खाना खाइसकेपछि हामी सोप चपाउँछौं । न यो धेरै स्वादिलो हुन्छ, न बेस्वादको । न यसलाई अघाउनेगरी खाइन्छ, न कुनै तलतल मेट्न। त्यसो भए सोप किन खाइएको होला ?खाना पचाउनका लागि । मुखको दुर्गन्ध हटाउनका लागि ।

सोपको फाइदा त्यती मात्र छैन । किनभने यो क्याल्सियम, सोडियम, आयरन, पोटासियमको स्रोत पनि हो । सोपमा औषधिय गुण हुन्छन्। खाना खाइसकेपछि सोप चपाउनुको खास फाइदा छ ।

१. सोपले कब्जियतको समस्या हुन दिदैन । यसलाई चिनी वा मिश्रीसित मिलाएर खाएमा यसको समस्या हट्नुका साथै कब्जियतबाट राहत दिन्छ ।

२. सोपको सेवनद्धारा आँखाको रोशनी बढाउन सकिन्छ । सौप तथा मिश्रीको चुर्णलाई मनतातो पानीसित दैनिक सेवन गरेको खण्डमा दृष्टि क्षमता बढ्छ ।

३. पखाला लागेमा सोपको सेवन उत्तम मानिन्छ । सोपलाई बेलको गुदीसित विहान बेलुकी चपाएको खण्डमा अर्जीर्ण कम हुनुका साथै पखाला थामिने गर्छ ।

४. खोकीमा पनि सोप निकै उपयागी मानिन्छ । सोपको साथमा मह मिलाएर खाएमा खोकीको समस्या क्रमश हटेर जान्छ ।

५. खाना पछि सोप खानाले खाना राम्ररी पच्छ । सौपलाई जिरा तथा कालो मरीचसित मिलाएर चूर्ण बनाई मनतातो पानीसित खाएमा यसले राम्रो पाचकको रुपमा काम गर्छ ।

६. पेट सम्बन्धि समस्या होस् वा पेटको दुखाई । भुटेको सोपलाई चपाएर खाएमा यसले पेट सम्बन्धि समस्या नाश गर्नुका साथै पेटको दुखाई कम गर्न मद्दत गर्छ ।

७. पेटबाट अमिलो पानी वा अमिलो डकार आएमा पनि सौपको सेवन लाभदायक मानिन्छ । थोरै सोपलाई पानीमा उमालेर त्यसमा मिश्री मिसाएर सेवन गरेमा यो समस्या तुरुन्तै कम भएर जान्छ ।

८.घाटी बसेमा होस् वा घाँटी पाछिएमा । सौपलाई चपाएर खानाले बसेको घाँटी खुल्नुका साथै घाँटीको समस्या हटेर जान्छ ।

९. दैनिक रुपमा सोपलाूई चपाएर खानाले छालामा समेत चमक आउँछ ।

१०. हात तथा खुट्टा झमभाएमा वा हात खुट्टा पोल्ने समस्या भएमा पनि सोप र धनियालाई बराबर मात्रामा मिलाएर त्यसको मिश्रण बनाएर मिश्री पानीसित खानाले पनि हातखुट्टा पोल्न समस्या वस्तारै कम भएर जान्छ ।

थप जानकारीः

कब्जियत हटाउने यस्ता छन् घरेलु उपाय

कहिलेकाहीँ कब्जियत हुनु असामान्य होइन । तर नियमित रुपमा महिनौंसम्म कब्जियत हुन थाल्यो भने यसले अरु अनेकौं समस्या निम्त्याउँछ । लामो समयदेखि भइरहेको कब्जियतको उपचारका लागि औषधि दिनुअघि चिकित्सकले हामीलाई आफ्नो खानपान र 18मा केही परिवर्तन गर्न सुझाउनेछन् । यस्ता सुझावअनुसार खानपानमा परिवर्तन गर्दा कब्जियतको समस्या घट्छ।

धेरै रेशायुक्त खानेकुरा खाने

आफ्नो भोजनमा सागसब्जी, फलफूल र होल ग्रेनजस्ता रेशायुक्त खानेकुरा समावेश गर्नुपर्छ । भोजनमा सागसब्जी र फलफूलको मात्रा बढी हुनुपर्छ । रेशा (फाइबर)ले कब्जियत हुन दिँदैन र पेट सफा रहन्छ ।

तर दुग्धजन्य पदार्थ, मासु र तयारी (चाउचाउ र यस्तै प्याकेटका) खानेकुरा कब्जियत नहटुन्जेल भरसक नखाने र खाए पनि थोरै मात्र खाने । किनभने यी खानेकुरा रेशायुक्त हुँदैनन् ।

पानी धेरै पिउने

हाम्रो पाचन प्रणालीले धेरै कुरा शरीरबाट निष्काशन गर्नुपर्ने हुन्छ । त्यसैले पानी धेरै पिउने, पानीले पाचन प्रणालीलाई निष्काशन गर्नुपर्ने विकार वा फोहर बाहिर निकाल्न सघाउँछ भने कतिपय अनावश्यक र बढी खनिज तथा भिटामिन निष्काशनमा पनि सघाउँछ ।

बिहान शौचालय जानु केही बेरअघि एक गिलास मनतातो पानीमा एक चिम्टी नुन हालेर पिउने र दुई मिनेट हलुका व्यायाम गर्ने । यसले पनि पेट सफा गर्न सघाउँछ ।

व्यायाम

शारीरिक व्यायामले पाचन प्रणालीका मांसपेशीलाई सशक्त बनाउँछ र राम्रोसँग काम गर्न सघाउँछ । अर्थात ठोस भोजनलाई सहज रुपमा पाचन प्रणालीले पचाउँदै अगाडि पठाउँछ । त्यसैले सकेसम्म दैनिक रुपमा नै केही न केही व्यायाम गर्नाले कब्जियत घटाउन मद्दत पुग्छ ।

नित्यकार्यका लागि बाथरुम जाने

कब्जियत छ भनेर सौचालय जान बन्द नगर्ने । जति बेला दिसा लागेजस्तो हुन्छ वा नलागे पनि सधैं शौच जाने समयमा शौचालय जाने । साथै पेट सफा हुन जति समय लागे पनि समय दिने ।

कहिलेकाहीँ यी नै उपायले पनि कब्जियत कम हुनसक्छ भने कतिपय अवस्थामा नहुन पनि सक्छ । त्यस्तो बेला कब्जियत हुने कारण पत्ता लगाउनु पर्ने हुनसक्छ ।

पेल्भिक मांसपेशीको व्यायाम

कहिलेकाहीँ मलमुत्र निष्काशन गर्ने मांसपेशीले राम्रोसँग काम गर्न नसक्दा पनि कब्जियत हुने गर्छ । यस्तोमा फिजियोथेरापिस्टले पेल्भिक मांसपेशीको व्यायाम गर्न सिकाउँछन् । व्यायामले ती मांसपेशीलाई फेरि सक्रिय पार्छन् र पेट सफा हुन थाल्छ । पेल्भिक मांसपेशीको व्यायामलाई ‘बायोफिडब्याक’ भनिन्छ । यसमा मेसिनको सहायताले व्यायाम गराइन्छ ।

यी सबै उपायले पनि कब्जियत हटेन भने चिकित्सकले दिसा पातलो बनाउनेलगायत विभिन्न औषधि प्रेस्क्राइब गर्छन् ।

 

यस बारे पनि जान्नुहाेस्ः

एसिडिटी वा पेटको ग्यासबाट छुटकारा पाउन अपनाउनुहोस् यी घरेलु उपाय

एसिडिटी वा ग्यास । पेट ढुस्स फुल्ने । खानामा अरुची हुने । तपाईंलाई लाग्दो हो, यो सामान्य कुरा हो ।तर, एसिडिटी वा ग्यासलाई बेवास्ता गर्नुभयो भने यो असामान्य बन्न सक्छ । भोलिका दिनमा तपाईंलाई जटिल रोगको शिकार बन्नसक्नुहुनेछ ।

जबकी सामान्य प्रयासबाटै एसिडिटीबाट छुटकारा पाउन सकिन्छ । यसका लागि केही घरेलु काइदा छ, जो सरल र छरितो पनि छ । साथसाथै यसको नतिजा पनि तुरुन्त प्राप्त हुनेछ ।

कसरी हुन्छ एसिडिटी ?

सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ ।

पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त नामको रोग लाग्ने गर्छ । यो रोग वातावरणको आदर््रताका कारण हुन्छ । त्यसैले त, एसिडिटीको समस्यामा वर्षामा धेरै हुन्छ ।

त्यसबाहेक, अत्याधिक मात्रामा पिरो, अमिलो तथा मसलेदार खानेकुराको सेवन, चिया, कफी, मदिरा, धुमपान आदीको सेवनले पनि एसिडिटी बढ्ने गर्छ । एसिडिटी भएमा पेट, छाती तथा घाँटी पोल्ने, अमिलो डकारका साथमा अमिलो पानी आउने गर्छ । कहिले काहीँ उल्टी हुनसक्छ । अत्याधिक मात्रामा एसिडिटी भएमा अपच, कब्जियत तथा पखाला हुन्छ ।

किन भरिन्छ पेटमा ग्यास ?

पेटमा ग्यास भरिने समस्या आम समस्या हो । पाचन सम्बन्धि गडबडी भएमा पेटमा ग्यास भरिने गर्छ । पेटमा ग्यास भरिनु कुनै विशेष रोगको लक्षण पनि हुनसक्छ ।

गलत खानपान, खानपानमा गडबडी तथा अनिद्राका कारण पनि पेटमा ग्यास भरिने गर्छ । तनाव, भय, चिन्ता, अत्याधिक मात्रामा चिया, कफीको सेवन, धुमपान, लामो समय खाली पेट रहनु, मसला वा चिल्लो भोजनको सेवनले पनि पेटमा ग्यास भरिने गर्छ ।

पेटमा ग्यास भरिएमा भोक नलाग्न सक्छ । बरु पेटमा हावा भरिन थाल्छ । पेट वा पिठ्यूमा हल्का पिडा हुन्छ । दिशा राम्ररी हुँदैन । कब्जियत हुनसक्छ । डकार धेरै आउँछ । थकान वा आलस्यले शरीर कमजोर हुन्छ ।

एसिडिटी वा ग्यासबाट छुटकारा पाउने तरीकाः

-दश देखि २० मिलिलिटर घिउकुमारीको रस नियमित रुपमा सेवन गर्ने

-लसुनको पोटी विहान खाली पेटमा सेवन गर्ने

-एक चम्चा ज्वानोमा एक चौथाई कागतीको रस मिसाएर त्यसको रस पिउने । यसले ग्यासको समस्याबाट राहत दिन्छ ।

-अदुवाको रसमा थोरै सिले नुन हालेर त्यसमा भुटेको जिरा मिसाएर सेवन गर्ने । त्यसपछि एक गिलास मोहीको सेवन । यसले एसिडिटीको समस्या कम गर्छ ।

-एक गिलास तातो दूधमा दुई चम्चा अंडिरको तेल मिसाएर पिउने । यसले पनि ग्यासको समस्या तुरुन्तै कम हुन्छ ।

-चोकर सहितको आटाको रोटी खानाले पनि एसिडिटी तथा ग्यास दुवैमा फाइदा गर्छ ।

-एक गिलास उखुको रसलाई तातो बनाएर त्यसमा कागतीको रस र सिले नुन मिसाएर दिनमा कम्तीमा दुई पटक पिउने । यति गरेमा ग्यासको समस्या कम हुन्छ ।

-त्यसबाहेक, सानो चिया चम्चामा थोरै ज्वानो, सिङ्गो जिरा, वीरे नुन र लसुन हालेर मिसाउने र त्यसलाई राम्ररी चपाउनाले पनि पेटमा रहेको ग्यास कम हुने गर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः