ग्याष्ट्रिक भनेको पेटमा ग्यास भरिनु हो । सामान्यतया मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिने यो सामान्य जस्तो देखिने भएता पनि यो रोगले कालान्तरमा विकराल रुप लिन सक्छ । जब ग्याष्टिक बढ्दै जान्छ यसले पेटको माथिल्लो भाग पोल्ने, दुख्ने, वान्ता होला जस्तो हुने, खाना अरुची हुने, पेट ढुस्स फुलेको, भरिएको जस्तो लाग्ने हुन्छ ।

धेरै बढेको बेलामा खप्नै नसक्ने गरेर पेट दुख्ने, कालो दिसा हुने र कहिलेकाही पेट अर्थात आमाशयमा प्वाल परी त्यसको खराब असरले गर्दा ज्यानै जान पनि सक्छ ।

ग्याष्ट्रिक नभइन्जेली मानिसले जथाभावी जे मन लाग्यो त्यही गर्ने बानीले यसले विकराल रुप लिने हो । यो रोग लागीसकेपछि निको बनाउन अत्यन्तै कठीन हुन्छ । तर निरन्तर फलोअप गरेको खण्डमा यसलाई निको बनाउन पनि सकिन्छ ।

पहिलो कुरा त हामीले जिउँदै आएको जीवन शैलीलाई तत्कालै परिवर्तन गर्नु जरुरी हुन्छ ।

पहिलो जस्तो खानपान र रहनसहन भन्दा टाढा बसेर काम गर्ने हो भने यो विस्तारै कम हुन्छ । प्रश्स्त पानी पिएको खण्डमा त्यसले विकराल रुप लिन पाउँदैन ।

त्यस्तै विहान, वेलुका १० मीनेटको हाराहरीमा अलोलम विलोलम गर्दै पेटमा भएको अम्लीय पर्दाथलाई बाहिर फाल्नसकेको खण्डमा धेरै हदसम्म निको हुन्छ ।

ग्याष्ट्रिकको बिरामीले अमिलो, पिरो, चिल्लो, मसलेदार खाना हेर्नु सम्म पनि हुँदैन । धेरै तातो र धेरै चिसो खाना नखाइकन ६ महिनासम्म यो अभ्यास गरेको खण्डमा तपाईलाई सहज हुन्छ । त्यस्तै एसिडिटी बढाउने खानेकुरा तथा कोलड्रिङस पनि कम गर्नुपर्छ ।

दिन होस् वा रात थोरै–थोरै खाना धेरै पटक खाइरहँदा पेटमा ग्याँस भरीन पाउँदैन । खाएका हरेक खाना राम्रोसँग चपाएर खाना खानाले र सुत्नुभन्दा ४ घण्टा पहिला खाना खाइसक्ने बानीले ग्याष्ट्रिक कम हुन्छ ।

प्राय सबै मानिसलाई कुनै न कुनै किसिमको ग्याष्ट्रिक हुने गरेको छ । मानिसहरूले यसलाई सामान्य रुपमा लिन्छन् । तर, यसको समयमै ख्याल नगरेमा अल्सर र अल्सरबाट क्यान्सर हुने सम्भावना प्रवल रहन्छ ।

त्यसपछि मानिसको जीवनलाई नै खतरामा ढाल्दिन्छ । त्यसकारण ग्याष्ट्रिकलाई सामान्य रुपमा नलिइकन प्रारम्भिक चरणदेखि नै यसको रोकथाम गर्नु पर्छ । आज हामी तपाइँलाई ग्याष्ट्रिक के हो, यसका कस्ता लक्षण हुन्छन् र यदि ग्याष्ट्रिक भइहालेमा कस्ता -कस्ता खाने कुरा खान उपयुक्त हुन्छ भन्ने बारेमा तपाइँलाई जानकारी दिने छौं ।

के हो त ग्याष्ट्रिक ?

हाम्रो पेटको ग्याष्ट्रिक ग्ल्यान्डले खाना पचाउनका लागि ग्याष्ट्रिक रस निष्कासन गर्छ, र सो रस सामान्यभन्दा बढी निष्कासन भयो भने अथवा अन्य कुनै कारणबस पेटमा बढी एसिड जम्मा भयो भने ग्याष्ट्रिक हुने गर्दछ ।

ग्याष्ट्रिक धेरै चिन्ता गर्ने, तनाव लिने तथा बढी पिरो, अमिलो, मसालेदार पदार्थ, चिया–कफी, रक्सी–चुरोट पिउने, ठीक समयमा नखाने आदि कारणले हुने गर्दछ ।

ग्याष्ट्रिक हुने कारण

१.कसै कसैको पेनकिलर बढी खाएमा पनि ग्याष्ट्रिक हुन्छ।

२.चुरोट खाने मान्छेलाई पनि ग्याष्ट्रिक हुन्छ।

३.कसैलाई पेटको क्यान्सर भयो भने खाना खाएपछि असजिलो हुन्छ। ग्याष्ट्रिकको लक्षण भएको मन्छेलाई क्यान्सर समेत हुने खतरा हुन्छ। खाद्यनलीमा समस्या आयो भने पनि ग्याष्ट्रिक हुन्छ।पेटमा भएको क्यान्सर, खाद्यनली क्यान्सरको लक्षणले पनि ग्याष्ट्रिक गराउँछ।

४.धेरै पिरो खाने, कफी धेरै खाने, कडा–कडा दुध चिया धेरै खाने, मसलेदार खाना बढी खानेलाई पनि ग्याष्ट्रिकको समस्या बढी हुन्छ। चिल्लो बढी खाने मान्छेलाई पनि ग्याष्ट्रिक हुन्छ। त्यसैले चिल्लो कम खानुपर्छ।

५.चिल्लो खानु हुँदैन भनेर उमालेर खाने पनि गर्नु हुँदैन। अत्याधिक मात्रामा चिल्लो पदार्थ, बोसोयुक्त मासु र बंगुरको मासु खानु हुन्न।चिल्लो नखाने भन्दैमा अति गर्नु हुँदैन धेरै चिल्लो भएको खानेकुरा नखाए हुन्छ। चिल्लो नै खान हुँदैन भन्ने होइन।

ग्याष्ट्रिकका लक्षणहरू

पेट, छाती र घाँटीमा जलन हुनु, अमिलो डकार वा पानी आउनु ग्याष्ट्रिकको मुख्य लक्षण रहेको पाइन्छ । यसको अरु लक्षणहरुमा कहिलेकाहीँ बान्ता हुनु, कब्जियत हुनु, भुँडि ढाडिनु, टाउको दुख्नु थप लक्षणहरु हुन् ।

ग्याष्ट्रिक हुँदा के खाने ?

१. कार्बोहाइड्रेट कम खाने

पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, सिमी, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।

२. कागती पानी खाने

पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ ।

३. दूध नखाने तर दही खाने

ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ ।

४. समयमा खाना खाने

ग्यास्ट्रिक भएकाले सकेसम्म प्रत्येक दुई घण्टाको फरकमा केही खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर समस्या उत्पन्न हुन्छ ।

५. पानी प्रशस्त खाने

लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जीउमा समेत पानीको सन्तुलन कायम रहन्छ । तर, पानीको सट्टा कोक, फ्यान्टाजस्ता कोल्ड ड्रिङ्क्स खानु हुँदैन । यिनले पेटमा ग्यास बढाउँछन् ।

६. लसुन पानी खाने

बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकालाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

नेपालीमा बढी किन ग्याष्ट्रिक हुन्छ ?

१.अधिकांश नेपालीले खानासँगै गाडेको अचार खाने, पिरो खाने, धेरै मसलेदार खाना खाने गर्दा ग्याष्ट्रिक बढी हुन्छ। अर्को कुरा हाम्रो बजार अनुगमन गतिलो हुँदैन। जसले जे मन लाग्यो त्यही पकाएर बेचेको हुन्छ । पश्चिमा मुलुकहरुमा बजार अनुगमन राम्रो छ । नेपालको बेकरी आइटमहरू सबैमा डाल्ला घ्यूउ प्रयोग हुन्छ। यसले पनि ग्याष्ट्रिक धेरै गराउँछ ।

२.एक पटक प्रयोग गरेर रहेको तेल अर्को पटक पनि प्रयोग गरिन्छ र यो क्रम लामो समयसम्म चल्छ जसले गर्दा ग्याष्ट्रिक हुन्छ। धेरै तारेको खानेकुरा खाने कारणले पनि ग्याष्ट्रिक बढी हुने सम्भावना हुन्छ। सुर्ती, पान पराग गुट्खा बढी खानेलाई ग्याष्ट्रिक हुन्छ।

आमाशयको भित्तामा भएको इन्फ्लामेसन (सुनिएर रातो, तातो भएर दुख्ने समस्या) का साथै आमाशयका भित्ताको लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई ग्यास्ट्रिक अल्सर भनिन् । ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो ।

कारक तत्वहरू

ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ र जीर्ण गरेर दुई समूहमा बाँडिएको छ । तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागि हानि गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ ।

यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधि (एस्पिरिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन), मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, अस्वस्थ खानपान, ब्यायामको अभाव, तेलमा डुबाएका वा भुटेका खानेकुराहरू, रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चिज जस्ता चिल्लो र बोसोयुक्त पदार्थहरू, जाँड–रक्सी, धूमपान तथा सुर्तीजन्य पदार्थ, कोकिन जस्ता मादक पदार्थ पर्दछन् । एच. पाइलोरीलगायत अन्य ब्याक्टेरिया, भाइरस संक्रमणले पनि हुने गर्छ । जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली, खानपानशैली, मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ ।

ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि लाग्ने गर्छ । यसैगरी पेटको अपरेसन, कलेजो, मृगौला, फियो तथा आन्द्राका रोग, एचआईभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि यो देखा पर्न सक्छ ।

ग्यास्ट्रिकले अफ्ठ्यारो पार्न सक्छ

यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ । अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ । यसैगरी भिटामिन बी–१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, अन्ननली सुनिनु, दम बढ्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन् । ग्यास्ट्रिक बिग्रेर पेटमा प्वाल परेर मृत्यु पनि हुन सक्छ ।

उपचार

ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो । तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ । तसर्थः चिकित्सकको निगरानीमा रोगको निदान तथा उपचार गर्नतिर लागौं । दीर्घ/जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ । जीवनशैली परिवर्तन भनेको भोजन, ब्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वास्थ्यमैत्री हुने गरी समायोजन गर्नु हो ।

दुखाइ कम गर्ने औषधि (एस्पिरिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन), मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, अस्वस्थ खानपान, ब्यायामको अभाव, तेलमा डुबाएका वा भुटेका खानेकुराहरू रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चिज जस्ता चिल्लो र बोसोयुक्त पदार्थहरू, जाँड–रक्सी, धूमपान तथा सुर्तीजन्य पदार्थ त्याग्ने, हानिकारक मानिएका खाना छाडेर रेशा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, सागसब्जी, सलाद–फलफुल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ ।

त्यसैगरी स्याउ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जिराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं । पानी प्रशस्त पिउनुपर्छ यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानि पुर्याउन पाउँदैन । नियमित रूपमा पानी पिउने, सुत्नुअघि र उठिसकेपछि प्रशस्त पानी पिउने । तनावमुक्त रहने, प्याकिङ गरिएका रेडिमेट खानाहरू, कोक, पेप्सी जस्ता पेय पदार्थ खानु हुँदैन ।

जोगिने तरिका

ग्यास्ट्राइटिस तनावपूर्ण जीवन जिउनेहरू, डर, चिन्ता, खिन्नता, उदासीनता र अनिद्राका रोगीलाई हुने रोग हो । तर्सथ तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो ।

शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि, योगासन, योगनिद्रा, ध्यान विधिको अभ्यास गर्नुपर्छ । सकारात्मक चिन्तनलाई जीवनको अन्तिम अंग बनाउनुपर्छ ।

स्वस्थ जीवनशैलीमा बाँच्ने कोसिस गरौं ।

दुखाइ कम गर्ने तथा अन्य औषधि चिकित्सकको परामर्शमा मात्र लिने गरौं ।

माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं ।

ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधि पूर्णरूपले खाने गरौं ।

कलेजो, मृगौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं ।

पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं ।

कीटाणुहरुबाट बच्न सफा खाना, पानी र वातावरणको प्रयोग गरौं ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।