हाम्रो शरीरलाई दैनिक थोरै मात्रामा शारीरिक सकि्रयताको आवश्यकता हुन्छ । नियमित व्यायामले हाम्रो शारीरिक विकास बढाउँछ र हाम्रो समग्र उत्पादकत्वमा पनि वृद्धि हुन्छ । धेरै वर्षसम्म एकै तरिकाको जीवन व्यतित गर्नु विभिन्न किसिमका गम्भिर समस्याहरुको कारण बन्न सक्छ ।

यसमा शारीरिक स्थितीहरुको साथसाथै मानसिक स्थिती पनि पर्छन् । स्वास्थ्यको दृष्टिले व्यायामका कैयौं फाइदाहरु छन् । तर, अहिले हामी यस्तो जीवनशैलीमा घोटिएका छौं, जसमा नियमित व्यायामको लागि समय मिल्दैन ।

व्यायामका धेरै सकरात्मक पक्ष छन् भने केही नकरात्मक पक्ष छन् । व्यायामका नकरात्मक पक्षतिर भने कमै मानिसहरुको ध्यान जान्छन् । वास्तवमा अत्याधिक व्यायाले प्रजनन् स्वास्थ्यमा पनि दुष्प्रभाव पार्न सक्छ ।

व्यायामका सकरात्मक पक्षहरु

१. मुटुको स्वास्थयमा सुधार

हाम्रो मुटुको स्वास्थ्य सिधै हाम्रो शारीरिक सकि्रयतासँग जोडिएको हुन्छ । हामी जति शारीरिक रुपले जति त्यति नै मुटु स्वस्थ हुन्छ । जो मानिसहरु दैनिक शारीरिक रुपले धेरै सकि्रय हुँदैनन् उनीहरुलाई मुटुसँग जोडिएका विभिन्न रोगहरु लाग्न सक्छ ।

२. राम्रो निन्द्रा आउने

विभिन्न अध्ययनहरुबाट नियमित अभ्यास गर्ने मानिसहरुलाई रातमा निन्द्रा पनि राम्रो आउने प्रमाणित भएको छ । यस्तो यसकारण हुन्छ किनभने व्यायामको कारणले हाम्रो शरीरका सर्केडियन रिदम मजबुत हुन्छ जसले हामीलाई सक्रिय राख्न मद्धत गर्छ । यसै कारणले रातमा राम्रो निन्द्रा आउँछ ।

३. शारीरिक उर्जा बढ्छ

हामीमध्ये कैयौं मानिसहरुको मनमा व्यायामलाई लिएर कैयौं किसिमको भ्रमहरु हुन्छन् जस्तै व्यायामले हाम्रो शरीरको सबै उर्जा सोस्छ र तपाईं दिनभर कुनै काम गर्न पाउनुहुन्न । खासमा हुने यसको ठिक उल्टो हो ।

व्यायामको कारणले तपाईं दिनभर सकि्रय हुनुहुन्छ । किनभने व्यायामको क्रममा हाम्रो शरीरमा केही खास किसिमका हार्मोनहरु रिलिज हुन्छन् जसले हामीलाई दिनभर एक्टिभ बनाइराख्न मद्धत गर्छ ।

४. आत्मविश्वास बढाउँछ

नियमित रुपले व्यायाम गरेर तपाईं आफ्नो शरीरलाई त्यो पर्फेक्ट आकारमा ल्याउन सक्नुहुन्छ जस्तो तपाईं चाहनुहुन्छ । यसले आत्मविश्वास पनि बढ्छ । शरीरको उत्तम बनावट र सकरात्मक सोचको कारणले तपाईं आफ्नो घर वा कार्यालयमा पनि पहिलेभन्दा धेरै राम्रो तरिकाले काम गर्न सक्नुहुन्छ ।

धेरै व्यायाम गर्नुका बेफाइदा

नियमित व्यायाम गर्नुका धेरै फाइदाहरु छन् तर यसका केही बेफाइदा पनि छन् । यसैले शारीरिक सकि्रयतालाई नजरअन्दाज गर्नुभन्दा पनि व्यायाम गर्नुअघि अलि विचार गर्नुपर्छ । व्यायामसँग जोडिएका केही यस्त तथ्य पनि छन् जसले अत्यधिक कसरत गर्नाले शरीरमा नकरात्मक असर पनि पर्छ थाहा हुन्छ ।

१. महिलाहरुलाई हुन्छ गाह्रो

जब एक सामान्य महिलालाई लगातार ३ महिनाभन्दा धेरै समयसम्म सहि तरिकाले महिनावारी हुँदैन यस स्थितीलाई रजोरोध भनिन्छ । यो स्थिती तब पैदा हुन्छ ।

कैयौं महिलाहरुमा यो स्थिती यो कारणले पैदा हुन्छ किनभने उनीहरु शरीरलाई नियमित रुपले उर्जा प्रदान गर्नको लागि आवश्यक क्यालोरी प्रदान गर्ने चीजको सेवन नगरिकन धेरै समय व्यायाम गर्छन् ।

२. प्रजननमा असर

शरीरमा क्यालोरीको कमीको सिधा असर उर्वरतामा मात्रै होइन बरु महिलाहरुको योनैच्छामा पनि यसको प्रभाव पर्छ । यस बाहेक मोटोपनाले पनि यसमा महत्वपूर्ण भूमिका निभाउँछ । किनभने धेरै मोटी महिलाहरु तौल घटाउनको लागि कैयौपटक धेरै कठिन कसरत पनि गर्छन् जसले उनीहरुको उर्वरतामा नकरात्मक असर पर्छ ।

मोटोपनाको कारण शरीरमा एस्ट्रोजन हार्मोनको उत्पादन पनि बढ्छ जसले डिम्ब उत्पादन र महिनावारीलाई प्रभावित गर्छ र त्यससँगै बाँझोपनाको खतरा बढ्छ ।

यस्तै कम उमेरका केही महिलाहरु पनि धेरै कठिन व्यायाम गर्छन् जसले एस्ट्रोजनको स्तर बढ्छ र उनीहरुको महिनावारी चक्रमा बाधा पुर्याउँछ । यदि एस्ट्रोजनको स्तर धेरै परिवर्तन भयो भने गर्भधारण गर्नमा विभिन्न समस्याको सामना गर्नुपर्छ ।

महिलाहरुले प्रयोग गर्ने धेरैजसो गर्भनिरोधक औषधिहरुमा एस्ट्रोजनको स्तर धेरै हुन्छ । त्यसैले त्यसको सेवन गरेपछि महिलाहरु आँफैलाई गर्भवती हुनबाट रोक्न सक्छन् । धेरै व्यायामको कारणले पनि एस्ट्रोजनको स्तर बढ्छ ।

यसैले यदि कोही महिला गर्भधारण गर्न चाहन्छिन् भने उनीहरुलाई हेभी एक्सरसाइजबाट बँच्नुपर्छ । र, सामान्य दिनचर्याको पालना गर्नुपर्छ ।

३. पुरुषहरुको शुक्राणु संख्या घट्छ

पुरुषहरुमा हेभी व्यायामको कारण शरीरमा शुक्राणुको संख्यामा कमी आउन सक्छ । जुन सिधारुपमा उसको उर्वरतासँग जोडिएको हुन्छ । हामीमध्ये कैयौं यस्ता मानिसहरु छौं जो आफ्नो शरीरलाई मेन्टेन गर्नको लागि लामो समयसम्म कठिन व्यायाम अपनाउँछौं ।

यदि तपाईं अत्याधिक थकाउने कठिन व्यायाम गर्नुहुन्छ भने तपाईंंको शरीरमा जसले सामान्य ट्रेनिङ सेसन फलो गर्ने मानिसहरुमा भन्दा कम शुक्राणु संख्या हुने सम्भावना हुन्छ ।

लामो समयसम्म थकाउने कठिन व्यायाम गर्नाले न शुक्राणुको संख्यामा कमी आउने मात्रै नभई प्रजनन् क्षमतामा पनि कमी आउन सक्छ । त्यस्तै कडा प्रतिरक्षा व्यायाम सेसनले फाइदा पुर्याउनको सट्टा नोक्सान पनि पुर्याउन सक्छ किनभने यसले शरीरमा टेस्टोस्टेरोनको उत्पादन बढ्छ ।

जसले पुरुषमा उर्वर क्षमता बढाउन काम गर्ने अन्य हार्मोनमा प्रतिकुल असर पुर्याउँछन् र तपाईंको महिलासाथीलाई गर्भधारण गर्नमा कठिनाइको सामना गर्नुपर्छ ।

के गर्ने ?

नियमित व्यायाम गर्नाको साथसाथै पर्याप्त पोषण पनि आवश्यक छ किनभने तपाईंको शरीरलाई नियमित रुपले क्यालोरी र पोषक तत्वको आवश्यकता पर्छ ।

खासगरी जब तपाईं एक्सरसाइजको क्रममा धेरै उर्जा गुमाउनुहुन्छ त्यतिखेर पुरुषले समयसमयमा आफ्नो स्पर्म काउन्टलाई चेक गरिरहनुपर्छ ।

त्यस्तै महिलाहरुले आफ्नो गर्भधारणको क्षमतालाई जाँच गराई रहनुपर्छ । यसले समस्याको समाधान गर्न र सामान्य जीवन जिउन मद्धत मिल्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

बाल्यकालको व्यायामले मोटोपन र क्यान्सरको सम्भावना कम हुन्छ । आफ्ना बच्चालाई व्यायाम गराउँनुहोस्

सन्तुलित भोजन र नियमित व्यायामलाई पुस्तौंदेखि स्वस्थ रहने र जीवनशैलीका कारण लाग्नसक्ने रोगको जोखिम न्यून गर्ने उपाय मानिँदै आएको छ । स्वास्थ्यविदहरू शारीरिक रुपमा निस्क्रिय बालबालिकाको तुलनामा नियमित व्यायाम गर्ने, खेल्ने कुद्ने बालबालिकामा रोगप्रतिरोध क्षमता बढ्ने र क्यान्सर तथा मोटोपनको जोखिम न्यून हुने बताउँछन् ।

व्यायामले धेरै चिल्लोयुक्त भोजनले निम्त्याउने मोटोपनजस्ता नकारात्मक प्रभावको जोखिम घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । हालै भएको एउटा अध्ययनले नियमित व्यायाम गर्ने किशोरकिशोरीलाई मोटोपन, मुटुसम्बन्धी रोग र क्यान्सरको जोखिम न्यून हुने पत्ता लगाएको छ । यो अध्ययनको विस्तृत विवरण ‘द जर्नल फ्रन्टियर्स इन फिजियोलजी’मा प्रकाशित छ। अध्ययनले व्यायाम गर्न छाडेको निकै पछिसम्म पनि हाम्रा हाडमा ऊर्जा सञ्चित भइरहने देखाएको छ ।

अनुसन्धानकर्ताको समूहले मुसामा गरेको परीक्षणमा विभिन्न प्रकारका खाना (चिल्लोयुक्त) दिएर व्यायाम गराएर मुसाका हाडको स्वस्थता र पाचन क्रियाको तुलना गरेका थिए । उनीहरूले बोन म्यारोमा रहेका वंशाणुको क्रियाकलापबारे सूचना दिने ‘मेसेन्जर मोलेक्युल’को गतिविधि न्यून पारेका थिए । अध्ययनमा धेरै चिल्लो खाए पनि व्यायाम गर्ने मुसामा जलन उत्पन्न गराउने वंशाणू निस्क्रिय भएको पत्ता लाग्यो ।

‘अझ महत्वपूर्ण तथ्य के थियो भने, मुसाले व्यायाम गर्न छाडेको निकै समयपछि जीवनको आधा उमेरमा पनि व्यायामको असर भने कायमै थियो,’ न्युजिल्यान्डको युनिभर्सिटी अफ अकल्यान्डका मोलेक्युलर जेनेटिसिस्ट जस्टिन ओ’ सुलिभानले भने, ‘बोनम्यारोले व्यायामका असर स्मरण गरिरहेको पाइयो । मोटाए पनि सानोमा गरेको व्यायामले धेरै चिल्लोयुक्त भोजनका नकारात्मक प्रभावबाट मुसालाई जोगाइरहेको थियो ।’

अध्ययनले बाल्यकाल र किशोरावस्था हाम्रा शरीरका हाडको विकास तथा वृद्धि हुने समय भएकाले यसबेला गरिने व्यायामले अधवैंशे उमेरमा समेत स्वस्थ रहन सघाउने पत्ता लगायो । ‘तपाईंको ‘बोनमास’ जति छिटो पूर्ण हुन्छ, युवावस्थामा त्यही अनुपातमा हाड भाँच्चिने वा हाडसम्बन्धी आउने समस्या पनि न्यून हुन्छन्,’ युनिभर्सिटी अफ अकल्यान्डको लिगिन्स इन्स्टिच्युटका एल्विन फर्थ भन्छन् ।

यसबाहेक अध्ययनले भोजन पचेपछि व्यायाम गर्ने मुसाका हाडले ऊर्जा प्रवाहको बाटो नै परिवर्तन गरेको देखायो । अर्थात् ऊर्जा प्रवाहको बाटो परिवर्तनले धेरै चिल्लोयुक्त भोजनले पार्ने खराब असरलाई नै बिगारिदिएको पाइयो । अहिले मोटोपन विश्वभर ठूलै संक्रामक रोगजस्तै भएको छ, जुन अस्वस्थ जीवनशैलीले निम्तिन्छ। मोटोपनले उच्च रक्तचाप, मधुमेह, मुटुसम्बन्धी रोगहरू र क्यान्सरसम्म हुने जोखिम बढाउँछ ।

मोटोपनबाट छुटकारा पाउन चाहनुहुन्छ ? यदि त्यसो हो भने यि कुराहरुलाई ध्यान दिनुहोस्

खाना नियमित खानुहोस्

१. आफुले खाने खानाहरुको बारेमा टिपोट बनाएर फुड जर्नल बनाउनुहोस ।

२. यदी तपाई आफ्नो तौल छिटो घटाउन चाहनुहुन्छ भने दिनको कम्तिमा पनि १ घण्टा सामान्य शारिरिक अभ्यास गर्नुहोस् ।

दैनिक गरिने शारिरिक अभ्यासले तपाईलाई फिट र स्लिम बनाउँछ । छिटो तौल घटाउन गरिने एक्सरसाइजहरु निम्न छन्

कार्डियो र स्टेन्थ ट्रेनिङ

कार्डियो एक्सरसाइजले तपाइलाई क्यालोरी जलाउन मद्धत गर्छ ।

दिनको एक घण्टा पसिना आउने गरि कार्डियो एक्सरसाइज गर्नाले तपाईलाई छिटो तौल घटाउन मद्धत पुग्छ ।

१. छिटो तौल घटाउन छ भने खानामा नुनको मात्रा कम, चिनी एकदमै कम र चिल्लो कम गरेर खाने ।

२. दुग्धजन्य पदार्थहरु कम खाने ।

३. ताजा फलफूल, अण्डाको सेतो भाग, सागसब्जीहरु, माछा र चिल्लो कम भएका खाना खाने ।

छिटो तौल घटाउने डाइट प्लान यसरी बनाउनुस् 

१. फलफूल र सागसब्जीहरु पेटभरी खानुहोस

२. दैनिक ८ देखि १० गिलास सम्म पानी पिउनुहोस्

३. एकै चोटी धेरै खाना खानुको सट्टा दिनभरमा ५–६ पटक थोरै थोरै खाना खानुहोस

४. तारेको खानेकुराहरु, भात, आलु, ब्रेडहरु, पास्ता लगाएतका खानेकुराहरु कम खानुहोस्

५. आफुलाई व्यस्त राख्नुहोस यसो गर्दा तपाइलाई बोर लाग्दैन र खान मन लाग्दैन

क्रयास डाइट

तौल घटाउनलाई डाइटिङ गर्नु सामान्य भइसकेको छ । क्रयास डाइटमा थोरै खानामा पनि धेरै पोषण हुन्छ यो भोकै बस्नुभन्दा थोरै भिन्न छ र चाडो तौल घटाउन सहयोग गर्छ ।

तर, यो तरिकाले कहिलेकाँही उल्टो हानी गर्न पनि सक्छ किनभने तपाईले तौल घटाएपछि तपाइले डाइटिङ बन्द गरेपछि फेरी तौल बढ्न सक्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।