ल्वाङ कसरी प्रयोग गर्ने ? र कती मात्रामा प्रयोग गर्ने भन्ने अन्यौल सबैलाई हुन्छ । कतीपय अवस्थामा ल्वाङ सेवन आवस्यकता भन्दा बढी पनि हुन सक्दछ । त्यसैले यसको सहि मात्रामा सहि तरिकाले प्रयोग गर्नु अत्यावश्यक हुन्छ ।

ल्वाङमा युजेनल नामक तत्व हुन्छ, जसले धेरै प्रकारका स्वास्थ्यसम्बन्धि समस्याबाट मुक्त हुन मद्दत गर्छ । ल्वाङको असर तातो हुने भएकाले चिसो वा रुघाखोकी लागेमा पानीमा उमालेर पिउँनाले फाइदा गर्छ । जान्नुहोस्, ल्वाङका यस्ता १० फाइदाहरू :

१. एसिडिटी

ल्वाङ खाने गर्नाले मुखमा ‘सेलाइवा’ बढी उत्पादन हुन्छ, जसले खानालाई राम्ररी पचाउन सघाउँछ र पेटमा एसिडिटीको समस्या हुँदैन।

२. मुटुको समस्या

दिनमा एउटै मात्र ल्वाङ चबाउनले पनि कोलेस्ट्रोलको मात्रा कम गर्न सघाउँछ । यसले मुटुसम्बन्धि समस्याबाट बचाउँन मद्दत गर्छ ।

३. घाउ

ल्वाङमा पाइने ‘एन्टीब्याक्टेरियाल’ तत्वले घाउलाई चाँडै निको हुन सघाउँछ ।

४. रोगसँग लड्ने क्षमता

यदि खानामा ल्वाङलाई पनि मिसाउनु भएको छ भने शरीरलाई रोगसँग लड्ने क्षमता बढ्छ र तपाई धेरै रोगहरुबाट बच्न सक्नुहुन्छ ।

५. अनुहारमा चमक

दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक बढ्छ ।

६. नरम छाला

ल्वाङमा पाइने ‘एन्टीओक्सिडेन्ट्सले छालालाई नरम र चमकिलो बनाइराख्न मद्दत गर्छ ।

७. कमजोरी भगाउँछ

यसमा ‘पोटासियम’ हुन्छ, जसले कमजोरी भगाउने र तुरुन्तै ऊर्जा दिन्छ ।

८. आँखाका लागि

अधिक मात्रामा पाइने भिटामिन ए ल्वाङले आँखाको ज्योति कायम राख्न मद्दत गर्छ ।

९. दाँत दुखाई

ल्वाङमा पानइने ‘एन्टी इफ्लेमेटरी’ गुणले दातको दुखाईलाई कम गर्न मद्दत गर्छ ।

१०. पिनास

यसमा ‘युजेनल’ पाइन्छ । बिहान–बेलुका ल्वाङको चिया पिउनाले पिनासको समस्याबाट राहत पाउँन सकिन्छ ।

थप जानकारीः

पिनास के हो ? यस्तो छ पिनासको प्राकृतिक उपचार

पिनास भनेको नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वास प्रश्वासमा बाधा पुर्‍याउने एक किसिमको रोग हो । जसलाई ‘साइनोसाइटिस’ पनि भनिन्छ ।

साइनोसाइटिस साइनसहरुको इन्फ्लामेसन (जलन) हो । साइनस भन्नाले टाउको र अनुहारको हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन्, जो साना–साना प्वालहरु, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् ।

जब कुनै व्यक्तिलाई रुघा तथा एलर्जी हुन्छ, अनि यी साइनसमा सिँगान भन्ने तरल पदार्थ भरिन्छ र त्यहाँका पातला झिल्लीबाट बनेका तहहरु सुन्निछ । जहाँ ब्याक्टेरिया एवं भाइरस विकसित भई पिनास भन्ने रोग उत्पन्न हुन्छ ।

विशेष गरी साइनसहरु चार प्रकारका हुन्छन् र तिनीहरुको इन्फ्लामेसनको आधारमा पिनासको वर्गीकरण गरिएको हुन्छ ।

१) फ्रन्टल साइनस – निधारमा हुन्छ ।

२) म्याक्जिलरी साइनस  – दुवैतिर गालाको भित्री भागमा ।

३) इथमोइडल साइनस  – आखाँहरुको बीचमा ।

४) स्फेनोइडल साइनस – इथमोइडल साइनसको भित्री भागमा ।

पिनास दुई प्रकारका हुन्छन्:

१) एक्युट साइनोसाइटिस (पिनास):

३० दिन भन्दा कमको पिनास/१० दिन भन्दा कम समय सम्ममा रहने प्राय भाइरल संक्रमणका कारणले हुने गर्दछ, भने १० दिन भन्दा बढी रहेमा, त्यो पिनास व्याक्टोरियल संक्रमणका कारण हुने गर्दछ भन्ने सम्भावना बढी रहन्छ ।

२) क्रोनिक साइनोसाइटिस (पिनास):

३ महिना वा १२ हप्ता भन्दा बढी रहने पिनास प्राय गरेर एलर्जीक व्यक्तिहरुको नाक भित्र मासु पलाएको पोलिपहरुको अवस्थामा देखिने गर्दछ ।

पिनास हुनुका मुख्य कारणहरु:

१) साइनसको भित्री भागमा केहि गरी अवरोध वा रोकावट हुनु ।

२) एलर्जी, भाइरल वा व्याक्टोरियल संक्रमण हुनु ।

३) नाकको भित्री भागमा मासु पलाउनु  वा ट्युमर हुनु वा नाकको
भित्रको हड्डि बाङ्गिनु ।

४) एलर्जी गराउने कुनै वस्तु, खाना, धुवाँ–धुलो, गन्ध आदि ।

५) कुनै पनि प्रदुषण, चिसो, वातावरण, चिसो हावा, चिसो वा बासी खाना, आदि ।

पिनासको लक्ष्णहरु:

१) नाक बन्द भइरहने र श्वासप्रश्वास गाह्रो हुने ।

२) टाउकोको अगाडिको भागमा भारी र अनुहारको अगाडिको भागमा पनि पिडा हुने ।

३) गन्ध वा वास्ना थाहा नपाउने ।

४) नाकबाट बाक्लो, पहेलो र गन्द युक्त सिँगान बग्ने ।

५) दिउँसोमा सुख्खा खोकी लाग्नु, रुघाको लक्षण देखिनु, मन्दमन्द ज्वरो आउनु, दाँतको
पिडा पा कानको दुखाई हुनु ।

योग तथा प्राकृतिक चिकित्सा:

१) योग चिकित्सा:

– अनुलोम विलोम प्राणयाम

– कपालभाति प्राणायाम

– सूर्यवेदि प्राणयाम

२) प्राकृतिक चिकित्सा:

– जलनेति वा सूत्रनेती

– अनुहारको मालिस

– अनुहारको वाष्पस्नान

– नास्य, शिरोवस्ती र शिरोधारा

– उष्णपादस्नान

– एक्युपंचर, एक्यूप्रेशर र रिफ्लेक्सोतोजी विधि

पिनास हुँदा के खाने, के नखाने ?

१) प्रशस्त मात्रामा खानु पर्ने:

– हरियो सागसब्जी, फलफूल, अंकुरित अन्न वा गेडागुडी

– हर्बल चिया, कागती र मह र ज्वानोको रस, तुल्सीको पातको रस र मह

– भिटामिन बी–१२ र भिटामिन सि युक्त खाना तथा फलफूल

२) कम मात्रामा खान हुने:

– चिसो गर्ने परिकार जस्तै: गुन्दु्रक, तामा, इस्कुस, अमिलो दहि, मासको दाल ।

– धुमपान, मद्यपान, सुर्तीजन्य पदार्थ नखाने

– कोल्डड्रिंक, बोतलबन्द परिकार, मैदाबाट बनेका परिकार, गुलिया खाद्य वस्तु यो रोगका
लागी मैत्री खाना होइनन् ।

 

यसकाे बारेमा पनि जान्नुहाेस्ः

दाँत दुखेमा के गर्ने ? घरेलु विधिद्वारा यसरी उपचार गर्न सकिन्छ (१५ उपायहरू)

दाँतले मानिसलाई सुन्दर बनाउन थप सहयोग गर्दछ । तर, त्यहीँ दात कहिलेकाँही दुखेर मानिसलाई हैरान बनाउँछ ।दाँत दुखेमा डाक्टरलाई तुरुन्तै देखाउनु पर्दछ । तर, तत्काल यो सम्भव छैन भने हामीले घरेलु विधिद्वारा यसलाई ठीक पार्न सक्छौं । आज हामी दाँतको दुखाइ ठीक पार्ने घरेलु उपायहरू बताउँछौं ।

१. निमपत्ता लगाउने:

ताजा निमको पातलाई पखालेर नुन मिसाई पिसेको लेदोलाई दाँत दुखेको ठाउँमा लगाउँदा निको गर्छ । निमको पातमा व्याक्टेरियाबिरुद्ध लड्ने गुणसमेत हुने भएकाले निमपत्ता दुखाई कम गर्ने प्रभावकारी घरेलु उपाय हो । हरियो निमपत्ता नभएमा सुकेको पातलाई पानीमा पकाएर सो मन तातो पानीले कुल्ला गर्न सकिन्छ । दैनिक तीनपटक मन तातो पानीले कुल्ला गर्नुपर्छ ।

२. नुन–पानीले कुल्ला गर्नेः

एक कप मन तातो पानीमा एक चम्चा नुन मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको निको गर्छ । नुन–पानीले मुखमा भएका फोहर खानेकुरा हटाएर सफा गरिदिनुका साथै दुखाई निको गर्छ ।

३. लसुनको पेष्ट लगाउनेः

दाँत दुखाइको पीडा न्यून गर्न लसुन एउटा आयुर्वेदिक औषधि हो । लसुनमा हुने एलिसिन नामक तत्वले दाँतको पीडा निको पार्छ । दाँत दुखेको ठाउँमा लसुनको पेस्ट लगाउँदा दुखाई कम गर्छ ।

४. बेसारमा पानी मिसाएर लगाउनेः

बेसारमा हुने एन्टिब्याक्टेरियल तत्वले दुखाई कम गर्छ । आधा चम्चा बेसारमा केही थोपा पानी मिसाएर दाँत दुखेको ठाउँमा लगाउँदा दुखाई कम हुन्छ ।

५. ल्वाङको तेलको लगाउनेः

ल्वाङको तेलमा एन्टिब्याक्टेरियल तत्त्व हुने भएकाले दुखाइ कम गर्छ । तेलमा हुने इयुजेनोल नामक तत्त्वले दाँतको संक्रमण कम गर्छ । कटनमा दुई–तीन थोपा तेल मिसाएर दुखेको ठाउँमा लगाउँदा दुखाई कम गर्छ ।

६. काँक्राको गुदी लगाउनेः

काँक्रोमा दुखाई शान्त पार्ने तत्व हुने भएकाले दाँत दुखाइमा यो उपयोगी हुने आयुर्वेदमा उल्लेख छ । काँक्रोको गुदी दुखेको ठाउँमा राख्दा वा काँक्रो खाँदा दुखाइ कम गर्छ ।

७. तुलसी पातमा तोरीको तेल मिसाएर लगाउनेः

तुलसीको पातलाई तोरीको तेलमा मिसाएर दुखेको ठाउँमा लगाउँदा दुखाई कम गर्छ ।

८. अशोक वृक्षको बोक्रा लगाउनेः

अशोक वृक्षको बोक्राको धुलो पिसेर दुखेको ठाउँमा लगाउँदा दुखाई कम हुन्छ ।

९. हिङ लगाउनेः

हिङलाई विभिन्न खानेकुरामा प्रयोग गरिन्छ । हिङमा हुने एन्टिव्याक्टेरियल तत्वले दाँतको दुखाई कम गर्छ ।

१०. पुदिनाको पात लगाउनेः

पुदिनाको पात चबाउँदा पनि दाँतको दुखाई कम हुन्छ । पुदिनामा हुने तत्वले दुखाईलाई शान्त पार्छ ।

११. त्रिफलाले मुख कुल्ला गर्नेः

हर्रो, बर्रो अमलाको धुलोलाई तातो पानीमा मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको कमा हुन्छ । यसले दाँत कुहिनबाट पनि बचाउँछ ।

१२. गहुको पातः

गहुँको हरियो पात पिसेर दुखेको ठाउँमा लगाउँदा दुखाई कम गर्छ ।

१३. आलुः

आलुको टुक्रालाई पातलो पार्ने र दुखेको ठाउँमा राख्दा शान्त पार्छ ।

१४. अदुवाः

धेरै रोगको उपचारमा प्रयोग हुने अदुवा दाँतको दुखाई कम गर्न पनि प्रयोग गरिन्छ । अदुवालाई थिचेर दुखेको भागमा लगाउँदा यसले दुखाई कम गर्छ ।

१५. अम्बाको पातः

अम्बाको पातलाई पेस्ट बनाएर दुखेको ठाउँमा लगाउँदा दाँतको दुखाई कम गर्छ ।

१६. तेल दल्नेः

सस्र्युँ, नरिवल र सूर्यमुखीको तेल मिसाएर दाँत दुखेको ठाउँमा मिसाइ १० देखि १५ मिनेटसम्म दुखेको ठाउँमा राख्ने । त्यसपछि मनतातो पानीले कुल्ला गर्ने । दाँतको दुखाई कम हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः