हाम्रो शरिरको एक महत्व अङ्ग हो किड्नी । हामीले यसलाई के गर्दा स्वास्थ रहन्छ भन्ने कुरामा बढी ध्यान दिनु पर्छ । जुन खानपिनले किड्नीलाई असर गर्छ त्यो खानेकुरा खानु हुदैन ।

यस्ता छन् किड्नी फेल हुनुका मुख्य कारण

पानी थोरै वा धेरै पिउनु

दैनिक ८–१० गिलास पानी पिउनुपर्छ । यो भन्दा कम पानी पिउनुले शरिरमा जम्मा भएको टाक्सिस किड्नी फंक्सनमा नराम्रो असर पार्छ । पानी धेरै पिउनाले पनि किड्नीलाई धेरै असर पर्ने गर्छ ।

धेरै खाना खानु

सामान्य मानिसभन्दा मोटो मानिसहरुको किड्नी खराब हुने सम्भावना ज्यादा हुन्छ । धेरै खाना खाँदा तौल छिटो बढ्छ । यसकारण धेरै खाना खानु राम्रो मानिदैन ।

पुर्ण निन्द्रा नलिनु

पढाइको समयमा दैनिक मानिस ७–८ धण्टा पनि सुत्दैन जसका कारण हाई ब्लड प्रेशर हुने सम्भावना बढेर जान्छ । यसमा किड्नी डिजिजको आशंका पनि बढेर जाने गर्छ ।

पिसाब रोकेर बस्नु

हामी समयमा काम सक्छौ भनेर लामो समय पिसाब रोकेर बस्ने गर्छौ । यसको सोझो असर किड्नीमा पर्ने गर्छ । किड्नीमा व्याकटेरिया कारण इन्फेक्सन समेत हुनसक्छ ।

चुरोट सेवन गर्ने बानी

चुरोट सेवन गर्नाले टाक्सिंस जम्मा हुनेगर्छ । यसले किड्नीलाई ड्यामेज गर्ने काम गर्छ । चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नीड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ।

ज्यादा ननभेज खाना

मासुमा पर्याप्तमात्रामा प्रोटिन हुने गर्छ । ज्यादा मात्रामा प्रोटिन डाइट लिने गर्दा किड्नीमा मेटाबोलिक लोड बढ्न जान्छ । जसका कारण किड्नीमा स्टोनको समस्या देखिन सक्छ ।

रक्सी पिउनु

ज्यादा मात्रामा रक्सी पिउनाले किड्नीमा समस्या देखापर्छ । यसले लिभरमा पनि नोक्सान पुर्याउने काम गर्छ । धेरै मात्रामा कोल्ड ड्रिंक पिउनु पनि किड्नीको लागि राम्रो मानिदैन ।

जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ ।

धेरै नुनिलो खानेकुरा खानु

धेरै नुनिलो खानेकुरा खानाले किड्नीमा समस्या पैदा गर्नसक्छ । यसले ब्लड प्रेसर समेत बढाउने काम गर्छ । जसका कारण किड्नीमा नराम्रो असर पुग्न जान्छ ।

धेरै औषधीको प्रयोग

धेरै औषधी सेवन गर्ने बानीका कारण किड्नी फेल हुनेगर्छ ।

धेरै नसुत्ने

दिनमा ७ देखि ८ घण्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।

चिसो सर्दी

चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

रातीको खाना ढीलाे खानुको असर यस्तो छ ! जान्नुहाेस्

राति ढीला सुत्ने र विहानपनि ढीला उठ्ने बानी आधुनिक जीवनको पर्याय जस्तै बनेको छ । यसरी राति ढीला सुत्दा मानिसहरुमा खाना खाने बानी पनि ढीलो हुन थालेको छ । यसले मानिसको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।

ढीला खाना खादाको असर यस्तो छ

सुत्नमा समस्या हुन्छ

अबेर रातीमा खाना खानुले शरीरको स्लीप साइकिल डिस्टर्ब हुन्छ । सन २०१५ मात्र गरिएको एक अध्ययन अनुसार, अबेर राति खाना खानुनले निद्रामा त समस्या हुन्छ नै साथमा ग्यास्ट्रिकले पनि सताउँछ ।

पाचन प्रक्रियामा समस्या

तपाईंलाई यदी ग्यास्ट्रिकको समस्या छ भने खाना खाने समयमा परिवर्तन गर्नुहोस् । अबेर राति खाएको खाना तपाईंको शरिरमा राम्ररी डाइजेस्ट हुन सक्दैन् । जसका कारण ग्यास्ट्रिकको समस्या बढ्छ ।

तौल बढ्नु

अबेर राति खाना खानुले शरीरको स्केडियन क्लक पनि प्रभावित हुन्छ । स्केडियन क्लक बिग्रनुले निन्द्रामा समस्या आउनुका साथै हार्मोन्सको संतुलन पनि खराव भएर जान्छ । यसले शरीरको तौल बढ्न थाल्छ ।

ब्लड प्रेसर बढ्छ

गलत समयमा खाएको खानाले शरीरलाई फाइदा भन्दा धेरै असर पुर्‍याउँछ । ढीला खाना खाँदा हृदयघात र मधुमेहको खतरा बढी हुन्छ । अध्ययनअनुसार, अबेर राति खाना खाँदा ब्लड प्रेसरको समस्या तथा ब्लडमा सुगरको लेवल समेत बढ्छ । जुन मानिसको स्वास्थ्यका लागि खतरनाक सावित हुन सक्छ ।

सुगर भएको मान्छेलाई छुट्टै खाना जरूरी पर्दैन

सुगर, डाइभिटिज, मधुमेह र चिनीरोग सबैलाई एउटै नामले चिनिन्छ । यसलाई सामान्य भाषामा बुझ्दा शरीरमा चिनीको मात्रा धेरै देखिनु हो । तर, चिनीको मात्रा बढी देखिनु भनेको शरीरमा चिनीको मात्रा बढी भएको होइनकि हाम्रो शरीरमा इन्सुलिनको मात्रा कमी भएको हो ।

जे जति हामीले खान्छौ पिउँछौ (चाहे त्यो आलु होस्, भात होस्, ढिँडो, चाउचाउ, च्याख्ला, बिस्कुट जे सुकै होस्) सबै कुरा पेटमा गएर बन्ने सुगर नै हो। हाम्रो बुझाई गलत छ । सुगर हुनेले यो खान हुन्न त्यो खान हुन्न भनिन्छ। सुगर भनेको भात खान नहुने रोग भन्ने प्रचलन अझ बढी छ। आलु खान नहुने भनिन्छ। यो सबै गलत हो ।

रगतमा सुगरको मात्रा बढी देखिनु भनेको हामीले त खाना खायौं खाएको खानेकुरा पेटमा गएर सुगर बन्यो, त्यो कुरा इन्धनको रुपमा हाम्रो शरीरले प्रयोग गरेन भन्ने हो। तर, यसको अर्थ खाएको खाने कुरा पेटमा गयो चिनी बन्यो अनि खेर गयो ।

त्यो शरीरका अंगहरूले खान पाएन अनि अगंहरू भोकै रह्यो । हामीले खाएको खानेकुरा पेटमा जान्छ गएपछि पाचन भइसकेपछि चिनी बन्छ र पेटमा इन्सुलीन भन्ने हार्मोन उत्पादन हुन्छ। यसलाई पेन्क्रियाज भन्ने अंगले उत्पादन गर्छ । यो पेटको तलको भागमा हुन्छ ।

उत्पादन भएको इन्सुलीनले हामीले खाएर खानाबाट बनेको चिनी सबै अगंमा प्रवेश गराउने काम गर्छ । जब हाम्रो शरीरमा इन्सुलीनको मात्रा कमी हुन्छ खाएको चिज जुन चिनी बन्छ तर त्यो शरीरका अंगहरुमा प्रवेश गर्न पाउँदैन । यही अवस्था हो सुगर भनेको ।

सुगर भनेको शरीरमा चिनीको मात्रा बढी भएको होइन, शरीरमा इन्सुलिनको मात्रा कमी भएको हो । सुगर भनेको गुलियो चिज खाएर लाग्यो भन्ने गर्छौ चिनी धेरै भएर लागेको रोग भन्छौ तर यो गलत हो । सुगर भएको मानिसले गुलिया खान हुँदैन भन्ने होइन। एक चम्चा चिनी खादैमा केही फरक पर्दैन ।

जे खाए पनि पेटमा गएर बन्ने चिनी नै हो । चाहे गुलीयो चिज खानुहोस चाहे गुलियो नभएको खानेकुरा खानुस पेटमा गएर बन्ने चिनी नै हो । भात र आलु खान हुन्न भनिन्छ यो गुलियो भएर त होइन । यसमा कार्बोहाइड्रेट धेरै हुन्छ । सुगर भएको बेला कार्वोहाइड्रेट भएको खाने कुरा नखाने होइन कम खाने तर धेरै पटक खाने गर्नुपर्छ ।

सुगरमा के खाने कसो खाने भनेर सोच्न जरुरी छैन । हामीले बजारमा हेर्छौ सुगर फ्री बिस्कुट, सुगर फ्री केक, सुगर फ्री सेलरोटी भन्छौ, सुगर फ्री चक्लेट भन्छौ यो सबै नचाहिने कुरा हो । हामीले गुलियो मात्रै सुगर भन्न भएन गुलीयो भनेको प्रत्यक्ष सुगर हो तर अरु कुरा अप्रत्यक्ष सुगर हो । त्यही भएर सुगर भएको बेलामा के खाने भन्ने प्रश्न होइनकी कति खाने भन्ने प्रश्न हो ।

सुगर भएको मान्छेको लागि अलग्गै प्रकारको खाने कुरा जरूरी पर्देन । यस्तो चलन संसारमा छैन हाम्रो देशमा मात्रै किन यस्तो भनिएको छ । यो सुगर फ्री, त्यो सुगर फ्री भनेर नचाहिने हल्ला गरिएको छ । यो, त्यो खानेभन्दा पनि कति खाने भन्ने सोच्नुपर्छ ।

थोरै खाने धेरै चोटी खाने तर के खाने भनेर सोच्ने होइन । रक्सी चुरोट खान भएन यो सबैलाई थाहा छ। बोसो चिल्लो खान भएन । चिनीबाट बनेका चिजहरु धेरै सकभर खान भएन । अरू जे खाए पनि हुन्छ। धेरै खाने होइन तर धेरैपटक खानुपर्छ ।

सुगर किन हुन्छ ?

सुगरको प्रमुख कारण जीवनशैली नै हो। हाम्रो खानपिन ठीक छैन। मान्छेहरू अल्छी भएका छन्। तरकारी लिन जान पनि गाडी र मोटरसाइकलको प्रयोग गर्छन। मोटोपन धेरै छ। खाना समयमा नखाने र एकै पटकमा धेरै खाना खाने गरिन्छ। खाना साथै सुत्ने बानी छ। व्यायाम गर्ने चलन छैन। तनावपूर्ण जीवन शैली छ। यो बाहेक बंशाणुगत कारणले पनि सुगर हुन्छ।

लापरबाही तरिकाले बिभिन्न किसिमका औषधि प्रयोग गर्दा पनि सुगर हुन्छ। पेटको रोगी, कलेजोको रोगी, पित्तको रोगी र पेन्क्रियाजको रोगी भएको मानिसलाई हुन्छ। रक्सी धेरै पिउनेलाई सुगरको खतरा हुन्छ। सबैभन्दा ठूलो कारण जीवन शैली नै हो। खाना धेरै खाने तर व्यायाम नगर्ने गर्दा सुगरको खतरा बढी हुन्छ।

सुगरका लक्षणहरू

सुगर भएको लक्षण देखिन्छ भन्ने छैन। सुगरको मुख्य लक्षण भनेको मुख सुक्ने पिसाब बढी लाग्ने हुन्छ। पानी बढी प्यास लाग्ने, शरीरको तौल घट्दै जाने, यौन इच्छा कम हुँदै जाने, यौन अगंहरू चिलाउँदै जाने हुन्छ। छालाहरु सुख्खा भएर जाने हुन्छ। आँखा धमिलो हुने हुन्छ।

यी लक्षणहरू सुगर भएको आठ, दस वर्षपछि मात्रै देखिन्छ। यसको लक्षण तुरून्तै देखिन्छ भन्ने छैन। त्यसैले बेला बेलामा स्वास्थ्य परीक्षण गर्नुपर्छ। अर्को कुरा सुगरको मात्रा मात्रै जाच्ने चलन छ। यसले मात्रै हुँदैन। यसको लागि कोलस्ट्रोल,किड्नीको परीक्षण गर्नुपर्छ। सुगरको लागि विशेष परीक्षणसमेत गर्नुपर्छ।

उपचार

सुगरको मुख्य उपचार भनेको खानपिन नै हो। जबसम्म खाने तरिका मिलाइँदैन जति औषधि खाए पनि ठीक हुँदैन। चिकित्सकको निगरानीमा बिभिन्न खालका औषधिको प्रयोग त गर्न सकिन्छ तर त्यो भन्दा महत्वपूर्ण बिरामी आफू सचेत हुनुपर्छ। आहारलाई परिवर्तन गर्नुपर्छ।

खानेकुरा मिलाएर खानुपर्छ। शरीरको तौललाई सन्तुलन गर्नुपर्छ। दिनमा तीस मिनेटदेखि पैतालीस मिनेटसम्म हिड्नुपर्छ। अथवा कुनै किसिमको व्यायाम गर्नुपर्छ। आहार, व्यवहार र विचार नबदलि जतिसुकै औषधि र सुई खोपे पनि ठीक हुँदैन।

लापरबाही गरे के हुन्छ ?

यसले बिरामीलाई तुरुन्तै दुःख दिँदैन। यसले बिस्तारै मार्छ। यसलाई म ‘साइलेन्ट किलर’ भन्न रूचाउँछु। यसले भविष्यमा आँखा नदेख्ने बनाउनसक्छ। किड्नी फेल हुनसक्छ। हृदयघात हुनसक्छ। प्यारालाइसिस हुने खतरा हुन्छ। कतिपए अवस्थामा खुट्टासमेत काट्नुपर्ने हुन्छ।

यो अवस्था एकै दिनमा पुग्ने होइन। यसका लागि बीसौ वर्ष लाग्छ। त्यसैले यसलाई लापरबाही गर्न हुँदैन। हिजो सुगर ५ सय थियो आज ३ सय छ कन्ट्रोल भयो भनिन्छ यो गलत हो। सुगर जति भए पनि त्यसले बिगार्ने उत्ती नै हो।

सुगर आचरण सुधार्ने मौका पनि हो

सुगर हुनासाथ आत्तिनु पर्ने हुँदैन। यसले जिउन सिकाउँछ। मानिसलाई अनुशासित बनाउँछ। यसलाई कन्ट्रोल गर्न सकियो भने मानिसको आयु दस–पन्ध्र वर्ष बढ्छ। सुगर भएपछि म खत्तम भए केही गर्न सक्दिनँ भनेर सोच्न हुँदैन।

रोग नभएको मान्छेले केही पनि परीक्षण गर्दैन। तर सुगर भएको मान्छेले बेलाबखत शरीरको स्वास्थ्य परीक्षण गरेको हुन्छ। जसले गर्दा उसलाई के भइरहेको छ भन्ने थाहा हुन्छ र रोगको चाडो उपचार हुन्छ। सुगरको कन्ट्रोल गर्ने औषधिले र चिकित्सकले होइन यसको कन्ट्रोल बिरामी आफैंले गर्ने हो।

जबसम्म बिरामीले चाहँदैन सुगर कन्ट्रोल हुँदैन। जतिपटक चिकित्सक कँहा धाए पनि जति औषधी खाए पनि यो कन्ट्रोल हुँदैन। यदी बिरामी स्वयम् सचेत भएन भने।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।