खुट्टाको कुर्कुच्चा फुट्ने समस्या प्राय धेरै मानिसहरुलाई हुने गर्दछ । यदि तपाईलाई पनि यस्तो समस्या छ भने अब चिन्ता नगर्नुस् । यसको समाधानका लागि तपाईले घरमै उपलब्ध हुने सरसामानबाटै उपचार विधि अपनाउन सक्नुहुन्छ ।

बेकिङ्ग सोडा

आवश्यक्ता अनुसार मनतातो पानिमा ३-४ चम्चा बेकिङ्ग सोडा मिलाई त्यसलाई घोल्नुहोस र यसमा फुटेको हात, खुट्टाको कुर्कुच्चालाई डुबाउनुहोस् ।

यसो गर्नाले पनि फुटेको छालालाई निको पार्दछ । फुटको कुर्कुच्चालाई निको पार्ने सबैभन्दा सरल र सस्तो उपचार भनेको हल्का तातो पानीमा भिजाउनु नै हो ।

चिनी

चिनीको प्रयोगबाट हामीले घरमै यसको उपचार गर्न सक्छौ । आधा गिलास जति चिनी लिनुस् । चिनीको आधा भाग जति मनतातो तातो पानिमा चिनीलाई घोलनुस् ।

यदि उपलब्ध गर्न सकिन्छ भने पानिको सट्टामा तपाईले ग्लिसिरिन अथवा नरिवलको तेल पनि प्रयोग गर्न सक्नुहुन्छ । यसलाई चिनीसँग घोलेर बाक्लो लेद बनाउनुहोस् ।

यसमा तपाईले पुदिना पनि मिसाउन सक्नुहुन्छ । यसरि तयार गरिएको चिनीको लेदलाई तपाईले फुटेको कुर्कुच्चा अथवा फुटेको हातमा लगाउँदा यसले छालालाई नरम, मुलायम बनाउनुका साथै यसले छालालाई सफा पनि बनाउँदछ ।

भुइँकटहर

भुइँकटहरको बोक्रामा इन्जाईम र एसिड पाईन्छ जसले फुटेको छालालाई निको पार्नमा मद्दत गर्दछ । त्यसैले भुइँकटहर तास्नेसाथ त्यसको बोक्राले फुटेको कुर्कुच्चा वा अथवा छालामा राम्ररि ढाकेर नरम कपडाले बाँध्नुहोस् ।

यसरि बाँधेको बोक्रालाई केहि घण्टा पश्चात् परिवर्तन गरि फेरि अघि जस्तै क्रिया दोहोर्याउँनुस् । यस्तो उपचार विधि लगातार एक हप्तासम्म गर्नाले तपाईको फुटको हात-खुट्टा निको हुनेछ ।

किन झमझमाउँछ हातखुट्टा ? यस्तो भए के गर्ने ?

किन झमझमाउँछ हातखुट्टा ? यस्तो भए के गर्ने ? जान्नुस धेरैको साझा समस्या र जिज्ञासा हो हातखुट्टा झमझम गर्नु । प्रायःले बिनासित्ति हातखुट्टा झमझम्याइरहेको महशुस गर्छन् । खाशमा यसो हुनुको ६० देखि ७० प्रतिशत कारण मानसिक हो । मानसिक रुपमा त्यस्तो महशुस गरेर धेरैले आफूलाई यो समस्या कहिल्यै समाधान नभएको भनेर अस्पतालको चक्कर काट्छन् । किन त्यस्तो महशुस हुन्छ त ?

तनाव, थकान र चिन्ताका कारण यस्तो हुन्छ । जसले गर्दा हातखुट्टा तातेको र झमझमाएको महशुस हुन्छ । यसैगरी २० देखि ३० प्रतिशतको हताखुट्टा झमझम गर्नु रोगको कारण पनि हुन सक्छ । डायबिटिज भएको मान्छेलाई यस्तो हुनु सामान्य कारण मानिन्छ ।

अर्काे वाथरोग हो । यसैगरी भिटामिन बी १२, बी ६ को कमीले पनि यस्तो हुन सक्छ । नशाकै कारणले पनि हुन्छ कहिलेकाहिँ । कतिपय अवस्थामा जोर्नीहरु, हातको कुहिनो र कुम, खुट्टाको घुँडामा नशा च्यापिएर पनि झमझमाउन सक्छ ।

स्पाइनल कडमा ट्युमर वा इन्फेक्सन भएपनि यस्तो समस्या हुन्छ । चोटपटकबाट घाइते हुँदा पनि यस्तो हुन्छ । अर्काे कारण सिरिङ्गोमायलिया हो । यो भनेको स्पाइनलमा पानी जम्ने हुन्छ । कतिपय अवस्थामा भने दिमागको पुगेको चोटले पनि यस्तो हुन्छ ।

डाक्टरलाई देखाउने अवस्था विविध कारणल यस्तो हुने भएकाले ठूलै रोग पो लाग्यो कि भनेर आत्तिने गर्नुहुँदैन । आफूले कति पीर, चिन्ता र तनाव लिइरहेका अवस्था छ त्यतातिर ध्यान दिने र त्यसलाई कम गर्ने पहिलो उपाय हो । प्यारालाइसिसका संकेत देखियो भने चाहिँ डाक्टरलाई देखाउनुपर्छ ।

यदि निकै कमजोरी महशुस भयो, झमझमाइरहँदा हातले केही समाउन मुश्किल पर्न थाल्यो र हिँड्न मुश्किल भयो भने डाक्टरलाई देखाउनुपर्छ । त्यसैगरी ढाड, गर्धन दुख्यो भने स्पाइनलको समस्या हुन सक्छ । झमभमाइरहेको अवस्थामा मांशपेशी सुक्दै गए, हत्केला सुक्दै गए भनेपनि समस्या जटिल भएको ठान्नुपर्छ ।

यस्तो भए के गर्ने ? दुईचार दिन झमझमायो र निको भयो भने केही गर्नुपर्दैन । लगातार लामो समय झमझमायो भने अस्पताल गइहाल्नुपर्छ । सुरुमा ब्लडमा सुगरको मात्रा जाँच्नुपर्छ । त्यसपछि बाथरोग भएको वा नभएको छुट्याउन जाँच गर्नुपर्छ । यसरी प्रक्रियागत रुपमा जाँच गर्दा केही देखिएन भने साइक्याष्ट्रिक र न्युरोलोजिष्ट वा न्युरो सर्जनलाई देखाउनुपर्छ ।

शरीरको कुन अंग फरफराउँदा के हुन्छ ?

यदि महिलाको दायाँ आँखा फर्फराएमा शुभ समाचार सुन्न पाइन्छ भने पुरुषहरुको बायाँ आँखा फर्फराउनु राम्रो मानिन्छ । महिलाको बायाँ आँखा फर्फराउनुको अर्थ उनको परिवारमा कुनै सदस्य बिरामी हुनु हो ।

बायाँ आँखाको माथिल्लो भागा फर्फराउँछ भने तपाईंको दुश्मनसँग अझ दुश्मनी बढ्न सक्छ । आँखाको तल्लो भाग फर्फराउँछ भने बेकारमा कुनै कुरामा तपाईंको बहस हुनेछ र तपाईं अपमानित हुनुपर्नेछ ।

बायाँ आँखाको नाकको तर्फको कुना फर्फराउँछ भने यसको संकेत शुभ हुने गर्दछ । पत्र प्राप्तिको सूचना पाइने गरिन्छ अथवा कुनै प्रिय व्यक्तिसँग तपाईंको भेट हुनसक्छ ।

यदि कुनै महिला वा पुरुषको दुबै आँखा एकैपटक फर्फराउँछ भने यसको फल दुबैमा एकै प्रकारको हुने गर्दछ । कुनै छुटिएका राम्रा साथीहरुसँग भेट हुन सक्छ ।

दायाँ आँखा पछाडि भागबाट फर्फराउँछ भने यसको फल अशुभ हुने गर्दछ । बायाँ आँखा माथिल्लो तर्फ फर्फराउँछ भने यसको फल शुभ हुन्छ । महिलाको बायाँ आँखा फर्फराउँछ भने यसले पनि शुभ फलको संकेत गर्दछ ।

यदि दुबै गाला फर्फराउँछ भने तपाईंलाई अतुल धन प्राप्त हुनसक्छ । यदि ओठ फर्फराउँछ भने तपाईंको कुनै हितैषीको आगमन हुने गर्दछ । मुख फर्फराउनुको अर्थ तपाईंको छोराको तर्फबाट शुभ समाचारको सूचक हुने गर्दछ । यदि लगातार दाहिने आँखाको माथिल्लो भाग फर्फराउँछ भने शारिरिक कष्ट हुनसक्छ ।

यदि दायाँ हत्केला फर्फराउँछ भने तपाईंलाई पैसा र मानसम्मान मिल्ने गर्दछ भने बायाँ हत्केला फर्फराउँछ भने पैसाको हानी नोक्सानी हुने गर्दछ ।

ओठ फर्फराउँछ भने कुनै प्रिय कुरा पाउने संकेत हो । यदि ओठको माथिल्लो भाग फर्फराउँछ भने तपाईंको शत्रु नाश हुने गर्दछ । ओठको तल्लो भाग फर्फराउाछ भने कुनै प्रिय साथीसँग तपाईंको भेटघाट हुने गर्दछ ।

यदि तपाईंको दायाँ घुँडा फर्फराउँछ भने सुन प्राप्ति हुनसक्छ । दायाँ घुँडाको तल्लो भाग फर्फराउँछ भने तपाईंको शत्रुमाथि विजय प्राप्ति हुने गर्दछ । यस्तै, बायाँ घुँडा फर्फराउँछ भने तपाईंको रोकिएको काम पूरा हुनेछ ।

यदि तपाईंको दायाँ काँध फर्फराउँछ भने तपाईंको छुट्टिएको भाइ भेटिने संकेत हुनसक्छ र यदि बायाँ काँध फर्फराउँछ भने रक्त विकार अथवा बाथ सम्बन्धि रोग हुनसक्छ । यदि दुबै काँध फर्फराउँछ भने तपाईंको कुनै व्यक्तिसँग झगडा हुनसक्छ ।

यदि तपाईंको जुंगा फर्फराइरहेको छ भने तपाईंको लागि यो शुभ संकेत हो । यसले समृद्धि आउने गर्दछ । यदि तपाईंको जुंगाको बायाँ हिस्सा मात्र फर्फराइरहेको छ भने तपाईंको कुनै व्यक्तिसँग बहस हुने सम्भावना रहेको हुन्छ ।

यदि तपाईंको दाहिने कनपट्टी फर्फराइरहेको छ भने तपाईं जुन कामको लागि जाँदै हुनुहुन्छ त्यसमा तपाईंले सफलता पाउनुहुन्छ र यदि बायाँ कनपट्टी फर्फराइरहेको छ भने तपाईंले आफूले चाहेको वस्तु पाउनुहुन्छ ।

यदि तपाईंको दायाँ कान फर्फराएमा तपाईंले शुभ समाचार पाउन सक्नुहुन्छ । बायाँ कान फर्फराएमा प्रतिष्ठित व्यक्तिसँग तपाईंको भेटघाट हुने सम्भावना रहेको हुन्छ ।

यदि तपाईंको पूरै टाउको फर्फराइरहेको छ भने तपाईंले यो सबैभन्दा राम्रो शुभ स्थिती हो । यस्तो अवस्थामा तपाईंले अरुको धन पाउन सक्नुहुन्छ, कुनै मुद्दामा जित हाँसिल गर्नुहुन्छ, राजसम्मान पाउन सक्नुहुन्छ अथवा भूमी प्राप्त गर्नसक्नुहुन्छ ।

यदि तपाईंको दायाँ आँखीभौं फर्फराए तपाईंको मनोकामना पूरा हुनेछ । बायाँ आँखीभौं फर्फराए शुभ समाचार पाउनुहुन्छ । दायाँ आँखाको माथिल्लो तर्फको भाग फर्फराउँछ भने तपाईंले पैसा र कीर्ति पाउनुहुन्छ अथवा जागिरमा पदोन्नती हुनसक्छ तर तल्लो भाग फर्फराए केही अशुभ हुने सम्भावना व्यक्त गर्दछ ।

यदि तपाईंको कुर्कुच्चा फर्फराउँछ भने यो आर्थिक लाभको शुभ संकेत हो । दायाँ कुर्कच्चा फर्फराउँछ भने यसले बिरामी भएको सूचना दिइरहेको छ । बायाँ कुर्कच्चा फर्फराइरहेको छ भने तपाईंले कुनै अपराधका कारण जेल जानुपर्ने हुन्छ ।

यदि तपाईंको पिठ्युँ फर्फराए कुनै विपदमा फस्ने सम्भावना हुने गर्दछ । पिठ्युँको दाहिने तर्फ फर्फराए तपाईंलाई आँखाको रोग हुनसक्छ । छाती फर्फराए मित्रको मिलनको सूचनक हो । छातीको माथिल्लो भाग फर्फराए झगडा हुने सम्भावना हुन्छ । नितम्ब फर्फराए प्रसिद्धि अथवा सुखको सूचक हो ।

यदि तपार्ईंको पेट फर्फराउँछ भने यो अन्नको समृद्धिको सूचना दिने गर्दछ । यदि पेटको दायाँ हिस्सा फर्फराइरहेको छ भने घरमा धनको वृद्धि हुनेछ भने सुख र खुसी बढ्ने गर्दछ ।

यदि तपाईंको बायाँ भाग फर्फराउँछ भने धन समृद्धि ढिलो रुपमा बढ्ने गर्दछ र यो शुभ संकेत होइन ।

यदि तपाईंको माथिल्लो भाग फर्फराउँछ भने यो अशुभ हुने गर्दछ । तर पेटको तल्लो भाग फर्फराउँछ भने स्वादिष्ट भोजनको सम्भावना हुने गर्दछ ।

यदि पिठ्युँ दायाँ तर्फ फर्फराइरहेको छ भने धन धान्यको वृद्धि हुनसक्छ तर पिठ्युँको बायाँ भाग फर्फराउनु ठिक होइन । यस्तो भए, मुद्दा मामलामा हार र कोहीसँग झगडा हुने गर्दछ ।

यदि बायाँ पिठ्युँ बिस्तारै फर्फराइरहेको छ भने परिवारमा छोरीको जन्म हुने सम्भावना हुनसक्छ र यदि तेज रुपमा फर्फराइएको छ भने समयभन्दा पहिले नै प्रसव हुनसक्छ ।

यदि पिठ्युँको माथिल्लो भाग फर्फराइरहेको छ भने धन प्राप्ति हुन सक्छ र तल्लो भाग फर्फराइरहेको छ भने धेरै मानिसबाट प्रशंसा पाइने सम्भावना हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।