पाचन प्रणालीमा गडबडी भई खाना नपच्ने समस्या हुनुलाई अपच भनिन्छ । कुबेला भोजन गर्ने तथा एउटा खाना नपच्दै अर्को खानेकुरा खाइयो भने राम्रोसँग पच्दैन । यस्तै कुनै बेला धेरै चिल्लो या मसलेदार खाना खानाले पनि अपच हुन्छ । तर यसबाहेक अन्य कारण पनि हुन्छन् । जसले अपचको समस्या ल्याउँछ ।

हामीले खाएकाे खानेकुरा राम्राेसँग पचेन भने अपच हुन्छ ।

लक्षण

याे राेग लागेकाे बेला भाेक लाग्दैन, जीउ भारी भएजस्ताे हुन्छ, अमिलाे डकार आउँछ, छाती पाेलेकाे जस्ताे हुन्छ, उल्टी हुन्छ, पेट फुल्छ, टाउकाे भारी हुन्छ, मुटुकाे धडकन बढ्छ, शरीर आलस्य हुन्छ, जिब्राेमा फाेहाेरकाे पत्र लाग्न थाल्छ । जब राेग पुरानाे हुन्छ, तब पेटमा ग्यास बढ्ने समस्या देखापर्छ ।

कारण

भारी खाना, धेरै खानु, कुसमयमा खाना खानु, राम्राेसँग नचपाइकन खानु, धेरै मानसिक परिश्रम गर्नु, शारीरिक परिश्रम नगरी आराम गर्नु, चिया, कफी, रक्सी, चुराेट धेरै मात्रमा सेवन गर्नु, बासी खाना या अत्याधिक पिराे मसालेदार खाना खानु, राति अबेरसम्म नसुती बस्नु, डर, रिस ईष्या, मनमा ग्लानि हुनु, मन नलागेकाे खाना जबर्जस्जी खानु, खाना खाइसकेछि धेरै पानी पिउने गर्नु आदि ।

के खाने ?

१. नियमित रूपमा समयमै सन्तुलित, हल्का खाना खाने, पुरानाे चामलकाे भात खाने ।

२. सुत्नुभन्दा तीन-चार घन्टापहिले नै राम्राेसँग चपाएर खाना खाने ।

३. खाना खानुभन्दा अगाडि र पछाडि अदुवा र कागतीकाे रस अाधा-अाधा चम्चा लिने र एक चिम्टी नुन मिसाएर खाने ।

४. नरिवलकाे पानी, काँचाे गिरी, दही, मूला, सलगम, गाँजर, प्याज, अनारस, कागती, अदुवा खानासँगै या पछि नियमित रूपमा खाने ।

५. बेथुकाे साग र काँचाे मेवा खाने ।

के नखाने ?

१. धेरै बासनादार, बासी, आधा पाकेकाे खाना नखाने ।

२. मीठाे लाग्याे भन्दैमा एकै चाेटी धेरै खाना पनि नखाने ।

३. अमिलाे, पिराे, मसला, गरम मसला, बेसनबाट बनेकाे चीज, सुन्तला, टमाटर, कागती, कफी धेरै मात्रामा नखाने ।

४. पान, बिँडी, चुराेट, तमाखु, रक्सीबाट टाढै रहने ।

५. राती दही नखाने ।

६. खाना खाएपछि तत्कालै धेरै पानी नपिउने ।

राेग निवारणमा सहायक उपाय

के गर्ने ?

सूर्याेदय हुनुभन्दा अगाडि नै उठेर घुम्न जाने र शारीरिक ब्यायम गर्ने ।

सधैँ नुहाउने ।

बिहान खाली पेटमा सधैँ एक गिलास पानी पिउने ।

खाना खाइसकेपछि कफी पिउनु पर्छ, जसले चित्त प्रशन्न पार्छ र स्फुर्ती अाउँछ ।

के नगर्ने ?

राती धेरैबेरसम्म नबस्ने ।

खाना छिटाेछिटाे नखाने र बीचबीचमा पानी पनि नपिउने ।

सम्भाेगमा धेरै सहभागी नहुने ।

मानसिक उत्तेजना नहाेस् भन्नकाे लागि छिटाे-छिटाे, हडबडीमा काम नगर्ने ।

रिसाउन छाेड्ने ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइका छाै

अपचले निम्त्याउने केहि रोगबारे जानिराखाैँ

किन पच्दैन खाना

त्यसै त खाना राम्रोसँग नपच्ने आम समस्या बन्दै गएको छ । कहिले काहीँ बढी खानु पनि समस्या बन्न सक्छ । चिल्लो, मसलेदार र गलत तरिकाले खानेकुरा सेवन गर्दा खाना राम्रोसँग पच्दैन ।

यतिमात्र नभएर कलेजोमा भएका सबै इन्जाइमले राम्रोसाग काम नगरेको अवस्थतामा अपचको समस्या हुन्छ । जसले निकै दुख दिने गर्छ । ग्यासट्राइटिस, पोट पोल्ने, एसिडिटीलगायत समस्या अपचका लक्षण हुन् । पाचन प्रणाली प्रक्रियामा थुप्रैप्रकारको रोगबाट ग्रसित हुनुपर्छ ।

लाग्छ यस्ता रोग

एलर्जी

अर्थराइटिस

आन्टोड्म्युन डिजिज

छालाको इन्फेक्सन

थकाई र मुड डिसअर्डर

यसकारण पेटमा समस्या

हाम्रो सम्पूर्ण स्वास्थ्यको नियन्त्रण पाचन प्रक्रियामा निर्भर हुन्छ । कलेजोको मेटावोलिज्मको बायप्रंोडक्टको रुपमा पित्तले काम गर्छ । यदि यसले उल्टो असर देखाएमा कब्जियतको समस्या हुन जान्छ । कब्जियतको कारण शरिरमा विषालु तत्वको मात्रा बढेर जाने गर्छ ।

अपचको अर्को कारण

भोजनमा फाइवरको मात्रा कम हुभएमा चिनीको मात्रा बढी भएमा पाचनसम्बन्धि समस्याा आउन सक्छ ।

पोषण तत्वको कमी र उच्च क्यालोरीयुक्त आहारले पनि शरिरमा नराम्रो वयाक्टेरियाको मात्रा बढेर जान्छ । जसले गर्दा आन्द्राको कममा पनि क्षती पुग्न जान्छ ।

पाचन प्रक्रियामा बाधा उत्पन्न गर्ने औषधीको बढी प्रयोगले पनि अपचको समस्या सामना गर्नुपर्छ । एस्पिरिन र पि्रलोसेकजस्ता औषधीको अत्याधिक सेवनले पाचन प्रणालीलाई विगार्ने काम गर्छ ।

पारा र मोल्ड टाक्सिनको मात्राले पनि पाचन प्रक्रियालाई विगार्ने काम गर्छ ।

तनावको कारण पनि नर्व सिस्टममा असर पुग्न जान्छ । जसले पाचन प्रक्रियालाई विगार्ने काम गर्छ । यसको साथै पेटमा व्याक्टेरियाको सन्तुलन पनि विग्रेर जाने गर्छ ।

पाचन प्रक्रिया र व्याक्टेरिया

हाम्रो पेटमा ब्याक्टेरियाका पाँच सय प्रजाति हुन्छन् । जसले खानालार्य पचाउनको लागि मदत पुर्‍याउँछ । यसका साथै व्याक्टेरियाले हार्मोनलाई सन्तुलनमा राख्ने, टाक्सिनलार्य वाहिर निकाल्ने र भिटामिनलगायतका तत्वको निर्माणमा पनि सहायोग पुर्‍याउने गर्छ । जसले पाचन प्रक्रिया र स्वास्थ्य स्वस्थ रहने गर्छ ।

यदि स्वास्थ्यमा प्यारासाइट्स वा यीस्ट जस्ता नकरात्मक व्याक्टेरियाको मात्रा बढेमा, ल्याक्टोवासिलन वा विफिडो ब्याक्टेरियाले राम्रोसँग काम नगरेको अवस्थामा पनि स्वास्थ्य विग्रदै जान्छ ।

खाना अपच भएमा प्रयोग गर्नुपर्ने घरेलु उपचार

खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि बेस्कन चपाएर खाँदा पाचन राम्रो हुन्छ ।

पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन । त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुनुस् । पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ ।

गाजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ ।

पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ । यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने गर्नुपर्छ ।

बढी तनाव लिनुभयो भने पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि हुन्छ । तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ ।

त्यसैले तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ ।

हरेक दिन घ्यूकुमारीको जुस अथवा अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ ।

अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस् ।

पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ ।

मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ ।

भोजनको नियम बारे जानिराखाैँ, कुन सिजनमा के खाने ?

प्रकृतिले मौसम अनुसार विभिन्न अन्न-उत्पादन दिएको छ । जाडो वा गर्मी उत्पादन हुने अन्न, फलफूल, सागसब्जीले हामीलाई त्यही मौसममा हुनसक्ने संभावित समस्याबाट बचाउँछ । बाषिर्क चक्र अनुसार नै विभिन्न फल, अन्न, सागसब्जी उत्पादन हुन्छ । यसरी मौसमी रुपमा प्राकृतिक रुपले उत्पादन भएका खानेकुराले शरीरमा आवश्यक पोषक तत्व प्रदान गर्छ ।

हरेक ऋतुका लागि सोहि अनुसारको खानेकुरा प्रकृतिले दिएको छ । यसरी प्राकृतिक रुपमा उत्पादन भएको मौसमी खानेकुराले हामीलाई संभावित रोगबाट बचाउँछ ।

शिशिर ऋतु

यस मौसममा मुँगको दालको खिचडी, अदुवा वा यस्तै गरम प्रकृतिको भोजन गर्नुपर्छ । चटपटे, चिसो खानेकुरा सेवन गर्नु हुँदैन ।

बसन्त ऋतु

यस मौसमा जौ, चना, गहुँ, मूँग, मसुरको दाल, वैगुन, मुला, परवल, करेलाको सब्जी खानुपर्छ । साथै केरा, सुन्तला, अवला सेवन गर्नुपर्छ । मेथी, जीरा, हिंग, काक्रा आदि पनि लाभदायक हुन्छ ।

ग्रीष्म ऋतु

पुरानो गहुँ, जौ आदि उपयोगी हुन्छ । दुधजन्य परिकार, आँप, करेला, परवल, तरबुजा सेवन गर्नुपर्छ ।

वर्षा ऋतु

खीर, दही, खिचडी एवं हल्का र सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ । यस सिजनमा पाचन शक्ति कमजोर हुन्छ । त्यसैले गरिष्ठ एवं मसलेदार, चिल्लो, पिरो खानेकुरा सेवन गर्नु हुँदैन ।

शरद ऋतु

शीत ऋतुमा खाएको कुरा सजिलै पच्छ । यतिबेला गरिष्ठ भोजन पनि पचाएर शरीरले शक्ति ग्रहण गर्छ । तातो दुध, घिउ, गुड, मिश्री, अमला, कागति, अनार, नरिवल, गोभी सेवन गर्नु राम्रो हुन्छ ।

हेमन्त ऋतु

यो सिजनमा पौष्टिक एवं भिटामिनले भरपुर खानेकुरा सेवन गर्नुपर्छ ।

आवश्यक छ भोजनको नियम

भोजन गर्नुको उदेश्य केवल भोक मेट्नु मात्र होइन । यसको प्रभाव तन, मन एवं मस्तिष्कमा पर्छ । के भनिन्छ भने, गलत ढंगले आर्जन गरेको भोजनले मनलाई दुषित गर्छ ।

त्यस्तै, तारेको, भुटेको, मसलेदार, बासी, एवं गरिष्ठ भोजनले मस्तिष्कमा काम, क्रोध, तनाव आदि पैदा गर्छ । पाचन यन्त्रलाई पनि खराब गर्छ । भोक लागेको भन्दा धेरै कम र धेरै बढी खानेकुराले शरीरलाई रोगग्रस्त बनाउँछ ।

भोजनले उर्जाका साथै सप्त धातु -रगत, मासु, छाला, हड्डी आदि) पुष्ट हुन्छ । केवल खाना खाएर मात्र उर्जा मिल्दैन । खाना खाएपछि त्यसलाई पचाउने क्षमता पनि हुनुपर्छ । पाचन क्षमताका लागि सुपाच्य, स्वस्थ्य, पोषिलो खानेकुरा आवश्यक हुन्छ । त्यस्तै, शारीरिक सक्रियता पनि चाहिन्छ । नियमित व्यायामको खाँचो हुन्छ ।

खाना समय अनुसार खाने कि भोक लागेपछि मात्र ? जानौं फाईदा र बेफाईदा

हामी आजकाल शरिरको आवश्यकताका लागि भन्दा पनि समयका लागि खाना खाने भएका छौं । हामी यति ब्यस्त भएका छौं की खाना खानका लागि पनि कयौंले समय तालिका बनाएका हुन्छौं । तर समय ब्यवस्थापनको यो तरिका सबै तरिकाले हानी नै गर्ने भने अवश्य छैन ।

विहान १० बजे घडि हेर्दै भन्छौं, ‘अहो दश बजिसकेछ अब त खाना खानुपर्छ ।’ अनि अलि विहानको समयमा भन्छौं, ‘बल्ल सात बजेको छ के खाना खानु यत्ति छिटो ?’

अब विचार गर्नुहोस् । हामी आफ्नो आवश्यकता अनुसार चलेका छौं त ? खानाको कुरामा पनि हामीलाई घडिले कजाईरहेको छ । हरेक सेकेण्ड उत्तिकै महत्वपूर्ण ठान्ने हामी आफ्नो शरिरलाई महत्व दिएकै हुँदैनौं । फलस्वरुप आजकाल मानिसहरुलाई लाग्ने रोगका प्रकृतिहरु पनि बदलिएका छन् । मानिसलाई लाग्ने अधिकांश रोगहरु खानपानकै कारण लाग्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

त्यसो भए समयमै खाने कि भोक लागेपछि ? थाहा पाउनुस् भोजनको नियम

भोक लागेपछि खाना खानुका फाइदा

१. शरीरको आवश्यकता पुरा हुन्छ

२. शरीरले पौष्टिक तत्वलाई राम्ररी ग्रहण गर्छ

३. थकान कम हुन्छ

४. काममा ध्यान केन्द्रित गर्न सकिन्छ

५. खाना खानकै लागि समय कुरिरहनु पर्दैन

भोक लागेपछि मात्र खाना खाँदाका बेफाइदा

१. सही पोषकतत्व प्राप्त गर्न सकिन्न

२. आवश्यकताभन्दा बढि खाइन्छ

३. समय व्यवस्थापन गर्न गाह्रो हुन्छ

समयअनुसार खाना खाँदाका फाइदा

१. सेड्यूलमा चल्न शरीर अभ्यस्त हुन्छ

२. एसिडिटी र थकान हुँदैन

३. शरीरलाई खाना सोस्न समय प्राप्त हुन्छ

४. समय व्यवस्थापन गर्न सजिलो हुन्छ

समयअनुसार खाना खाँदाका बेफाइदा

१. भोक मर्छ

२. खाना नाश हुन्छ

३. पेटमा विभिन्न किसिमका समस्या हुन सक्छ

४.जबरजस्ती खाँदा खाना रुच्दैन

५. चाँडै थकान हुन्छ

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।