भाइ र बहिनीबीचको अठोट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बिहरुले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दूई ओटा शब्द जोडिएको छ रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छ भने बन्धन जसले भाई बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह नजदीकी र प्रेम ल्याउछ ।

हूनत यो चाड श्रावण शुक्ल पुर्णिमाको दिन मनाइन्छ । र जनै लगाउनेहरु यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगााउने गर्दछन । यस दिन वर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राखिन्छ ।

आजको दिन बहिनिहरुले आफनो भाईका हाथमा पवित्र धागो राखि बाधेर टिका लगााएर मिठाई खुवाउछन । भाइले पनि बहीनिलाई केही न केही उपहार अथवा दक्षिणा पैसा दिन्छन तथा बहीनिको रक्षा गर्ने वाचा दिन्छन ।

हुनत रक्षाबन्धन पहिलेको युगमा भाइ बहीनिको त्योहार नभएर आफू भन्दा ठूला बडाले सनोलाई रक्षा र आर्शिवाद स्वरुप बान्धने रक्षा सुत्रलाई रक्षाबन्धन भनिन्थयो । यस दिन ब्राहमणहरु बिहानै नुहाइ धुवाइ गरेर पुजा पाठ गरिसकेपछि पवित्र धागो जसलाई रक्षाबन्धन वा रक्षासुत्र पनि भन्छन ।

त्यो धागो बोकेर गााउँ गाउ गएर सबै जनालाई रक्षाबन्धन बाँधेर टिका लगाइदिने गथ्र्यो । बदलामा शिष्य यजमानहरु ब्राहमणलाई दक्षिणा वस्तरर पैसा उपहार दिने गथ्र्यो । र घरका बुजुर्गहरु सानो लाई धागो हाथमा लगााइदीने र सानोले ढोगेर आर्शिवाद लिने गथ्र्यो ।

श्रावण पूर्णिमाको दिन मन्दिरमा विशेष पूजा अर्चना हुन्छ र रक्षाबन्धनको दिन दानपुण गर्नुको केही बेग्लै महत्व पनि छ । यसको एउटा पौराणिक कथा पनि छ, कुनै युगमा देवराज इन्द्र र दैत्यराज वृतासुरका साथ १२ वर्षसम्म भयकरं युद्ध चलेको थियो ।

यस युद्धमा असुरहरुले देवताहरु मथि विजय प्राप्त गरेका थिए ।पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बाचनु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसगं अन्तिम युद्ध गर्ने संकल्प लिनुहुन्छ । त्यो दिन श्रावण चतुर्दशीको दिन थियो ।

अतस्देवगुरु बृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस भनी श्रावणमासको पुर्णिमाको शुभमुर्हतमा इन्द्रलाई रक्षासुत्र अर्थात रक्षाबन्धन बाधेर बल प्रदान गरेका थिए । र त्यसपश्चात इन्द्रको जित पनि भएको थियो ।वास्तवमा त्यो पवितत्राको रक्षासुत्र थियो ।

एउटा भनाइ पनि छ कि जस्ले यस पवित्रताको राखी बधांउछ उ यमदुतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । रक्षाबन्धन एक धार्मिक उत्सव पनि हो । हाम्रो मिथिलामा राखि भगवान लाई चढाउने परम्परा पनि छ भगवानलाइ राखि बान्धे पछि उहाले हाम्रो रक्षा गर्छन भने विश्वास श्रद्धा छ हाम्रो । र यति मात्र होइन रक्षासुत्रको बन्धन र टिका यस उत्सवको प्रमुख विधान हो ।

श्रावण मासमा ऋषिगण आश्रममा बसेर अध्ययन र यज्ञ गर्थे । श्रावण पूर्णिमाको यज्ञको पूर्णाहुति हुन्थ्यो । यज्ञ समाप्त भएपछि यजमान र शिष्यलाइ सुत्र बाधने प्रथा थियो । त्यही भएर पनि यस्को नाम रक्षा बन्धन पर्यो तर बदलिदो युगको सगं आजकल राखीलाई प्रमुख रुपमा भाइ बहीनिको पर्व मानिन्छ ।

बहीनीहरुलाई एक महिना अगाडी देखि नै यस पर्वको प्रतिक्षा हुन्छ । यो अवसरमा जो विवाहिता महिला छन त्यो ससुरा बाट माइति जान्छे र भाइको हाथमा राखि बान्छे । टीका लगाई,मिठाई खुवाउछे र भाइले पनि उपहार स्वरुप केही न केही दीन्छन ।

रक्षाबन्धन पारिवारिक मेल मिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन ।

रक्षाबन्धनको अवसरमा बजारमा पनि विशेष चहल पहल हुन्छ । रगं विरंग राखिले पसल सजेको हेर्न सकिन्छ । मिठाईको पसलमा प

नि त्यतिकै भिड हुन्छ ।

रक्षा बन्धन एवम् जनै पूर्णिमा किन मनाइन्छ

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताउनुभयो ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।

आजकै दिन तागाधारीहरुले आफ्नो जनै (यज्ञोपवित) फेर्छन् । यसका लागि हिजैदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीहरुले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् ।

स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।

यस किसिमको महत्व भएकाले नै आज बिहानै यजमानहरु आफ्ना गुरु पुरोहितकहाँ गई यज्ञोपवित मन्त्रने गर्दछन् । आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनुका साथै फेर्नलाई समेत उपयोग गरिन्छ । कुनै पनि धार्मिक कर्म गर्दा र जुठो, सूतकबाट चोखिँदा आजकै दिन मन्त्रिएको यज्ञोपवित फेरेर शुद्ध भइन्छ भन्ने वैदिक मान्यता छ ।

आजकै दिन शरीर शुद्ध गरी देवता, सप्तऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणीसमेत भन्ने गरिएको हो । आजको दिन सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ ।

आजका दिन एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी , दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

आजको दिन काठमाडौंको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा मेला लाग्छ ।

नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरि संस्कृतिविद्को छ । आजका दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गर्छन् ।

बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान् गौतमबुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्दछन् । बौद्ध धर्मग्रन्थ ललितविस्तरमा यससम्बन्धी विस्तृत रुपमा व्याख्या गरिएको छ । यसैका कारण आज स्वयम्भूमा पनि विशेष मेला लाग्ने गर्दछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः