मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ ।

के हुन् मेथी दानाका फाइदा ?

भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र ज्वारोको समस्यालाई टाढा राख्छ ।

मेथीमा कस्ता पौष्टिक तत्व पाइन्छन् ?

मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ ।

१. कमजोरीः

मेथी दानाको दैनिक जसो प्रयोग गर्दा बाँझोपनजस्ता समस्या हुँदैन । स्पर्म काउन्ट र क्वालिटी निकै राम्रो हुन्छ ।

२. स्वस्थ मृगौलाः

मेथी दानामा शरिरको टक्सिन बाहिर निकाल्ने क्षमता हुन्छ जसले मृगौलालाई स्वस्थ राख्न सहयोग पुर्याउँछ ।

३. ग्याष्ट्रिकको समस्याः

मेथी दाना नियमित रुपमा खाँदा ग्याष्ट्रिकको समस्याबाट बच्न सकिन्छ । जलन र एसिडिटी पनि हुनबाट जोगाउँछ ।

४. सुगर नियन्त्रणमा रहन्छः

मेथीदानामा पाइने् सोलुबल फाइबर्स ब्लड सुगरलाई नियन्त्रणमा राखेर मधुमेहको खतरा घटाउने गर्दछ ।

५. हृदयघातबाट बचाउः

मेथी दानामा पाइने गेलाक्टोमेनन र पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्छ र हृदयघातबाट बचाउन सहयोग पुर्याउँछ ।

६. बलियो पाचन प्रणालीः

भिजाइएको मेथी दानाले पाचन क्रियालाई बलियो बनाउँछ । कब्जियतसहित पेटका विभिन्न समस्यालाई टाढै राख्छ ।

७. स्वस्थ छालाः

मेथीदानाले शरिरको टक्सिन बाहिर निकालेर छालालाई स्वस्थ बनाउँछ । चायाँ, पोतो, डण्डीफोरबाट बचाउने गर्दछ ।

८. कालो, बाक्लो कपालः

बिहान दैनिक भिजाइएको मेथी दाना खाँदा कपाल चाँडै सेतो हुँदैन । झर्न पनि रोकिन्छ ।

९. पायल्सः

मेथीदानाले पाचन क्रियालाई बलियो बनाएर कब्जियत र एसिडिटीलाई टाढै राख्छ । यसले पायल्सको समस्याबाट पनि राहत प्रदान गर्छ ।

१०. पिसाबको समस्याः

मेथी दानाले धेरै पिसाब लाग्नु वा पिसाबको संक्रमणजस्तो समस्यालाई टाढा राख्न सहयोगी भूमिका खेल्छ ।

थप जानकारीः

किन हुन्छ पायल्स, कसरी गर्ने उपचार?

नेपालीहरूलाई धेरै हुनेमध्येको रोग हो, पायल्स। खानपिनको कारणले होला पछिल्लो समय यो रोगबाट पीडित हुनेहरू बढिरहेका छन्।पायल्स भनेको दिसामा रगत जानु हो। जुन अवस्थामा दुख्ने भन्ने हुँदैन। दिसा गरिसकेपछि रगत जानुलाई हामी पायल्स भन्छौं। रगत जाँदा दुख्छ भने त्यो पायल्स होइन।

दिसा गर्दा दुख्छ तर रगत जाँदा दुख्दैन।पायल्स थुप्रै कारणले गर्दा हुन्छ। मुख्य कारण कब्जियत हो।महिलाहरूलाई गर्भावस्थामा पनि पायल्स हुन्छ। गर्भावती भएको बेलामा नसाहरू थिचिन्छ जसले गर्दा कब्जियत हुन्छ। त्यसपछि मलद्वारको नसा फुटेर रगत पनि जान्छ।

पायल्सको उपचार

यसको उपचारका लागि सबैभन्दा पहिला रोगको अवस्था हेर्नुपर्छ।पायल्स दुई किसिमको हुन्छ। मलद्वारको भित्री भागमा भयो भने त्यसलाई इन्टरनल हेमोराइट्स भनिन्छ। बाहिरी भागमा नसा पलाएको छ भने त्यो एक्स्टर्नल हेमोराइट्स हो, जुन छालाले ढाकिएको हुन्छ।

पायल्सका चार चरण हुन्छन्।

‘फर्स्ट डिग्री हेमोराइट्स’ को चरणमा रगत जाने हुन्छ तर केही निस्किँदैन।

‘सेकेन्ड डिग्री हेमोराइट्स’ भयो भने दिसा गर्ने बेलामा रगत आउँछ र सँगै मासुको डल्लो बाहिर निस्किन्छ। दिसा गरिसकेपछि भित्र पस्छ।

‘थर्ड डिग्री हमोराइटस’ दिसा गर्ने बेलामा बाहिर निस्केको मासु भित्र पठाउन ठेल्नु पर्ने हुन्छ।

‘फोर्थ डिग्री हेमोराइट्स’ मा त्यो मासुको डल्लो बाहिरको बाहिरै रहन्छ।

उपचार गर्दा बिरामीको पायल्स कुन डिग्रीमा छ भन्नेमा भर पर्छ।

फर्स्ट र सेकेन्ड डिग्री हेमोराइट्सका लागि खानपानलाई नियन्त्रण गर्ने र कब्जियत हुन नदिने हो अथवा औषधी खाने हो भने ठिक हुन्छ।

‘थर्ड र फोर्थ’ डिग्रीमा पुगेको छ भने अप्रेसन पनि गर्नु पर्ने हुनसक्छ।

रगत गइरह्यो भयो भने ‘इमर्जेन्सी’ अप्रेसन गर्नुपर्छ। नशामा जाम भयो भने बिरामीलाई दुखाइ बढी हुन्छ, अप्रेसन नगरी हुन्न।

लापरबाही गरे के हुन्छ?

लापरबाही गर्‍यो भने जटिलता आउन सक्छ। रगत बढी जाने भएकाले रक्तअल्पताको खतरा हुन्छ। कहिलेकाहीँ संक्रमण समेत हुन्छ।मासुको डल्लो बाहिरको बाहिरै रह्यो भने त्यहाँ घाउ हुन्छ भने नशामा रगतसमेत जम्छ। यसले क्यान्सर भने गराउँदैन।

के खाने/ के नखाने?

धेरैजसो पायल्समा अप्रेसन गर्नु पर्दैन। यसको मुख्य कारण कब्जियत हो। त्यसैले दिसा साह्रो हुनबाट जोगाउनु पर्छ। मासुलगायतका धेरै प्रोटिन हुने खानेकुरा, पिरो, चिल्लो र मसलाले पनि कब्जियत गराउँछ। हरियो तरकारी, सागपात र बढी झोल खाने हो भने कब्जियत हुँदैन।

आयुर्वेदिक उपचार

पायल्सका लागि हामी पनि आयुर्वेदिक दबाइ सिफारिस गर्छौं। कब्जियत कसरी ठीक हुन्छ भनेर यो औषधी प्रयोग गरिन्छ। गाउँघरमा प्रयोग हुन इसबगोलले कब्जियत हुन दिँदैन। त्यो पद्दति जसले प्रयोग गरे पनि कब्जियत नै हटाउने हो।

अप्रेसन गरे पनि पायल्स दोहोरिन सक्छ। अप्रेसन गर्दा जुन नसा सुन्निएको हुन्छ त्यसलाई बाँधेर निकाल्ने हो। तर कब्जियत भइरह्यो भने फेरि दोहोरिन सक्छ। ५/६ वर्षसम्म हुँदैन तर खानामा ध्यान दिइएन भने फेरि दोहोरिन सक्छ। कतिपय अवस्थामा त दिसा नरोकिने समस्या पनि हुन सक्छ।

यस बारे पनि जान्नुहाेस्ः

पिसाब पोल्ने समस्या छन् ? यस्तो गर्नुस्

पिसाब पोल्ने समस्या हामी धेरैलाई हुनसक्छ । कतिपयले हिचकिचाहाटले पनि यो समस्या लुकाइराखेको हुन्छौं । पिसाब पोल्ने धेरै कारणहरु मध्य धेरैलाई देखिने कारणहरु बारे यहाँ चर्चा गरिनेछ ।

पिसाब पोल्ने कारणहरु के हुन ?

मुख्यतः पिसाव पोल्ने प्रमुख कारणमा पिसाव नलीको संक्रमण नै हो ।

पिसाब नलीको संक्रमण महिलाहरुमा धेरै देखिने गर्छ ।

गर्भवती अवस्थामा पनि यो धेरै देखिने समस्या हो ।

मिर्गौला, पिसाब जाने नली वा मूत्राशयको पत्थरीले पनि पिसाब पोल्ने लक्षण देखिन सक्छ ।

पत्थरीको कारणले मुत्रनलीमा संक्रमण हुन मद्दत पुराउँछ र पिसाब पोल्ने लक्षण देखिन्छ ।

विभिन्न यौनरोगहरु जस्तै गोनिरिया, क्लामैडिया आदिमा पनि पिसाब पोल्ने समस्या देखिन सक्छ ।

पुरुषलाई पिसाब पोल्ने अन्य कारणहरु प्रोस्टेट ग्रन्थीको संक्रमण वा उमेर बढ्दै गएपछि प्रोस्टेट ग्रन्थीको आकार बढ्नु पनि हो ।

पिसाब पोल्ने संगसंगै अरु के लक्षण देखिन सक्छ ?

पिसाब गर्न गाह्रो हुने वा दुख्ने

चाडो चाडो पिसाब लाग्ने

पिसाब थाम्न गाह्रो हुने

पिसाबमा रगत देखिने

पिसाबको रंग बदलिने वा गाडा हुने

दायाँ वा बायाँ कम्मर दुख्ने

ज्वरो आउने, टाउको दुख्ने, काम्ने, चिडचिड पसिना आउने

जाँच कसरी गर्ने ?

माथिका लक्षणहरु देखिएमा तुरुन्त अस्पताल गएर पिसाब पोल्नुको कारण के रहेछ भनेर जानकारी लिइहाल्नुपर्छ । त्यसको निम्ति अवस्था हेरेर चिकित्सकको सल्लाह बमोजिम पिसाबको जाँच, रगतको जाँच, भिडियो एक्सरे आदि गराउनुपर्छ ।

उपचार के हो ?

पिसाब पोल्ने एउटा लक्षण मात्र भएकाले कुन रोगको कारण यो लक्षण देखिएको हो थाहा पाएर त्यसै अनुरुप उपचार गराउनु पर्छ । संक्रमण भएमा चिकित्सकको सल्लाह बमोजिम घरैमा वा अस्पताल बसेर एन्टीबायोटिक खानुपर्छ । पत्थरीको भएको भए आकार अनुसार शल्यक्रिया गरेर वा नगरेरै पनि अन्य विधिबाट उपचार गर्न सकिन्छ ।

पिसाब पोल्नबाट बच्ने उपायहरु

यथेष्ट मात्रामा पानी पिउने ।

कम्तीमा पनि दीनको दुई लिटर पानी पिउनाले संक्रमण वा पत्थरी दुबैमा फाइदा गर्छ र पिसाब पोल्ने कम हुन सक्छ ।

यौनाङ्गको सरसफाइमा ध्यान दिनाले संक्रमणबाट जोगिन मद्दत पुर्याउँछ ।

यौनरोगहरुबाट बच्न विभिन्न सावधानीका उपायहरू अपनाउने ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः