शाकाहारी भोजनमा रोगसंग लड्न सक्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन जबकि शाकाहारी खाना चाँडै पच्छ । साथै यसले मष्तिष्कलाई सचेत राख्नुका साथै बौद्धिक क्षमतामा बृद्धि ल्याउनमा मद्दत गर्छ । तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् ।

शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् । यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ ।शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।

शाकाहारीको भोजन गर्ने महिलालाई स्तन क्यान्सरको खतरा पनि कम हुन्छ । मिर्गौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी हुन्छ । यसले मानिसको आयु बढाइदिन्छ ।

मासु खाँदा प्राप्त हुने तत्व बनस्पति तथा शाकाहारी खानामा पनि पाइन्छ । शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसंग संबन्धित समस्या हुने सम्भावना कम हुन्छ ।

यस्तै, शाहाकारी भोजन गर्ने व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावना मांसाहारीको तुलनामा कम हुन्छ । शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांशाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।

शरीरको तापक्रम र सन्तुलन बनाई राख्न, मांशपेशी बलियो बनाउन, शरीरका मुख्य अंग मिर्गौला, मुटु, फोक्सो, मष्तिष्कलाई निरोगी राख्न एवं विभिन्न समस्या नियन्त्रण गर्न शाहाकाहारी खाना प्रभावकारी मानिन्छ । साथै मांशाहारीको तुलनामा शाकाहारीलाई क्यान्सर रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।

थप जानकारीः

यसरी खानुहोस् खाना, जसले स्वस्थ बनाउँछ

हामी किन खाना खान्छौं ? जवाफ अनेक छन् ।

पेट भर्नका लागि । भोक मेट्नका लागि । स्वादको लागि । स्वास्थ्यका लागि । खासमा भन्ने हो भने, हामीलाई बाँच्नका लागि खानेकुरा चाहिन्छ । खानाले शरीरलाई आवश्यक पोषण दिन्छ । पोषणले शरीरका कार्य-संचालनमा सहयोग गर्छ ।

तर, हामी स्वास्थ्यका लागि होइन, स्वादको लागि खाना खान्छौं । यसरी स्वादको घनचक्करमा परेपछि हामीले जस्तो खानेकुरा खानुपर्ने हो, त्यस्तो खाँदैनौं । जस्तो खानेकुरा नखानुपर्ने हो, त्यस्तो खान्छौं ।

भनिन्छ नि, विश्वमा जति मानिस खान नपाएर मर्छन्, त्यो भन्दा कैयौं गुना खान नजानेर मर्छन् । अहिले हामीलाई मधुमेहले गाँजेको छ, उच्च रक्तचापले गाँजेको छ, कोलोस्टोरले गाँजेको छ । यी रोगहरु धेरैजसो खानपानकै कारण लागेको हो ।

लामो आयु बाँच्नेहरुले भन्ने गरेका छन्, थोरै खाउँ, धेरै बाँच । हाम्रा धर्मशास्त्रहरुमा उल्लेख छ, अल्पहारी हुनुपर्छ । अर्थात धेरै खानेकुरा खाने मानिस रोगी र चाँडो बुढो हुन्छ । यो तथ्य त विज्ञानले समेत पुष्टि गरिसकेको छ ।

यी सबैको निष्कर्ष के भने, शारीरिक स्वास्थ्यका लागि खाना अनिवार्य आवश्यक्ता हो । तर, त्यही खाना सही र सन्तुलित ढंगले खान जानिएन भने, त्यही रोगको जड बन्छ ।

अब तपाईलाई पनि कसरी स्वस्थ रुपमा खाने भन्ने परेको होला । स्वस्थ खाना खानको लागि अपनाउनुपर्ने १५ सजिला तरिकाहरु यस्ता छन्ः

१. शाकाहारी बन्नुहोस्

लामो आयु बाँच्न चाहनुहुन्छ, शरीर चुस्त, फुर्तिलो राख्न चाहनुहुन्छ भने मासुजन्य खानेकुरा त्याग्नुहोस् । सन्तुलित आहारको लागि हामीलाई प्रोटिन चाहिन्छ । प्रोटिनको स्रोत मासु हो ।

तर, हामीले जुन किसिमको मासु खाइरहेका छौं, त्यो रोगी जीवजन्तुको मासु खाइरहेका छौं । त्यसमाथि अस्वस्थ्यकर ढंगले बध र भण्डारण गरिएको मासु सेवन गरिरहेका छौं, जसले हाम्रो पेटलाई जीवजन्तुको चिहान बनाइरहेको छ ।

२. खाना खान नछोड्नुहोस्

खाना नियमित खानुहोस र यसले तपाईको मेटाबोलिजमलाई तिब्र गतिमा काम गराउँछ । यसबाट शरीरले उर्जा प्राप्त गर्न सक्नुहुन्छ । यसले सतर्क पनि बनाउँछ । त्यसैगरि यसले अर्कोपटक खाना खाँदा एकैपटक धेरै खाना खानबाट पनि बचाउँछ ।

३. थोरै खाना धेरैपटक खानुहोस्

खानाहरुको बिचमा थोरै थोरै खाजा खानुहोस । जब तपाईले थोरै थोरै खाजाहरु खानाहरुको बिचमा खानुहुन्छ यसले तपाईलाई अर्को खाना खाँदा धेरै खानबाट बचाउँछ ।

४. प्रशोधन नगरिएका होल फुड खानुहोस्

अप्रशोधित खानेकुराहरुले तपाईलाई राम्रो फाइदा दिन्छ । प्रशोधन गर्दा तपाईलाई आवश्यक पर्ने एन्टीअक्सिडेन्ट र फाइबर त्यसबाट निस्कन्छ । सबैभन्दा नराम्रो भनेको तपाईलाई आवश्यक नपर्ने एक्स्ट्रा सोडियम र चिनी त्यसमा थपिन्छ ।

५. बाहिर खाना खानुभन्दा घरमा बनाउनुहोस्

तपाईले काम विशेषको कारण घरबाहिर खाना धेरै खानुहुन्छ होला तर, होटल वा रेष्टुरेन्टको खाना भन्दा घरको खाना स्वस्थकर हुन्छ ।

६. खानाको योजना बनाउनुहोस्

साप्ताहिक खानाको योजना बनाएमा तपाईले स्वस्थ र राम्रो खाना खानुको साथै पैसाको पनि बचत गर्न सक्नुहुन्छ । त्यसैले आँफैले सन्तुलित भोजनको योजना बनाउनुहोस् ।

७. मेडिटेरियन खानाहरु खानुहोस्

गि्रल्ड माछा र ताजा सागसब्जी सहित एक गिलास वाइन गि्रसमा सबैभन्दा राम्रो खाना मानिन्छ । मुटुको लागि लाभदायक फ्याट, मिनरल र एन्टिअक्सिडेन्टहरु मेडिटेरियन खानामा पाइन्छ ।

८. प्याकेटको खानेकुरा किन्नु अघि लेवल हेर्नुहोस्

तपाईले प्याकेटको खानेकुराहरु किन्दा त्यसको अगाडीको आकर्षक खोलमात्रै होइन पछाडीपट्टीको लेवल पनि हेर्नुपर्छ । त्यहाँ के के खाद्यपदार्थहरु मिसिएको छ र कति पोषकतत्व पाइन्छ त्यो खुलाइएको हुन्छ । लेवलबाटस्वस्थ लाग्ने खानेकुरामा पनि अनावश्यक तत्वहरु मिसाइएको छ कि भन्नेकुरा थाहा पाउन सकिन्छ ।

९. क्रन्ची खाजा खानुहोस्

खाजा खाँदा टोक्दा कुरुमकुरुम आवाज आउने र तपाईलाई चपाउँदा स्वादिलो लाग्ने खाजाहरु खानुहोस् । जस्तै स्याउ, मटर, बदामहरु, तर चिप्सहरु भने होइन । यस्ता खाजाले तपाईको मुखलाई व्यस्त बनाउँछ । तपाईले जति धेरै चपाउनुहुन्छ उति थोरै तपाईले खानुहुन्छ ।

 

१०. दिमाग लगाएर खानुहोस्

जब तपाई खाना खानको लागि बस्नुहुन्छ तपाईले स्वाद लिएर प्रत्येक गाँस खानुहोस् । किनभने त्यसलाई तपाईले धेरै स्वादिलो मान्नुहुन्छ । खाना खाँदा विस्तारै खानुहोस् । तपाईको मस्तिस्कले तपाईको पेट भरिएको २० मिनेट लाग्छ । यदि तपाईले भोली नै आँउदैन जस्तो गरि धेरै खानुहुन्छ भने त्यसले तपाईलाई असर गर्छ ।

११. पानी धेरै पिउनुहोस्

पानी धेरै पिएमा तपाईको शरीरले राम्रोसँग कार्यसम्पादन गर्छ र यसले तपाईलाई धेरै खाना खान दिँदैन । तपाई खासमा धेरै तिर्खाएको बेलामा आँफु भोकाएको जस्तो लाग्न सक्छ । त्यसैले त्यतिखेर तपाईले एक गिलास पानी पिउनुभयो भने त्यसले हानी गर्दैन ।

१२. खाजाहरु आफ्नो झोलामा राख्नुहोस्

तपाईले धेरै लामो यात्रा गर्दै हुनुहुन्छ वा अफिसमा लामो समय काम गर्दै हुनुहुन्छ भने झोलामा वा अफिसको दराजमा स्वस्थ खाजाहरु राख्नुहोस् । त्यस्तै तपाईले जिम जाँदा आफ्नो जिम ब्यागमा पनि राख्न सक्नुहुन्छ ।

१३. ताजा फलफूल नभएमा मात्रै फ्रिजमा राखेको खानेकुरा खानुहोस्

ताजा अर्गानिक खानेकुराहरु खानु तपाईको स्वास्थ्य र वातावरण दुवैको लागि राम्रो हुन्छ तर यदि तपाईको नजिक ताजा खानेकुरा पाइँदैन मात्रै तपाईले फ्रोजन खानेकुरा किन्न सक्नुहुन्छ । फ्रोजन खानेकुरामा पनि तुलनात्मक रुपमा ताजा फलफूलमा जस्तै पोषक तत्वहरु हुन्छन् ।

१४. फ्रुट फ्लेवर्ड जुस होइन, ताजा फलफूल रोज्नुहोस्

खानेकुराको प्याकेटमा फ्लेवर लेखिएको छ भने त्यसमा फलफूलको वास्तविक स्वाद होइन त्यसमा फेबि्रकेटेट स्वाद राखिएको भन्ने बुझ्नुपर्छ । वैज्ञानिकहरुले ब्याक्टेरियाको प्रयोग गरेर फ्लेवर निकाल्छन् र त्यसलाई प्राकृतिक भन्न सक्छन् ।

१५. खाना खाँदा टेबलमा राखेर खानुहोस्

टेबलमा राखेर आनन्दले अरुकुरामा ध्यान नदिइ तनावमुक्त भएर खाना खाँदा हाम्रो शरीरले राम्रोसँग खानेकुरामा पाइने पोषणतत्वहरु प्राप्त गर्नसक्छ । खाना खाने बेलामा तपाई डेस्कबाट टाढा बस्नुहोस्, टिभी बन्द गर्नुहोस र आनन्दले खाना खानुहोस् ।

१६. प्रशोधन नगरिएको मासु छान्नुहोस्

तपाईले खानाको लागि मासु किन्दै हुनुहुन्छ भने तपाई प्रशोधन नगरिएको मासु रोज्नुहोस् । तपाईले मासु किन्दा ससेज, स्टि्रप्स र स्लाइस खोज्नुहुन्छ भने त्यो राम्रो होइन किनभने त्यसमा स्वस्थ पोषणतत्वको सट्टामा सोडियम र पि्रजर्भेटिभ्स पनि थपिएको हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः