तपाइकाे आज एउटा नयाँ सुरूवात हाे । न त हिजाे थियाे, न त भाेलि नै हुनेछ । प्रत्येक आज एउटा नयाँ अवसर हाे । हिजाेका तिता अनुभवहरूलाइ भुलाउनकाे लागि हिजाे रात परेकाे हाे र ति अनुभवहरूलाइ शिक्षाकाे रूपमा रूपान्तरण गर्नकाे लागि आज सूर्य उदायकाे हाे । त्यसैले हिजाेले आजलाइ बिग्रन नदिनुहाेस ।

हिजाे असफल भएकाे कामले गर्दा निराश नबन्नुहाेस । तपाइकाे लक्ष्य पुरा गर्नकाे निम्ति नयाँ तरिकाले साेच्न आजकाे दिनले सुन्दर अवसर दिएकाे छ । हिजाेकाे कथा नै पढेर र अरूलाइ सुनाएर आजकाे दिन नबिताउनुहाेस । आज तपाइकाे जीवनकाे नयाँ कथा रच्नकाे लागी खाली कागजकाे रूपमा पुरा दिन तपाइकाे अगाडि छ ।

हामीले यहाँ हिजाेलाइ बिर्सेर आजलाइ कसरी शुन्दर बनाउने भन्नेबारे एक भिडियाे युट्युब च्यानल SAKARATMAK SOCH बाट साभार गरेका छाै । भिडियाे हेर्नुहाेस ?