नेपालीहरुको महान चाड बडा दशैं आउँदै छ । दशैंको विभिन्न विशेषता मध्ये एक हो नयाँ लुगा लगाउने । सानो उमेरका केटाकेटी देखि पाका उमेरका व्यक्तिसम्मले दशैंमा सकेसम्म नयाँ लुगा लगाउने प्रयास गर्दछन् ।

तर यसरी लगाइने कतिपय नयाँ लुगाहरु स्वास्थ्यको दृष्टिकोणले भने हानिकारक देखिने गरेको पाइएको छ । हामीले लगाउने नयाँ लुगाले शरीरमा हानीकारक विषादी समेत प्रवेश गराउँछौँ भन्ने कुराको खुलासा भएको छ ।

हालै गरिएको एक अनुसन्धानले लुगा बनाउने क्रममा प्रयोग गरिएका सरायनबाट शरीरका लागि हानीकारक विषादी निस्कने र त्यसले शरीरमा विभिन्न खालका चर्मरोग निम्त्याउने गरेको पाइएको छ ।

स्टोकहोम युनिवर्सिटीद्धारा गरिएको अनुसन्धानले नयाँ कपडा तयार गर्दा प्रयोग गरिने केमिकल्सले शरीरका लागि हानीकारक विषाक्त तत्व जम्मा गर्ने गरेको देखाएको छ । सो अनुसन्धानले कतिपय त्यस्ता विषाक्त तत्वहरु कपडा धुँदा समेत नजाने उल्लेख गरेका छन् ।

अनुसन्धानकर्ताहरुले भनेका छन् कि जैविक कटनबाट बनेका कपडामा पनि विषादीयुक्त हुने ग्यारेन्टी हुँदैन । अनुसन्धानकर्ताहरुले स्वीडिश तथा अन्तराष्ट्र्रिय क्लाथिङ चैनबाट लिइएको ६० वटा कपडाको नमूना परीक्षण पछि यो निस्कर्ष निकालेका हुन् ।

उनीहरुले प्रारम्भिक परीक्षणमा कपडामा हजारौँ केमिकल्सहरु रहेको र त्यो विषादीयुक्त रहेको बताएका छन् । उनीहरुले भनेका छन, यो केमिकल्सबाट एलर्जी सम्वन्धी तथा चर्म रोग सम्वन्धी विरामीको खतरा बढी हुन्छ । यति मात्रै होइन बाताबरणलाई समेत असर पार्न सक्छ ।

थप जानकारीः

एलर्जीले सताएको छ?

आहा क्या मौसम छ! प्रकृति पनि कति सुन्दर छ। बिहान उठ्ने बित्तिकै झ्याल खोल्नुहुन्छ अनि रूखको हाँगाबाट चराचुरुङ्गीको आवाज सुन्नुहुन्छ, न्यानो हावाले तपाईँको मुहारलाई स्पर्श गर्दछ अनि त्यो चरम बासनाको महशुस गर्न लामो स्वास लिनुहुन्छ।

तर अचानक तपाईँको नाकमा काउकुती लाग्न थाल्दछ, एकैछिनमा हाँछ्यू, अनि बिस्तारै भल-बाढी सुरू हुन्छ। अब तपाईँको ध्यान प्रकृतिको सुन्दरताबाट रूमाल खोज्नमा जान्छ। यस्तो कसैलाई भएको छ? भएको छ भने तपाईँलाई फूलको परागको एलर्जी छ भनेर भनिराख्नु जरुरी नहोला!

एलर्जी धेरै किसिमको हुन्छ, कसैलाई बासनाको एलर्जी हुन्छ भने कसैलाई खानेकुराको अनि कसैलाई घरपालुवा जनावरको! एलर्जी के हो, कसरी हुन्छ अनि एलर्जी हुँदा क-कसलाई के-के लक्षण देखा पर्छ र यसबाट बच्ने उपायहरू के-के हुन् भनेर आज हामी तपाईँहरूलाई जानकारी दिँदैछौँ।

एलर्जी भनेको के हो?

वातावरणमा भएका केहि कुराहरूसँग मानिसको प्रतिरक्षा प्रणाली धेरै नै संवेदनशील भएर शरीरमा सानोतिनो समस्या देखाउँदछ भने त्यस्तो शारीरिक अवस्थालाई ‘एलर्जी’ भएको भनिन्छ।

एलर्जी हुँदा शरीरको छाला चिलाएर रातो हुने, आँखा रसाएर रातो हुने अनि नाकबाट पातलो पानी बगेर हैरान गर्ने अथवा सुन्निने हुन्छ। एलर्जीको किसिम देशअनुसार पनि फरक पर्दछ। नेपालको सन्दर्भमा हेर्दा धेरैजसोलाई धुँवा र धुलोको एलर्जी हुने विश्व स्वास्थ्य सङ्घको आँकडाबाट देखिएको छ।

एलर्जीका लक्षणहरू के-के हुन्?

हाम्रो शरीर र वातावरणमा भएका तत्वहरूलाई सम्बन्धमा राख्ने अङ्गहरूमा धेरै जसो एलर्जी हुने गर्दछ, जस्तै, आँखा- देख्न मद्दत गर्दछ, नाक- सुँघ्न मद्दत गर्दछ, स्वासनली- सास फेर्न मद्दत गर्दछ, कान- सुन्न मद्दत गर्दछ अनि छाला-महशुस गर्न मद्दत गर्दछ। यी छुट्टाछुट्टै अङ्गहरूलाई छुट्टाछुट्टै तत्वहरूबाट एलर्जी हुने गर्दछ भने यसका लक्षणहरू पनि छुट्टाछुट्टै हुने गर्दछन्।

अङ्गअनुसार एलर्जीका लक्षणहरूको सूची हेर्नुहोस्-

नाक

– नाकको बाहिरी भाग सुन्निनु

– नाकबाट पातलो पानी बग्नु

– हाँछ्यू आउनु

– नाकको भित्री भाग चिलाउनु

आँखा

– रातो भएर आँसु आइरहनु

– आँखा चिलाउनु

– देख्न मुस्किल हुनु

– घाममा हेर्न मुस्किल हुनु

स्वासनली

– खोकी लाग्नु

– दम बढ्नु

– सास फेर्दा आवाज आउनु

– स्वासनली सुन्निएर सास फेर्न गाह्रो हुनु

कान

– कान डम्म भएर बन्द भएजस्तो भान हुनु

– कसै-कसैलाई अलिअलि दुखाई पनि महशुस हुनु

– सुन्न पनि मुस्किल हुनु

– कान चिलाउनु

छाला

– चिलाएर छाला रातो हुनु

– खटिराजस्तो दाग देखापर्नु

आन्द्रा

१० हजार जनामा १ जनालाई आन्द्राको पनि एलर्जी हुने गर्दछ। यसका मूख्य लक्षणहरू

– ढाड दुख्नु

– बान्ता हुनु

– पेटबाट आवाज आउनु

Salesgirl showing dress to woman in supermarket

के कारणले गर्दा एलर्जी हुने गर्दछ?

एलर्जी हुने मूख्य कारणहरूलाई दुई भागमा विभाजन गर्न सकिन्छ, ती हुन्- आन्तरिक र बाह्य। आन्तरिक कारणमा वंशाणुगत, लिङ्ग, जात र उमेर पर्दछन् भने बाह्यमा मूख्यतः वातावरण प्रदूषण पर्दछ। खाना, फूल, मेडिकलका औषधीहरू पनि बाह्य कारणमा पर्दछन्।

– नेपालको सन्दर्भमा भन्नुपर्दा यहाँ धेरै वातावरण प्रदूषण भएको छ जसले गर्दा हावा, पानीमा पनि प्रदूषण बढिरहेको छ। त्यसकारण नेपालमा हुने एलर्जीको मूख्य कारण यहि वातावरण प्रदूषणलाई मान्न सकिन्छ।

– वातावरण प्रदूषण बाहेक कसै-कसैलाई खाने कुराबाट पनि एलर्जी हुने गर्दछ। हाम्रो शरीरले नरुचाउने खाने कुराहरू खाइयो भने एलर्जी हुने सम्भावना बढी हुन्छ। सामान्यतयाः ‘ओमेगा-६’  भन्ने तत्व अधिकांश भएको खानेकुराहरू खाँदा एलर्जी हुने गर्दछ। त्यस्ता खानेकुराहरूमा विशेषतः बदाम, गाईको दूध, सोयाबिन, अण्डा, गहुँ, माछा पर्दछन्।

– फूल बन्नको लागि किराफट्याङ्ग्राहरूले एक बिरुवाबाट अर्को बिरुवामा परागसेचन गर्नुपर्ने हुन्छ। अनि त्यहि पराग को कारण पनि धेरैजसोलाई एलर्जी हुने गरेको पाइन्छ। यस्तो परागले एलर्जी भएमा हाँछ्यू आउनु, नाक चिलाउनु जस्ता लक्षणहरू देखा पर्दछन्।

– शरीरमा अन्य रोग लागेर मेडिकलको औषधी खाँदा पनि कसैकसैलाई त्यही औषधीले एलर्जी पैदा गर्न सक्दछ। यस्तो अवस्थामा डाक्टरको सल्लाहअनुसार अर्कै औषधीको सेवन गर्नुपर्ने हुन्छ।

– कसै-कसैलाई सुई लगाउँदा पनि एलर्जी हुने गरेको पाइएको छ।

एलर्जीबाट कसरी टाढा रहने?

वंशाणुगत एलर्जीहरूको कुनै उपचार हुँदैन, त्यसबाट टाढा रहन पनि सकिँदैन तर केहि हदसम्म भएपनि कम भने पक्कै पनि गर्न सकिन्छ। त्यसको एउटै मात्र अचुक उपाय भनेको खाने कुरामा ध्यान दिनु हो अनि तपाईँको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु हो। थाहा छ, यो झन्झटिलो र दैनिकी जीवनमा लागू गर्न गाह्रो हुन्छ तर तपाईँको स्वास्थ्य भन्दा महत्वपूर्ण अरू के हुन्छ र?

एलर्जीलाई कम गर्ने केही उपायहरू यस प्रकार रहेका छन्-

– के तपाईँलाई थाहा छ, दुग्ध खाद्दपदार्थ र मासुबाट मुटुको रोग लाग्न सक्छ नि! त्यतिमात्रै होइन, यसमा भएका ‘ओमेगा-६’ र ‘ओलिक एसिड’ ले तपाईँको शरीरको एलर्जीको मात्रा झन् बढाउँदछ। रातो फलमासुमा भएको ‘ओलिक एसिड’ ले ‘साइटोकाइन्स’ र ‘ल्युकोट्राइन्स’ नामक पदार्थ पैदा गर्दछ जसले तपाईँको प्रतिरक्षा प्रणालीलाई एलर्जीसँग सामना गर्न रोक्दछ।

उक्त एसिड थोरै मात्रामा भएपनि प्रतिरक्षा प्रणालीलाई काम गर्न बाधा पुग्दछ र यो एसिड हाम्रै शरीरले पनि अलिकति पैदा गरिरहेको हुन्छ, जसले गर्दा झन् बढी बाधा हुने गर्दछ। त्यसैले एलर्जी हुने तपाईँहरूले आफ्नो दैनिकी आहारबाट मासु हटाउँदा नै फाइदा हुनेछ।

– खानामा भिटामिन-ई को मात्रा भएको खानेकुराहरूको समावेश गर्नुभयो भने शरीरको प्रतिरक्षा प्रणालीलाई एलर्जीसँग जुध्न मद्दत पुग्दछ। भिटामिन-ई ले धुम्रपान गर्नेहरूको फोक्सोलाई पनि थोरै मात्रामा निकोपार्ने काम गर्दछ।

एलर्जी पैदा नगर्ने खानेकुराहरू यस प्रकार रहेका छन्-

– हरियो पात भएका सागसब्जीहरूgreen leaf– अण्डाको भित्री भागमा भिटामिन-ई प्रशस्त हुने गर्दछ

– गेडागुडीको तेल

– चिल्लो माछाका प्रजातीहरू जस्तै- रहु माछा, सहर माछा, कड माछा, आदि

– भुँइकटहर

– मेवा

– चन्दनको अचार

तपाईँको शरीरबाट एलर्जीलाई फ्याँक्न चाहनुहुन्छ भने ‘ओमेगा-६’ भएको खानेकुराहरूमा कम गर्नुहोस्, त्यसको सट्टा ‘ओमेगा-३’ अथवा ‘भिटामिन-ई’ भएको खानेकुराहरूमा बढी चासो दिनुहोस्। तथापी, तपाईँको दैनिकी आहारमा यी कुराहरू प्रशस्त छ भने तपाईँलाई एलर्जीले सायदै छुन सक्ला-

– भिटामिन- सी (१० ग्राम प्रतिदिन)

– भिटामिन- बी५ (८०० मिलिग्राम प्रतिदिन)

– जिङ्क (१५० मिलिग्राम प्रतिदिन)

– चिसो पानीमा पाइने माछाको तेल (१०००-२००० मिलिग्राम प्रतिदिन)

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः