प्राय मौसम परिवर्तनका समयमा मानिसमा स्किन पिलिंग अर्थात छाला जाने समस्या हुने गर्दछ। समयमै यसको ध्यान नराख्दा यसले भयानक रुप पनि लिन सक्दछ। हुनत छाला जाँदा हामीलाई दुखाई हुँदैन्, तर थोरै काम गर्दा समस्या हुने गर्दछ।आज हामी तपाईलाई केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। जसले तपाईको छाला जाने समस्याका लागि राहत दिने गर्दछ।

मनतातो पानी

हरेक दिन मनतातो पानीमा १० मिनेटसम्म छाला गएको हात वा खुट्टालाई भिजाएर राख्नुहोस्। यदी तपाई चाहनुहुन्छ भने पानीमा थोरै कागती पनि राख्न सक्नुहुन्छ । यसो गर्दा तपाईको स्किन नरम हुने र छाला जान कम हुने गर्दछ।

भिटामिन ई युक्त तेल

छाला जाने समस्याबाट छुट्कारा पाउनका लागि भिटामिन ई युक्त तेलको प्रयोग गर्न सक्नुहुन्छ। यस तेलले हातलाई हरेक दिन मालिस गदा छाला जाने समस्याबाट छुट्कारा पाउन सक्नुहुनेछ।

एलोभेरा जल

हरेक दिन सुत्नुअघि हातमा एलोभेरा जलले मालिस गर्नुहोस् र बिहान उठेर मनतातो पानीले सफा गर्नुहोस्। यसो गर्दा तपाईको छाला नरम हुने गर्दछ।

थप जानकारीः

यस्तो छ घिउकुमारीका १२ फाइदा

एलोबेरा अर्थात घिउकुमारी औषधीय गुणको वनस्पती हो, जो सहजै बगैंचा वा करेसाबारीमा उमार्न सकिन्छ । यसलाई सानो गमलामा रोप्न सकिन्छ । हुर्काउन र स्यहार्नका लागि पनि खासै गाह्रो छैन । अर्थात हाम्रो निम्ति गुणकारी वनस्पती हो यो ।

घिउकुमारीको पातमा तरल पदार्थ हुन्छ । यसमा केहि प्रकारको प्रोटिन र भिटामिन पाइन्छ । त्यसैले उक्त पातको प्रयोग फाइदाजनक मानिन्छ, स्वास्थ्य र सौन्दर्य दुबैका लागि ।

के पाइन्छ घिउकुमारीमा ?

घिउकुमारीमा भिटामिन ए, बि-१, बि-२, बि-६, बि-१२ र ई पाइन्छ । साथै यसमा फोलिक एसिड जस्ता पोषक तत्व हुन्छ । यसको जेलमा तामा, फलाम, क्याल्सियम, जिंक, पोटाशियम, क्रोमियम, म्याग्नेशियम जस्ता तत्व पाइन्छ । यो प्राकृतिक रुपमा प्रभावशाली जडिबुटी हो।

छालाको सौन्दर्य बढाउन

घिउकुमारीमा जे तत्व पाइन्छ, त्यसले छालालाई हाइड्रेट राख्छ र पोषक तत्व पनि प्रदान गर्छ । यसले नयाँ कोशिकाको उत्पादनमा पनि भूमिका खेल्छ । अनुहारमा घिउकुमारीको जुस लगाउँदा त्यसले अनुहारलाई चम्किलो र मुलायम बनाउँछ ।

केसको लागि

घिउकुमारी एकदमै राम्रो मोश्चराइजर हो, जसले केसलाई घना र मुलायम बनाउँछ । यसले केसको पिएच सन्तुलन गर्नमा पनि सहयोग गर्छ । घिउकुमारीमा हुने पोषण तत्वले केस बढ्न सहयोग गर्छ र र्झन दिँदैन ।

घिउकुमारी जेलमा कागतीको रस मिसाएर केसमा लगाउनुपर्छ । त्यसपछि २० मिनेट जति तातो तैलियाले केसलाई लपेट्ने । अन्त्यमा मनतातो पानी र हल्का स्याम्पूले केस सफा गर्नुपर्छ । यो प्रक्रिया हरेक दुई हप्तामा दोहोर्‍याउनु पर्छ ।

दाँत र गिजाको लागि

घिउकुमारीमा आफ्नो प्राकृतिक जीवाणुरोधी र रोगाणुरोधी गुण हुन्छ, जसले गिजा र दाँतलाई स्वस्थ्य तुल्याउँछ । यो विभिन्न प्रकारको भिटामिन र खनिजले भरिएको हुन्छ, जसले कोसिकाको विकासमा सहयोग गर्छ । त्यही कारण गिजाबाट रगत बग्ने, मुखको अल्सर जस्ता समस्या हुन दिदैन ।

पेटको लागि

घिउकुमारी पेटको स्वस्थ्यका लागि पनि लाभदायक हुन्छ । यसमा उच्च मात्रामा फाइबर पाइन्छ, जसले पाचन यन्त्रलाई चुस्त बनाउँछ । घिउकुमारीको रस कब्जियतको उपचारमा पनि प्रयोग गर्न सकिन्छ । कब्जियत भएको अवस्थामा घिउकुमारीको जुस पिउनुपर्छ ।

१. घिउकुमारी सेवन गर्दा त्यसले हाम्रो शरीरमा रगतको कमी हुन दिदैन । रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

२. हाम्रो शरीरको भित्री अंगहरु सफाइ गर्नमा पनि यो उपयोगी हुन्छ । यसले शरीरको नसा, नाडी आदि सफाइ गर्छ ।

३. छाला र केसलाई बलियो, मुलायम बनाउनका लागि घिउकुमारीले प्रभावकारी काम गर्छ ।

४. घिउकुमारीको जुस सेवन गर्दा छाला रुखो हुँदैन । चम्किलो र नरम हुन्छ ।

५. घिउकुमारीको जुस सेवन गर्दा अनुहारको खराबी, मूसा, रुखोपन, चाहुरी, दाग धब्बा हट्छ ।

६. घिउकुमारीको सेवन जो कोहिले गर्न सक्छन्, यसको साइड इफेक्ट छैन । घिउकुमारीको जुसले रगतलाई शुद्ध बनाउने, हेमोग्लोबिनको कमी पुरा गर्ने र शरीरमा ब्लड सेल्सको संख्या बढाउन सहयोग गर्छ ।

७. तौल नियन्त्रण गर्नका लागि पनि घिउकुमारीको जुस उपयोगी हुन्छ ।

८. घिउकुमारी जुसले दाँत सफा गर्ने र रोगमुक्त राख्छ । यसलाई माउथ प|mेशनरको रुपमा काम गर्छ ।

९. यसले केस झर्ने समस्याबाट पनि मुक्ती दिन्छ ।

१०. फेसवासको रुपमा समेत घिउकुमारी उपयोग गर्न सकिन्छ ।

११. घिउकुमारीको जुस नियमित रुपले सेवन गर्दा कब्जियतबाट छुटकारा मिल्छ ।

१२. घिउकुमारीको जुसले मधुमेहमा पनि राहात मिल्छ । साथै कोलोस्टोर नियन्त्रणमा पनि यो प्रभावकारी हुन्छ ।

कसका लागि हानिकारक हुनसक्छ ?

घिउकुमारीको प्रयोग सबैका लागि फाइदाजनक हुँदैन । कतिपय अवस्थामा यसले नराम्रो असर पनि गर्छ । खासगरी गर्भवती र स्तनपान गराइरहेका महिलाले घिउकुमारीको जुस सेवन गर्नु हुँदैन । यो १२ बर्षभन्दा कम उमेरका बच्चाको लागि पनि असुरक्षित मानिन्छ ।

हृदय रोगीका लागि पनि घिउकुमारी जुस राम्रो मानिदैन । किनभने यसले शरीरमा एड्रेनालाइन अत्याधिक मात्रामा उत्पन्न गर्न सक्छ । यसले शरीरमा पोटाशियमको मात्रा पनि कम गर्छ, जसले मुटुको धड्कन अनियमित गराउन सक्छ ।

घिउकुमारी पनि हानिकारक ? तर यस्तो अवस्थामा

धेरै खायो भने औषधी पनि बिष हुन्छ । चिनी पनि तितो हुन्छ । घिउकुमारीको सन्दर्भमा पनि यो लागु हुन्छ । हुन त घिउकुमारी बहुउपयोगी बनस्पती हो । यो औषधीय गुणले भरिपूर्ण हुन्छ । घिउकुमारी सौन्दर्यका लागि उपायोगी हुन्छ ।

स्वास्थ्यका लागि पनि उपयोगी हुन्छ । घिउकुमारी गुणै गुणले भरिएको बनस्पती हो । तर घिउकुमारीको अवगुण छैन भन्ने भ्रम नपाल्नुहोला । घिउकुमारीको कतिपय अवस्थामा बेफाइदा पनि छ ।

१. यदि कुनै औषधी सेवन गरिरहनु भएको छ भने चिकित्सकको सल्लाह बिना घिउकुमारी सेवन गर्नु हुँदैन । किनभने घिउकुमारीमा लेक्सेटिव नामक एक तत्व हुन्छ ।यो तत्वले औषधीलाई शरीरमा अवशोषित हुनबाट रोक्छ । त्यसैले कुनै औषधी सेवन गरिरहनु भएको र घिउकुमारीको जुस पनि सेवन गरिरहनु भएको छ भने त्यस्तो अवस्थामा औषधी प्रभावहिन हुनसक्छ ।

२. यदि घिउकुमारी अधिक मात्रामा सेवन गरियो भने पखला लाग्छ । किनभने यसमा एन्थ्राक्विनोन र लेक्सेटिव जस्ता तत्व हुन्छ । यहि कारण घिउकुमारीको अधिक सेवनले पखला लाग्न सक्छ ।

३. यदि तपाई घिउकुमारलाई गलत ढंगले प्रयोग गरिरहनुभएको छ भने त्यो हानिकारक हुनसक्छ । यसलाई गलत ढंगले सेवन गर्दा पोटेशियमको स्तर कम हुन्छ ।

४. जो महिला गर्भवती छन् उनीहरुले घिउकुमारी सेवन गर्नु हुँदैन । किनभने यसको अधिक सेवनले गर्भपात हुन सक्छ । यसा साथै गर्भको बच्चालाई पनि असर गर्नसक्छ । १२ बर्षभन्दा कम उमेरका बच्चालाई घिउकुमारी दिनुहुँदैन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः