आल्मुनियमको फाइल सहरी जीवनको महत्वपूर्ण हिस्सा बन्दै छ । यसलाई खाना, तरकारी, मासु वा अन्य खाद्यपदार्थ प्याक गर्न प्रयोग गरिन्छ । मानिसको व्यस्त जीवनमा समय बचतका लागि पनि यस्तो गरिन्छ । किनभने, मानिसलाई भाँडा माझ्ने फुर्सद पनि छैन । तर, लामो समयसम्म आल्मुनियममा खाना राख्दा खाना खराब मात्र हुँदैन, पोषण तत्व पनि उडेर जान्छ । यसको कम प्रयोगले स्वास्थ्यमा त्यति धेरै असर नपार्ने भए पनि बढी प्रयोग भने हानिकारक मानिन्छ ।

विकासशील मुलुकमा आल्मुनियमको अत्यधिक प्रयोग गरिन्छ । आल्मुनियमको भाँडामा खाना पकाउँदा त त्यति धेरै असर गर्दैन तर आल्मुनियम फाइलमा खाना प्याक गर्नु भने स्वास्थ्यका लागि हितकर मानिदैन ।

आल्मुनियमले शरीरका विकारलाई सजिलै हटाउँछ । तर, यसको बढी प्रयोग भने घातक बन्छ । यसको बढी प्रयोगले अल्मराइजबाट पीडित मानिसको ब्रेन टिस्युमा आल्मुनियमको मात्रा बढ्छ । अनुसन्धानले भनेको छ कि आल्मुनियमले दिमागको विकासलाई प्रभावित तुल्याउँछ ।

हाडको समस्याबाट ग्रसित मानिसका लागि पनि आल्मुनियम घातक बन्छ । यो हाडको समस्या थप बल्झाउने कारक बन्छ । विश्व स्वास्थ्य संघको रिपोर्टअनुसार प्याकिङ गरेको आल्मुनियमको फाइलबाट खानामा आवश्यकभन्दा बढी आल्मुनियम सर्छ ।

मसलेदार खानाले त भारी मात्रामा आल्मुनियम ग्रहण गर्छ । जुन खानाको प्रयोग मानिसका लागि हानिकारक साबित हुन्छ । यदि खाना राख्न वा खानालाई न्यानो गराउन आल्मुनियमको डब्बा प्रयोग गर्नुभएको छ भने त्यसको सट्टा काँचको भाँडा प्रयोग गर्न विज्ञ सुझाउँछन् ।

यदि आल्मुनियमको फाइलमा बाध्यतावश खाना प्याक गर्नुपरेमा चिसो मात्र गर्नुपर्छ, त्यो पनि निकै कम समयका लागि । खाना जति बढी मसलेदार छ, त्यति नै बढी आल्मुनियम ग्रहण गर्छ ।खाना न्यानो बनाउनका लागि बजारमा विभिन्न थरीका आल्मुनियम डब्बा उपलब्ध छन् । त्यस्ता डब्बाको माथिपट्टि खानालाई खराब हुनबाट रोक्ने वस्तु राखिएको हुन्छ । पटक–पटक भाँडा सफा गर्दा त्यस्तो वस्तुको गुण पनि नष्ट हुँदै जान्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

सील प्याक गरिएको खानेकुरा खानुहुन्छ ? खासगरी महिलाले यस्तो खतरनाक समस्या झेल्नु पर्छ

बजारमा पाईने हरेक बस्तुहरु चाहे त्यो कस्मेटिक उत्पादकसंग जोडिएको होस या खानेकुरासंग जोडिएका कुराहरु हुन्, हामी ती बस्तुहरुमा सजिलै विश्वास गरेर खरिद गर्ने गर्दछौँ । ती कुराहरु भरपर्दो र सुरक्षित हुन्छ भन्ने पूर्ण विश्वासमा त्यस्ता चिजहरु खरिद गरेका हुन्छौँ । यसका बाबजसद पनि बजारमा उत्पादन गरिएका कतिपय उत्पादकहरु हाम्रो स्वास्थ्यका लागि फाईदाजनक भएपनि कतिपय बस्तु यस्तो हुन्छन् जसले ज्यानै जान सक्छ । त्यस्ता उत्पादक मध्ये लामो समयसम्म सील प्याक गरिएको बस्तु ।

आफ्नो शरीरलाई सफा राख्नको लागि आमी दिनहुँ साबुन र श्याम्पुको प्रयोग गर्छौ । साबुनको प्रयोगले हामी स्वस्थ रहन्छौँ भन्ने हाम्रो सोचाई साबुनको प्रयोग गरिरहेका हुन्छौ । यी बस्तुहरुको दिनहुँको प्रयोगले हाम्रो शरीरमा कस्तो किसिमको हानी पुर्याईरहेको हुन्छ भन्ने कुराबाट हामी अनविज्ञ छौँ । चीनमा गरीएको एक अध्ययन अनुसार यस्ता उत्पादकहरुमा फेथलेट्स कर नामक केमिकलको प्रयोग गरिएको हुन्छ । कम गुणस्तरको केहि मिश्रणले लामो समयसम्म संपर्कमा रहनाले स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ ।

त्यसैगरी बट्टामा बन्द गरिएको खाद्य उत्पादक या कुनैपनि दैनिक जीवनमा प्रयोग हुने उत्पादकलाई लामो समयसम्म प्रयोग गर्नाले गर्भपन समेत हुन सक्छ । चीनको बेईजीङस्थित पेकिंग यूनिवर्सिटीमा ३०० भन्दा बढी महिलाहरुमा गरिएको नयाँ अध्ययन अनुसार अनुसन्धानकर्ताहरुले यसमा फैथलेट्स पाईएको र जसको प्रयोगले ५ देखि १३ हप्ता भित्र समयावधिको गर्भपतन हुने सम्भावना अत्याधिक रहेको पाईएको हो ।

चीनमा भर्खरै गरिएको अनुसन्धानका अनुसार बजारमा उत्पादन गरएको बस्तुको प्रयोगले १ सय ७२ जना महिलाको गर्भपतन भईसकेको छ । जसको एकमात्र कारण हो फैथलेट्स केमिकलको प्रयोग । त्यसैले बजारमा उत्पादन भएका र लामो समयसम्म प्याकिङ गरिएको बस्तुको प्रयोग अघि एक पटक सोच्नु उचित हुन्छ ।

खाना र निन्द्राको सम्बन्ध 

सुत्नमा कठिनाइँको समस्या देखिन्छ । न्यून कार्बोहाइडेड, भिटामिन डी, लाईकोफेनले पनि राम्रो निन्द्रा लाग्दैन । अर्कोतर्फ भिटामिन सी, क्याल्सियम र पानीको अभाव वा शरिरमा कोलेस्ट्रोल वा फ्याटको मात्रा बढी हुँदा जतिखेर पनि निद्रा लाग्ने गर्छ । अस्वस्थकर खानाले निन्द्रासँग सम्बन्धित अन्य समस्या ल्याउँछ ।

उपर्युक्त खानेकुराले शरिरलाई उर्जा दिन निकै मद्दत गर्छ । तर कुन खानेकुरा कतिखेर र के खानेकुरा खाने भन्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ । हामीले खाने खानाको निन्द्रासँग पनि गहिरो सम्बन्ध हुन्छ । तसर्थ दिउसै निन्द्राले झुमाएको छ वा बिहान अबेसम्म पनि ब्युझिन सकिदैँन भने यसको दोष खानेकुरामा पनि हुन्छ । राम्रोसँग सुत्न नसक्ने तर सामान्य स्वास्थ्य भएका बयस्कले उच्च मात्रामा चिनी र चिल्लोचाप्लोयुक्त खाएमा मानिसहरु बारम्बार ब्युझिने गरेको एक अध्ययनले बताएको छ । चिनि र चिल्लोले रातको निन्द्रा कमजोर बनाउँछ ।

त्यसैगरि सन्तुलित खाना, बढी प्रोटिन खाने मानिस निकै चाँडो निदाउँछन् । नियन्त्रित खानेकुरा खादा १७ मिनेटमा निदाउने मानिस आफ्नो इच्छा अनुसारको खानेकुरा खाँदा भने २९ मिनेटमा माात्र निदाउँने कुरा विज्ञहरुले बताउदैँ आएका छन् । पर्याप्त डाइटको अभाव र सोडियमको मात्रा बढीले पनि राम्रोसँग सुत्न यस्तो खानेकुरा खानुहोस् स्वस्थ्य खानेकुरा खानुले नै शरिरलाई स्फूर्ति दिन्छ । कतिपय यस्ता खानेकुरा छन जसको उपभोगले तपाईलाई मस्त निन्द्रा लाग्छ । कहिलेकाहिँ फ्याटी खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हो तर नियमित रुपमा यस्ता खानेकुरा खाँदा तपाईको निन्द्रा भने भगाइदिन्छन् ।

अस्ट्रेलियामा गरिएको एक अध्ययन अनुसार उच्च चिल्लोयुक्त पोषण खाने मानिसलाई दिउसोको समयमा बढी उँघ्छ । कफी कफी आफैमा शक्तिबद्र्धक पदार्थ हो । कफी पिउदा प्राय मानिस रातमा पनि जाग्राम बस्छन् । तर, दिउसोको समयमा एक पटक कफी खाँदा निन्द्राबाट मुक्ती हुन्छ र हाम्रो दैनिकी सहज हुन्छ । गर्भवती र बालबालिकालाई कफीले फाइदा गर्दैन । दिउसोमा दुई तीन पटक वा राती सुत्नुअगाडि कफी खाँदा इन्सोमेनिया वा निन्द्रामा असन्तुलन हुन्छ । गुलियो खानेकुरा गुलियो खानेकुराले हाम्रो निन्द्रालाई नकरात्मक अशर गर्छ ।

त्यही भएर प्राय महिलाले आफ्ना नानी बाबुलाई सुत्नु अगाडि गुलियो खानेकुरा, क्यान्डी तथा चकलेट खान दिँदैनन् । चिनिलाई शरिरले सजिलै गलाइदिन्छ जसका कारण ब्लड ग्लुकोजको तहमा उतारचढाब ल्याइदिन्छ । फस्वरुप तपाईलाई निन्द्राबाट बञ्चित गर्छ । मरिच, खुर्सानी र अत्यधिक मसलायुक्त खानाले पनि कतिपय मानिसको पाचन प्रणालीमा असर गर्छ । जसका कारण निन्द्राको सन्तुलन विग्रन्छ । अझ सुत्ने समयमा मसलादार खानेकुरा खाँदा त रातभर जाग्राम बनाइदिन्छ । फास्ट फुड प्रायजसो प्याकेटमा उपलब्ध हुने फास्ट फुड तपाईको निन्द्राका शत्रु नै हुन् ।

चिल्लाा, कार्बोहाइड्रेडयुक्त, सन्तृप्त फ्याट र सोडियमको मात्रा उच्च भएका खानेकुराले रातको निदलाई नकरात्मक असर गर्छ । मदिरा मदिराले गहिरो निन्द्रा लाग्नुका साथै घुर्ने सम्भावना पनि उत्तिकै हुन्छ । नशाको सुरुमा केही समय गहिरो निन्द्रा लागे पनि केही समयपछि अनिन्द्रा बढ्नुका साथै दिउसभर आँखा झुल्छ ।

मध्यान्नमा नसुत्ने बिहानको खानापछि लाग्ने निन्द्राकै कारण धेरै मानिस समस्यामा पर्ने गरेका छन् । अलि दहे लन्च गर्दा निन्द्राले बढी झुम्ने र काम गर्दा ध्यान भंग हुन सक्छ । लन्चको समयमा बढी कार्बोहाईड्रेडयुक्त खाना खाँदा दिउसो उम्ने समस्या कमि हुन्छ ।

दिउसो हैन राती सुत्नुहोस कतिपय मानिस मध्य रातसम्म नसुत्ने तर दिउसोको समयमा सुत्ने बानी हुन्छ । व्याबासायिक वा पेशागत बाध्यता बाहेक दिउसो सुत्नु राम्रो होइन । सन्तुलित खानाले निन्द्रामा सुधार ल्याउने र दिउसभर फूर्तिलो बनाउछ । निन्द्रालाई अशर गर्ने खानेकुरा छोड्नुको अतिरिक्त निश्चत प्रकारका खानेकुरा खाएर पनि सुत्न सकिन्छ । ट्राइपटोफान एटा स्वभाविक रसायन हो यसले दिमागलाई शान्त र निन्द्रा प्रदान गर्ने सेरोटोनिन उत्पादन गर्न सहयोग गर्छ । बदामको दुध, अन्डा, चकलेट ट्राइपटोफानका महत्वपूर्ण स्रोत हुन् ।

जंक फूडले कसरी शरीरमा असर गर्छ ?

अहिलेका पुस्ताको मेनुमा के कस्ता खानेकुरा छन् ? चाउचाउ, चाउमिन, मम, पिज्जा, बर्गर, स्याडविच इत्यादी । घरमा पकाइने खाजामा उनीहरु त्यती अभ्यस्त छैनन्, जति बजारमा उपलब्ध तयारी खाजामा छन् ।

जब भोग लाग्छ, चाउचाउ खान्छन् । चाउमिन मगाउँछन् । पिज्जा खोज्छन् ।

यस्तो दिन हुँदैन, जुन दिन उनीहरुले यस्ता खानेकुरा नखाएका होस् । हरेक दिनजसो केही न केही यस्ता खानेकुरा खाइरेका हुन्छन्, जसले जिब्रो लोभ्याउँछ । पेट भरिन्छ । तर, स्वास्थ्यलाई हानी गर्छ । बजारमा उपलब्ध खानेकुरालाई स्वादिलो र टिकाउयुक्त बनाउनका लागि कतिपय अखाद्य पदार्थ मिश्रण गरिएको हुन्छ । त्यही तत्व हाम्रो पेटमा नपच्ने मात्र होइन, विषाक्त पनि हुन्छ । पछिल्लो पुस्तामा बढ्दो क्यान्सर, मधुमेह, उच्च रक्तचाप आदिको मूल कारण नै उनीहरुको खानपान बनिरहेको छ ।

अक्सर के देखिन्छ भने, जुन चिज खानमा स्वादिष्ट हुन्छ, त्यो हाम्रो स्वास्थ्यका लागि उत्तिनै हानिकारक हुन्छ । यस्ता खानेकुराले पेटमा समस्या निम्त्याउँछ ।

हामी सबैजसो बेखबर छैनौ कि, जंकफूड स्वास्थ्यका लागि हानिकारक छ । तर, अहिलेको पुस्ताको दैनिकीमा जंक फूड अभिन्न रुपमा जोडिएको छ । जंक फूडको स्वाद नलिएसम्म उनीहरुको तलतल मेटिदैन । किनभने जंक फूड तुलनात्मक रुपमा स्वादिलो हुन्छ । यही स्वादको चक्करमा अहिले जंकफूड सेवन गर्नेहरु बढ्दो छन् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।