बच्चा तथा बालबालिका अगाडि बढ्नुमा हरेक आमा बाबुले आफ्नो जिम्मेवारी भूमिका निर्वाह गर्नु पर्ने हुन्छ ।उनीहरुको शारीरिक, मानसिक तथा संवेगात्मक बिकासका लागि बिभिन्न पोषक तत्वका साथै उचित स्याहार सुसार हुन जरुरत हुन्छ ।

बच्चा दुई वर्षको भएपछि उसको हड्डी तथा मांशपेशीहरु मजबुत हुन थाल्छ र हिड्हुल गर्न सक्छ । यसका लागि उसलाई बिभिन्न पौष्टिक तत्वको जरुरत पर्छ ।

हरेक बच्चा एक वर्षमा २.५ इन्च उचाइ बढ्छ ।उसको उचाई बढ्नमा हर्मोन, पोषण, ब्यायामका साथै स्वास्थ्यमा भर पर्छ त्यसका लागि बिभिन्न पौष्टिक तत्व खुवानुपर्ने हुन्छ ।

त्यसका लागि यी चीजहरु खुवानु राम्रो हुन्छ :

दूधजन्य पदार्थ :

बच्चाको सम्पूर्ण विकासका लागि दूधका साथै दूधबाट बनेका परिकारहरु पनिर, मख्खन, चीज, दही जस्ता खानेकुराको जरुरत हुन्छ जसमा प्रटिन तथा क्याल्शियम हुनछ । जसले बच्चाको मांशपेशी र हड्डी बलियो बनाउनुका साथै उचाइ बढ्नमा मद्दत गर्छ ।

अण्डा :

अण्डामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन बी, बी२, रिबोफ्लाबिन आदि जरुरी तत्व हुन्छ । जसको नियमित सेवनले बच्चाको उचाई बृद्धि गर्न मद्दत गर्छ ।

चिकन :

चिकनमा भरपुर मात्रामा प्रोटिन तथा चिल्लो पदार्थ पाइन्छ । जसले बच्चाको शरीरलाई बलियो बनाउन मद्दत गर्छ । यसको नियमित सेवनले बच्चालाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ ।

केरा :

केरामा प्रशस्त मात्रामा बिभिन्न प्रकारका भिटामिन पाइन्छ । यसको नियमित सेवनले प्राकृतिक रुपमा उचाई बृद्धिमा सहयोग गर्न मद्दत गर्छ । र केरामा म्मयाग्नेशियम, पोटाशियमका साथै क्याल्शियम जस्ता पोषक तत्व पाइन्छ ।

थप जानकारीः

दिनमा कतिवटा अण्डा खाँदा शरीरलाई फाइदा पुग्छ ? पकाउने तरिका के ?

थुप्रै मानिसले तपाईंलाई अण्डा खानुका फाइदा र बेफाइदाबारे बताएका होलान् ।तर के तपाईंलाई राम्रो स्वास्थ्यका लागि दिनमा कतिवटा अण्डा खानुपर्ने र यसलाई पकाउने सही तरिका के हो भन्ने बारे थाहा छ ?

चीनमा करिब १० लाख मानिसमाथि गरिएको एक अनुसन्धान अनुसार दिनमा एउटा अण्डा खाँदा मुटु रोगको खतरालाई कम गर्न सकिन्छ ।विशेषज्ञले राम्रो स्वास्थ्यका लागि अण्डा खाने सल्लाह दिन्छन् । सँगसँगै यो पनि जानकारी दिन्छन् कि धेरै अण्डा खाँदा स्वास्थ्यमा प्रतिकुल असर पर्छ ।

कति अण्डा खाने ?

धेरैजसो डाक्टरले खानामा अण्डा समावेश गर्नुपर्ने सल्लाह दिन्छन् किनभने अण्डामा अत्यधिक मात्रामा पोषक तत्व पाइन्छन् । यसमा भिटामिन ए, डी, बी र बी१२ का साथै लूटिन र जिएजेनथीनजस्ता पौष्टिक तत्व पाइन्छन् । यी तत्व आँखाका लागि निकै फाइदाजनक हुन्छन् ।

ब्रिटेनका डायटिशियन डा. फ्रेंकी फिलिप्सका अनुसार दिनमा एउटा वा दुईवटा अण्डा खान सकिन्छ ।उनी भन्छिन्, ‘धेरै अण्डा खाँदा केही डराउनु पर्दैन । तर कुनै पनि खानेकुरा अत्यधिक खाँदा अन्य खानेकुराबाट प्राप्त गर्ने पौष्टिक तत्वबाट बञ्चित हुन्छौं भन्ने कुरा ध्यानमा राख्नुपर्छ । ’

त्यसकारण डाइटिशियनले पौष्टिक तत्व खान सल्लाह दिन्छन् ।‘अण्डा प्रोटिनको राम्रो स्रोत हो तर हामीले याद गर्नुपर्ने कुरा के छ भने हामीले अन्य खानाबाट पहिले नै प्रोटिन पाइसकेका हुन्छौं । आवश्यकता भन्दा दुई वा तीन गुणा बढी प्रोटिनले मृगौलामा असर पुर्याउँछ ।’

अण्डामा जब कोलेस्ट्रोल भएको प्रमाण भेटियो तब ब्रिटिश हार्ट फाउन्डेशनले सन् २००७ मा एक हप्तामा तीनवटा अण्डा खाने सल्लाह दिएको थियो ।

कोलेस्ट्रोलः

नेशनल हेल्थ सर्भिसका अनुसार अण्डामा केही कोलेस्ट्रोल पाइए पनि त्यसको मात्रा हाम्रो रगतमा सेचुरेटेड फ्याटबाट आएको कोलेस्ट्रोलभन्दा कम हुन्छ ।अर्को शब्दमा भन्नुपर्दा अण्डाको कोलेस्ट्रोल ठूलो समस्या होइन । सेचुरेटेड फ्याटबाट बनेको कोलेस्ट्रोलले ठूलै समस्या निम्त्याउँछ ।

हार्ट युकेका अनुसार एक अण्डामा करिब ४.६ ग्राम अर्थात् एक चम्चा फ्याट हुन्छ । तर यसको एक चौथाई भागमात्र सेचुरेटेड हुन्छ । अर्थात्, अण्डाले हाम्रो शरिरको कोलेस्ट्रोल स्तरमा धेरै असर पार्दैन ।हो, यदि अण्डामा क्रिम वा बटर मिसाउँदा यो भिन्न कुरा भयो ।

साल्मोनेला ब्याक्टेरियाः

ब्रिटेनकी पूर्व स्वास्थ्यमन्त्री एडविना कुरीले सन् १९८८ को डिसेम्बरमा ब्रिटेनमा उत्पादन हुने धेरैजसो अण्डामा साल्मोनेला ब्याक्टेरिया हुने जानकारी दिइन् ।यी ब्याक्टेरियालाई स्वास्थ्यका लागि निकै खतरनाक बताइएको छ । त्यसकारण उनको बयानले ब्रिटेनमा खैलाबैला मच्चायो ।त्यसपछि एडविनाले आफ्नो पदबाट राजीनामा दिनु परेको थियो ।

यद्यपी, त्यतिबेला अण्डामा साल्मोनेलाका केही समस्या पक्कै थिए । सन् १९९० सम्म अण्डाको उत्पादन गर्नेहरुले एक खोप कार्यक्रम सुरु गरेका थिए ।त्यसको तीस वर्षपछि ब्रिटेनको अण्डा दुनियाँमा सबैभन्दा सुरक्षित छन् ।

कम्तीमा पनि साल्मोनेलाको मामलामा त पक्कै ।त्यहाँको बजारमा पाइने धेरैजसो अण्डामा अब लायन मार्क लगाइएको हुन्छ जसको अर्थ अण्डा दिने कुखुरालाई सोल्मोनेलाबाट बच्ने सूई दिइएको छ ।

गत वर्ष मात्रै लायन मार्क अण्डालाई गर्भवती महिला र बच्चाका लागि सुरक्षित घोषित गरिएको थियो ।विशेषज्ञका अनुसार अब अण्डामा खतरनाक ब्याक्टेरियाको खतरा न्यून छ । त्यसकारण डराउनु पर्ने कुरा छैन ।

अण्डालाई कसरी पकाउने ?

जहाँसम्म अण्डालाई पकाउने कुरा छ, यसलाई निकै साधारण तरिकाले पकाउनुपर्छ वा उसिनेर खानुपर्छ ।धेरैजसो डाइटिसियनका अनुसार अण्डालाई तेलमा पकाउनु हुँदैन किनभने यसो गर्दा यसमा फ्याट र कोलेस्ट्रोलको मात्रा बढ्ने गर्छ ।

काँचो र हल्का रुपमा पकाएको अण्डा, जस्तै मायोनिस र आइक्रिसमा राखिन्छ, त्यो तरिका सही हुन्छ ।तरपनि यदि तपाईंलाई फुड पोइजनिङको डर छ भने अण्डालाई राम्ररी पकाएर खान सक्नुहुन्छ ।

अण्डालाई कसरी भण्डार गर्ने ?

फुटेको अण्डा कहिले पनि नकिन्नुहोस् किनभने यसमा धुलो वा ब्याक्टेरिया पस्ने सम्भावना हुन्छ ।बीबीसी गुड फुडले दिएको सल्लाह अनुसार अण्डालाई फ्रिजमा छोपेर राख्नुपर्छ ।अण्डालाई कहिले पनि फ्रिजको ढोकामा राख्नुहुँदैन । यसलाई चिसो बनाइराख्न फ्रिजको मेन बडीमा नै राख्नुपर्छ ।

काँचो अण्डाको सेतो भागलाई डब्बामा राखेर तीन हप्तासम्म फ्रिजमा स्टोर गरेर खान सकिन्छ जबकी त्यसको पहेंलो भागलाई तीन दिनसम्म खान सकिन्छ । पहेंलो भागलाई सुख्खा हुन नदिन त्यसमा थोरै पानी हाल्नुहोस् र प्रयोग गर्ने बेला उक्त पानी फ्याँकिदिनुहोस् ।

अण्डा फ्रेश छ छैन भनेर परिक्षण गर्ने तरिकाबारे पनि धेरैलाई थाहा होला । चिसो पानी राखिएको एउटा कचौरा लिनुहोस् र त्यसमा अण्डा हाल्नुहोस् । यदि अण्डा डुब्यो भने त्यो फ्रेश हुन्छ र यदि डुबेन भने त्यो पुरानो हो ।कुखुराले अण्डा पारेको २८ दिनसम्म त्यो खान मिल्छ ।

अण्डाको एलर्जी ?

कोहीलाई अण्डाको एलर्जी पनि हुन्छ । पाँच वर्षमुनीका बालबालिकालाई यस्तो समस्या देखापर्छ ।

अण्डाको एलर्जीका केही लक्षणः

– मुख वरिपरि रातो हुनु र सुन्निनु

– पेट दुख्नु

– बान्ता हुनु

तर यस्ता रियाक्सन घातक हुँदैनन् । यद्यपी, एलर्जी भएपछि डाक्टरको सल्लाह लिनुपर्छ ।

यस बारे पनि जान्नुहाेस्ः

केरा खानुका २० फाइदा

केराले उच्च रक्तचापलाई सामान्य राख्छ र धमनीमा नोक्सान पुग्नबाट बचाउँछ ।

केरामा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ ।

दुधमा केरा मिसाएर खाँदा अम्लस्राव रोक्छ र कब्जीयत हटाउन मद्दत गर्छ ।

केरामा पाइने पेक्टिनले पाचनक्रियालाई सामान्य पार्छ र ठूलो आन्द्रामा हुने क्यान्सरको खतरा नष्ट पार्छ ।

केराको गुदिमा बढी मात्रामा केरोटेनाइड्स पाइन्छ जसले क्यान्सर, मुटु र मधुमेहबाट बचाउँछ ।

दिनको एउटा शुद्ध केरा खानाले मृगौला क्यान्सरमा कमी आउँछ ।

केरामा भिटामिन बी ६ पाइन्छ जसले शरिरमा ग्लूकोजको मात्रा सन्तुलन गराउँछ, तनाव नियन्त्रण गर्न सहयोग गर्छ ।

केरामा उच्च मात्रामा आइरन तत्व पाइन्छ । जसले रगतमा हेमोग्लोबिनको उत्पादन बढाउँछ र रक्तअल्पताबाट बचाउछ ।

केरामा पाइने पोटासियमले सक्रिय बनाउन मद्धत गर्छ ।

दिनमा २ वटा कोसा केरा खानाले शरीरमा आवश्यक सबै प्रकारका भिटामिनहरुको आवश्यकता पुरा हुन्छ ।

डिप्रेसनको समस्या भएकाहरुले केरा खानु लाभदायक हुन्छ ।

केराले युरिनरी क्याल्सियममा आउने कमीलाई पूरा गर्छ ।

दही र केरा खानाले पखाला रोक्न मद्धत गर्छ ।

केराले अल्सर हुनबाट बचाउँछ ।

केराले हाड बलियो बनाउँछ ।

पेटको अम्लीयपन नष्ट गर्छ ।

केरामा उच्च मात्रामा फाइबर पाइन्छ । जसले पाचन प्रणालीलाई स्वस्थ बनाउछ र कब्जियतबाट बचाउँछ ।

केरामा पाइने भिटामिन बी ले स्नायु प्रणाली स्वस्थ बनाउँछ ।

केराले स्मरणशक्ति बढाउँछ ।

केराले शरिरको तापक्रम नियन्त्रण गर्न मद्धत गर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः