बैज्ञानिकहरुले पछिल्लो समय गरेको सर्वेक्षण अनुसार बेसारले दिमागको क्षमता वृद्धि गर्ने कुरा उल्लेख गरिएको छ।स्टेम सेल एण्ड थेरापी जर्नलमा प्रकाशित अध्ययनमा यस्तो तथ्य सार्वजानिक भएको हो। सो लेखमा उल्लेख गरिएको छ की बेसारमा पाईने एक तत्वले दिमागको कोषिका वृद्धि र विकास गर्नमा महत्वपूर्ण भुमिका निर्वाह गर्दछ ।

अनुसन्धानको क्रममा एउटा मुसाको शरीरमा यसको परिक्षण गरिएको थियो। यस्तो अनुसन्धानबाट अल्जाइमर र ब्रेन स्टोकको औषधि बनाउन पनि बेसार उपयोगि हुने तथ्य पत्ता लागेको छ।

कसरी गर्छ बेसारले दिमागको क्षमता बढाउने काम ?

मुसामा सफलतापूर्वक यसको परिक्षण गरिएका भएपनि मानिसमा यसको परिक्षण गर्ने चुनौती आईपरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष रहेको छ।जर्मन स्थित इन्स्टिच्युड अफ न्युरो साइन्स एण्ड मेडिसिनका अनुसन्धानकर्ताले बेसारमा पाइने टर्मेरोन तत्वाका बारेमा बिषेश अनुसन्धान गरेका थिए।

टर्मेरोन दिए पश्चात मुसाको दिमागको स्क्यान गरि परिक्षण गरिएको थियो। सुइको माध्यमबाट दिइएको उत्त टर्मेरोनको प्रतिक्रिया थाहा पाउनको लागि गरिएको परिक्षणमा मस्तिष्कको कोषिकाको विकासको लागि जिम्मेवार एक भाग निकै सक्रिय भएको अनुसन्धानबाट खुलेको छ।

थप जानकारीः

तरकारीमा मात्र होइन, औषधिमा पनि काम लाग्छ बेसार

हामी हरेक छाक तरकारीमा बेसार राखेर मात्र खान्छौँ । बेसार नराखेको तरकारी हामी सायदै पकाउँछौँ । सामान्यतया हरियो सागपातमा बेसार नराखेको राम्रो मानिन्छ र राखिँदैन पनि । तर बेसारको उपयोग केवल तरकारीमा राख्नका लागि मात्र गरिँदैन । बेसारले कतिपय रोग निवारणमा पनि उल्लेख्य भूमिका खेलेको हुन्छ भन्दा सायद धेरैलाई थाहा नहुन सक्छ ।

यी रोगको उपचारमा बेसारको उपयोग हुन्छ :

मधुमेह

धेरै पटक पिसाब गरिरहनुपर्ने पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह भएमा पनि बिहान बेलुका १.१ चम्चा शुद्ध राम्रो बेसारको धुलो पानीसग खाने गरेमा एक दुई हप्तामै ठीक हुन्छ ।

आँखाको कमजोरीमा

राम्रो शुद्ध बेसारको धुलोलाई गाईको घ्युमा मुछेर बेलुका सुत्ने बेला गाजल लगाउने गरेमा आँखा रातो भएको, घाउभएको, जाले हुन लागेको, धमिलो भएको आदि एक दुई हप्तामै निको गर्छ र सधैँ लगाएमा आखामा कहिल्यै खराबी हुँदैन ।

कुनै पनि घाउ खटिरा वा काटेकोमा

राम्रो शुद्ध बेसारको धुलो ५० ग्राम तोरी वा तिलको तेलमा पकाउनेराम्ररी पाकी सकेपछि सिसामा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा लगाउन सकिन्छ, र कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।

शरीर सुनिएमा मर्केमा

५ ग्राम राम्रो शुद्ध बेसार दुधमा पकाएर २ ४ दिन सेवन गर्नाले सरिर सुन्नीएको वा मर्केको ठीक हुन्छ ।

पेट फुल्ने रोग भएमा

हावा भरिएर पेट फुल्ने, दुख्ने रने भएमा १ चम्चा बेसार र १ चम्चा नुन विहान बेलुका १ गिलास पानीमा पकाएर खाने गर्नाले ठीक हुन्छ ।

कफ जमेर दम भएमा

आधा चम्चा बेसार दिनको ३ पटक मनतातो पानीसग खाएमा कफ जमेर हुने दम ठीक हुन्छ ।

रुघाखोकी लागेमा, सर्दी भएमा

ज्वानो र बेसार १ चम्चा दिनको तिन पटक १ गिलास पानीमा पकाएर खाने गर्नाले रुघा पाक्छ र चाडो ठीक हुन्छ ।

मुखमा, घाँटीमा खटिरा आएमा

२ चम्चा बेसार २ जिलास पानीमा पकाउने १ गिलास भएपछि दिनको दुई पटक कुल्ला गर्ने गरेमा ठीक हुन्छ ।

खोकी लागेमा

१ गिलास दुधमा १ चम्चा पानी हालेर उमालृर दिनको दुई पटक खान दिएमा ठीक हुन्छ ।बेसारको टुक्रा पोलेर सुत्ने बेलामा चुस्ने गरेमा खोकी ठीक हुन्छ ।

टन्सिल भएमा

टन्सिल दुःखेमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुदै जान्छ ।

हात्ती पाइले रोगमा

गहुँत आधा गिलास १ चम्चा बेसार, १ चम्चा शखर हालेर नित्य विहान बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुदै जान्छ ।

दुधमा बेसार मिसाएर पिउनाले हुने फाइदा र ब

दूधमा बेसार मिसाएर पिउनुको यी चमत्कारी फाइदा

दुध स्वास्थ्यका लागि जति गुणकारी मानिन्छ, उत्तिनै बेसार पनि । यी दुबैमा औषधीय गुण पनि हुन्छ । कति यस्ता चिज हुन्छन्, जो आफैमा स्वास्थ्यबर्द्धक हुन्छ । तर, अर्को त्यस्तै बस्तुसँग मिश्रण गर्दा त्यसको गुण हराउँछ वा त्यसले उल्टो असर गर्छ ।

तर, दुध र बेसार आपसमा मिश्रण गर्दा थप गुणकारी बन्छ । बिगतमा चिसो लाग्दा दुधमा बेसार मिसाएर पिइन्थ्यो । तर, यसले शरीरको चिसो मात्र हटाउने काम मात्र गर्दैन, अरु धेरै फाइदा गर्छ ।

कसरी पिउने ?

बेसार शुद्ध र मिसावट नभएको हुनुपर्छ । साथै, दुध पनि ताजा र जैविक हुनुपर्छ । सकेसम्म प्याकेटको दुध पिउनुहुन्न । दुध उमालेपछि तर निकाल्नु पर्छ । त्यसमा एक चिया चम्चा बेसार मिसाएर पिउन सकिन्छ । दुधलाई तातो अवस्थामा पिउनु राम्रो मानिन्छ ।

कहिले पिउने ?

कुनैपनि खानेकुरा कुन समय खाने भन्ने कुराले पनि स्वास्थ्यमा प्रभाव पार्छ । जस्तो दही स्वास्थ्यका लागि राम्रो हो तर, राती सुत्नुअघि दहीको सेवन प्रत्युत्पादक हुन्छ । ठीक यसैगरी दुधको सेवन चाहि राती सुत्नुअघि गर्न सकिन्छ । बेसार मिश्रण गरिएको दुध राती पिउनु लाभदायक मानिन्छ ।

कलेजको बिषाक्त पदार्थ हटाउँछ

दुधमा बेसार मिसाएर पिउँदा त्यसले प्राकृतिक तरिकाले कलेजोको बिषाक्त पदार्थ निकाल्छ । यसैले गर्दा रगत शुद्धिकरण पनि हुन्छ ।

पाचन यन्त्र चुस्त राख्छ

दुधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहन्छ । तर, धेरै फ्याट भएको दुध सजिलै पच्दैन ।

हड्डी बलियो बनाउँछ

बेसार र दुधको मिश्रणमा क्याल्सियम बढी हुन्छ । दैनिक यस्तो दुध पिउनाले हड्डी बलियो बनाउँछ ।

क्यान्सरसँग लड्ने क्षमता

बेसारमा करक्यूमिन रहेको हुन्छ । यसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ । त्यसैले दुध र बेसार पिउदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ ।

राम्रो निन्द्रा लाग्छ

यदि तपाईलाई अनिन्द्राको समस्या छ भने बेसार र दुध पिउनु लाभदायक हुन्छ । बेसार मिसाइएको दुधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निन्द्रा लगाउँछ ।

अल्सरमा उपयोगी

दुध र बेसार यस्तो शक्तिशाली एन्टी सेप्टिक हुन्छ, जसले पेटको अल्सरलाई समेत ठीक गर्छ । यसले पाचनलाई राम्रो बनाउँछ । अल्सर, डाइरिया र अपच हुन दिदैन ।

महिनावरीमा हुने दुखाईबाट छुटकारा

बेसार भएको दुध पिउदा महिनावरीको क्रममा हुने दुखाई पनि कम गर्छ ।

यी ८ अवस्थामा हानिकारक हुनसक्छ, ‘बेसार-दुध’ सेवन

दुध र बेसारको आ-आफ्नै औषधिय महत्व छ । यी दुईको मिश्रण अझ स्वस्थ्यबर्द्धक हुन्छ । त्यसैले सुत्नुअघि नियमित रुपमा वेसार मिश्रति दुध पिउनु राम्रो मानिन्छ । दुधमा बेसार हालेर सेवन गर्दा यसमा रगतलाई पातलो बनाउने गुण हुन्छ । तर, के यो सबै किसिमको व्यक्तिको लागि उपायोगी होला ?

विज्ञहरु भन्छन्, सबैका लागि दुध र बेसारको मिश्रण उपयोगी हुँदैन । कतिपय स्वास्थ्य समस्यामा त यसले थप जटिलता ल्याउन सक्छ । कस्ता अवस्थामा बेसार र दुध मिसाएर पिउनु हुँदैन त ?

१. ग्याष्ट्रिक एवं एसिडिटीमा

जुन व्यक्तिलाई ग्याष्ट्रिक वा एसिडिटीको समस्या छ, उनीहरको लागि दुध र बेसारको मिश्रण उपयोगी हुँदैन । यसले उनीहरुमा थप समस्या पैदा गर्न सक्छ ।

२. जसले रगत पातलो बनाउने औषधी सेवन गर्छन्

बेसार र दुधमा रगत पातलो बनाउने गुण हुन्छ । यदि कसैले रगत पातलो बनाउने औषधी सेवन गरिरहेका छन् भने उनीहरुको रगत थप पातलो हुन्छ । र, त्यसले समस्या पैदा गर्न सक्छ ।

३. पित्ताशयको रोगीले

जुन व्यक्तिलाई पित्ताशयको समस्या हुन्छ, उनीहरुले दुध र बेसार सेवन गर्नु हुँदैन । किनभने यसले पित्तशैलीको समस्या थप बढाउँछ ।

४. जसको शल्यक्रिया भएको छ

शल्यक्रिया गरेका व्यक्तिले पनि दुध र बेसार पिउनु सहि हुन्न । यसले रक्तश्राव हुने संभावना हुन्छ ।

५. जसलाई मधुमेह छ

बेसार र दुधको मिश्रणले ब्लड सुगरलाई नियन्त्रण गरेर मधुमेहको औषधीको असर बढ्न सक्छ ।

६. जसलाई कलेजको समस्या छ

बेसार मिसाएको दुध पिउदा कलेजोमा बढी दबाव पर्छ । त्यसैले कलेजोको समस्या भएकालाई यसले थप समस्यामा पार्न सक्छ ।

७. छालाको समस्या भएकालाई

बेसार र दुधको मिश्रण सेवन गर्दा छाला रुखो एवं सुख्खा हुन्छ । त्यसैले छालाको समस्या भएकाहरुलाई यसले थप समस्यामा पार्न सक्छ ।

८. गर्भवती तथा मासिक श्रावको बेला

मासिक श्राव भएको बेला वा गर्भवती भएको अवस्थामा बेसार र दुध सेवन गर्दा रक्तश्राव हुने भय हुन्छ ।

कस्तो अवस्थामा पिउने त ?

सामन्य अवस्थामा दुध र बेसारमो मिश्रण एकदमै लाभदायक मानिन्छ । बेसार शुद्ध र जैविक हुनुपर्छ । त्यस्तै दुध पनि शुद्ध एवं ताजा हुनुपर्छ । तातो दुधमा एक चम्चा बेसार घोलेर पिउनुपर्छ ।

के छ फाइदा ?

– शरीरको विषाक्त पदार्थ प्राकृतिक तरिकाले हटाउने

– पाचन यन्त्र चुस्त राख्छ ।

– यसमा क्याल्सियम हुने भएकाले हड्डी बलियो बनाउँछ ।

– अपच हुन दिदैन ।

– अनिन्द्रामा उपयोगी

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः