काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्क्रिय पार्छ ।

यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ ।

जति धेरै काउली आफ्नो खानामा भयो उति नै राम्रो । एक अध्ययनले त हप्तामा धेरै काउलीको खाने महिलाको स्तन क्यान्सर हुने सम्भावना ७२ प्रतिशतले कम देखाएको छ ।

खाने विधि

अध्ययनहरूले के देखाएका छन् भने, काउलीलाई धेरै पकाएमा यसमा पाइने क्यान्सर विरुद्ध लड्ने तत्वहरू नाश हुने सम्भावना रहन्छ। विज्ञहरू यसलाई काँचै खान सल्लाह दिन्छन् ।

विज्ञहरुको सुझाव छ, ‘काउलीलाई एउटा नुनपानी भएको भाँडामा करिब चार घन्टा जति डुबाउने र चिसो पानीले मज्जाले पखालेर खाने।’ यसलाई लेदो बनाएर पनि अन्य विभिन्न परिकारको मिश्रण गरेर खान सकिन्छ । साथै सलादका रूपमा यसको प्रयोग धेरै नै उत्तम हुन्छ ।

काउलीलाई काटेर नुनको पर्याप्त मात्रा मिलाई मजाले थिचेर बोतलमा राख्दा यसबाट निस्केको रसले विस्तारै अमिलोपना विकास गर्छ। चारदेखि सात दिनभित्र यसरी राखिएको काउली खानका लागि उपयुक्त हुन्छ । यसरी राखिएको काउलीमा क्यान्सर विरुद्ध लड्ने रसायनहरूको राम्रो विकास हुन्छ र शरीरलाई फाइदा गर्छ ।

काउलीमा हुने पौष्टिक तत्व

१२८ ग्राम काउली खाएमा शरिरले निम्न अनुसारका पौष्टिक तत्वहरु पाउँने गर्छ ।

क्यालोरी : २५ ग्राम

फाइबर : ३ ग्राम

भिटामीन सी : दैनिक आवश्यक मात्राको ७७ प्रतिशत

भिटामीन के : दैनिक आवश्यक मात्राको २० प्रतिशत

भिटामीन बि ६ : दैनिक आवश्यक मात्राको ११ प्रतिशत

फ्लोएट : दैनिक आवश्यक मात्राको १४ प्रतिशत

पान्टोथेनिक एसिड : दैनिक आवश्यक मात्राको ७ प्रतिशत

पोटासियम : दैनिक आवश्यक मात्राको ९ प्रतिशत

म्यान्गानिज : दैनिक आवश्यक मात्राको ८ प्रतिशत

म्याग्नेसियम : दैनिक आवश्यक मात्राको ४ प्रतिशत

फोस्फरस : दैनिक आवश्यक मात्राको ४ प्रतिशत

निकै धेरै मात्रामा फाइबर पाइने र कम क्यालोरी हुने भएकाले तौल घटाउँनका लागि काउली उपयुक्त खानेकुरा मानिन्छ । यसमा भएको फाइबरले पेटमा सकारात्मक ब्याक्टेरियाहरु बढाउँछ र पेटको जलन पनि कम गराउँछ, जसले पाचन प्रणाली सुधार्छ ।

अन्य फाइदा

काउलीले हड्डी दह्रो बनाउन पनि मद्दत गर्छ । एलर्जी हुने सम्भावना कम गर्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसले मुटुमा लाग्ने रोगहरूबाट बच्न पनि त्यत्ति नै मद्दत गर्दछ ।

काउली भिटामिन ‘के’ र ‘सी’को मुख्य स्रोत हो । एक बटुका काउली मात्र खपत गर्दा शरीरलाई चाहिने ९१ प्रतिशत भिटामिन ‘के’ र ५० प्रतिशत भिटामिन ‘सी’ उपलब्ध हुन्छ ।

OLYMPUS DIGITAL CAMERA

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

अब अर्ग्यानिक तरकारी घरमा सजिलै उब्जाउन सकिन्छ

सागतरकारी धेरै उत्पादन गर्ने वा छिटो पकाउने चक्करमा किसानले अत्याधिक किटासक औषधी लगायत विषादी प्रयोग गर्ने गरेका छन् । त्यही तरकारी बजार हुँदै हाम्रो भान्सामा आइपुग्छ । यसरी हामी विषाक्त सागतरकारी खान पुग्छौ, जसले अनेकौ शारीरिक समस्या निम्त्याउने गर्छ । क्यान्सरको कारण समेत बन्ने खतरा रहन्छ ।

हाम्रो भान्साका विषाक्त सागतरकारी भित्रिने गरेका छन् । तरकारीको माध्यामबाट हामी विष सेवन गरिरहेका छौं । अहिले अर्ग्यानिक तरकारी पाउन गाह्रो मात्र होइन, असंभव नै छ ।

यस्तो अवस्थामा अर्ग्यानिक सागतरकारी कहाँ पाउने ?

जबाफ हो, तपाई/हाम्रै किचन गार्डेनमा । घरको बगैंचा, बार्दली, छत वा कुनै सानो स्थानमा सागतरकारी उत्पादन गर्न सकिन्छ । यसका लागि अरु केही चाहिँदैन, जाँगर भए पुग्छ । किनभने सागतरकारी रोप्न, उत्पादन गर्न ठूलो ठाउँ चाहिन्छ भन्ने छैन । सानै ठाउँमा पनि गमला वा बोरामा माटो र मल राखेर तरकारी रोप्न सकिन्छ ।

अब यसमा धेरैजसो यसकारण हच्किन्छन् कि, तरकारी रोप्ने समय छैन । विषाक्त तरकारी खरिद गर्ने समयको बचत गरेर आफ्नै बगैचा बनाउन सकिन्छ । महत्वपूर्ण कुरा त के भने स्वास्थ्यभन्दा ठूलो कुरा अरु केहि होइन । त्यसैले अन्य कामबाट समय बचत गरेर पनि घर बगैंचामा तरकारी लगाउनु उत्तम हो । यसबाट अरु के के फाइदा मिल्छ त ?

ताजा सागतरकारी

बगैंचा, बार्दली, छत आदिमा तरकारी रोपेपछि त्यो ताजा अवस्थामै सेवन गर्न सकिन्छ । कुनैपनि तरकारी ताजा सेवन गर्दा त्यसको पोषण तत्व पनि नष्ट हुँदैन । स्वाद त छँदैछ । साग, गोलभेडा, खुर्सानी, पुदिना, धनिया, हरियो प्याज आदि ताजा खान सकिन्छ ।

२. बिषरहित

आफुले उत्पादन गरेको तरकारीमा विष हुने कुरै भएन । यसको सबैभन्दा ठूलो फाइदा त स्वास्थ्यलाई छ । जब स्वस्थ्यकर सागतरकारी पाइन्छ भने, किचेन गार्डेन किन नबनाउने ?

३. सस्तो

बजारमा सागतरकारीको मूल्य आकासिएको छ । किसानले उत्पादन गरेको तरकारीमा हामीले किसानलाई मात्र होइन, व्यापारी एवं विचौलियालाई समेत पैसा दिनुपर्ने हुन्छ । अर्थात हामीले सेवन गर्ने तरकारी अस्वभाविक महंगो पर्न जान्छ । तर, आफैले उत्पादन गरेर सेवन गर्दा त्यो खर्च जोगिन्छ ।

तनावबाट मुक्त

बगैंचा भएपछि त्यसमा हामी समय व्यतित गर्छौ । कहिले गोडमेल, कहिले सिंचाईको काम गरिन्छ । यसले गर्दा हामी अनावश्यक कुरा सोच्दैनौ । हाम्रो तनावको स्तर पनि कम हुन्छ ।

सकारात्मक परिवर्तन

बगैंचा भएपछि फुर्सद हुनसाथ हामी त्यही समय विताउन थाल्छौ । रोप्ने, गोडमेल गर्ने जस्ता काममा क्रियाशिल भइन्छ । यसले गर्दा हाम्रो शारीरिक सक्रियता बढ्छ । अर्कोतिर आफैले उत्पादन गरेको कृषि उपजमा आफुलाई सन्तुष्ट प्राप्त हुन्छ, जुन सन्तुष्ट अरु कुराबाट नमिल्न सक्छ ।

अब आफ्नै कौसीमा खेती गर्ने कि ? कसरी गर्ने त कौसीमा खेती ?

विषेशगरी शहरी क्षेत्रमा बस्ने मानिससँग जमिन कम हुन्छ । कतिपयसँग त हुँदै हुँदैन। त्यस्तो ठाउँमा मलिलो कालो माटोको, कम्पोस्ट वा गोवर मल प्रयोग गरि थोत्रो जर्किन, बाटा, बाल्टि र प्लास्टिकको प्याकेट आदिको प्रयोग गरि विरुवा वा तरकारी उत्पादन गर्ने विधिनै कौसी तरकारी प्रविधि हो ।

कसरी गरिन्छ कौसीमा खेती

कौसी तरकारी गर्न भान्छामा प्रयोग भएका नुन, तेल, दुध, चामल, मैदा आदीको प्याकेट फोहोरमा नफाली सुरक्षित राख्नु पर्छ । प्याकेटको मुख पुरै काटेर माटो भरेर कौसीमा राख्नु पर्छ । भान्छा बाटै निस्कने फोहोर पानीलाई बाटारबाल्टीमा हालेर राख्दा अझ सजिलो हुन्छ । लसुन, प्याज, टामटर, साग आदिका बोक्रा पनि एक ठाउँमा जम्मा गरेर राख्यो भने घरभित्रै व्यवस्थापन गर्न सहज पर्छ ।

सबै जना बसेर कुराकानी गरिरहेको बेलामा यसो हात सकृय राख्ने हो भने प्याकेटमा माटो भर्ने, बिउ राख्ने काम गर्न सकिन्छ। त्यसो गरे तपाईलाई भेट्न आउने आफन्तले पनि यस बारे ज्ञान पाई फाइदा लिन सक्नेछन् । आवश्यक्ता अनुसार प्लास्टिको छानो हालेर पनि यो खेती गर्न सकिन्छ ।

के के उत्पादन गर्न सकिन्छ

कौसी तरकारी गर्न ठाउँ कति उपलब्ध छ त्यसले के के तरकारी उत्पादन गर्ने भन्ने कुराको निर्क्योल गर्छ । ८ मिटर भन्दा अग्लो ठाउँ उपलब्ध छ भने काक्रा, फर्सी, लौका, घिरौला, लगाएत लहरे बाली पनि लगाउन सकिन्छ । यदि ठाउँ अग्लो उपलब्ध छैन भने गोलभेडा, टामटर, बन्दा, काउली, खुर्सानी लगायतका तरकारी उत्पादन गर्न सकिन्छ ।

कम्पोस्ट (गड्यौले मल)कसरि बनाउने

गड्यौले मल बनाउन भान्साबाट निस्केको फोहोरलाई एउटा काठको वाकसमा तह मिलाएर राख्ने । सामान्य तया दुई रुपैयाँ प्रति गोटा पाइने गड्यौला आधा आधा मिटर लम्वाई चौडाई भएको बाकसमा प्रति तहमा ८ देखि १० वटा सम्म राखेर छोड्दा गड्यौलाले फोहोर खाँदै जाने र मल तयार हुँदा फोहोर सबै माटोको दाना दाना जस्तो बन्न पुग्छ। यसका लागि भान्छाबाट निस्कने सजिलै र कुहिने फोहोरलाई एक ठाउँमा राखेर बक्सा आकारको जुनसुकै भाडोमा सजिलै गड्यौले मल बनाउन सकिन्छ।

समय कति दिनु पर्छ

तरकारी रोपिसके पछि बिहान उठेर हातमुख धुन बाथरुम वा घर बाहिर कतै नजानुस्। तरकारी लगाएको थैलोमा पनि हातमुख धुन सकिन्छ। त्यति गर्न पनि अफ्ठेरो लागे एउटा बाटामा हातमुख धुनुस। जुन पानीले तपाईको तरकारी सिँचाई गर्न पुग्छ। पानी हाल्ने बेलामै तरकारी खान लायक भयो भएन हेर्नुस। दैनिक तपाईको हात लाग्नु भनेको त्यो बिरुवालाई माया गर्नु हो। बिरुवाले माया गरेको थाहा पाउँछ र छिटो ठुलो हुन्छ।

खर्च कति लाग्छ

कौसी तरकारीमा ज्यामी लगाउनु पर्दैन । गड्यौले मल बनाउन नसके मात्र बजारको मल किन्न पर्छ । बिउबिजनहरु जिल्ला कृषि विकास कार्यलयले अनुदानमा दिन्छन् । यदि निरन्तर रुपमा कौसी तरकारी गर्ने हो भने तपाईले फोहोर गाडीमा फाल्न पर्दैन र मासिक रुपमा फोहोर फाले बापत तिर्ने पैसा बचत हुन्छ। तरकारी किन्न बजारमा जाने पैसा पनि बचत हुन्छ । त्यसैले यसमा खर्च भन्दा धेरै फाइदा हुन्छ ।

बजारमा आउने तरकारी छिटो नाफा कमाउने उद्देश्यले विषादी प्रयोग गरि उत्पादन गरिएको हुन्छ । कौसी तरकारी आफैले उत्पादन गर्दा विषादी प्रयोग गरिन्न । त्यो आफैँले उपभोग गर्ने हुनाले पनि त्यसको स्याहार समेत पुर्याइएको हुन्छ । यो दशैंमा सुरु गर्नु भयो भने तपाइँले वर्षभरिनै आफुलाई चाहिने तरकारी घरमै फलाउन सक्नुहुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।