कागती बहुउपयोगी फल हो । यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ । पानीमा कागतीको रस निचोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ । तर, यसको अत्यधिक सेवन गर्नाले हाम्रो शरीरलाई नकारात्मक असर पनि गर्न सक्छ ।

कागतीमा पाइने सिट्रस एसिडले दाँतलाई हानी पुर्‍याउन सक्छ । यदि तपाईं धेरै मात्रामा कागतीको सेवन गर्नुहुन्छ भने दाँत कुँडिने वा झन्झनाहट हुने समस्या आउन सक्छ । अरु के-के बेफाइदा गर्छ त कागतीले  ?

१. पेट खराब हुने

यदि तपाई दैनिक कागतीको रस वा अमिलोको अत्याधिक सेवन गर्नुहुन्छ भने तपाईंको पेट खराब हुन सक्छ, किनभने कागतीमा एसिडको मात्रा धेरै हुन्छ । हाम्रो पेटले त्यसलाई पचाउन सक्दैन र पेट दुख्ने, उल्टि आउने सम्भावना हुन्छ ।

२. दाँत झन्झनाउने

माथि नै भनियो कि कागतीमा हुने सिट्रस एसिडले दाँतलाई असर गर्छ । यदि तपाईंलाई कागती पानी पिउन छ भने सकभर स्ट्रले पिउने गर्नुहोस् । यसो गर्नाले कागती पानीले दाँतलाई छुन सक्दैन । अन्यथा दाँतमा तातो चिसो लाग्ने वा झन्झनाहट हुने समस्या हुन सक्छ ।

३. डिहाइड्रेसन

कागती पानी पिउनाले बारम्बार पिसाब आउने समस्या हुन्छ, जसले शरीरमा पानीको कमी हुन सक्छ र डिहाइड्रेसन हुन्छ ।

४. माइग्रेन र टाउको दुख्ने

कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ । यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ । यसैकारण धेरै टाउको दुख्ने र माइग्रेन हुन सक्छ ।

५ मिर्गाैला र पित्ताशयको थैलीको समस्या

कागतीमा अक्सलेट पनि हुन्छ, जुन धेरै सेवन गर्नाले शरीरमा गएर पत्थर बन्न सक्छ । यस्तो क्रिस्टलाईज अक्सलेटले मिर्गौला र पित्ताशयको थैलीमा स्टोनको रुप लिन सक्छ ।

६. छाला डढ्ने

हुन त हामी कागतीलाई सुन्दरताको लागि प्रयोग गर्छौं तर कागतीको अत्यधिक प्रयोगले हाम्रो छालामा सनबर्नको समस्या पनि हुन सक्छ ।

यी व्यक्तिहरुले पिउनु हुँदैन कागती-पानी

कागती-पानी पिउनु स्वास्थको लागि राम्रो मानिन्छ । तर यस्ता किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन ।

जुन व्यक्तिको दाँतमा समस्या छ, कागती पानी पिउनाले दाँतमा भएको इनामेललाई नष्ट हुन गई दाँत टुक्रिने वा सेन्सिटिभिटी बढ्ने जस्ता समस्या पैदा हुन सक्छ ।

पिसावसँग सम्बन्धित समस्या छ भनेपनि कागती पानी नपिउनु नै उत्तम हुन्छ । कागती पानी पिउनाले बारम्बार पिसाव लाग्ने हुँदा त्यस्तो समस्यालाई झन् प्रभावित गराउँछ ।

कागती पानीले कफ र पित्त बढाउँछ । यदि व्यक्तिलाई कफ एवं पित्तको कुनै समस्या भए यस्तो पानीले अझ समस्या जटिल बनाउँछ ।

कागती पानीमा एसिडको मात्रा धेरै हुन्छ । तसर्थ यस्तो पानी बढी पिउनाले एसिडिटी बढ्ने, मुटुको जलन, एसिड रिप्लक्स जस्ता समस्या बढ्न जान्छ ।

पेटमा अल्सर भएको छ भने पनि कागती पानी नपिउनु राम्रो हुन्छ । यसले पेटमा दुखाइ र जलन निम्त्याउँछ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

कागतीका जात र तिनका जातीय गुणहरु

कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो । अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी मानिन्छ ।

पछिल्लो समय कागती खेती प्रति आम कृषकको आर्कषण बढ्दै जाँदा कुन कागती लगाउने भन्ने दुविधा रहेको पाईन्छ । यसका लागि फलफूल विज्ञ हरि सुवेदीले दिनुभएको जानकारी मूलक लेख ।

१. सुनकागती–१ (एन.सि.आर.पि–५५)

यो जात मोरङ जिल्लाका कृषकको बगैंचाबाट संकलन एवं जातीय छनौट गरिे व्यवसायिक खेतिको लागि हालै मात्र उन्मोचन गरिएको विकसित जात हो ।

यो जात तराई, भित्रि मधेस, मध्य–पहाडी क्षेत्रको बेशी÷खोच र तटिय क्षेत्रका पानी नजम्ने स्थानमा खेति गर्दा आषाढ देखि आश्विन सम्म मौसमी फलहरुको उत्पादन लिन सकिन्छ भने केहि मात्रमा बर्षै भरी बेमौसमी फलहरुको उत्पादन लिन सकिन्छ ।

मध्य–पहाडी भागमा यसको खेती गर्दा भाद्र देखि मार्ग सम्म मौसमी फलहरुको उत्पादन लिन सकिन्छ भने केही मात्रमा बर्षै भरी बेमौसमी फलहरुको उत्पादन लिन सकिन्छ ।

फलहरु गोला, चिल्ला, पातलो बोक्रा भएका, रसिला र बास्नादार हुन्छन् भने फलहरु पाकिसके पछि सुनौला रंगका हुन्छन् ।

एउटा फलको सरदर तौल ४० देखि ६० ग्राम सम्म हुन्छ ।

यसको फलमा रस ४९ प्रतिशत सम्म हुन्छ ।

रसमा अमिलोपन ७ देखि १० प्रतिशत सम्म हुन्छ ।

यसका कलमी बिरुवाहरुले रोपेको ३ देखि ४ वर्ष पछि व्यवसायिक उत्पादन दिन थाल्दछन् ।

पाकीसकेपछि फलको रङ हल्का पहेलो हुन्छ ।

यस जातको प्रति हेक्टर अधिकतम उत्पादकत्व ३४.५मे.टन सम्म छ ।

२ सुनकागती–२ (एन.सि.आर.पि–४९)

यो जात स्याङजा जिल्लाका कृषकको बगैंचाबाट संकलन एवं जातीय छनौट गरिे व्यवसायिक खेतिको लागि हालै मात्र उन्मोचन गरिएको विकसित जात हो ।

यो जात तराई, भित्रि मधेस, मध्य–पहाडको बेशी÷खोच र तटिय क्षेत्रका पानी नजम्ने स्थानमा खेति गर्दा आषाढ देखि आश्विन सम्म मौसमी फलहरुको उत्पादन लिन सकिन्छ भने केही मात्रमा बर्षै भरी बेमौसमी फलहरुको उत्पादन लिन सकिन्छ ।

मध्य पहाडी भागमा यसको खेति गर्दा भाद्र देखि मार्ग सम्म उत्पादन लिन सकिन्छ भने केही मात्रमा बर्षै भरी बेमौसमी फलहरुको उत्पादन लिन सकिन्छ ।

फलहरु गोला, चिल्ला, ज्यादै पातला बोक्रा भएका, रसिला र बास्नादार हुन्छन् भने फलहरु पाकिसके पछि सुनौला रंगका हुन्छन् ।

पाकिसके पछि फलको रङ हल्का पहेलो हुन्छ ।

एउटा फलको सरदर तौल ४० देखि ६० ग्राम सम्म हुन्छ ।

यसको फलमा रस ४८ प्रतिशत सम्म र रसमा अमिलोपन ७ देखि १० प्रतिशत सम्म हुन्छ ।

यसका कलमी बिरुवाहरुले रोपेको ३ देखि ४ वर्ष पछि व्यवसायिक उत्पादन दिन थाल्दछन् ।

यस जातको प्रति हेक्टर अधिकतम उत्पादकत्व २६.९ मे.टन सम्म छ ।

३. तेह्रथुम स्थानीय

यो जात तेह्रथुम जिल्लाको फाक्चामाराका कृषकको बगैंचाबाट छनौट गरिएको नेपालको स्थानीय जात हो ।

मध्य पहाडको ८०० देखि १२०० मिटर सम्म उचाई भएका स्थानहरु यसको व्यवसायीक खेती गरि गुणस्तरीय फल उत्पादनको लागि अति उपयुक्त हुन्छन् ।

तैपनि ८०० देखि १६०० मिटर सम्मको उचाईंमा पनि यसको खेती गरि उत्पादन लिन सकिन्छ ।

मध्य पहाडी भागमा यसको खेति गर्दा कार्तिक महिना देखि पैष महिना सम्म उत्पादन लिन सकिन्छ भने तराईमा पनि यसको उत्पादन लिन सकिने सम्भावना देखिएको छ ।

फल पाक्न थाले पछि फलको रङ हल्का पहेलो हुन्छ ।

फलहरु गोला, चिल्ला, पातलो बोक्रा भएका, रसिला र बास्नादार हुन्छन् भने फलहरु पाकिसके पछि सुनौला रंगका हुन्छन् ।

एउटा फलको सरदर तौल ४० देखि ५० ग्राम सम्म ।

यसको रसमा अमिलोपन ७ देखि १० प्रतिशत सम्म हन्छ ।

सरदर ६५ वटा फल बाट १ लिटर सम्म रस निकाल्न सकिन्छ ।

मध्य पहाडी भागमा यसका कलमी बिरुवाहरुले रोपेको ३ देखि ४ वर्ष पछि व्यवसायिक फल उत्पादन दिन थाल्दछन् ।

४. पन्त–१ ९एन.सि.आर.पि.– ५३० (Large fruited lemon type)

यो भारतबाट आयातित प्रजाति हो ।

यो प्रजातिलाई तराई, भित्रिमधेस, मध्य पहाडको बेशी÷खोच र तटिय क्षेत्रका पानी नजम्ने स्थानमा खेति गर्दा जेष्ठ महिना देखि भाद्र महिना सम्म उत्पादन लिन सकिन्छ भने केही मात्रमा बर्षै भरी फल लिन सकिन्छ ।

मध्य पहाडी भागमा यसको खेति गर्दा श्रावण महिना देखि कार्तिक महिना सम्म उत्पादन लिन सकिन्छ भने केही मात्रमा बर्षै भरी फल लिन सकिन्छ ।

फलहरु ठुला, गोला, पाक्दा सुनौला रंगका, चिल्ला, पातला बोक्रा भएका र रसिला हुन्छन् ।

एउटा फलको सरदर तौल ९० देखि १२० ग्राम सम्म हुन्छ ।

फलमा रस ४४ प्रतिशत र रसमा अमिलोपन ६.४ देखि ६.५ प्रतिशत सम्म हुन्छ ।

यसका कलमी बिरुवाहरुले रोपेको ३ देखि ४ वर्ष पछि व्यवसायिक उत्पादन दिन थाल्दछन् ।

यो प्रजाती औद्योगिक प्रयोजनको लागि अति उपयोगी छ ।

यस प्रजातीको प्रति हेक्टर अधिकतम उत्पादकत्व ३०.९ मे.टन सम्म छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।