आजको संसारलाई प्रतिष्पर्धात्मक युग मानिन्छ र यहाँ पहिलो हुनको लागि होडबाजी चलिरहन्छ । यही होडबाजिले गर्दा निराशाहरु पनि उत्पन्न भएका छन् । तर प्रथम हुनु मात्र सफलता होइन । आफ्नो क्षमतालाई बुझेर त्यसमा केही नयाँ सिर्जना थप्न प्रयासरत रहनु र त्यो क्षमतालाई अरु मानिसहरुको लागि प्रेरणाको रुपमा अगाडी लैजान सक्नु सफलता हो । यहाँ करियरको त्यो सफलताको लागी ऊर्जा बन्न सक्ने केही भनाइहरु राखिएको छ :

यहाँ हामीले युट्युव च्यानल SAKARATMAK SOCH बाट करियरकाे सफलताकाे लागी १० प्रेरक भनाइहरू साभार गरेका छाै :

भिडियाे हेर्नुहाेस :

1. यदि तिमीले त्यो कामको बारेमा सपना देख्न सक्छौ भने त्यो काम पूरा गर्ने क्षमता पनि तिमीमा छ ।

2. म आफ्नो कामको विगतलाई फर्केर हेर्दा, मैले गरेका प्रत्येक साना-ठूला कामप्रति गर्व गर्छु ।

3. म सबै काम गर्न सक्दिन, तर केही काम अवश्य गर्न सक्छु । र, मैले गर्न सक्ने काममा म सफल भएरै छाड्छु ।

4. दुविधा र डरले भरिएको दिमाग सफलता तर्फ केन्द्रित हुन सक्दैन ।

5. शिक्षा र प्रतिभा होइन की मानिसको इच्छाशक्तिले नै उसलाई सफलता दिलाउँछ ।

6. सबै मानिसले जीवनमा असफलता भोग्नु जरुरि छ । त्यो असफलता नै उसलाई धेरै कुरा सिकाउँछ र सफलतातिर डोहोर्याउँछ ।

7. हाम्रो सबैभन्दा ठूलो कमजोरी नै हार मान्नु हो । सफलताको लागि लडेपछि फेरी उठ्ने प्रयास गर्नु जरुरि छ ।

8. तिमीले के हासिल गर्यौ होइन की, तिमी कस्तो अवस्थासंग जुधेर निस्क्यौ , त्यसले तिम्रो करियर र सफलतालाई बताउँछ ।

9. तिम्रो असफलताले तिमी असफल भयौ भन्ने बुझाउँदैन । त्यसले तिम्रो त्यो प्रयास सफल भएन भन्ने बुझाउँछ ।

10. भविष्यवाणी गर्न सकिने एक मात्र उपाय भनेको , आजको कामले भविष्यलाई सिर्जना गर्नु हो ।