एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यो रोगले समयमा उपचार पाएन भने मान्छेको ज्यानै जान पनि सक्छ । एपेन्डिक्स भन्ने अङ्ग सुन्निएको अवस्थामा एपेन्डिसाइटिस हुन्छ । कहिलेकाहीँ त फुटिसकेको पनि हुन सक्छ ।

एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अङ्ग हो । सन् १८८६ मा रेगीनाल्डले पहिलोपल्ट एपेन्डिसाइटिसका बारेमा तथ्य बाहिर ल्याएको पाइन्छ ।

एपेन्डिक्स एउटा पाइपजस्तो अङ्ग हो । यसको ल्युमेन बिस्तारै विभिन्न कारणहरुबाट बन्द हुन थाल्छ, र यो सुनिन्छ । सुन्निएपछि यसले एपेन्डिक्सको भित्तामा चाप दिन्छ । जुन चापका कारण भित्तमा रहेका रगतका नसाहरु बन्द हुँदै जान्छन् र पीप जम्न थाल्छ ।

यस्तो अवस्थामा पनि एपेन्डिक्सलाई अपरेशन गरी ननिकालिएमा यो फुट्न जान्छ,जसको कारण संक्रमण रगतको माध्यमबाट सम्पूर्ण शरीरमा फैलिएर मानिसको मृत्यु हुन्छ। एपेन्डिसाइटिस पश्चिमी मुलुकमा बढी देखिएको छ ।

यसको कारण पश्चिम देशहरुमा मासुको बढी प्रयोग हुन सक्ने वैज्ञानिकहरु बताउँछन्।वंशाणुगत रुपमा पनि एपेन्डिसाइटिस हुने सम्भावना बढी हुने गरेको पाइन्छ । श्ररोगका लक्षणहरु देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिसलाई दुई प्रकारमा विभाजन गर्नु उपयुक्त हुन्छ ।

एकमा एपेन्डिक्स सुन्निने क्रम बिस्तारै हुन्छ, जुन पछि आफै ठीक भएर पनि जान सक्छ । यसको फुट्ने सम्भावना अत्यन्त कम रहन्छ भने प्रकार दुईमा एपेन्डिक्स सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन चाँडै फुट्ने गर्दछ ।

लक्षणहरु

१. दुखाइः नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ ।

२. उल्टी हुनुः एक वा दुईपटक उल्टी हुन सक्छ ।

३. साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो देखिन्छ ।

४. कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ ।

५. कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ ।

स्वास्थ्यकर्मीहरुले विभिन्न चिकित्सकीय परीक्षण गरेर एपेन्डिसाइटिस भए–नभएको पत्ता लगाउनुहुन्छ । एपेन्डिसाइटिस पत्ता लगाउन अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान रोग पत्ता लगाउन सहयोगी हुन्छन्।विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ ।

थप जानकारीः

कब्जियत के हो ? यसको लक्षण, रोकथाम र उपचारका विधिहरु

दिसा निष्कासनको स्वभाविक आवृतिमा विलम्ब हुनु, नियमित रूपले दिसा गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपटक पनि दिसा गर्न नसकेको अवस्थालाई कब्जियत भनिन्छ। कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण देखा पर्ने एक लक्षण हो । यो कुनै विशेष रोग नभई रोगको लक्षणको रुपमा धेरै रोग यसैबाट जन्मन्छन् ।

हामीले खाएको खाना पाचन प्रक्रियापछि पोषक तत्व हाम्रो शरीरले शोषण गर्छ र अनुपयोगी तत्व ठोस पदार्थ मल र तरल पदार्थ मूत्रका रुपमा शरीरबाट बाहिर निस्कन्छ ।स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ ।सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ ।

यसो नभई एक दिन, दुई दिन या धेरै दिन बिराएर दिसा हुने अबस्थालाई कब्जियत भनिन्छ ।शौचको समयमा कठिनाई हुनु, राम्रो सँग मल निस्कासन नहुनु, र कडा सुख्खा मल निस्कासन हुने अबस्थालाई कब्जियत भनिन्छ ।अयोग्य र अनियमित भोजनका कारण हुने यस समस्या सबै उमेरका मानिसलाई हुनसक्छ ।

खानपान र जीवनशैलीका कारण हुने रोगहरु मध्ये कब्जियत पनि पाचन प्रणाली अन्र्तगतको मुख्य समस्या हो ।समयमानै हेरचाह गरियो भने कब्जियत सजिलै सँग ठिक हुन्छ नत्र दिर्घकालिन कब्ज घातक पनि हुन सक्छ ।

कब्जियतको कारण प्रशस्त पानी या अन्य झोल कुराहरु नपिउनाले, खानामा रेसा, बोक्राहरुको कमी हुनाले, हरियो सागपात, टुसा निकालेको गेडागुडी, तरकारी, फलफूल, काँचो खान मिल्ने काँक्रो, गाँजर, चुकन्दर नखानाले, पहिला खाएको खाना नपच्दै फेरी खाना खानु, ज्यादा दुग्ध पदार्थ सेवन गर्नाले, खाना राम्रो सँग नचपाई खानु, चिया, कफि, चुरोट मदिराको ज्यादा सेवन, शोक, चिन्ता, तनाव, अनिद्रा, बैचेनी, खाना खाने बित्तिकै दिमागी काम गर्नु, कुनै औषधी सेवनको असर तथा रोगको कारण जस्तै थाइराइड, नशाको समस्या, व्यायाम नगर्नु, धेरै समयसम्म सुत्नु ।

विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाइसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्याबाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो। भोजन, व्यायाम, विश्राम र भावानात्मक रूपमा असन्तुलित जीवन नै अप्राकृतिक जीवन हो।

भोक लागेको बेला नखाने, भोकभन्दा ज्यादा खाने गरिष्ठ भोजनहरू, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जंकफूड र संरक्षित खाद्यान्न प्रायःजसो खाइरहने, सागसब्जी सलादजस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रबल सम्भावाना रहन्छ।

व्यस्त र भागदौडले भरिएको, तनावपूर्ण जीवन जिउनेहरू, श्रमपछि विश्राम नगर्नेहरू, भय, चिन्ता, शोक र उदासीनताका कारणले पनि कब्जियत देखिएको छ। व्यायाम र श्रमबाट भाग्नेहरूलाई पनि कब्जियतले छाडेको छैन भने लामो समयसम्म विरेचक औषधी, पेनकिलर, नार्काटिक्स र दिमाग लठ्याउने औषधि खानेहरूमा कब्जियत ज्यादा देखिएको छ ।

कब्जियतको कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्र्रिक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु जस्ता समस्या आउँछ।

मानसिक समस्या जस्तैः डर, चिन्ता, खिन्नता, उदासिनता, अनिद्रा, यौनशक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्यक्षमता गडबड हुनु, सर्दीले सताइ रहनु, ज्वरो, खोकी बल्भ्किरहनु, मांसपेसी तथा नसा९नाडीहरु कमजोर हुनु, अन्तश्रावी ग्रन्थीहरुको कार्य सुुचारु नभएर हार्मोनको मात्रा घटवड भइरहनु लगायत समस्या पनि आउँछ। कोलेस्टेरोल, युरिक एसिड आदि रगतमा हुने तत्वहरू घटबढ भइरहनु, रक्तअल्पताको समस्या देखापर्नु, महत्वपूर्ण अंगहरूको कार्यक्षमता घट्न जस्ता रोग देखिन सक्छ।

लक्षण

दिसा त्यागको प्राकृतिक आवृत्तिमा विलम्ब हुनु,

दिसा त्याग गर्न बल लगाउनुपर्ने अवस्था आउनु,

दिसा कोमल नभएर गोटा पर्नु,

पेट भारी हुनु वा दुख्नु, भोक नलाग्नु मुख बिग्रिनु,

रिंगटा लाग्नु, तिघ्राको पछाडिपट्टिको मांशपेशी दुख्नु, टाउको दुख्नु छात्ती पोल्नु र थाकेको महसुस हुनु

रोकथाम

प्रशस्त पानी पिउने ।

चाउचाउ, बिस्कुट जस्ता तयारी खाना र बोतलमा पाइने चिसो पेय पदार्थको साटो उसिनेको पदार्थ, कोदो, फापर, चना भटमासजस्ता पोषिला खानाका साथै मही, महपानी या सर्बत आदि खाने

काम र आरामको निश्चित तालिका बनाउने ।

दिसा आउँदा रोकेर राख्नु हुदैंन र दिसा लाग्ने बित्तिकै तुरुन्तै सबै काम छाडेर दिसा जानुपर्दछ ।

धेरै कम्मर कसिलो गरी पटुका या पेटी नकस्ने ।

धेरै सागपात, हरिया, तरकारी सलाद, फलफूल प्रशस्त खाने ।

तारेको, भुटेको, मसलादार खाना र माछा, मासु, अण्डाजस्ता मांसाहार त्याग्ने ।

बोक्रा फालेको सफा दालको सट्टा टुसा निकालेको या अङकुररित गरेको गेडागुडी खाने बानी बसाल्ने ।

खाना खाने बित्तिकै सुत्नु हुदैंन । खाना खाएको २।३ घण्टामा पाचन प्रक्रिया सकिएको हुन्छ र सुत्न जाने।

मनमा कुरा खेलाउने, चिन्ता लिने, रिसाउने, डराउने, तनावको अबस्थामा आराम गर्ने ।

उपचार

सानो हर्रो घिउमा भुट्ने र पिसेर धुलो बनाएर १ चिया चम्चा, सुत्ने बेलामा मनतातो पानीसँग पिउनुपर्दछ ।

इसबगोलको भुसी एक चम्चा बिहान साँझ पानी र दूध या अरु झोल कुरासँग पिउने ।

राजवृक्षको गुदी ५ ग्राम र मुनक्का २० ग्राम मिलाएर चटनी जस्तो पिसी बिहान साँझ खानाले पनि पेट सफा हुन्छ ।

एक भाग हर्रो, दुई भाग बर्रो, चार भाग अमला मिलाएर चूर्ण बनाउने र एक एक चिया चम्चा बिहान साँझ मनतातो पानी सँग पिउने ।

अदुवा पानी खानाले पनि कब्जियतलाई भगाउँछ ।

अम्बा तथा मेवाको सेबनले पनि दिसालाई नियन्त्रण गर्दछ ।

गाँजरको जूस दिनको एक गिलास खाली पेटमा तथा स्याउ खानु फाइदाजनक हुन्छ ।

१ चम्चा मह तातो पानीमा मिसाएर बिहान खाली पेटमा खाने ।

दिनमा दुई तीन कोसा पाकेको केरा खानाले वा एक चम्चा सुप र अदुवाको धुलोमा थोरै वीरेनुन मिसाई राती सुत्ने बेलामा मनतातो पानीसँग खानाले कब्जियत रोग ठिक हुन्छ ।

घिउकुमारीको गुदी १० ग्राम बिहान खाली पेटमा खाने गर्नुपर्दछ ।

सानो हर्रो, सौंफ र मिश्री बराबर तौल लिएर पिसेर चूर्ण बनाई आवश्यकताअनुसार १ या २ चम्चा सुत्ने बेलामा खाएर पानी पिउने गर्नुपर्दछ ।

सुकाएर अमलालाई पिसेर बनाएर चूर्ण १ चम्चा बिहान साँझ खाना पछि खाने ।

खाना खानु १–२ घण्टा पूर्व नै १–२ गिलास पानी पिउने ।

तोरीको तेलले बिहान बेलुका मालिस गर्ने ।

बिहानको समय ३–४ कि।मि हिंडडुल गर्ने ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः