टाउको दुख्दा सधैँ पेन किलर खाँदा तपाईको दुखाई एकपटक मात्रै निको हुन्छ । केही दिन, महिना पछि तपाईको टाउको फेरि दुख्न थाल्छ ।टाउको दुखाइका कारणहरु धेरै हुन्छन् । तपाईमा स्नायु सम्बन्धी समस्या तथा अन्य रोगहरु छ भने पनि टाउनको दुख्न सक्छ ।

टाउँको दुख्ने कारणहरुमा माइग्रेन पनि एउटा प्रमुख कारण हो । त्यसैले टाउनको दुख्दा पेन किलर खानुभन्दा राम्रोसँग विशेष चिकित्सकको परामर्शमा स्वास्थ्य परीक्षण गरी दुखाइको कारण पत्ता लगाउनु दीर्घकालीन उपचार हो ।

चिकित्सकहरुका अनुसार टाउको दुख्ने समस्या लिएर अस्पताल पुग्ने मध्ये ३० प्रतिशतमा माइग्रेनको समस्या हुने गर्छ । माइग्रेन भनेको न्यूरो भाष्कुरल कन्डिसन हो । मस्तिस्कमा हुने रक्तनली सुन्निएर वा फुलेर नसाहरु तन्किन्छ । जसका कारण टाउको दुख्ने समस्या हुन् ।

माइग्रेनका लक्षणहरु यस्ता हुन्छन्

–टाउकोको एकापट्टि भागमा अत्याधिक पीडा हुने,

–चार घण्टादेखि ७ दिनसम्म टाउको दुखिररहने,

–दुखाइसँगै वाक-वाक लाग्ने,

–वान्ता हुने,

–चिडचिडापन हुने,

–बोल्न मन नलाग्ने,

–बत्तिको उज्यालोमा बस्न नसक्ने,

–काम गर्दा दुखाइ बढ्ने ।

माइग्रेनका बिरामीलाई यस्तो कुराले असर पार्छ

–चर्को घाम,

–धेरै गर्मी वा धेरै जाडो मौसम,

–धेरै चर्को आवज तथा होहल्ला,

–कामको चाप

–नराम्रो कुरा वा तनाव,

–मनमा पीडाबोध भएमा वा दुखी भएमा,

–निद्रा नपुग्दा तथा धेरै सुत्दा,

–कफी,चकलेट, मदिरा सेवन,

–अजिनोमोटो हालिएको खानेकुरा खाँदा

–खाना नखाँदा,

–महिलामा हुने महिनावारीमा देखिने समस्या,

–पर्फ्युम, पेट्रोल, डिजेलको गन्ध आदि

माइग्रेनको समस्या भएका व्यक्तिहरुमा माथिका कुराहरुले असर पुर्‍याउने भएकाले तपाईमा माइग्रेनको समस्या छ भने यी कुराहरुबाट सधै बच्ने प्रयास गर्नुपर्छ ।

थप जानकारीः

लगातार टाउको दुखिरहन्छ ? यी घरेलु उपचार अपनाउनुहोस्

तीब्र रुपमा बदलिएको र भाड दौडले भरिएको जिन्दगीमा टाउको दुखाई एक साधारण समस्या बनेको छ यद्यपी लगातार टाउको दुख्छ भने यसले तपाईंको कार्यक्षमता र तपाईंको पूरै दैनिकीलाई प्रभावित गर्ने गर्दछ ।

टाउको दुखाईको लागि घरेलु उपचारः

आजकाल टाउको दुखाई हरेक मानिसहरुको समस्या बन्ने गरेको छ । यसबाट पार पाउनका लागि मानिसहरु विभिन्न प्रकारको औषधीको सेवन गर्ने गर्दछन् । तर यस्तो समस्यालाई घरेलु तरिकाले पनि ठिक गर्न सकिन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

पुदिनाः

माइग्रेनको उपचारमा पुदिना निकै महत्वपूर्ण मानिन्छ । पुरानो समयमा पनि टाउको दुखाईको उपचारको लागि पुदिना दिने गरिन्थ्यो । यदि तपाईंलाई लगातार टाउको दुखिरहन्छ भने तपाईंले पुदिनलाई चियामा मिसाएर पिउन सक्नुहुन्छ । यसले तपाईंलाई तुरुन्त राहत प्रदान गर्छ ।

ल्वाङ र नुनको पेष्टः

टाउको दुखाईका लागि ल्वाङ र नुनको पेष्ट एक प्रभावकारी उपचार पद्धती मानिन्छ । ल्वाङको पाउडर र नुनलाई दुधमा मिसाएर पिउनुहोस् । नुनमा हाइग्रस्कापिक गुण पाइन्छ जसले टाउको दुखाईबाट आराम मिल्दछ ।

दालचिनी पाउडर पेष्टः

टाउको दुखाईबाट आराम पाउनका लागि दालचिनी पाउडर पेष्ट एउटा राम्रो तरिका हो । उपयोगका लागि दालचिनी पिसेर पाउडर बनाउनुहोस् र यसलाई पानी हालेर बाक्लो पेष्ट बनाउनुहोस् । अब यो पेष्टलाई टाउकोमा लगाउनुहोस् । यसले तपाईंको दुखेर भारी भएको टाउको छिट्टै हल्का हुन्छ ।

कागती र तातो पानीः

लगातार टाउको दुखिरहन्छ भने एक ग्लास तातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस् । किनभने धेरैपटक पेटमा ग्याँस बनेका कारण पनि टाउको दुख्ने गर्दछ र कागती पानीले ग्याँसको समस्या हल गर्नुका साथै टाउकोको दुखाई पनि कम गर्दछ ।

लसुनको रस पिउनुहोस्ः

लसुनको रस पिउँदा लगातार दुख्ने तपाईंको टाउकोले राहत महसुस गर्दछ । यसलाई तयार गर्नका लागि लसुनका केही टुक्रा लिनुहोस् र यसलाई निचोरेर रस निकाल्नुहोस् र कम्तीमा पनि एक चम्चा रस पिउनुहोस् । वास्तवमा लसुन एक पेनकिलर पनि हो, यसले टाउको दुख्न कम गराउँछ ।

धनियाँ, जीरा र अदुवाको रस पिउनुहोस्ः

धनियाँको पात, जीरा र अदुवा राखेर बनाएको चिया पिउनाले पनि लगातार दुखिरहने तपाईंको टाउको कम हुने गर्दछ । यसलाई बनाउनका लागि थोरै तातो पानी लिनुहोस् र यसमा धनियाँ, जिरा र अदुवा यी तीनथरी हालेर पाँच मिनेटसम्म उमाल्नुहोस् । राम्रो परिणामका लागि यसलाई कम्तीमा पनि दिनको दुई पटक पिउनुहोस् ।

तात्तातो मसाला चियाः

लगातार टाउको दुखिरहन्छ भने यसलाई तात्तातो मसाला चियाले राहत प्रदान गर्दछ । यदि तपाईं मसाला चिया बनाइरहनुभएको छ भने त्यसमा थोरै अदुवाका साथै अलैंची पनि हाल्नसक्नुहुन्छ ।

यस बारे पनि जान्नुहाेस्ः

१० प्रकारका टाउको दुखाइ जुन हुनसक्छन् खतरानक

आजभोलि टाउको दुख्ने बिरामीहरुको संख्या अस्पतालमा बढेको छ । तर, यसको उपचार सम्भव कति छ भन्नेबारे विज्ञानले अहिलेसम्म कुनै उत्तर दिएको छैन । केही वर्ष यता सिटी स्क्यान, एमआरआइजस्ता उपचार पद्धति पनि प्रयोग हुन थालेका छन् ।तैपनि कयौं अवस्थामा टाउको दुख्नुको कारण पत्ता लाग्न सक्दैन ।

त्यसो त टाउको दुख्नु आफैंमा एउटा रोग हुनैपर्छ भन्ने पनि छैन । अन्य रोगहरुका कारण पनि हाम्रो टाउको दुखिरहेको हुनसक्छ । जे होस्, टाउको दुखेर अस्पताल पुगेका बिरामीहरुका लागि चाहिँ डाक्टरहरुले लामो समय दिएर उनीहरुको कथा सुनेकै हुनुपर्छ ।

त्यसमाथि टाउको दुख्ने समस्या कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्छ । जस्तो कि ज्वरो आउनु पहिले, रुँघाखोकी लाग्नु पहिले पनि टाउको दुख्न सक्छ । कहिलेकांही हाम्रो रक्तचाप अत्यधिक बढ्दा पनि हाम्रो टाउको दुख्न सक्छ ।

तर, ब्लड प्रेसर बढ्दा टाउको दुख्ने समस्या चाहिँ २० प्रतिशत बिरामीमा मात्र देखिने चिकित्सकहरु बताउँछन् । अरु रोगका कारण वा समस्या कारण हुने टाउको दुखाइलाई सेकेन्डरी मानिन्छ । तर, टाउको दुख्ने नै समस्या पनि छुट्टै रोग पनि हुनसक्छ ।

माइग्रेन एउटा त्यस्तै रोग हो जसमा टाउको दुखिहाल्छ । तर, केही अवस्थामा टाउको दुख्नु चाहिँ निकै खतरानक हुनसक्छ ।यस्तो अवस्थामा तत्काल वा जतिसक्दो छिटो चिकित्सककहाँ पुग्नु राम्रो मानिन्छ ।

यी १० अवस्थामा टाउको दुखेको छ भने तत्काल चिकित्सककहाँ देखाउन जानु पर्छः

१. यदि टाउको यति साह्रै दुखेको छ कि यसअघि तपाईंले कहिल्यै पनि यस्तो महसुस गर्नु भएको थिएन ।

२. पहिलो पटक टाउको दुखिरहेको छ र यो अत्यन्त चर्को गरि दुखिरहेको छ ।

३. यदि टाउको दुख्नुभन्दा पहिले वान्ता भएको थियो । वान्ता भइसकेपछि टाउको झन् बढी दुखिरहेको छ ।

४. यदि टाउको दुख्दा कोही बेहोस भएको छ भने वा शरीरको सन्तुलन बिग्रिएको छ भने वा बोली लटपटिएको छ भने पनि तत्काल उपचार गर्नु आवश्यक हुन्छ ।

५. यदि झुक्दा वा खोक्दा वा कुनै गह्रौं सामान उठाउँदा टाउको दुख्छ भने तत्काल उपचारका लागि अस्पतालमा सम्पर्क गर्नु पर्ने हुन्छ ।

६. यदि टाउको दुखाइका कारण कोही सुत्न सकेको छैन भने तत्काल चिकित्सक कहाँ पुग्नु पर्ने हुन्छ ।

७. यदि रातभर सुतेर उठ्दा पनि विहान टाउको दुखिरहेको छ भने एकपटक चिकित्सककहाँ जाँच्न जानै पर्ने हुन्छ ।

८. यदि कोही ५५ वर्षभन्दा माथिको छ र पहिलो पटक यो उमेरमा पुगेपछि टाउको दुखेको अनुभूति गरिरहेको छ भने पनि त्यो व्यक्तिलाई तत्काल अस्पताल लैजानु पर्ने हुन्छ ।

९. यदि टाउको दुखिरहँदा टाउकोको दुई भागमा अँठ्याउँदा झन् बढी टाउको दुख्छ भने अस्पताल जानु पर्ने हुन्छ ।

१०. यदि टाउको दुख्न थालेको केही दिन वा केही साता भइसकेको छ र यो झन्झन् बढ्दो छ भने तत्काल चिकित्सकहरुलाई देखाउनु पर्ने हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः