माइग्रेन विभिन्न प्रकारका हुन्छन्, तीमध्ये पिरियडिक माइक्रेन पनि एक हो, अत्याधिक टाउको दुख्ने । माइग्रेन टाउको दुखाइको एक प्रकार हो। समान्यतयाः चिकित्सकले टाउको दुखाइलाई दुई प्रकारमा विभाजन गरेका हुन्छन्।एउटा प्राइमरी टाउको दुखाइ, अर्को सेकेन्डरी टाउको दुखाइ

प्राइमरीमा पनि ३ प्रकार छन्। ती हुन्ः माइगे्रन, टेन्सन टाउको दुखाइ र कलस्टर टाउको दुखाइ।प्राइमरी टाउको दुखाइको कारण अहिलेसम्म यकिन नभएको अवस्था छ। कुनै रोगका कारण टाउको दुख्छ भने त्यो सेकेन्डरी टाउको दुखाइ हो। जस्तैः आँखाको कारणले दुख्छ भने या दिमागमा केही समस्या भई टाउको दुख्छ भने त्यो सेकेन्डरी टाउको दुखाइ हो।

माइग्रेन विशेषगरी महिलालाई हुन्छ। अध्ययनले के देखाएको छ भने तीन जना महिलालाई माइगे्रन हुँदा बल्ल एक जना पुरुषलाई माइग्रेन हुन्छ। यसमा चाखलाग्दो कुरा के छ भने, जब १२–१३ वर्षपछि महिलाको महिनवारी सुरु हुन्छ, त्यस बेलामा यो दर बढी हुन्छ। बच्चालाई पनि माइगे्रन हुनसक्छ।

माइग्रेनको खास कारण यो हो भनेर थाहा नभए पनि केही कारण छुट्याउन सकिन्छ। जो व्यक्ति एकदमै पुरानो गालेको अचार, गुन्द्रुक, सिन्की, दही, मही, तामा आदि खान्छन्, उनीहरुलाई माइग्रेन भएको पाइएको छ। त्यसैगरी बन्द बोतल पेय पदार्थ कोक, रक्सी, आदि सेवन गर्नेलाई पनि देखिएको छ। त्यस्तै क्याफिन भएको चिज चकलेट र कफी खाने व्यक्तिलाई पनि माइग्रेन देखिएको छ।

जो व्यक्ति एकदमै कोलाहाल ठाउँमा बस्छ अथवा एकदमै गन्ध वा सुगन्ध आउने ठाउँमा बस्छ। जो एकदमै घाममा बस्छ त्यस्ता व्यक्तिलाई पनि माइगे्रन हुने सम्भावना हुन्छ।

माइग्रेनको प्रत्यक्ष सम्पर्क ग्यास्ट्राइटिक्ससँग पनि हुन्छ। जस्तैः खाली पेट बस्ने, ब्रत लिने तथा समयमा खाना नखाँदा पनि माइग्रेन हुन्छ। निद्रा नलाग्ने व्यक्तिलाई पनि माइग्रेन हुने समस्या हुन्छ। एकदमै विलासी जीवन बिताउने, तनाव लिने, शारीरिक व्यायाम नगर्ने व्यक्तिलाई पनि यो समस्या देखिने गरेको छ।

महिलामा बढी माइग्रेन किन हुन्छ भन्दा हाम्रो समाज नै त्यस्तै छ। विभिन्न थरी संस्कृतिले महिलालाई ब्रत बस्नुपर्छ भन्ने चलन, सबैले खाना खाएपछि अन्तिममा खानुपर्छ भन्ने मान्यताले पनि भोकै रहँदा महिलामा बढी माइग्रेन देखिएको हो। त्यसैगरी हार्मोन परिवर्तनले गर्दा पनि महिलामा बढी माइग्रेन देखिने गर्छ।

माइग्रेनको एक प्रकार पिरियडिक माइग्रेन वा मेन्सुरल माइगे्रन पनि हो। महिलालाई महिनावारी हुने बेलामा अत्यधिक टाउको दुख्छ भने त्यो पिरियडिक माइग्रेन हो। विशेषतः महिनावारी हुनुअगाडि दुई दिनदेखि लिएर महिनावारी भएको तीन दिन पछाडिसम्म माइगे्रन हुन्छ।

इन्टरनेसनल क्लासिफेकसनन अफ हेडएक डिसअर्डर (आइसिएचडी) ले के भनेको छ भने, यदि अत्यधिक टाउको दुखाइ तीन महिनासम्म तीन पटक नै महिनावारी हुने बेला दुख्छ भने त्यसलाई माइग्रेन भन्न सकिन्छ। यस्तो माइग्रेन १० प्रतिशतभन्दा कम महिलामा भएको पाइएको छ।

महिनावारीका बेला किन टाउको दुख्छ रु त्यसबेला महिलाको ‘एस्ट्रोजिन’ नामक सेक्स हार्मोनको लेभल कम भएर आउँछ। एस्ट्रोजिन लेभल एकदम कम भएपछि माइग्रेन देखिन्छ। त्यसैगरी कतिपय महिलाहरु गर्भ निरोधक चक्की खान्छन् या हार्मोनल रिप्लेसमेन्ट थेरापी गराउँछन् भने ती महिलालाई पिरियडिक माइग्रेन हुनसक्छ।

महिनावारीमा हुने टाउकोदुखाइ पनि साधारण टाउकोदुखाइ जस्तै हुन्छ। आधा टाउको दुख्ने, बेलाबेलामा टाउको दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखिन्छन्। धेरैले महिनावारी भएको बेला टाउको दुख्दा पेन किलर खाएर बसेका हुन्छन्। महिनावारी भएको बेला माइग्रेन भएको छ भने ‘मेफानिक’ नामक पेनकिलर खान सकिन्छ। अत्यधिक दुखेको छ भने यो औषधि खानको लागि राम्रो मानिन्छ।

पिरियडिक माइग्रेनका बिरामीलाई माइगे्रन थेरापी पनि गराउन सकिन्छ। त्यसमा अकुपञ्चर, अकुप्रेसर, मेडिटेसन आदि थेरापीमा समेटिन्छ। त्यस अलावा बिरामीलाई महिनावारी भएको बेला तरल पदार्थ धेरै मात्रामा सेवन गर्ने सल्लाह दिइन्छ।

थप जानकारीः

के हो माइग्रेन ? यसरी गर्न सकिन्छ प्राकृतिक उपचार

टाउको दुख्ने समस्या अधिकांशलाई हुन्छ । तर के कारणले टाउको दुखेको हो भन्ने कारण भने कमैलाई थाहा हुन्छ ।टाउको दुखाइ ठूलै समस्या नभए पनि हाम्रो दैनिक जीवनमा बाधा पुर्याउने काम भइरहेको हुन्छ । कतिलाई टाउको दुखाइले निकै पीडा दिन्छ ।

यदि माइग्रेनकै कारणले टाउको दुखेको हो भने शतप्रतिशत निको पार्ने पाकृतिक उपचारको बारेमा तपाईंलाई जानकारी गराउने छौँ ।प्राकृतिक उपचार हाम्रो स्वास्थ्यका लागि फाइदाजनक हो । माइग्रेन के हो, कसरी हुन्छ, न्यूनीकरण र प्राकृतिक उपचारका बारेमा ३ दशकभन्दा लामो समयदेखि प्राकृतिक उपचार गराउँदै आएका डाक्टर क्षितिज बराकोटीले जानकारी गराएका छन् ।

के हो माइग्रेन ?

माइग्रेन अन्य समस्याले हुने रोग हो, जसले गर्दा विशेषगरी टाउकोको भाग धेरै दुख्छ । माइग्रेनले निश्चित समयमा कसैलाई एक महिना, कसैलाई ढेड महिना र १५, २० दिनमा पनि टाउको दुख्ने हुन्छ ।माइग्रेनको दुखाइ ३, ४ दिनसम्म पनि रहन सक्छ । सामान्यतया माइग्रेनले टाउकोको आधा भाग दुख्छ । कसैको दाहिने त कसैको देब्रे भाग दुख्ने गर्छ ।

माइग्रेनको पीडा बिरामीले सहन नसक्नेसम्मको पनि हुन्छ । यसको दुखाइ निकै गाह्रो र कठिन हुन्छ । टाउको दुखाइसँगै आँखा धमिलो देख्ने, रिँगटा लाग्ने, वाकवाक लाग्ने र वान्त हुनेसम्म हुन्छ ।यस्तै आलश्य हुने, काम गर्न मन नलाग्ने, दिमागले अन्य कुरा सोच्न नसक्ने अवस्थासम्म पनि बिरामीलाई पुर्याउन सक्छ ।

माइग्रेन हुने कारण

माइग्रेन यही कारणले मात्र हुन्छ भन्ने छैन । कसैलाई वंशाणुगत पनि हुन्छ, कसैलाई नसाजन्य समस्याको कारणले पनि हुन्छ । प्रत्येक व्यक्तिमा फरक फरक कारणहरू हुन्छन् ।

खानापान र जीवनयापन, दैनिक जीवनमा आउने विभिन्न समस्याका कारणले पनि माइग्रेन हुनसक्छ । हामीले खाने चकलेट, कफी, बट्टामा राखेको अचार, चिसो, पेयपदार्थ, धुलो, घाँम, गन्धले पनि माइग्रेनलाई बढाउन सक्छ ।

माइग्रेनमा निश्चित साइकलमा दुख्छ तर माइग्रेन बढाउने खानपान नखाँदासम्म माइग्रेन बढ्दैन । पिनास र माइग्रनेका लक्षण उस्तैउस्तै पनि हुन सक्छन् । तर माइग्रेन केही समय दुखेर निको हुन्छ भने पिनास निरन्तर दुखिरहन्छ ।

माइग्रेनको प्राकृतिक उपचार

माइग्रेन मेडिकलको औषधि प्रयोगले निको पार्न सकिन्छ भन्ने दाबी गरे पनि औषधिको प्रयोगले मात्रै माइग्रेन निको हुँदैन् । माइग्रेन निको हुनका लागि तपाईंको दैनिक जीवन, खानपानमा परिवर्तन हुनु नै पर्छ ।

धेरै गाह्रो भएको खण्डमा चिकित्सकको सल्लाहअनुसार मेडिकलको औषधि प्रयोग गर्न सकिन्छ । तर शतप्रतिशत निको हुनको लागि भने प्राकृतिक चिकित्साविधि अपनाउँदा राम्रो हुन्छ, जुन हाम्रो स्वास्थ्यका लागि पनि फाइदाजनक हो । प्राकृतिक उपचार माइग्रेन मात्रै होइन अन्यरोगलाई पनि फाइदाजनक हुन्छ ।

माइग्रेनको विभिन्न किसिमको लक्षण कम गर्न र निको पार्न प्राकृतिक चिकित्साको महत्वपूर्ण भूमिका हुन्छ । टाउको दुखाइले हामीले भनेको समयमा सोचेको काम गर्न सक्दैनौँ । जसले गर्दा यो रोगले तपाईंको जीवन अस्तव्यस्त बनाइदिन पनि सक्छ ।

 

यसरी हुन्छ प्राकृतिक उपचार

माइग्रेन भएको हो भन्ने कुरा थाहा नभए पनि टाउको दुख्ने समस्या धेरैलाई हुन्छ । तर सबै माइग्रेन हो भन्न सकिन्न । माइग्रेनको प्राकृतिक उपचारको बारेमा भन्नु पर्दा सुरुमा तपाईंको जीवनशैलीलाई सुधार गर्नुपर्ने हुन्छ । प्राकृतिक चिकित्साविधिमा योग, अकुपेशर जस्तै टाउको दुखेको छ भने माटोको पट्टी लगाउने, फेसप्याक, तातो चिसो सेक्ने विधिहरु अपनाउन सकिन्छ ।

अर्काे विधि भनेको टाउकोको विभिन्न भागमा थिचेर मसाज गरिन्छ । मसाज गर्दा माइग्रेन मात्रै होइन अरू कारणले दुःखेको टाउकोको दुखाइ पनि निको हुन्छ ।

यस्तै अर्काे विधि भनेको जलचिकित्सक भन्ने छ । यसमा नाकमा नुनपानी पठाएर उपचार गर्न सकिन्छ । माइग्रेनले आँखामा धमिलो जस्तो हुन्छ, यस्तो बेलामा आई वास गराउने । टाउको दुख्यो भने हेडब्याक बाँधेर तातोपानीमा खुट्टा डुबाउने पनि गरिन्छ । माइग्रेन मात्रै होइन, अन्य कारणले पनि टाउको दुखेको छ भने यो विधि उपयुक्त हो ।

प्राकृतिक चिकित्सामा समस्या समाधानको उपाय पनि खोज्छौँ । जस्तै हामीकहाँ आउने बिरामीलाई माइग्रेनको लागि गरिने खानपान, व्यायम, व्यवहार धेरै कुराको बारेमा जानकारी गराउँछौँ । प्राकृतिक चिकित्सामा जलआहार, उपवासलगायतका विभिन्न विधि गराउँछौँ।

यो विधि तपाईंले घरमा पनि अपनाउन सक्नुहुन्छ । तर कुन समयमा कुन उपचार गर्ने भन्ने कुराको बारेमा पहिला तपाईं आफै जानकार हुनुपर्छ । मानसिक समस्या, माइग्रेन, पिनास भएको व्यक्तिलाई मठप्याक लगाउँदा फाइदा हुन्छ ।

खान नहुने कुरा

माइग्रेन सबैलाई एउटै कारणले दुख्छ भन्ने छैन । कसैलाई दही खाँदा दुख्न सक्छ भने कसैलाई चिसो पेयपदार्थ खाँदा दुख्छ । त्यसैले माइग्रेन हुने व्यक्ति आफूलाई जे खाँदा टाउको दुख्छ, त्यो कुरा खानु भएन ।

मुख्यगरी मोही, चिसो पेयपदार्थ, गुन्द्रुक, साँधेको अचार, कफी नखाँदा नै राम्रो हुन्छ । यस्तै धेरैबेर भोकै नबस्ने, घामबाट जोगिने, होहल्लामा नबस्ने, तनाव कम लिने गर्नाले माइग्रेन कम हुन्छ ।

खाएपछि आफूलाई गाह्रो हुने खानेकुरा, गाह्रौँ हुने काम नगर्दा राम्रो हुन्छ । माइग्रेनलाई कम गर्ने हो भने खाने, बस्ने, सुत्ने जीवनका हरेक गतिविधिको ख्याल गर्नुपर्ने हुन्छ ।

यस्तो छ घरेलु उपचार

माइग्रेनको प्राकृतिक उपचार तपाईंले घरमा पनि गर्न सक्नुहुन्छ । तर उपचारको विधिको बारेमा जानकार हुनुपर्छ । मठप्याक मानसिक समस्या र माइग्रेन भएको व्यक्तिहरुका लागि राम्रो हुन्छ ।
नाक सुख्खा हुने खालको पिनास छ भने मठप्याकले अर्थात माटोको पट्टी राम्रो हुन्छ ।

टाउको दुखेको छ भने पहिला टाउकोमा चिसो पट्टी बाध्ने, त्यसपछि टाउँकोको पार्ट पार्टमा थिच्नुपर्छ । अर्काे कुरा हातको आैलाका टुप्पा टुप्पामा थिच्ने गर्नुपर्छ, औँलाको टुप्पामा घुमाई–घुमाई थिच्ने र यो क्रम हात र खुट्टाको प्रत्येक औँलामा एकदेखि २ मिनेटसम्म गर्नुपर्छ। यस्तै; हत्केलाको बीच भागमा पनि प्रेसर दिने र बुढी औँला, चोर औँलाको कापमा प्रेसर दिने यस्तोगर्दा टाउको दुखाइ तत्कालै कम हुन्छ ।

यदि घाममा बसेर टाउको दुखेको छ भने चिसोपानीको धारा टाउकोमा चुहाउने अनि थिचिराख्ने । घाममै बसेर दुखेको छ भने चिसो रुमाल आँखामा पट्टी लगाएर बस्ने । यस्ता सामान्य प्रक्रिया गर्दा पनि राम्रो हुन्छ । यस्तै टाउकोमा चिसो रुमाल बेर्ने र पैताला तातोपानीमा १० देखि १५ मिनेटसम्म डुबाउँदा पनि राम्रो हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः