हामी सबै अवसरकाे पर्खाइमा हुन्छाै । तर यत्तिकै बसेर अवसर आउदैन । यसकाे लागी प्रयास गर्न जरूरी छ । एउटा काममा अत्यन्तै व्यस्त रहनुभयाे भने तपाइलाइ कतिबेला अवसर आयाे र गयाे भन्ने पत्ताे नै हुदैन । तपाइकाे हरेक दिन तनाव र एकहाेराे रूटिनमा बितिरहेकाे हुन्छ । त्यसैले आफ्नाे लागी समय निकाल्नुहाेस । दिमाग फ्रेस बनाउनुहाेस र रचनात्मक कुराहरू साेच्नुहाेस । भेटघाट, कार्यक्रममा सहभागीता आदिकाे लागी समय मिलाउनुहाेस ।

सानै भएपनि काम पाउनुभयाे भने इमान्दारीपुर्वक काम गर्नुहाेस । जब तपाइले काम गरेर अरूप्रति विश्वास दिलाउन सक्नुहुन्छ, तब त्यहि नै तपाइकाे लागी अवसरहरू सिर्जना हुन थाल्छन । र, त्यहि काममा नै तपाइले आफ्नाे करियर देख्नु भएकाे छ भने सुरूवातमा पैसालाइ भन्दा बढि कामलाइ महत्व दिनुहाेस । त्यसपछि तपाइले अरू अवसर पनि पाउदै जानुहुन्छ र तपाइकाे आम्दानी पनि बढ्न थाल्दछ ।

आफुले काम गर्ने क्षेत्रका मानीसहरू संग चिनचान गर्नुहाेस । ति मानिसहरू संगकाे भेटघाटमा पनि आफ्नाे विचार राख्ने गर्नुहाेस । आफ्नाे क्षेत्रमा काम गर्दै गरेका आफ्नाे उमेरका व्यक्तिलाइ साथी बनाउनुहाेस । यसले गर्दा आफ्नाे कामकाे क्षेत्रका नयाँ अवसरहरूकाे बारेमा थाहापाउन सकिन्छ ।

 

तपाइलाइ कसैले केहि अवसर दिया वा आफ्नाे काममा कुनै पनि सहयाेग गर्याे भने उसलाइ धन्यवाद दिनुहाेस । उसलाइ धन्यवाद पत्रकाे रूपमा इमेल पनि गर्न सक्नुहुन्छ या भेटेर धन्यवाद स्वरूप केहि उपहार पनि दिन सक्नुहुनेछ । यसाे गर्दा तपाइकाे सम्बन्ध पनि राम्राे बनिरहन्छ । तपाइलाइ अवसर दिएकाे व्यक्तिमा पनि तपाइ प्रति सकारात्मक धारणा बन्न सक्छ । जसले गर्दा तपाइलाइ अरू अवसर मिल्ने सम्भावना रहन्छ । र, तपाइकाे नेटवर्क पनि विस्तार हुन्छ ।

हामीले यहाँ अवसर कसरी प्राप्त गर्ने भन्नेबारे अझ बढि स्पष्ट हुनका लागी एक भिडियाे पनि लिएर आएका छाै । याे भिडियाे तपाइ अन्तिमसम्म हेर्नुहाेस र तपाइलाइ यसबाट सहयाेग पनि मिल्नेछ कि कसरी आफ्नाे जीवनमा धेरै भन्दा धेरै अवसर प्राप्त गर्न सकिन्छ भनेर, त्यसैले अझ स्पष्ट हुनका लागी याे भिडियाे हेर्नुहाेस ।

अन्य जानकारी

स्मार्ट कसरी बन्ने ?

‘स्मार्ट’ हुनु सबैको सबैको चाहना हुन्छ । बाहिरि आवरणले नभई भित्र ज्ञान र व्यवहारले ‘स्मार्ट’ हुनु जरुरि छ । त्यसैले अाज हामीले स्मार्ट कसरी हुने भन्नेबारे एक भिडियाे लिएर अाएक छाै । अाउनुहाेस सुरू गराै ।

1. प्रत्येक दिन पत्रिका पढ्ने बानी बसाल्नुहोस् । यसले गर्दा तपाइमा केहि नयाँ ज्ञान थपिन्छ र तपाइ अरू भन्दा स्मार्ट देखिनु हुनेछ ।

2. समयलाई एकदमै ख्याल गर्नुहोस् । समय तालिका अनुसार हिड्नु अझ उपयुक्त हुन्छ । यसाे गर्नाले तपाइमा हरेक काममा पनि स्मार्ट बन्नुहुनेछ ।

3. अनुत्पादनशील कामभन्दा उत्पादनशील काममा बढी समय खर्चीनुहोस् । यसले तपाइमा भविष्यकाे लागी पनि नयाँ उर्जा प्रदान गर्न मद्दत गर्दछ ।

4. कुनै पनि कुराको बारेमा जान्न र नयाँ कुरा सिक्नको लागि उत्सुक रहिरहनुहोस । यसाे गर्नु भयाे भने तपाइकाे दिमागी क्षमता पनि बढ्ने छ ।

5. नयाँ प्रविधि बारेमा ‘अपडेट’ रहनुहोस् । नयाँ प्रविधि बारे अपडेट रहदा तपाइ सधै नै अरू भन्दा एक कदम अगाडी बढ्नुहुनेछ ।

6. आफ्नो रुचीको क्षेत्रको धेरै भन्दा धेरै जानकारी लिनुहोस् र त्यो क्षेत्रका मान्छेहरुसंग सम्बन्ध बढाउनुहोस् र हरेक मानिसकाे अगाडी स्मार्ट बन्नुहाेस ।

7. पाठ्यक्रम भन्दा बाहिरको किताब पनि पढ्ने बानी विकास गर्नुभयाे भने तपाइकाे व्यक्तित्व विकासमा पनि सघाउ पुग्छ र तपाइकाे पनि चाैतर्फि ज्ञान बढ्छ ।

8. प्रेरक भिडियो हेर्ने र प्रेरक कुराहरु पढ्ने गर्नुहोस् र हेरिसके पछि ति प्रेरक कुराहरू अरूलाइ पनि भन्नुहाेस ।

9. आफ्नो दिमागमा खेलेका विचार योजना, लक्ष्य र भावनाहरुलाई लेख्ने गर्नुहोस् र त्यसैद्वारा अाफ्नाे दैनिकिलाइ सान्दर्भिक बनाउनुहाेस ।

10. आफूले जानेको कुराहरु अरुलाई बताउने, समूहमा कुराकानी गर्ने तथा विचार राख्ने गर्नुभयाे भने तपाइ स्मार्ट त बन्नुनै हुनेछ र यसका साथै तपाइ अरूकाे नजरमा पनि महान बन्नुहुनेछ ।

11. आफ्नो अनुहारमा मुस्कान ल्याईरहनुहोस् र सधै अरूलाइ पनि मुस्कुराउनकाे लागी प्रेरित गर्नुहाेस ।

12. पहिरन छनोट गर्दा आफूलाई सजिलो हुने र शरीर अनुसार उपयुक्त पहिरन छनोट गर्नुभयाे भने तपाइ अरूकाे अगाडी भित्रैबाट स्मार्ट फिल गर्नुहुनेछ ।

13. सकारात्मक सोंच राख्ने र ऊर्जाशील व्यक्तिहरुको संगत गर्नुभयाे भने तपाइकाे दिमाग र मनबाट विस्तारै अाफै सबै नकारात्मक कुराहरू हट्दै जानेछ ।

भिडियाे हेर्नुहाेस ः