खानालाई राम्राेसँग चपाएर खाने बानी गर्नाले शरीरमा निकै फाइदा पुग्छ । त्यसैले सधै खाना खादा राम्राेसँग चपाएर खाने बानी गर्नुपर्छ ।

चपाएर खादा हुने फाइदाहरू यसप्रकार रहेका छन्ः

पाचनक्रिया सहज :

खानालाई राम्रोसंग चपाएर खाने बानी गर्नाले पाचनक्रिया मजबुत हुन्छ । चपाएर खाना नखाँदा आमाशय, आन्द्रालाई खाना पचाउन धेरै कठिन हुन्छ फलस्वरूप पाचन क्षमता कमजोर हुन पुग्दछ ।

हामीलाई ग्यास्ट्रिक रोग लाग्ने धेरै कारणमध्ये राम्रोसँग नचपाएर खानु पनि एक हो । राम्रोसँग चपाएर कम भोजन गर्ने, वेलावेलामा उपवास बस्ने गर्दा पनि पाचन क्षमता बढ्छ ।

मस्तिष्कको कसरत :

अहिलेसम्म कुनै मस्तिष्कको कसरत गर्ने खास विधि पत्ता लागेको छैन । मस्तिष्कलाई कसरत गर्ने एउटै मात्र प्राकृतिक तरिका राम्रोसँग चपाउनु हो । हामीले खाना खाँदा दाँतले चपाउनुपर्ने हुन्छ ।

उक्त वेला मस्तिष्कको राम्रो कसरत हुन्छ । किनकि दाँतसँग मस्तिष्कको नसाको सम्बन्ध हुन्छ । मस्तिष्कले हाम्रो सम्पूर्ण शरीरलाई सन्तुलन गरी स्वस्थ बनाउने हुँदा मस्तिष्कको ख्याल राख्न अत्यन्त जरुरी छ ।

दाँत बलियो :

अहिलेका मानिसको दाँत कमजोर हुने र दाँतसम्बन्धी थुप्रै समस्या भएको पाइएको छ । दाँतलाई चपाउन जति प्रयोग गर्छौं त्यति नै अनुपातमा दाँत बलियो हुन्छ । त्यसैले खाना खाँदा हतार नगरी बिस्तारै चपाएर खाने गरेमा दाँतको समस्याबाट मुक्ति सम्भव छ ।

गाँउघरमा मकै, भटमास बढी खाने हुँदा वृद्धावस्थासम्म पनि दाँत कमजोर भएको पाइँदैन । तर, सहरमा न राम्रोसँग चपाउन फुर्सद छ, न त स्वास्थ्यबद्र्धक भोजन नै । त्यसैले त धेरैमा दाँतको समस्या हुने गरेको पाइएको छ ।

रिस नियन्त्रण :

हामीमध्ये धेरै रिस उठ्नेबित्तिकै दाँत किट्ने गर्दछौँ । हाम्रो दाँतको तल्लो भागमा रिसको प्रतिबिम्बबिन्दुहरू हुन्छ । हामीले चपाएर खाना खाँदा दाँतमा रहेको उक्त बिन्दुहरूमा मालिस भएर रिस, तनाव विसर्जन हुन सहयोग गर्दछ ।

कुकुरको जीवनशैलीलाई हेर्ने हो भने कुकुरले हड्डीलाई चपाएर, टोकेर आफ्नो रिसलाई विसर्जन गरिरहेको हुन्छ । कुकुरले दाँतको बढी प्रयोग गर्ने हुँदा कुकुरको दाँत कमजोर हुँदैन ।

मोटोपन नियन्त्रण :

हामीले खाने खानाबाट नै बोसो बन्छ । शरीरमा बोसोको मात्रा बढ्दै गएपछि शरीरमा मोटोपन पनि बढ्दछ । हामीले राम्रोसँग नचपाएर खाना खाँदा उक्त खाना ऊर्जामान भएर बोसोमा रूपान्तरण हुन पुग्दछ । त्यसैले अहिले कसरत गरेर मात्र तौल कम नभएको कारण पनि यही हो ।

छिटो तौल कम गर्ने नाममा अत्यन्त कम खाने, आवश्यकभन्दा बढी कसरत गर्नुले पनि शरीरलाई फाइदाभन्दा बढी नोक्सान पुर्‍याउन सक्छ । खाना कम गर्नुभन्दा चपाएर खाने गरेमा अनावश्यक मोटोपन पनि बढ्दैन र कम खाए पनि ऊर्जा पर्याप्त बन्दछ ।

थप जानकारीः

दशैमा मासु खादा ध्यान दिनुपर्ने कुराहरु

नेपालमा मनाइने पर्वमध्ये हिन्दूहरूको महान् चाड भनेकै बडा दशैं हो । ठूलाबडा, मान्यजनको हातबाट रातो टीका र आशीर्वाद थाप्ने र मिठोमसिनो खाने पर्वका रूपमा यसको चिनारी रहँदै आएको छ ।

यस पर्वमा ऋण काढेर भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिँगै खसी ढाल्ने होडबाजी नै चल्छ । सोही कारण भन्ने गरिन्छ, ‘दशैं आयो ढोल बजाई, गयो दशैं ऋण बोकाई’ विशेष गरी मासुका विभिन्न परिकार बनाएर खाने चलन हुन्छ ।

तर, सानोसानो लापरबाहीले गर्दा दशैं मनाउन भनेर आएका आफन्तजन र पाहुनाहरू बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आउने गरेको छ । सोही कारण दशैंमा मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक छ ।

मासु एक पौष्टिक आहार हो, यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियमजस्ता तत्व पनि पाइन्छन् । यी तव हाम्रो शरीरका लागि एकदमै अति आवश्यक तत्व हुन् ।

सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ ।तर, मासुबाट प्राप्त हुने तत्व त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन । यदि तपाईं–हामीले राम्रोसँग सुरक्षित ढङ्गले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोग उत्पन्न हुने, सर्ने खतरा रहन्छ ।

अमेरिका र यूरोपका विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ता तथा मासु विशेषज्ञहरूको अध्ययन र अनुसन्धानका क्रममा निकालेको निष्कर्षअनुसार खानामा दैनिक अत्यधिक रातो मासुको प्रयोगले मानिसको संवेदनशील अङ्ग मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ ।

सोही अनुसन्धानअनुसार दैनिक धेरै मासु खाँदा शरीरमा भएका विभिन्न बलिया हड्डी कमजोर हुने खतरा रहन्छ । आर्थाइटिस ९हाडजोर्नीसम्बन्धी रोग०को सम्भावना अत्यधिक हुन्छ, महिलाहरूमा स्तन क्यान्सरको खतरा हुनुका साथै महिला–पुरुष दुवैमा कोलष्ट्रोलको मात्रा पनि शरीरमा बढ्न जान्छ । यही कारण इच्छाएको परिकार खानबाट वञ्चित रहनुपर्ने हुन्छ ।

नेपालका मासुपसलमा भएका लापरबाहीका कारण मानिसमा धेरैजसो ब्याक्टेरियाको सङ्क्रमण, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा मासुमार्फत विभिन्न खालका रोग सर्ने गरेको चिकित्सकहरू बताउँछन् ।

फोहोर वधशाला, मासुको तयारी र रखबारीमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका फ्लु तथा सरुवा रोग सर्ने माध्यम बनेको पाइन्छ । यी र यस्तै कारणले विभिन्न किसिमका चाड मनाउनेबित्तिकै मानिसको अस्पताल भर्ना हुने सङ्ख्या निकै बढेको पाइन्छ ।

चाडबाडका समयमा धेरै ‘फुड प्वाइजन’का बिरामी अस्पताल आउने गरेको वीर अस्पताल, टिचिङ अस्पताल र पाटन अस्पतालको तथ्याङ्कले देखाउँछ ।

मासु र अन्य परिकारलाई स्वस्थकर ढङ्गले नराख्दा खानेकुरामा विषाक्तता बढी खाना प्वाइजनिक हुन पुग्छ र खाएको केही समयभित्रै पेट बटारिने, पेट ढुस्स पर्ने, झाडापखाला चल्ने, अजीर्ण तथा अपच भई तत्कालै पेट फुल्नेलगायत लक्षण देखिन थाल्छ । यस्तो भएमा घरमै उपचार गर्नुको सट्टा तत्कालै नजीकको स्वास्थ्य संस्थामा गएर जँचाई हाल्नुपर्छ ।

दशैंका लागि खसीबोका किन्दा नै हामीले केही आधारभूत कुरामा ध्यान दियौं भने मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ । हेर्दै नाम्ले परेजस्तो, अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्राएर बस्ने, फनफनी घुम्ने खसी बोका किन्नु हुँदैन ।

यस्ता लक्षण खसीबोका बिरामी भएको बेला देखाउने गर्छन् । अहिले काठमाडौं भित्रने खसीबोकालाई सरकारी स्तरबाटै परीक्षण गरेर रातो र हरियो रङ दलिदिने गरिएको छ ।

सिङमा हरियो रङ पोतिएका खसी बोका स्वस्थ हुन् भने रातो रङ दलिएका खसी बोका अस्वस्थ हुन्छन् । दुई–चार सयको लोभमा अस्वस्थ खसी बोका किनेर ल्याउँदा आफै भोलि बिरामी हुने खतरा बढी रहन्छ ।

त्यसपछि हामीले खसीबोकाको वध गर्नेदेखि लिएर मासु पकाएर खाने, त्यसलाई भण्डारण गर्ने कुरामा पनि केही आधारभूत जानकारी राख्यौं भने मासुजन्य रोगबाट बच्न सकिन्छ ।

स्वस्थ्य मासु कसरी छान्ने ?

मासु हलुका गुलाबी रङको हुन नहुने

मासु हरियो तथा प्याजी रङको भएमा त्यो खान अयोग्य भइसकेको हुने

मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध नआएको हुन नहुने

मासु फ्रिजमा अलग–अलग गरी छोपेर सफा र चालू फ्रिजमा राखेको हुनुपर्ने

मासु काट्दा र समाउँदा तन्केको जस्तो हुनु नहुने

मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काटेको तरीका, तराजु सफा भए नभएको हेर्नु पर्ने

मासु खाँदा ध्यान दिनुपर्ने विषय

फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो

बासी तथा खुला स्थानमा राखेको मासु नखाने

काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा नखाने

पोलेका मासु ९सेकुवा, हाकु छोइला आदि० सकेसम्म नखाएकै राम्रो ।

राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासुमात्र खाने

विभिन्न किसिमको धेरै मसला तथा तेलीय पदार्थको प्रयोग कम गर्ने

बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने

मासु भण्डारण गर्ने तरीका

मासुलाई अन्य पाकेका परिकारसँगै फ्रिजमा त्यतिकै राख्नु हुँदैन । ताजा मासुलाई २ देखि ४ डिग्री सेण्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । राम्रा फ्रिजिङका माध्यम पनि छन्, जुन व्यावसायिक संस्थाहरूमात्र हुन्छन् । मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ र कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैन ।

माथिल्लो भागमा राख्दा मासुमा भएका कीटाणु मासुमै हुुने, तरल पदार्थ, हावामार्फत तल्लो सतहमा आउँदा झर्न सक्छ । तल राखिएका अन्य खाना, पाकिसकेका परिकार, सागसब्जी र शाकाहारीका लागि तयार पारिएका  परिकार, फलपूल तथा तरकारीमा पर्न सक्ने खतरा हुन्छ । काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु हुँदैन ।

दशैंमा ध्यान दिनुपर्ने कुराहरू

घरमा आफैले मासु तयार पार्दा सरसफाइमा ध्यान दिने

विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु चिनेर किन्ने

सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने बानी बसाल्ने

आफन्तकहाँ दैनिक टीका लगाउन जाने क्रममा मासुको दैनिक प्रयोग नगर्ने

मासु खानेबित्तिकै आइसक्रिम, दही, क्रिमका परिकार नखाने

दैनिक व्यायाम गर्ने

आफू स्वस्थ नभएको महसूस भएमा माछामासुको प्रयोग गर्दै नगर्ने

सुरक्षित उपाय अपनाएर भण्डारण गरे–नगरेको आफैले निरीक्षण गरेर मात्र खाने

आफूलाई मासुसम्बन्धी भएको जानकारी आफ्ना परिवार तथा आफन्तजनमा पनि बाँड्ने

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः