सफल व्यवसायी ज्याक माकाे एउटा भनाइ छ, “नक्कल गर्याै भने तिमी हराउछाै”। नहराउनकाे लागी अाफैले नयाँ अाइडिया जन्माउन सक्नुपर्छ । नयाँ आइडिया सहज पक्कै हुन्न, विभिन्न परिक्षण बाट गुज्रिनुपर्ने हुन्छ । तर त्यसले आफ्नै परिचय बनाइदिन सक्छ । समस्या सधै अवराेध मात्र हाेइन, अवसर पनि हाे ।

कुनै पनि समस्यालाइ अवराेधकाे रूपमा हेरेर मात्र नबुझ्नुहाेस, त्यसकाे समाधान पनि खाेज्नुहाेस । ति समाधानका उपायहरूमा तपाइले कामकाे लागी नयाँ आइडिया जन्माउन सक्नुहुन्छ । आफ्नाे लागी नयाँ अवसर भेटाउन सक्नुहनेछ । समय हुदा आफुले गर्दै आएकाे काम छाेडेर आफ्नाे रूचिकाे काम गर्नुहाेस ।

आफ्नाे रूचिकाे काम गर्दा मन रमाउछ र त्यसमा सिर्जनात्मक क्षमत प्रस्फुटन हुन्छ । यसले गर्दा काममै नयाँ आइडियाहरू जन्मिन सक्छन । सधै एउटा डायरी लिएर हिड्ने गर्नुहाेस । यसाे गर्दा तपाइले आफ्नाे दिमागमा आएकाे कुरा, बाटाेमा या आफुले पुगेकाे ठाउँमा देखेका, सुनेका नाैला कुराहरू डायरीमा टिप्न सक्नुहुन्छ । जसबाट तपाइले नयाँ साेच र नयाँ आइडियाकाे विकास गर्न सक्नुहुन्छ ।

सभा तथा सेमिनारमा सहभागी हुनुहाेस । आवश्यक तालीम लिनुहाेस । विभिन्न बाैद्दिक कार्यक्रम हेर्नुहाेस । व्यवसायीक र बाैद्दिक व्यक्तित्वहरू सग नेटवर्क विस्तार गर्नुहाेस । सामाजीक सञ्जालमा उनिहरूलाइ फलाे गर्नुहाेस । उनिहरूका विचार पढ्नुहाेस र उनिहरूकाे कामलाइ अवलाेकन गर्नुहाेस ।

हामीलाे नयाँ आइडिया कसरी जन्माउन सकिन्छ भन्नेबारे एक जीवन उपयाेगी भिडियाे युट्युव च्यानल SAKARATMAK SOCH बाट साभार गरेका छाै ।

भिडियाे हेर्नुहाेस :