जोर्नी दुखाई एक साझा र पीडादायी समस्या हो । जोर्नी दुखाई हातगोडाको जोर्नी मात्र नभई शरीरको जहाँ-जहाँ दुई हड्डी जोडिएको हुन्छ, त्यहाँ चस्स दुख्ने, मन्द दुख्ने, सुन्निएर रातै हुने, यताउता चल्न निकै अप्ठ्यारो हुने, सहन नसक्ने गरी दुख्ने तथा कटक्क खाए जसरी दुख्ने लगायतका समस्या हो । आजकल वृद्धवृद्धालाई मात्र नभई जवान उमेरको मानिसहरुमा पनि यो समस्या बाक्लै देखिन्छ ।

अचेलका जवानहरुमा पनि बढी देखिने यो समस्या हुनुको अनेक कारणहरुमध्ये जेनेटिक्स, असन्तुलन खानपान र अस्तव्यस्त जीवन शैलीलाई पहिलो कारणका रपमा लिन सकिन्छ । एकपटक यो समस्याले सत्ताउन थालेपछि छुटकारा पाउन निकै मुस्किल हुन्छ ।

हामी यो बिमारीबाट मुक्त पाउन विभिन्न किसिमका औषधी सेवन गर्ने गर्छौं । यस्तो दुखाई कम गर्ने औषधीले एकछिनको लागि त ठिक हुन्छ तर लामो समयसम्म र पूर्ण रुपमा भन्ने काम गर्दैन ।

यो समस्यालाई निको पार्न बाह्य औषधी उपचारका साथसाथै आन्तरिक उपचार गर्नु पनि जरुरी हुन्छ । जसले यस बिमारी बाट सधैँका लागि छुटकारा पाउन सकिन्छ ।आज हामी जोर्नी दुखाईबाट सधैँका लागि पुर्णरुपमा छुटकारा पाउन मद्धत गर्ने १०० प्रतिशत प्रभावकारी र अचुक घरेलु औषधीको बारेमा चर्चा गर्न गइरहेका छौँ ।

यसका लागि हामीलाई चाहिने सामग्रीहरु

कागतीको बोक्रा र ओलिव (जैतुन) ओइल ।

बनाउने विधि

सुरुमा दुई ओटा ठुलो कागती लिने । यदि कागती सानो छ भने ३-४ ओटा लिन सकिन्छ । अब यी कागतीको बोक्रा निकाल्ने । बोक्रा निकाल्दा सानो टुक्रा पार्नु भन्दा अलि ठुलो र लाम्चो आकारमा निकालेको राम्रो हुन्छ । सबै कागतीको बोक्रा निकालिसकेपछी सम्पूर्ण बोक्रालाई एउटा सफा सिसाको जारमा राख्ने र यसको माथिबाट ओलिव ओइल राख्ने (मिसाउने)। याद राख्नुहोस् कि ओइल राख्दा खेरी यसले कागतीको बोक्रालाई पुर्ने (डुबाउने) गरी राख्नु पर्छ । त्यसपछि राम्रो सँग जारको ढकन लगाएर यसलाई २ हप्तासम्म राख्नुहोस् । (यदि तपाइँ सँग घरमा सिसाको सानो जार छैन भने ढकन भएको अन्य सिसाको बट्टा,कप अथवा भाँडामा राख्न सकिनेछ) ।

यसरी २ हप्तासम्म राखेपछि यो औषधी प्रयोग गर्न सकिन्छ ।

प्रयोग गर्ने विधि

यो औषधीमा गज या कपासको डल्ला चोपेर अर्थात् डुबाएर दुखेको भागको माथिबाट राखेर ब्यान्डेजले राम्ररी छोप्ने गरी बाँध्ने । यो औषधी प्रयोग गरेपछि राम्रो आराम गर्नु जरुरी छ, त्यसैले रातीमा बेडमा जानु भन्दा अगाडी प्रयोग गर्दा एकदम प्रभावकारी नतिजा पाउनेछ ।

कागतीको बोक्रामा केहि शक्तिशाली एन्टीसेप्टिक र एन्टी-इन्फ्लामेटरी प्रोपर्टीज् हुन्छ । हामीले कागतीको सेवन गर्दै आएपनि स्वास्थ्य सम्बन्धी यसको बोक्राबाट पाइने अद्भुत गुणहरुको बारेमा हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ । यसले जोर्नी दुख्ने समस्या बाट पूर्णरुपमा छुटकारा पाउनुका साथै नसा सुनिन्ने समस्यालाई निको पार्छ । साथै रक्तनालीको लागि पनि फाइदा पुरयाउँछ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

नेपालमा ढाडजोर्नी दुख्ने समस्या बिकराल बन्दै , कसरी बच्न सकिन्छ यसबाट ?

विशेष गरी उमेर ढल्किँदै गएपछि शरीरमा भएको अधिकांश क्याल्सियमको मात्रा हाडजोर्नीले प्रयोग गर्ने गर्दछ र यदि क्याल्सियमको कमि हुन थालेपछि अब हाडजोर्नीमा समस्या आउन थाल्दछ । जोर्नी, लिगामेन्ट र ट्युबमा बढी दबाब पर्छ ।

नसालाई बाहिरी दबाबले थिच्छ र जोर्नी दुख्छन् । यस्तो समस्या वृद्धवृद्धाहरूमा मात्रै होइन, तन्नेरी र प्रौढहरूमा पनि हुने गर्दछ । यो समस्या प्राय चिसो मौसममा धेरै हुने गर्दछ ।

यी कुरामा ध्यान दिनुभयो भने, हाडजोर्नी दुख्ने समस्याबाट छुटकारा पाउनुहुन्छ

१. जोर्नीलाई चिल्लो बनाइराख्नुहोस्

यदि तपाईँलाई हाडजोर्नी दुख्ने समस्या छ भने हाडजोर्नीलाई चिल्लो बनाइराख्नुपर्छ, सुक्खा हुन दिनुहुँदैन ।

माछामा पाइने ‘ओमेगा-३ फ्याटि एसिड’ले जोर्नीसम्बन्धी दुखाईलाई कम गर्नुको साथै त्यसलाई बिस्तारै निको पनि गराउँदै लैजान्छ। त्यसलगायत, गाईको घ्यू, माछाको तेलले पनि हाडजोर्नीको दुखाईलाई कम गराउँदछ ।

२. एउटा खुट्टाले उभ्भिनुहोस्

शरीरलाई सन्तुलनमा राख्ने व्यायामलाई त्यति महत्व दिइँदैन, तर यो अति नै लाभदायी अभ्यास हो। सुरुमा आँखा खोलेरै एउटा खुट्टा उचाल्नुहोस् र बिस्तारै आँखा बन्द गर्नुहोस्, आफ्नो शरीरलाई सन्तुलनमा राख्ने कोशिस गर्नुहोस् ।

गाह्रो हुन्छ भने भित्ताको सहायता पनि लिन सक्नुहुन्छ। दुईवटै खुट्टालाई २-२ मिनेट जति यसरी दैनिक व्यायाम गर्नाले घुँडा र गोलीगाँठाका मांशपेसीलाई मजबुत बनाई शरीरलाई सन्तुलित राख्न मद्दत पुग्दछ ।

३. दूग्धपदार्थबाट बच्नुहोस्

यदि तपाईँलाई बाथरोग जस्तै अन्य हाडजोर्नीको समस्या छ भने अत्याधिक दूग्धपदार्थको सेवन गर्नु उचित हुँदैन । किनभने दूग्ध पदार्थमा अत्याधिक मात्रामा क्याल्सियम हुन्छ र शरीरले यति धेरै क्याल्सियमलाई एकैचोटि पचाउन सक्दैन, जसको कारण हाडजोर्नी सुन्निने समस्या आउन सक्छ ।

बरु त्यसको सट्टा हलुका मात्रामा क्याल्सियम पाइने खानेकुराहरू जस्तै हरियो सागपात, जहु, गेडागुडी खानु हाडजोर्नीको लागि फाइदाजनक हुन्छ ।

४. हिँडडुल गर्न नछोड्नुहोस्

“हिँडिराख्नुपर्छ! दुखेर तड्पिराको बेला हिँड्न नसकुम्ला जस्तो हुनु सामान्य हो, तर तपाईँ हिँड्न सक्दिनँ भनेर जति बस्नुहुन्छ, त्यति नै सताउने गर्छ ।”,

फिजिसियन डा. युसेफ हब्बाब भन्छन्- “एउटै ठाउँमा कुक्रुक्क परेर बस्नुहुँदैन। यदि कम्प्यूटरमा काम गर्दै हुनुहुन्छ भने पनि उठ्नुहोस्, कम्तीमा पनि १ घण्टामा एकचोटि उठेर यताउता गर्नुहोस् ।”

५. सही व्यायाम

दौडने अनि एरोबिक्स गर्नेभन्दा पनि साइकल चलाउने, हिँड्ने जस्ता हलुका व्यायाम गर्नु हाडजोर्नीको लागि फाइदाजनक हुन्छ । त्यसलगायत तपाईँको मेरदण्डलाई सक्रिय बनाउने व्यायाम जस्तै योगा गर्दा पनि उचित हुन्छ ।

६. तौललाई नियन्त्रणमा राख्नुहोस्

“तौल बढ्नु भनेको जोर्नीको लागि एकदमै नराम्रो कुरा हो, किनकी यसले जोर्नीमा बढि दबाब पार्दछ ।”, पोषणविद् शोना विल्कन्सन भन्छिन्- “हरेक १ किलो तौल बढ्दा हाम्रो घुँडामा दोब्बर दबाब पर्दछ। त्यसैले थोरै मात्रै तौल घटाउन सक्यो भने पनि जोर्नीमा हलुका भएपनि राहत हुन्छ ।”

जाडोमा घुँडा वा जोर्नी दुख्ने

दिन प्रति दिन जाडोयम बढ्दै गएको छ । यतिबेला जोर्नी तथा घुँडा दुख्ने समस्या बढ्न सक्छ । कतिसमय अवस्थामा त घुँडा दुखाईले सामान्य हिँडडुल गर्न समस्या हुन्छ ।

अदुवा

अदुवा यस्तो औषधि हो जसले घुँडाको दुखाईमा रामवाणको काम गर्छ । यसलाई चियाँसग सेवन गर्न सकिन्छ । अथवा यसको रस पिउँदा पनि हुन्छ । साथै महसँग पनि यसको सेवन गर्न सकिन्छ ।

कागती

कागतीको सेवनले पनि घुँडाको दुखाई पनि शान्त गर्छ । यसलाई घुँडामा दल्दा पनि राहत मिल्छ ।

तोरीको तेल

तोरीको तेलमा लसुन मिसाएर हल्का तताउने । नियमितरुपमा यसो गर्दा घुँडाको दुखाई पक्कै कम हुन्छ ।

सिधे नुन

घुँडाको दुखाईमा सिधे नुन एकदमै असरदार हुन्छ । यसलाई पानीमा हालेर दुखेको ठाउँमा लगाउँदा आराम मिल्छ । यो एउटा घरेलु उपचार हो ।

बेसार

घुँडाको दुखाई भगाउनका लागि बेसार एक प्रभावकारी प्राकृतिक उपचार हो । बेसारमा मौजुद रहने कुरक्यूमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र दुखाई कम गर्न सहयोग गर्छ ।

मेवाको विज

मेवाको बिज अत्यन्तै उपयोगी हुन्छ । यसलाई पिसेर तेलमा लगाएर आफ्नो घुँडामा दल्नुपर्छ दुखाईबाट उन्मुक्ति पाइन्छ ।

गाजर

गाजरले हाम्रो शरीरलाई पौष्टिक तत्व प्रदान गर्छ । यदि घुँडाको दुखाईबाट पिडित हुनुहुन्छ भने बढिभन्दा बढि गाजर खानुपर्छ । यसले शरीरलाई शक्ति प्रदान गर्नुका साथै घुँडाको दुखाईबाट छुट्कारा दिलाउँछ ।

मेथीको बिज

घुँडाको दुखाई छ भने मेथीको बिउलाई पिसेर तेलमा मिलाएर हल्का हातले लगाउनुपर्छ । यसबाट घुँडाको दुखाई शान्त हुन्छ ।

प्याज

प्याजले पनि घुँडाको दुखाईबाट छुट्कारा दिलाउन सक्छ । सोझै प्याज खाएर वा पिसेर घुँडामा लगाउनाले यसबाट लाभ हासिल गर्न सकिन्छ ।

नरिवलको तेल

खुट्टा मर्किएको बेला नरिवलको तेल लगाएर मालिस गर्दा आराम मिल्छ । साथै घुँडाको दुखाईमा पनि यसको प्रयोग गर्न सकिन्छ ।

रातो खुर्सानी

रातो खुर्सानीको प्रयोगले घुँडाको दुखाईमा राहत प्राप्त हुन्छ । यसमा मौजूद केपसाइसिनले पेनकिलरको जस्तै काम गर्छ ।

ओमेगा ३ फ्याटी एसिड

यी फ्याटी एसिडले शरीरलाई शक्ति प्रदान गर्नुका साथै विभिन्न रोगहरुसँग लड्न क्षमता प्रदान गर्छ । यसका लागि बदाम, दुध जस्ता चिजहरु सेवन गर्नुपर्छ । दैनिकरुपमा यी वस्तुहरु सेवन गर्दा घुँडाको दुखाई समाप्त हुन्छ ।

क्याल्सियमयुक्त खाना

क्याल्सियमयुक्त खानाले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । शरीरमा क्याल्सियमको कमिले गर्दा नै हड्डीको दुखाई उत्पन्न हुने हो । त्यसैले क्याल्सियम भएका खानेकुराहरु भरपुर सेवन गर्नुपर्छ ।

एक्सरसाइज

घुँडाको दुखाई हुनेहरुले नियमित एक्सरसाइज गर्नु आवश्यक छ ।

योगा

योगा गर्नु धेरै हिसाबले लाभदायक छ । कठिन शारिरीक अभ्यासबिनै आफूलाई स्वस्थ राख्न चाहने हो भने नियमित योगा गर्नुपर्छ । यसले घुँडाको समस्याबाट पनि छुटकारा दिलाउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।