सामान्यतया दूरबीनको माध्यमबाट पेट नचिरेर सानो सानो प्वाल बनाएर गरिने सर्जरीलाई ल्याप्रोस्किोपिक सर्जरी भनिन्छ। ल्याप्रोस्कोपिक सर्जरी अर्थात दूरबिन शल्य चिकित्सा पद्धतीद्वारा गरिने शल्यक्रिया बिरामीका लागि बरदान सावित भएको छ ।

यस्तो शल्य चिकित्सा पद्धतिलाई Key Hole सर्जरी वा Pin Hole सर्जरी पनि भन्ने गरिन्छ । यो एक अत्याधुनिक शल्य चिकित्सा पद्धति हो ।

अत्याधुनिक सर्जरीको विधाको यो सर्जरी बिरामीलाई अधिक आराम र सुविधा दिन विकास गरिएको पछिल्लो प्रविधिको रुपमा पनि हेरिन्छ । पछिल्लो समय नेपालमा समेत विभिन्न रोगसँग सम्बन्धित मुख्य शल्यक्रिया (मेजरओटी) दूरबिन पद्धतीबाट गर्न थालिएको छ । त्यस मध्ये स्त्री रोगसँग सम्बन्धित शल्यक्रिया समेत दूरबिन पद्धतीबाट नेपालका धेरै अस्पतालमा हुन थालेका छन् ।

बिशेष गरि पाठेघरबाट ट्यूमर निकाल्ने, डिम्बाशयको शिष्ट, ट्यूमर निकाल्ने, बच्चा नहुने अप्रेरशन गर्न र बच्चा नहुने अपरेशन गरिएको छ भने त्यसलाई खोल्ने अपरेशन (ट्यूवल रिक्यानालाइजेशन) लगायतका मुख्य शल्यक्रिया समेत दूरबिन पद्धतीबाट सम्भव छ ।

भारतलगायत विकसित मुलुकमा यस्तो अपरेशन सामान्य हुँदै गए पनि नेपालमा यसको प्रयोग भर्खेरै बिस्तार हुन लागेको हो । दूरबिन पद्धतीबाट शल्यक्रिया गर्ने मात्र नभई विभिन्न रोग पत्ता लगाउन समेत यसको प्रयोग निकै सहज भएको छ ।

पहिले नेपालमा कतिपय रोगको पहिचानका लागि पेट चिरेर भित्रको समस्या के छ भनेर हेर्ने गरिन्थ्यो । अहिले दूरबिनको प्रयोग अर्थात डाइग्नोष्ट्रिक ल्याप्रोस्कोपिकबाट विभिन्न रोग पत्ता लगाउन सहज भएको छ । स्त्रीसँग सम्बन्धित कतिपय रोगको नाइटोबाट प्वाल पारेर दुरविनको माध्यमले हेरेर समस्याबारे पहिचान गर्न सहज भएको छ ।

खास गरि डाइग्नोष्ट्रिक ल्याप्रोस्कोपिकको बढी प्रयोग बाँझोपनको समस्या भएका महिलामा गरिन्छ । पाठेघरसम्म जाने ट्यूव ठीक छ कि छैन त्यो पत्ता लगाउन दूरबिन पद्धती प्रयोग बिरामीका लागि निकै सहज र सुविधायुक्त मानिन्छ । डिम्बाशयको शिष्ट निकाल्ने, डिम्बाशयमा शिष्ट निकाल्दा पाठेघर टाँसिएको छ भने त्यसलाई खुल्ला गर्नुपर्ने हुन्छ, यस्तो बेला डाइग्नोष्ट्रिक ल्याप्रोस्कोपिकको निकै ठूलो भूमिका हुन्छ ।

पहिले ट्यूबमा बच्चा बस्ने (Ectopic) हुने बेलामा अधिक रक्तश्रापको समस्या हुँदा धेरैचोटी पेट चिरेर अपरशेन गर्नुपथ्र्यो तर अहिले दूरबिन पद्धतीबाट पेटमा सानो प्वाल पारेर ट्यूबलाई काटेर मर्मत गरेर उपचार गर्न सकिन्छ । त्यसमा कुनै खालको समस्या हुँदैन । बिरामी दुई दिनमै घर जान सक्छ ।

अहिले पाँठेघरको शल्यक्रियाका लागि दूरबिन पद्धती बिरामीका लागि अधिक सुविधा र सहज भएको छ । नेपालमा यो पद्धतीको बिस्तार नहुँदासम्म पाँठेघर निकाल्न पेट चिरेर शल्यक्रिया गर्नुपर्ने बाध्यता थि । तर अहिले दूरबिन पद्धतीबाट पेटमा प्वाल पारेर पाठेघर निकाल्ने शल्यक्रिया सहज भएको छ ।

यस्तो पद्धतीबाट शल्यक्रिया गर्दा बिरामी ३ दिनमै घर जान सक्छ । साथै केही दिनमै बिरामी आफ्नो नियमित काममा फर्किन सक्छ । पेट चिरेर गर्ने शल्यक्रियाले बिरामीले लामो समयसम्म दुःख पाउँछ, धेरै दिन अस्पताल बस्नुपर्ने हुन्छ, घाउ निको हुन धेरै दिन लाग्छ ।

नियमित काममा फर्कन बिरामीलाई धेरै समय लाग्न सक्छ । तर, दूरबिन पद्धतीबाट पाठेघरको शल्यक्रिया गर्दा पेट चिर्नु पर्देन, पेटमा सानो प्वाल पार्ने हुँदा बिरामी अप्रेशनपछि छिट्टै रिकोभर हुन्छ । ल्याप्रोस्कोपिक सर्जरीको साइड इफेक्ट हुने सम्भावना पनि न्यून हुन्छ ।

कस्ता बिरामीलाई ल्याप्रोस्कोपिक अप्रेशन गर्न उपयुक्त मानिदैन ?

क्यान्सरको सम्भावना भएका बिरामी

क्यान्सरको सम्भावना भएका बिरामीको ल्याप्रोस्कोपिक अप्रेरेशन गर्नु हुँदैन, किनभने यस्तो प्रविधिले कुनै पनि कुरा सिंगै निकाल्न मिल्दैन, फुटाएर र टुक्रा पारेर सानो बनाएर बाहिर निकाल्नुपर्ने हुन्छ, जस्ले गर्दा क्यान्सर बिरामीमा रोग अझै फैलिने सम्भावना हुन्छ ।

धेरै मोटो बिरामीलाई पनि दूरबिन पद्धतीबाट शल्यक्रिया गर्दा जटिलता आउन सक्छ । ल्याप्रोष्कोपिक गर्दा ग्यास मार्फत बिरामीको पेट फुलाएर प्वाल पारेर औजार भित्र छिराएर शल्यक्रिया गर्नुपर्ने हुन्छ त्यस कारण मोटो बिरामीमा अधिक बोसोका कारण प्वाल पारेर दूरबिन पद्धतीबाट शल्यक्रिया गर्दा कठिनाई उत्पन्न हुन सक्छ।

साथै बिरामीलाई अप्रेशन गर्दा दिइने पोजिसनले पनि मोटो व्यक्तिलाई गाह्रो पार्न सक्छ । फोक्सो, मुटु र छातीसम्बन्धी रोगका बिरामीका लागि पनि त्यति उपयुक्त मानिदैन। यस्ता बिरामीमा दूरबिन पद्धतीको शल्यक्रियाले जोखिम बढाउने सम्भावना हुन्छ।

ल्याप्रोस्कोपिक अप्रेशनका फाइदा

दूरबिन पद्धतीबाट गरिने शल्यक्रिया बिरामीका लागि निकै फाइदाजनक हो । चिकित्सकलाई तुलनात्मक रुपमा समय धेरै लाग्ने र कठिन हुने भए पनि बिरामीका लागि यो पद्धती अधिक सुविधाजक मानिन्छ ।

कुनै पनि बिरामीले शल्यक्रियामा दुखाई कम, सुरक्षित र छिटो निको हुने चाहना राखेको हुन्छ, त्यसैले दूरबिनबाट गरिने शल्यक्रियाले यी सवै कुराको सम्बोधन गर्ने हुँदा बिरामीका लागि यो प्रविधि निकै फाइदाजनक देखिएको छ।

यस्तो शल्यक्रियामा सानो प्वाल पार्ने हुँदा दाग देखिने पनि हुँदैन । तर यस्तो पद्धती सबै बिरामीमा सफल हुन्छ भन्ने हुँदैन कहिले काँही ल्याप्रोस्कोपिक सर्जरी गर्दा केही कठिनाई आए ओपन सर्जरीमा रुपान्तरण गर्नुपर्ने हुन्छ ।

समग्रमा यसका मुख्य फाइदालाई निम्न बुँदामा उल्लेख गरिएको छ ।

संक्रमण कम हुने

न्युन रक्तश्राव हुने

छिट्टै काममा फर्किन सकिने

शल्यक्रियापछि हुन सक्ने हर्नियाको समस्याबाट मुक्ती

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

अनुहारमा आएकाे समस्या बाटै पत्ता लगाउन यस्ता राेगहरू

अनुहारले व्यक्तिको शारिरीक र मानसिक स्थिति थाहा पाउन सकिन्छ। जस्तो कि झोक्राएको अनुहार र फ्रेस देखिने अनुहारबाट कुनै पनि व्यक्तिको स्फुर्तिबारे थाहा पाउन सकिन्छ। रिसाएको व्यक्ति र हँसिलो व्यक्ति पनि अनुहार बाटै छुट्याउन सकिन्छ। र केही यस्ता रोगहरु हुन्छन् जसको संकेत व्यक्तिको अनुहारबाटै भेट्न सकिन्छ।

यहाँ १० रोगहरुको बारेमा उल्लेख गरिएको छ जसलाई अनुहार हेरेर थाहा पाउन सकिन्छ

१. अनुहार सुन्निनु

यदि पुरै अनुहार सुन्निने हुन्छ भने यो मृगौला सम्बन्धि रोगको संकेत हुनसक्छ । यद्यपी, यस्तो समस्या औषधिको ‘साइड–इफेक्ट’का कारण पनि हुनसक्छ ।

२. दारीको रौँ झर्नु

दारीको रौँ झर्ने भएमा ‘हाइपोथायराइडिज्म’ नामक रोगको संकत हुनसक्छ ।

३. अनुहारमा रौँ

महिलाको ओठको माथि र चिउँडोमा अस्वभाविक रुपले रौँ आउँनु थाइराइड वा हर्मोनल असन्तुलनको संकते पनि हुनसक्छ ।

४. अनुहार पहेलिनु

लामो समयसम्म अनुहारमा पहेलोपना रहनु कलेजो रोगको संकेत हो । साथै यो पहेलोपन पोलियो र एनिमिया अर्थात् रक्तस्रावको संकेत पनि हुनसक्छ । यसले जन्डिसको पनि संकेत गर्छ।

५. सेतो दाग

अनुहारमा सेतो दाग हुनु क्याल्सियमको कमीको संकेत हुनसक्छ । साथै यो आइरनको कमी वा पेटमा जुका रहेको संकेत पनि हुन सक्छ ।

६. चम्किलो सेतो दाग

अनुहारमा केही स्पष्ट देखिने सेतो दाग हुनु कुष्ठ रोगको संकेत हुनसक्छ ।

७. पानी फोका

अनुहारमा पानी फोका आउँनु ‘चिकेनपक्स’(ठेउला)को संकेत हो ।

८. डन्डिफोर आउनु

अनुहारमा लामो समयसम्म डन्डिफोर आइरहने समस्या हुनु हर्मोनको असन्तुलनको संकेत हो । त्यस्तै पेट सम्बन्धि समस्या पनि हुनसक्छ ।

९. सुन्निनु

लगातार केही दिनसम्म पुरै अनुहार सुन्निनु एन्जियोएडिमाको संकेत हुनसक्छ ।

१०. अनुहारमा हल्का दाग

यदि अनुहारमा हल्का सेतो दाग देखिएमा यो पेटमा जुका रहेको संकेत हो ।

किन आउँछ अनुहारमा चायापोतो ?

तुलनात्मक रूपमा पुरुषलाई भन्दा महिलालाई बढी चायापोतोले सताउँछ। चायापोतो विशेषगरी अनुहारमा आउँछ। अनुहारमा आउने चायापोतो नाक, गाला, निधारमा, निधारको दायाँबायाँ आउँछ, जसले अनुहारै कुरुप बनाइदिन्छ।

चिकित्सकका अनुसार छालाको ‘पिग्मेन्टेसन डिसअर्डर’ चायापोतो हो। छालामा कालो रंग बनाउने कोषिका हुन्छन्, जसलाई ‘मेलानोसाइट्स’ भनिन्छ। यी कोषिका बढी सक्रिय हुँदा आउने परिवर्तन नै यसको असर हो। मेलानोसाइट कोषिकाले मेलानिन नामक तत्त्व बनाउँछ त्यो बढी भएमा चायापोतो देखिन्छ।

मेलानोसाइटको घनत्व शरीरको अन्य भागमा भन्दा अनुहारमा बढी हुने भएकाले अनुहारमा बढी यसको असर परेको हो।

प्रजनन् उमेर समूहका महिलामा एस्ट्रा जेन र प्रोजेस्टेरोन हर्मनको बढी उतारचढाव हुने भएकाले यो समयमा बढी चायापोतो आउँछ। महिनावारी शुरु भएपछि बन्द नहुञ्जेल महिलामा यसको असर आउने चिकित्सकहरू बताउँछन् ।

चाया पोतो आउने कारण एउटै मात्रै छैन। चिकित्सकका अनुसार चायापोतो आउनुको प्रमुख कारण वंशाणुगत गुण पनि हो। आमाबुवा वा पुर्खामा चायापोतो नदेखिए पनि त्यसको गुण बोकेको भए त्यसको असर सन्ततिमा देखिन सक्छ ।

धेरै घाममा बस्नाले ‘मेलानोसाइट बढेर अनुहारमा चायापोतो देखिन्छ। छालामा जथाभावी प्रयोग गरिने ‘स्किन केयर प्रोडक्ट’ले चायापोतो ल्याउने जोखिम त्यतिकै हुन्छ । चिकित्सकको सल्लाहबिना जथाभावी अनुहारमा क्रिम लगाउँदा यस्तो समस्या हुन्छ।

गर्भवतीमा हर्मोनको उतारचढावले अनुहारमा आएको पोतो भने बिस्तारै आफैँ हराएर जान्छ। गर्भनिरोधक पिल्समा एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मन हुने भएकाले नियमित पिल्स खाने महिलामा यस्तो समस्या आउनसक्ने चिकित्सकहरू बताउँछन्। पिल्सका कारण यस्तो समस्या भए परिवार नियोजनको अन्य उपाय अपनाउन उनीहरू सुझाव दिन्छन् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।