ओखर विभिन्न भिटामिनको राम्रो स्रोत हो । ओखरमा शरीरलाई चाहिने भिटामिन–ई, भिटामिन–बी, भिटामिन–बी ६ जस्ता अत्यावश्यक तत्व पाइन्छ अनिद्राको समस्या भएकाहरूलाई ओखर रामबाण हो । ओखरमा पाइने मेलाटोनिन नामक तत्वले निद्रा लगाउने गर्छ ।

सुत्नुअघि भिजाएको ओखर खानाले मीठो निद्रा लाग्छ अथवा खानासँगै सलादमा ओखर छरेर पनि खान सकिन्छ । तिहारमा भाई पूजाका लागि नभई नहुने ओखरको धार्मिक मात्र नभई स्वास्थ्यको दृष्ट्रिकोणले पनि निकै लाभदायी छ । ओखरको नियमित सेवनले शरीरलाई पोषण प्रदान गर्नुको साथै विभिन्न रोगबाट बचाउन समेत मद्दत गर्दछ ।

दिनहु एक ओखर खाँदा शरीरमा ऊर्जा कायम रही कोलेस्ट्रोल पनि नियन्त्र हुन्छ । र यसमा भएको एन्टीअक्सिडेन्ट र ओमेगा थ्री फ्याट्टी एसिडले मुटु स्वस्थ राख्छन् । यसले जाडोमा शरीरलाई तातो र ऊर्जाशील बनाउनका मदत गर्छ।

यसको सेवनले जाडोमा शरीरलाई तातो बनाउन सहयोग पुर्याउछन् । यसमा जरूरी पोषक तत्त्व, मिनरलहरू, एन्टीअक्सिडेन्ट र भिटामिन हुन्छन् जसले शरीरका धेरै रोगहरूबाट छुटकारा पाउछन् ।

दिनहुँ दूधका साथ ओखर खाँदा घुँडा, जोर्नी र कम्मर दुख्ने कम हुन्छ । बच्चाहरूलाई दूधसँग ओखर खुवाउँदा दिमाग तेजिलो हुन्छनन् । यसमा मेलाटोनिन हर्मोन हुन्छ जसले राम्रो निद्रा लाग्न सहयोग गर्छन् । ओखरको सेवनबाट महिलामा मधुमेह र स्तन क्यान्सर रोगहरु कम हुन्छन् ।

यसमा भएका भिटामिन बी र एन्टीअक्सिडेन्ट गुणले छालालाई सुब्खापन र फी –याडिकलबाट बचाउँछ ।

ओखरका फाइदा, यस्ता छन्

ओखरमा प्रशस्त मात्रामा भिटामिन बी कम्प्लेक्सका साथैओखरमा विभिन्न मिनरल, म्याग्नेसियम, जिंक, क्याल्सियम, आइरन, कपर, भिटामिनजस्ता पौष्टिक तत्व पाइन्छन् । जुन गर्भवती महिलाका लागि पनि निकै लाभदायक हुन्छ ।

ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।

ओखरमा फ्याटको मात्रा कम हुने भएकाले वृद्धवृद्धाहरूका लागि निकै लाभदायक हुन्छ ।ओखर मधुमेहका बिरामीका लागि पनि यो उत्तिकै लाभदायक छ ।

ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।

ओखरमा पर्याप्त मात्रामा ओमेगा – ३, फ्याटी एसिड पाइन्छ । यसले कोलस्ट्रोललाई सन्तुलित गर्छ । नियमित रूपमा यसको सेवन गरे मुटु रोगबाट छुटकारा पाउन सकिन्छ ।

यसमा एन्टी अक्सिडेन्टको गुण हुन्छ । यसले शरीरका विभिन्न पीडामा पनि राहत प्रदान गर्छ । ओखरले क्यान्सरबाट समेत जोगाउँछ ।

ओखरमा भिटामिन इ हुन्छ जसले त्वचा सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।

ओखरको प्रयोगले अनावश्यक तौल कम गर्न सकिन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

औषधीको भण्डार बदाम, दैनिक सेवन गर्दा यस्तो फाइदै फाइदा जान्नुहोस्

भिजाएको बदामको तुलनामा अकुंरित बदाम धेरै स्वास्थ्यवर्दक हुने गर्दछ । बदामले स्तनमा दुध वृद्धि गर्दछ । कब्जियतको पीडाबाट मुक्ति पाउनका लागि पनि बदाम खाने गरिन्छ ।

बदामले कफका साथमा रगत आउने समस्यालाई ठिक गर्दछ । बदामलाइ कुनै पनि व्यञ्जनमा राख्नाले त्यसको स्वादमा भरपूर वृद्धि हुन्छ ।

बदाममा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । जसले गर्दा बदाम चकलेट, केक र बिस्कुट जस्तै गरि खान योग्य छ ।

बदाम खानाले मुटुको रक्त केसिकाहरु स्वस्थ रहन्छन । बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ । बोक्राका साथमा बदाम खानु अझ राम्रो मानिन्छ । तर, यसको मात्रा भने सन्तुलित हुनुपर्दछ ।

क्षमताभन्दा धेरै मात्रामा खानाले यसले प्रायजसो अपच हुन्छ र पेटलाई खराब गर्ने पनि गर्दछ । यति मात्र हैन, बदामको सेवन कोलेस्ट्रोललाई कम गर्नमा अझ प्रभावकारी हुन्छ ।

छालामा चमक

बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ । बदाममा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्याधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ । बदाममा छालालाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ ।

डिप्रेसनबाट जोगाउँछ

बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ । स्ट्रेस र तनाबबाट मुक्ति हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस् ।

कोलेस्टेरोल तह नियन्त्रण

बदाममा हुने ‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ ।

डायबिटिजबाट जोगाउँछ

बदाममा हुने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ‘ब्लड सुगर’को तह कायम राख्न सघाउँछ । यसले डायबिटिजको समस्याबाट जोगाउँछ ।

क्यान्सरबाट बचाउँछ

बदाममा ‘फाइटोस्टेरोल’ नाम गरेको तत्व हुने हुँदा ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ ।

स्ट्रोकको खतरामा कमी

बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छन् । जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

बदाम खानले एलर्जी रोक्छ

बालबालिकालाई एलर्जीबाट जोगाउन तिनलाई बालककालमै बदाम खुवाउनुपर्ने केही शोधकर्ताहरूको दाबी छ । चार महिनाको उमेरदेखि नै बालबालिकाहरूलाई बदाम खुवाए तिनलाई एलर्जी नहुने बताइएको हो । यो कुरा अमेरिकामा भएको नयाँ शोधपछि खुलासा भएको हो ।

शोधले देखाएअनुसार शिशुवस्थामा नै बदाम खुवाइँदा ८० प्रतिशतले शिशुहरूमा हुने एलर्जीलाई घटाउन सहयोग हुने बताइएको छ । यो अध्ययन ‘द नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज’ले गराएको थियो । संस्थाले यो पत्ता लगाउनुलाई महत्वपूर्ण खोज भनेको छ ।

मूल्यवान काजुको फाइदा पनि मूल्यवान छन्, तपाईलाई थाहा छ कि छैन ?

काजुको स्वाद मिठो हुन्छ त्यसैले बच्चादेखि बुढासम्मले काजु खान रुचाउँछन् । काजु स्वास्थ्यको लागि निकै लाभदायी मानिन्छ । बढी मूल्य पर्ने काजुका फाइदा पनि मूल्यवान नै छन् । काजुलाई ड्राइफुडको राजा भनिन्छ । यो एक प्रकारको मसला हो ।

काजु खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक हुन्छ । काजुमा मैग्निसियम, कपर, आयरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले, हरेक दिन काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

काजु खानुका केही फाइदा यस्ता छन्

१. थकान हटाउँछ

काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।

२. अनुहार चम्किलो बनाउँछ

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

३. दिमाग तेजिलो बनाउँछ

काजुमा एकप्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ ।

४. युरिक एसिड हुन दिँदैन

काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।

५. रक्तचाप नियन्त्रण गर्छ

काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ ।

६. कोलेस्टेरोल घटाउँछ

हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ ।

७. मुटु बलियो बनाउँछ

काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त काजुमा पाइने विभिनन तŒवले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् ।

८. डायबेटिज नियन्त्रण गर्छ

काजु खानाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ ।

९. पोषण प्रदान गर्छ

काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् । यिनले हड्डी, दाँत आदिलाइ बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।