काजु तथा बदाम खानमा जतिनै स्वादिष्ट हुन्छ त्यतिनै शरीरका लागि पनि फाइदाजनक हुन्छ । काजु तथा बदाममा शरीरलाई चाहिने पोषक तत्व पाइन्छ जसको सेवनले शरीर स्वस्थ हुनुका साथै दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गर्छ ।

अन्य फाइदाहरु :

काजु

१. काजुमा प्रशस्त मात्रामा प्रोटिन तथा फाइबर पाइन्छ जसले शरीरको तौल बढानमा मद्दत गर्छ ।

२. काजुमा प्रशस्त मात्रामा प्राकृतिक एन्टी अक्सिडेन्ट हुन्छ जसको सेवनले शरीरमा ट्यूमर तथा क्यान्सर रोग लाग्नबाट बचाउँछ ।

३. काजुबाट शरीरलाई चाहिने म्याग्नेसियम तथा क्याल्सियम प्राप्त हुन्छ । जसले हड्डीलाई मजबुत राख्नुका साथै मांशपेशीलाइै स्वस्थ बनाउन मद्दत गर्छ ।

बदाम

१. बदाममा प्रशस्त मात्रामा भिटामिन तथा खनिज पदार्थ पाइने भएकाले यसको सेवनले शरीरको तौल बढाउनुका साथै शरीर स्वस्थ राख्नमा मद्दत गर्छ ।

२. बदाममा प्राकृतिक रुपमा भिटामिन इ, एन्टीशक्सिडेन्ट पाइने भएकाले यसको सेवनले कपाल तथा त्वचालाई स्वस्थ बनाई राख्दछ ।

३. बदाममा शरीरलाई चाहिने आइरन, पोटाशियम, फस्फोरस तथा म्याग्नेशियम प्रशस्त मात्रामा पाइनुका साथै यसको सेवनले शरीरमा पाचन शक्ति बढाउनमा मद्दत गर्छ ।

थप जानकारीः

केरा किन खाने ?

केरा स्वादिष्ट फल मात्र होइन यसले औषधिको रुपमा पनि काम गर्छ । यसकाे नियमित सेवनबाट स्वास्थ्यसम्बन्धी कतिपय राेगबाट बच्न सकिन्छ ।मुटुसम्बन्धी समस्यादेखि मासिक धर्मको अनियमिता , छाती पोल्ने, कब्जियत र शरीरका अन्य स्वास्थ्यसम्बन्धित समस्या समाधानका लागि केरा निकै उपयोगि मानिन्छ ।

केरा सेवनबाट तत्कालै उर्जा मिल्छ । त्यही भएर जोकोहीले पनि कमजोरी महशुस गर्ने वित्तिकै केरा खान सल्लाह दिन्छन् । खानासँगै वा खाजाको रुपमा केरा सेवन गर्न सकिन्छ । केरामा पोटासियमको मात्रा धेरै हुने हुँदा यसले रक्तचाप घटाउनका साथै शरीरमा तरल पदार्थको सन्तुलन नियन्त्रण गर्न सकिन्छ । केराले हड्डी बलियो मात्र बनाउँदैन डिप्रेसनबाट मुक्त गर्छ ।

मासिक धर्म अगाडि पेट दुख्ने, टाउको दुख्ने र निराश हुने समस्याबाट पीडित हुनेहरुले औषधिभन्दा केरा सेवन गर्दा फाइदा हुन्छ । केरामा हुने भिटामिन बी ले रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ । नियमित केरा सेवनबाट दिमाग सधैं तेजिलो राख्न सकिन्छ ।

कब्जियत भएकाहरुले नियमित केरा खाँदा यो रागबाट छुटकरा पाउन सक्छ । काम गर्न मन लाग्दैन वा दिक्क लागिरहन्छ भने केरा सेवन गर्नुपर्छ । यसले मुड फ्रेस बनाउँछ र कामप्रति जाँगर बढेर आउँछ । यतिमात्र नभएर मादक पदार्थ सेवन पछि ह्यांओभर हटाउन केरा सेवन गर्दा निकै फाइदा हुन्‍छ ।

केरासँग मह मिसाएर खान पनि सकिन्छ । कहिलेकाही पेट दुखेमा केरा महसँग केरा खाएमा यसले पेटलाई आराम दिन्छ । छाती मुटु पोल्ने समस्या छ भने तत्कालै केरा खादा राहत मिल्छ । बिहानपख वाक वाकी लाग्छ वा मुखबाट पानी निस्कन्छ भने केरा खाँदा यो समस्याबाट टाढा रहन सकिन्छ ।

गर्भवतीको समयमा हुने वाकवाकी, वान्ता, चक्करजस्ता समस्याबाट बच्न केरा सेवन गर्नु राम्रो हुन्छ । लामखुट्टेको टोकाइबाट बच्न केराको बोक्राभित्रको गुटी शरीरमा दल्दा लामखुट्टेले टोक्दैन । त्यस्तै सुन्निएको ठाउँमा केरा दल्दा पनि निको हुन्छ । नियमित केरा सेवनबाट अल्सरबाट बच्न सकिन्छ ।

अनुहारको छालामा केराको प्याक बनाएर लगाउन सकिन्छ । केराको गुदीमा मह, गुलाव जल र केही थोपा कागती मिसाएर बनाएको मिश्रण अनुहारको छालामा लगाउँदा छाला गोरो हुनुका साथै चम्किलो र सफा देखिन्छ ।

दिनमा २ वटा केरा खानुका यी १२ फाइदा

Two‘bananas’ a day keep a doctor away, हजुर, स्याउ मात्र हैन, दिनमा दुइ वटा केराले पनि तपाइँलाइ डक्टरहरूबाट टाढा राख्न सक्दछ । केरा खानाले हुने फाइदा बताउनु अघि एउटा कुरा थाहा पाउनुस कि केरा खानाले कुनैपनि व्यक्ति मोटो हुँदैन । केराले तपाइँलाइ तुरून्तै एनर्जी प्रदान गर्दछ । यसमा फाइबर र तीन प्रकारका शुगर हुन्छ – सुक्रोज, फ्रुक्टोज र ग्लूकोज।

हालैको एक रिसर्च अनुसार, ९० मिनेटको वर्कआउटका लागी दुइवटा केरा खानाले तपाइँलाइ निकै एनर्जी दिन सक्दछ । यसैले एथलेट्सले केरा खाने गर्दछन । एनर्जी लेभल बढाउनुका साथै, केराबाट भिटामिन्स पनि प्राप्त हुन्छ । दिनमा दुइवटा केरा खानाले तपाइँको शरीरसंग सम्बन्धित १२ वटा समस्याहरूलाइ टाढा भगाउन सकिन् छ।

 

यस बारे पनि जान्नुहाेस्ः

यहाँ केराका यी फाइदाहरूका बारेमा चर्चा गरिएको छ

१.डिप्रेशन:

एक रिसर्चका अनुसार डिप्रेशनका बिरामीले जब केरा खान्छन, उनीहरूलाइ आराम हुने गर्दछ । बास्तबमा केरामा एउटा यस्तो प्रोटीन हुन्छ, जसले तपाइँलाइ रिल्याक्स फिल गराउँदछ र तपाइँको मूड राम्रो बनाउँछ । केरामा भिटामिन B6 पनि हुन्छ, जसले तपाइँको ब्लडमा ग्लूकोजको लेभल ठीक राख्दछ ।

२.एनीमिया:

केरामा आइरन हुन्छ । यसैले केरा खानाले ब्लडमा हेमोग्लोबिन को कमी हुँदैन । जो मानिसहरूलाइ एनीमिया छ, उनीहरूले अबश्य पनि केराको सेवन गर्नुपर्दछ ।

३.कब्जियत:

यदि तपाइँलाइ कब्जियत छ भने तपाइँलाइ केराले निकै फाइदा पुर्याउँछ । दिनमा दुइवटा केरा खनुस र हेर्नुस । केरामा हुने फाइबरका कारण यो समस्याबाट मुक्ति मिल्दछ ।

४.ब्रेन पावर:

इङ्ल्याण्डको एक स्कूलमा २०० बिद्यार्थीहरूलाइ हरेक परीक्षा अघि नाश्तामा केरा खुवाइयो, ताकि उनीहरूको दिमाग बढोस । बास्तबमा, रिसर्च भन्दछ कि पोटाशियम भएका कारण, केरा खानाले याद गर्ने क्षमता बढ्छ ।

५.ह्याङ्गओभर :

धेरै मात्रामा अल्कोहल पिएपछि, यदि तपाइँको टाउको दुखिरहेको छ भने, एक गिलास बनना सेक पिउनुस ।यसमा केही मात्रामा थोरै मह पनि मिसाउनुस । केही बेरमा तपाइँको ब्लड शुगर लेभल ठीक हुन थाल्दछ र ह्याङ्ओभर पनि टाढा हुन्छ। यति मात्र हैन, यसले त्यसको शरिर पनि हाइड्रेटिड हुन्छ ।

६. मुटुमा जलन वा एसिड बन्नुः

यदि तपाइँलाइ एसिडिटी भैरहेको छ र छातिमा जलन पनि भएको छ भने, केराले तपाइँको समस्याको समाधान हुन्छ ।

७. ब्लड प्रेशर:

यसमा पोटाशियम निकै मात्रामा हुन्छ र नुनको मात्रा पनि कम हुन्छ, जसका कारण ब्लड प्रेशर नर्मल हुने गर्दछ । FDA, अर्थात US FOOD AND DRUG ADMINISTRATION ले पनि हालै मात्र केरा उद्योगलाइ यो कुरा आधिकारिक रूपमा भनेको छ कि केरा खानाले ब्लड प्रेशर र स्ट्रोक हुने खतरा कम हुन्छ ।

८. मर्निङ सिकनेस:

यदि तपाइँलाइ खाना खाएपछि पनि भोक लाग्दछ भने केरा खानुस । यसले तपाइँको ब्लड शुगर लेभल नर्मल बनाउँछ र तपाइँ रिल्याक्स फिल गर्न थाल्नुहुन्छ ।

९. लामखुट्टेले टोकेमा:

लामखुट्टेले टोकेमा यदि कुनै लोसन वा क्रीमका सट्टामा केराको भित्री भाग लगाउन सकिन्छ । जसले सुन्निने र जलन हुन कम गर्दछ ।

१०. नर्वस सिष्टम ठिक राख्छ:

केरामा भिटामिन B हुन्छ, जसले पताइँको नर्भस सिस्टमलाइ सहि राख्दछ । अस्ट्रेलियाको एक साइकोलोजी इन्स्टिट्यूटले रिसर्चमा के पाएका थिए भने कार्यस्थलमा भोक लाग्दा कामदारहरूले फास्ट फूड र स्न्याक्सले आफ्नो पेट भर्दछन । यसै कारणले टेन्शन र मोटोपन बढ्दछ । यसैले आवश्यक यो छ कि हरेक दुइ घण्टा पछि तपाइँ कार्बोहाइड्रेट भएको खाना खानुस, जस्तै केरा ।

१२. बिपि कन्ट्रोल:

केरा खानाले प्रेग्नेन्ट महिलाको टेम्परेचर पनि सही अबस्थामा रहन्छ । यदि केराको तुलना स्याउ संग गर्ने हो भने केरामा स्याउमा भन्दा चार गुणा धेरै प्रोटीन, दुइ गुणा धेरै कार्बोहाइड्रेट, तीन गुणा धेरै फस्फोरस, पांच गुणा धेरै भिटामिन A र आइरन हुन्छ ।केरामा पोटाशियमको मात्रा धेरै हुन्छ, यसैले दिनमा दुइवटा केरा अबश्य खानुस र स्वस्थ रहनुस ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः