आँखा हाम्रो संवेदनशील अंगमध्ये पर्छ । त्यसैले यसको देखभालका क्रममा निकै होसियारी अपनाउनुपर्छ । साना गल्तीले पनि दृष्टि गुमाउनुपर्ने जोखिम हुन्छ । आँखाको उपचार वा सुरक्षाका क्रममा विभिन्न औषधि वा ड्रप प्रयोग गरिन्छ । ती प्रयोग गर्दा निम्न कुरामा सचेत रहनुपर्छ ।

औषधि राख्ने व्यक्तिले साबुन र पानीले सफासँग हात धुने ।

फिंज नआउने गरी हल्कासँग हल्लाउने ।

औषधीको बिर्को खोल्दा भित्रको टुप्पोलाई नछुने ।

बिरामीलाई आरामसँग बसाउने वा सुताउने ।

औषधि हाल्दा औषधिका टुप्पोले आँखाको वरीपरी वा अन्य ठाउँमा नछुने ।

औषधि हाल्नु पर्ने आँखाको तल्लो भाग हल्का तान्ने ।

औषधिको बोतलबाट एक थोपा मात्र झर्ने गरि विस्तारै थिच्ने । आँखामा औषधि परेपछि तल्लो भागको परेला बिस्तारै बिचको चोरी औलाले दुई मिनेट सम्म थिचेर राख्ने वा आँखा राम्ररी चिम्लने ताकि आफूले राखेको औषधि अश्रुनली हुँदै नाक र घाँटीमा जान नपाओस् ।

औषधि प्रयोग गरिसकेपछि बिर्को राम्रोसँग बन्द गर्ने साथै बालबच्चहरुले भेट्न नसक्ने तथा घाम नलाग्ने ठाउँमा सुरक्षित राख्ने ।

आफ्नो औषधि अरुलाई प्रयोग गर्न नदिने ।

औषधि सधैँ जान्ने मान्छेलाई राख्न लगाउने ।

औषधि खोलेको तीस दिनसम्म प्रयोग गर्न सकिन्छ त्यसपछि बाँकी रहेमा प्रयोग नगर्ने ।

औषधि सधैँ चिनेर मात्र प्रयोग गरौँ र गर्न लगाऔँ ।

आँखाको दृष्टि कमजोर छ ? यस्तो विधी अपनाउनुहोस्

हिजोआज हरेकजसो घरका एक न एक सदस्य चस्मा लगाउनुपर्ने वाध्यतामा हुन्छन् । कसैमा टाढाका बस्तु नदेख्ने त कसैलाई नजिकको बस्तु खुट्याउन नसक्ने समस्या हुन्छ । यस्तो समस्या कसैले जन्मजात लिएर आउछन् भने कसैलाई विभिन्न परिस्थितीबस हुने गर्छ ।

यस्तो अवस्थामा सामन्य दिनचर्या कठिन बन्छ । खान, बस्न, हिँड्न, पढ्न, हेर्न, काम गर्न असहज हुन्छ । त्यसैले आँखाप्रति हामी सर्तक र संवेदनसिल हुनैपर्छ ।

आँखा पाक्ने, चिलाउने, दुख्ने अवस्था यदाकदा आउँछ । यो आम समस्या हो, जसलाई उपचारपछि सामन्य अवस्थामा फर्काउन सकिन्छ । तर, जटिल वा दीर्घकालिन समस्याहरुमा भने उपचारसँगै विभिन्न सावधानी अपनाउनुपर्ने हुन्छ ।

आँखाको दृष्टि कस्तो हुनुपर्छ ?

हामी सबैको दृष्टि एकसमान हुँदैन । कसैको दृष्टि राम्रो हुन्छ, जसले आसपासका दृश्यहरु स्पष्टसँग देख्नत सक्छन् । तर, कसैले त्यस्ता दृश्यहरु धमिलो देख्छन् । आँखाको दृष्टि कति राम्रो छ भनेर मापन गर्ने सरल बिधी छ । सामन्यतः एउटा निश्चित दुरीमा, निश्चित आकारको अक्षरहरु राखेर त्यसलाई देख्न सक्ने क्षमताको आधारमा आँखाको दृष्टिको स्तर जाँच्न सकिन्छ ।

सामन्यतः दृश्यको तीक्ष्णता एक चार्ट तीन मिटर वा ६ मिटर वा ४० सेन्टिमिटर दुरीमा राखेर नाप्ने गरिन्छ । यसैको आधारमा कसको दृष्टि सामन्य छ, कसको दृष्टिमा समस्या छ र कसको अन्धापन छ भन्ने कुरा छुट्याउन सकिन्छ ।

के कारणले दृष्टिमा समस्या हुन्छ ?

आँखामा धेरैखाले समस्या हुन्छन् । कसैले जन्मजात दृष्टि गुमाएका हुन्छन् । कसैको विभिन्न संक्रमणले आँखाको ज्योति हराउन सक्छ । आँखा सम्बन्धीका समस्याहरुको सहि उपचारको अभावमा दृष्टि गुमाउनु पर्ने हुनसक्छ ।

शक्तिशाली प्रकाशमा निरन्तर पढ्ने, लेख्ने, निरन्तर कम्प्युटर वा मोवाइल हेर्ने, हावामा हानिकारक प्रदूषणको सम्पर्कमा आउनु, पाचन विकार, अन्तुलित खानपान, भिटामिन ए को कमी जस्ता कुरा कमजोर दृष्टिका लागि जिम्मेवार हुन्छ । मदिराको सेवनले पनि आँखामा समस्या निम्त्याउँछ ।

सावधानी

जटिल किसिमको समस्यामा शल्याक्रिया वा विशेष उपचार पद्धतीबाट आँखाको दृष्टि जोगाउन सकिन्छ । यद्यपी सामन्य अवस्थामा भने खानपान, जीवनशैलीमा परिवर्तन गनुपर्ने हुन्छ । यसका साथसाथै विशेष सावधानी अपनाउनुपर्छ ।

धूलो, धूँवा, चहकिलो प्रकास, हानिकारक वायु आदिबाट आँखालाई जोगाउनुपर्छ । यसका लागि चस्मा लगाउन सकिन्छ ।

आँखा आसपासको भागलाई सधै सफा राख्नुपर्छ । खासगरी सुत्नुअघि आँखा सफा पानीले धुनुपर्छ ।

मधुमेह, उच्च रक्तचापले पनि आँखाको दृष्टि कमजोर बनाउँछ, त्यसैले मधुमेह, रक्तचाप नियन्त्रण राख्नुपर्छ ।

आँखामा जथाभावी औषधी नराखौं ।

कमसल खालको चस्मा लगाउनु हुन्न ।

आँखामा कुनै बस्तु पस्यो भने रगड्नु हुँदैन ।

घरेलु उपचार बिधी

१. आँखाको दृष्टि कमजोर भएकाले हरेक दिन गाजरको जुस सेवन गर्नुपर्छ । हरियो एवं ताजा सागपात आफ्नो खानामा सामेल गर्नुपर्छ ।

२. खानामा भिटामिन-ए अनिवार्य सामेल गरौं । गाजर, सुन्तला, मेवा, पहेंलो रंगको सब्जी, पालक, धनिया, माछा, अन्डामा भिटामिन ए बिद्यमान हुन्छ ।

३. मोतियाबिन्दुको समस्या भिटामिन सिको कमीले हुनेगर्छ । त्यसैले भिटामिन सि प्राप्त गर्नका लागि सुन्तला, कागति, गोलभेडा, गोभी जस्ता खानेकुरा सेवन गर्नुपर्छ ।

४. बदाम, ओमेगा-३ फ्याटी एसिड, भिटामिन इ र एन्टि अक्सिडेन्टयुक्त खानेकुराले दृष्टिमा सुधार ल्याउँछ ।

अन्य विधी के छ ?

रातभर पानीमा १० वटा जति बदाम भिजाएर राख्ने । बिहान त्यसको बोक्रा उतारेर पेस्ट बनाउने । यस पेस्टलाई तातो दुधसँग सेवन गर्नुपर्छ । यसलाई केहि महिनासम्म निरन्तरता दिनुपर्छ ।

पिसेको सुकुमेललाई दुधमा राखेर उमाल्ने । यसलाई राती पिउने गर्नुपर्छ, जसले आँखालाई स्वस्थ्य बनाउँछ ।

धनियाको तीन भागका साथ एक भाग चिनीको मिश्रण तयार गर्ने । यसलाई पिसेर पानीमा उमाल्ने, एक घण्टा त्यतिकै राख्ने । एक सफा कपडाले छानेर उक्त रस पिउनुपर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

के तपाइकाे आँखा कमजाेर छ ? छ भने यस्ता खानेकुरा खानुस्

आजकल मानिसहरू जतिखेर पनि स्मार्टफोनमा झुण्डिरहने भएकाले आँखामा खराब असर परिरहेको हुन्छ । बच्चाहरू पनि आँखा कमजोर भएर चश्मा लगाउन थालेका छन् । त्यसैले मोबाइल, ट्याब्लेट र ल्यापटपको प्रयोग कम गर्नुका अलावा तपाईंले स्वास्थ्यवर्द्धक केही खानेकुरा पनि खानु जरूरी हुन्छ ।

भिटामिन

शरीरमा भिटामिनको कमी हुँदा आँखा कमजोर हुन्छ । आफ्नो आहारमा भिटामिन ए, बी, सी र ई भएका आहार समावेश गर्नुस् । सुन्तला, मौसम, केरा, लौका, किवी, भेडेखुर्सानी, हरियो सागसब्जी र भुइँकटहर जस्ता खानेकुरा खानुस् । मुङ्फली बदाम, जुस र दूधबाछ बनेका आहारले पनि फाइदा गर्छन् ।

बदाम

बदाम आँखाका लागि लाभदायक हुन्छ । राति पानीमा बदाम भिजाएर बिहान खानुस् । यसले आँखा पनि बलियो बनाउँछ अनि स्मरणशक्ति पनि बढाउँछ । बदाममा सूप र मिश्री मिसाएर खाँदा पनि लाभ हुन्छ ।

हरियो सागपात

आँखाका लागि क्यारोटिन लाभदायक हुन्छ र हरियो सागपातमा यो तत्त्व भरपूर भेटिन्छ । यसले आँखाको पुतलीमा सकारात्मक असर पार्छ । यसलाई आफ्नो आहारमा अवश्य समावेश गर्नुस् ।

ओखर

ओखरमा ओमेगा ३ फ्याट्टी एसिड भरपूर हुन्छ । आँखाको ज्योति बढाउन बच्चाहरूलाई नियमित रूपमा ओखर खुवाउनुस् ।

मोवाइल, ल्यापटपले बालबालिकाको आँखा कसरी कमजोर हुँदैछ ? प्रा. डा. सविना श्रेष्ठको लेख

अहिले धेरैजसो बालबालिका चस्मा पहिरिएका देखिन्छन् । आँखा चिम्लेर मनन गर्नुहोस् त, हिजोको पुस्ताले यतिविध्न चस्मा लगाएका थिए र रु पक्कै थिएनन् । भन्नुहोला, त्यसबेला चस्मै कहाँ पाइन्थ्यो र रु

कुरा त्यसो होइन । हिजो दिनमा भन्दा आजको दिनमा हामीले आँखाको दृष्टि गुमाइरहेका छौं । हाम्रो आँखा प्रतिदिन कमजोर हुँदैछ । र, यसको सबैभन्दा बढी असर त साना बालबालिकामा परेको छ, जो बिहान उठ्नसाथ मोवाइल, ल्यापटप, कम्प्युटरमा तल्लिन हुन्छन् ।

भिडियो गेम, मोबाइल तथा कम्प्युटर लगायतका आधुनिक ग्याजेटको प्रयोगका कारण बालबालिकामा दृष्टि दोष ९रिफ्राक्टिभ एरर० को समस्या धेरै हुने गरेको छ । दृष्टि दोषको उपचार समयमै नगरेको खण्डमा यसका कारण आँखा विग्रने सम्भावना धेरै हुने गर्दछ ।

सामान्यतया दृष्टि दोष दुई प्रकारका हुन्छन् । नजिकको दृष्टि दोष जसलाई हामी मायोपिया भन्ने गर्छौ । त्यस्तै, अर्को दोष भनेको टाढाको दृष्टि दोष हो । जसलाई चिकित्सकीय भाषामा हाइपरमेट्रोपिया पनि भन्ने गरिन्छ ।

दृष्टि दोषमध्य पनि आजकल बालबालिकाहरुमा नजिकको दृष्टिदोष ९मायोपिया० को समस्या धेरै हुने गरेको छ । भिडियो गेम, कम्प्यूटर, मोबाइल फोन लगायतको प्रयोगका कारण बालबालिकामा नजिकको दृष्टि दोषको समस्या गम्भीर भएको पाइएको छ ।

नेपाल नेत्रज्योती संघले नेपालमै गरेको विभिन्न अध्ययन अनुसन्धानहरुले पनि यहाँका निजी स्कुलमा अध्ययनरत बालबालिकाहरुमा मायोपियाको समस्या धेरै भएको पाइएको छ ।

के हो मायोपिया ?

मायोपिया आँखा सम्बन्धि आम समस्या हो । मायोपिया भएमा व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्दछ । कुनै पनि वस्तुलाई टाढाबाट हेर्दा उक्त वस्तु हाम्रो आँखाको दृष्टि पर्दा अर्थात रेटिनामा आएर फोकस हुने गर्छ । तर मायोपिया भएमा उक्त वस्तु आँखाको दृष्टि पर्दा भन्दा अगाडीको भागमा फोकस भएको कारण दृष्टि धमिलो हुने गर्छ ।

किन हुन्छ ?

मायोपियाको समस्या विभिन्न कारणले हुनसक्छ । कुनै बालबालिकामा जन्मजातै मायोपियो समस्या हुनसक्छ । त्यस्तै, कम्प्युटर, मोबाइल तथा भिडियो गेममा धेरै समय विताउने बालबालिकामा पनि मायोपियाको समस्या हुने गर्दछ ।

परिवारमा कसैलाई दृष्टि दोष भएमा उसबाट जन्मने बालबालिकामा पनि दृष्टि दोष अर्थात मायोपिया हुने सम्भावना धेरै हुने गर्छ । त्यस्तै, धेरै किताब हेर्ने बालबालिकामा पनि मायोपिया हुने सम्भावना उच्च हुने गर्दछ । त्यस्तै, जन्मजातै आँखा टेढो हुने बालबालिकामा पनि मायोपिया हुने सम्भावना धेरै हुने गर्दछ । मायोपिया भएमा यस्ता लक्षण देखा पर्छ ।

मायोपियाका लक्षण

टाढाको वस्तु धमिलो देखिने

कुनै पनि वस्तुलाई प्रस्ट रुपमा हेर्नका लागि टेढो हेर्नु वा आँखा चिम्लने

आँखामा परेको अत्याधिक दवावका कारण टाउको दुख्ने

टाढाको वस्तु हेर्नमा कठिनाई महसुस हुने

वोर्डमा लेखिएको कुरा प्रस्ट नदेखिने

उपचार विधि

दृष्टि धमिलो भएमा आँखामा चश्मा लगाएर यसको उपचार गर्नु पर्दछ । चश्मा लगाएको खण्डमा बच्चाले राम्ररी आँखा देख्न सक्दछ । यो हामीले सुरुका केही बर्षहरुमा गर्नुपर्छ । जस्तै, बच्चा आठ वर्षको भएदेखि नै आँखाको दृष्टि दोषको उपचार गर्न सकेको खण्डमा आँखा अल्छी हुँदैन । अर्थात लेजी आईु वा एम्लायोपियाु हुँदैन । किनकी दृष्टि दोष हुनुमा अल्छी आँखा ९ लेजी आई० तथा एम्लायोपिया ९टेढो आँखा० पनि प्रमुख कारण हो ।

त्यही भएर यदी बच्चामा दृष्टी दोष बाहेक पनि आँखा टेढो हुने समस्या छ भने त्यसलाई समयमा नै उपचार गर्नु पर्दछ । टेढो आँखालाई शल्यक्रियाद्धारा सोझो बनाउन सकिन्छ ।

तर नेपालमा के छ भने जब बच्चा टेढो आँखा लिएर जन्मिन्छ, तब उसलाई भग्यमानीको दर्जा दिइन्छ । उसको अपरेशन गराउन अभिभावकहरु मान्दैनन् । तर टेढो आँखाका कारण पछि गएर उसको जीवनमा कस्तो असर पर्छ भन्ने जानकारी अभिभावकलाई हुँदैन । त्यही भएर पनि टेढो आँखालाई समय छँदै उपचार गरेर त्यसलाई सोझो बनाएर नदेख्ने आँखालाई देख्ने बनाउनु पर्दछ । यो हाम्रो जिम्मेवारी हो ।

कसरी जोगाउने ?

मायोपिया हुनबाट बच्चाहरुलाई जोगाउने एउटै मात्र उपाय भनेको मोबाइल तथा कम्प्यूटरको प्रयोग कम गर्नु हो । मोबाइलमा घण्टौ गेम खेल्ने बानीलाई कम गरेर पनि बालबालिकामा गम्भीर समस्याको रुपमा देखा पर्दै गएको मायोपिया रोगलाई कम गर्न सकिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।