चामल पाक्न समेत समय लाग्छ । त्यसैले चामललाई स्वस्थ बनाउनका लागि पकाउनुभन्दा आधा घण्टा अघि नै चामललाई चार पटक पानीले पखाल्नु पर्छ र अन्त्यमा पानीमै भिजाएर राख्नु पर्छ । यसबाट चामलमा भएको दुषित पदार्थहरुलाई सजिलै हटाउन सकिन्छ ।

दाल

चामलजस्तै दाल पनि हामीले दैनिक रुपमा प्रयोग गर्ने महत्वपूर्ण खाद्य पदार्थ हो । दाललाई पनि केही पदार्थहरुले दुषित बनाइरहेका हुन्छन् । ती मध्ये मुसाको कपाल, मुसाको लिंड तथा एचसीएच प्रमुख हुन् । ती दुषित पदार्थले पनि स्मरणशक्ति कम गराउनुका लागि प्रजजन क्षमतालाई पनि घटाउँछन् । रगतलाई दुषित बनाउनुका साथै छाती र मस्तिष्टकको क्यान्सरको सम्भावना समेत बढाउँछन् । दालमा पाइने दुषित पदार्थबाट जोगिने उपायहरु पनि छन् ।

त्यसका लागि दाल पकाउनुभन्दा एक घण्टा अघि नै दाललाई पानीमा भिजाउनु पर्छ । दाल पकाउन बसाउनुभन्दा ठिक अघि चार पटक पानीले पखाल्नु पर्छ । त्यसपछिमा दाललाई प्रेसर कुकुरमा राखेर पकाउनु पर्छ । दालमा चार-पाँच सिट्ठी लागेपछि अर्थात दाल राम्ररी पाकेपछि मात्रै खानु पर्छ ।

दूध

हामीले हरेक दिन प्रयोग गर्ने दूध पनि दुषित हुन सक्छ । दुधमा पाइने दुषित पदार्थहरुमा डीडीटी तथा एचसीएच, एन्डासुलफोन, सिन्थेटिक दूध, हाइट्रोजन प्याराअक्साइड आदि हुन् । यी पदार्थहरुले हाम्रो मृगौला, कलेजो, मांशपेशी तथा आन्द्रामा नकारात्मक प्रभाव पार्न सक्छ । दुषित दूधको सेवनले पेटको अल्सर नै हुने सम्भावना हुन्छ । दूषित दूधबाट जोगिनका लागि साइकलमा दूध बेच्नेहरुसँग दूध किन्नै हुँदैन ।

उनीहरुले दूधमा पानी मिसाउने सम्भावना अत्यधिक रहन्छ । यसबाहेक गुणस्तरीय डेरीबाट उत्पादित दूध मात्र प्रयोग गर्नु पर्छ । डेरीका दूधहरु पास्चराइड गरिएको हुनाले पेस्टिसाइडको प्रभाव कम हुन्छ । महत्वपूर्ण कुरा के हो भने दूध सेवन गर्नुअघि त्यसलाई राम्ररी उमाल्नु अति नै अनिवार्य छ ।

मसला

हामीले तरकारी पकाउँदा प्रयोग गर्ने मसला पनि दुषित हुन सक्छ । त्यसमा अप्राकृतिक रंग, माइक्रो टक्सिनका साथै अखाद्य धूलो प्रयोग गरिएको हुनसक्छ । ती दुषित पदार्थले स्वास्थमा धेरै नै प्रभाव पार्छ । खासगरी दुषित मसलाले हाम्रो आन्द्रालाई नै नकारात्मक प्रभाव पार्न सक् छ।

बेसार

बेसारको रंग पहेंलो हुन्छ भन्ने हामी सबैलाई थाहा भएकै कुरा हो । यद्यपि, बजारमा बिक्रीका लागि राखिएको बेसारको रंग आवश्यकता भन्दा बढि नै पहेंलो छ भने त्यसमा मिसावट छ भन्ने कुरा बुझे हुन्छ । बेसारमा क्रोमाइड नामक रसायन मिसाएपछि उक्त बेसार आवश्यकताभन्दा बढि पहेंलो हुन्छ । त्यसैले बेसार किन्दा प्राकृतिक पहेंलो रंगको बेसार किन्नु नै बुद्धिमानी हुन्छ ।

खुर्सानीको धूलो

खुर्सानीको धूलो पनि पनि विभिन्न प्रकारका अखाद्य धूलो मिसाइएको पाइन्छ । स्वस्थकर खुर्सानीको धूलो घरमै बनाउनु राम्रो हुन्छ । सुकेको खुर्सानी किनेर त्यसलाई घरमै पिस्नाले स्वस्थ धूलो तयार पार्न सकिन्छ ।

यसका साथै मरिच, जीरा, अलैंची, दालचिनी तथा धनियाँ जस्ता खाद्य पदार्थलाई घरमै पिसेर विभिन्न प्रकारका मसला बनाउन सकिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।