सफा चम्किलो र स्वस्थ दाँतले मानिसको व्यक्तित्व झल्काउछ । शरीरका अन्य भागको स्वास्थ्यमा तपाईँले जति ध्यान दिनुहुन्छ त्यति नै ध्यान दाँत र गिजाको स्वास्थ्यमा पनि दिनुपर्छ ।

दाँतको स्वास्थ्यमा ध्यान नदिदा दाँत र गिजामा समस्या त हुन्छ नै यसको अलावा मुटु, मिर्गौला तथा केही मात्रामा क्यान्सर रोगको समेत जोखिम बढ्छ । यस्तो महत्वपूर्ण दाँतको सफाई चाँही कसरी गर्ने हो त ? आउनुस हेरौँ डेन प्लानले सिकाएको छ तरिका

१. ब्रसको टाउकोलाई दाँतमा राखी त्यसलाई करिब ४५ डिग्रीको झुकाब दिएर गोलाकार रुपमा चलाई सबै दाँतको सतहहरु सफा गर्नुस् ।

२. तल र माथिका दाँतहरुको बाहिरी सतहमा ब्रसलाई तलमाथि गर्दै चलाएर सफा गर्नुस् ।

३. तल र माथिका दाँतहरुको भित्री सतहमा पनि ब्रसलाई राम्ररी चलाई सफा गर्नुस् ।

४. दाँचको चपाउने सतह अर्थात तल र माथिका दाँतका टुप्पोमा राम्ररी सफा गर्नुस् ।

५. दाँतको भित्री सतह सफा गर्न ब्रसलाई ठाडो पारेर गोलाकार रुपमा चलाई ब्रस गर्नुस् ।

६. ब्रस गर्दा ज्रिबोमा समेत गर्नु राम्रो हुन्छ । यसो गर्नाले मुखको व्याक्टेरिया हटाई मुखको दुर्गन्धहटने वा सास ताजा गर्न मद्धत मिल्छ ।

थप जानकारीः

दाँत सेतो र चम्किलो बनाउने घरेलु काइदा

सामान्यत हामी सौन्दर्यको कुरा गर्दा, स्वास्थ्यको कुरा गर्दा दाँतलाई पाखा लगाउँछौं । अर्थात सौन्दर्य र स्वास्थ्यको कुरामा दाँतलाई भुल्छौं । जबकी दुबैका लागि दाँतको भूमिका अहंम हुन्छ ।

जस्तो तपाईंको अनुहारको सौन्दर्यमा मिलेका दाँतले कति राम्रो भूमिका खेल्छ ? गीतहरुमा सौन्दर्यको वयान गर्दै भनिन्छ, ‘मिलेका ति दाँतका पंक्ति ।’ कथा/उपन्यासमा लेखिन्छ, ‘अनारका दाना जस्तै मिलेका दाँतका पंक्ति ।’

मानौं, तपाईंको दाँत खराब छ । न मिलेको छ, न सेतो सफा छ । यस्तो अवस्थामा तपाईंलाई अरुको सामुन्ने हाँस्न कति गाह्रो हुन्छ । हाँस्नै पर्‍यो भने, हातले मुख छोपेर हाँस्नुहुन्छ ।

नजिक गएर बोल्न सक्नुहुन्न । किनभने दाँतको दुर्गन्ध थाहा पाउँछ कि भनेर ।यदी दाँत सफा, चम्किलो र मिलेको हुँदो हो त, तपाईं निर्धक्कसाथ हाँस्नुहुन्थ्यो । तर, दाँत नै खराब भएपछि हाँस्नु पनि गाह्रो ।

यी भए, सौन्दर्यको कुरा । दाँत स्वास्थ्यको पनि महत्वपूर्ण हिस्सा हो । जब हामी कुनैपनि खानेकुरा खान्छौं, दाँतले राम्ररी चपाएको हुनुपर्छ । अहिले भन्ने गरिन्छ नि, ‘खाना बिस्तारै, राम्ररी चपाएर मात्र सेवन गर्नुपर्छ ।’ हामीले खानेकुरा जति राम्ररी चपाउँछौं, पाचन यन्त्रलाई उत्तिकै सहज हुन्छ । खाएको खानेकुरा पच्छ । तर, दाँत नै रोगी भए ?

निश्चय पनि खानेकुरा राम्ररी चपाउन सकिदैन । त्यसमाथि दाँतको किटाणु खानामै मिसिने भयो । अब रोगमाथि रोग थपिएन त ?त्यसैले दाँतको सुरक्षा र सफाईसँग हामी बढी सजग हुनुपर्छ ।

हामीलाई थाहै छ, बिहान-बेलुकी खाना खाएपछि दाँत ब्रस गर्नुपर्छ । अक्सर हामी बिहान उठेर ब्रस गर्छौं । जबकी राती खाएको खाना त्यसबेलासम्म मुखभित्रै सड्ने प्रक्रियामा हुन्छ । दाँतमा अल्भिmएका खानाका कणहरु कुहिन थाल्छ । यस्तो अवस्थामा बिहान ब्रस गर्नुको औचित्य के ?

अक्सर हामी बिहान र बेलुकी खाना खान्छौं । खाना खाएपछि ब्रस गर्नुपर्छ । अन्य बेला पनि खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्नुपर्छ। यी त सामान्य कुरा हुन् । तर, हामीलाई यति सामान्य कुरा गर्न पनि कति झन्झट ?

बजारमा थरीथरीका ब्रस पाइन्छ, टु्थपेस्ट पाइन्छ । घरमै बनाएर पनि पेस्ट प्रयोग गर्न सकिन्छ । नुन, बेसार र थोरै तेल मिश्रण गरेर त्यसले दाँत सफा गर्दा राम्रो हुन्छ ।अब कुरा गरौ, दाँत चम्किलो बनाउने । यो घरेलु विधी हो ।

यसरी बनाउने घरेलु टुथपेस्ट

दाँतको सफाइको लागि वा ब्रस गर्नको लागि हामीलाई नभई नहुने चीज हो टुथपेस्ट । यसले दाँतबाट दुर्गन्ध टाढा गरेर त्यसलाई सफा बनाउन मद्दत गर्छ साथै दाँतको पहेंलोपनबाट छुटकारा दिलाउँछ ।

तर, आजकाल बजारमा धेरै खालका टुथपेस्ट आएका छन् र कुन टुथपेस्ट ठिक छ र कुन छैन भनेर छुट्याउनै गाह्रो छ । आफ्नो टुथपेस्ट राम्रो भएको भन्दै विभिन्न टुथपेस्टले राम्रो भएको प्रचार गरेपनि ती उत्पादनले तपाईंको दाँत खासै सेतो र चम्किलो बनाउँदैनन् ।

स्वस्थ र सेता दाँत चाहनुहुन्छ भने तपाईंले घरमै टुथपेस्ट बनाउन पनि सक्नुहुन्छ । यसले तपाईंलाई मुखका विभिन्न ब्याक्टेरियाबाट बचाँउन मद्धत गर्छ साथै सासको गन्ध पनि टाढा गर्छ ।

घरमा तपाईं बेकिङ सोडाको मद्धतले टुथपेस्ट बनाउन सक्नुहुन्छ । यो टुथपेस्ट प्राकृतिक हुन्छ र यसले कुनै प्रकारको साइडइफेक्ट पनि गर्दैन । बेकिङ सोडाबाट ५ मिनेटमै टुथपेस्ट बनाउन सकिन्छ । बेकिङ सोडामा रहेका पोषक तत्वले तपाईंको दाँतलाई स्वस्थ र सफा बनाउन मद्धत गर्छ

आउनुहोस् जानीराखौं बेकिङ सोडाबाट घरमै कसरी टुथपेस्ट बनाउनेः

आवश्यक सामग्री

दुई तिहाइ कप बेकिङ सोडा

२-३ थोपा पुदिनाको रस

बनाउने विधि

-यसलाई बनाउनको लागि सबैभन्दा पहिले एक कचौरामा बेकिङ सोडा र पानी मिसाएर एक गाढा पेस्ट बनाउनुहोस् ।

-अब यो पेस्टमा पुदिनाको केही थोपा मिसाएर ब्लेन्ड गर्नुहोस् । पेस्ट गाढा होस् भन्ने कुरामा ध्यान दिनुहोस् ।

-अब यो पेस्टलाई कुनै भाँडामा राखेर कुनै चिसो ठाँउमा राख्नुहोस् ।

-तपाईंको टुथपेस्ट तयार भयो । यो पेस्टले दैनिक बिहान बेलुका ब्रस गर्न सक्नुहुन्छ ।

अपनाउनुपर्ने सावधानी

बेकिङ सोडाको टुथपेस्टले ब्रस गर्दा सामान्य टुथपेस्ट जस्तै तपाई यसलाई निल्न सक्नुहुन्न भन्ने कुरा याद गर्नुहोस् ।

यदि यसको प्रयोग गर्नेक्रममा पेस्ट सुक्यो भने यसमा थोरै पानी मिसाएर मिक्स गर्नुहोस् त्यसपछि फेरि यसको प्रयोग गर्नुहोस् ।

एकपटक बनाएको बेकिङ सोडा टुथपेस्टलाई हावा नछिर्ने कन्टेनरमा राम्रोसँग राख्नुहोस् ।

यस बारे पनि जान्नुहास्ः

किन हुन्छ दाँत सिरिङ–सिरिङ? यस्ता छन् बच्ने उपाय र उपचार

हामी सबैलाई थाहा भएकै कुरा हो दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ। इनामेलभन्दा भित्रको भाग डेन्टिन हो। सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ। विभिन्न कारणबस इनामेल खिइँदा डेन्टिन देखिन्छ र सिरिङ–सिरिङ हुन्छ। डेन्टिनमा रहने नशाहरु संवेदनशिल हुन्छन्।

विभिन्न कारण इनामेल खिइन्छ :

१) गलत तरिकाले तथा धेरै बल लगाएर दाँत माझ्नाले इनामेल खिइन पुग्छ र डेन्टिन देखिन्छ। अनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउँछ।

२) एसिड भएको खानेकुराको सेवन, पेटको समस्याले जसले गर्दा अमिलो पानी आउँछ र इनामेल खियाउँछ।

३) कसै–कसैको सुत्दाखेरि दाँत किट्ने बानी हुन्छ । यस्तो बानी नियमित गर्नाले इनामेल खिइन्छ।

४) मुख सफा नराख्नाले गिजाको रोग जस्तै गिजा तल सर्ने भएर दाँतको जरा देखिन पुग्छ र सिरिङ–सिरिङको समस्या आउँछ।

६) यदि नमिलेको दाँत छ भने पनि टोकाइ नमिलेर दाँत खिइन सक्छ

५)अन्य कारणहरुः

– दाँत कीराले खायो भने पनि सिरिङ–सिरिङ गर्ने समस्या आउँछ।

– पहिले भरेको दाँतको सिमेन्ट निस्कियो भनेपनि सिरिङ–सिरिङ हुन्छ।

– एकपटक भरेको दाँतमा फेरि कीराले खान सुरु ग¥यो भने पनि यो समस्या आउन सक्छ।

– कहिलेकाहीँ सिमेन्ट भरेपछि, ब्लिचिङ गरेपछि पनि दाँत सिरिङ–सिरिङ हुनसक्छ। तर त्यो केही समयपछि आफैँ सन्चो हुन्छ।

– कहिलेकाहीँ एसिडयुक्त मुख कुल्ला गर्ने औषधिको प्रयोगले पनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउनसक्छ।

सिरिङ–सिरिङबाट बच्ने उपायहरु :

१) सही तरिकाले ब्रस गर्नुपर्छ। ब्रस कडा छ भने नरम ब्रसको प्रयोग गर्नुपर्छ।

२) एसिडभएको खानेकुरा सकेसम्म नखाने अथवा कम खाने, यदि सेवन गरेमा प्रशस्त मात्रामा पानी पिउने बानी बसाउने।

३) ग्यास्ट्रिकसम्बन्धी समस्याको उपचार गराउने।

३) सुत्दाखेरि दाँत किट्ने बानी छ भने दन्त चिकित्सकको तुरुन्तै परामर्श लिइहाल्ने र माउथगार्ड लगाउने।

४) दिनको दुइपटक फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने बानी बसाउने, फ्लोराइड भएको माउथवास, फ्लस प्रयोग गर्ने र दाँत, गिजा स्वस्थ राख्ने।

५) यदि खैनी, चुरोट सेवन गर्ने बानी छ भने तुरुन्तै त्याग्ने।

उपचार :

यदि दाँत सिरिङ–सिरिङ हुने समस्या छ भने तुरुन्तै दन्त चिकित्सककहाँ गएर कारण पत्ता लगाउनुपर्छ। कारणअनुसार उपचार फरक पर्छ।

१) संवेदनशीलतामा प्रयोग गर्ने मन्जनहरु थुप्रै नाममा बजारमा उपलब्ध छन् जुन दुई हप्ताजति प्रयोग गरे सिरिङ–सिरिङको समस्या बिस्तारै कम भएर जान्छ।

२) यदि गिजा धेरै तल सरेर दाँतको जरा देखिएर यस्तो समस्या आएको हो भने सर्जरी पनि गर्नुपर्ने हुन सक्छ। यसो गर्दा देखिएको दाँतको जरा छोपिन्छ र समस्या कम भएर जान्छ।

३) दाँत किट्ने बानीले यो समस्या आएको हो भने माउथगार्ड लगाउनु पर्छ।

४) दाँत किराले खाएर यो समस्या आएको हो भने तुरुन्त दन्त चिकित्सककहाँ गएर दाँत भरिहाल्नुपर्छ।

५) यदि पहिले भरेको दाँतको सिमेन्ट निस्किएको छ भने फेरि भर्नुपर्छ।

६) सकेसम्म पेटको समस्याको उपचार छिट्टो गराइहाल्नुपर्छ।

७) नमिलेको दाँतको अर्थोडोन्टिक उपचार गराउनुपर्छ, जसमा तारको सहायताले नमिलेको दाँत मिलाइन्छ र दाँत अझै खिइनबाट बचाउन सकिन्छ।

८) यदि माथि उल्लेखित उपचार गर्दा पनि निको नभएमा रुट क्यानल उपचार गराउनु पर्ने हुन सक्छ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः