जानकारीका लागि रायो, तोरीको परिवारमा पर्ने तोरी हो जस्तै तर तोरीको भन्दा ठूलो पात भएको मूख्य रूपमा तरकारीको रूपमा प्रयोग गरिने तेलहन बाली हो। यसको खेती मूख्य रूपमा साउन-भदौ देखि सुरु गरिन्छ र यो पौष-माघ सम्म रहन्छ । यसलाई हरियो छँदै टिपेर गुन्द्रुक पनि हाल्ने गरिन्छ । रायो खेतीको लागि सिँचाइ र पहारको आवश्यकता पर्दछ।

सागसब्जीमा रायोलाई राजा मानिन्छ । स्वादका हिसाबले मात्रै नभएर यसको पौष्टिकता र औषधिय गुणले पनि यो राजा भनिन लायक छ । विभिन्न पौष्टिकताले भरिएको रायोमा निकै सकारात्मक कुराहरु छन् यसका साथै रायोको तरकारी खाँदा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ ।

१.डन्डीफोर कम गर्छ

रायोको सागमा पाइने तत्व डन्डीफोरको समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ । छालालाई इन्फेक्सनबाट जोगाउने तन्तुलाई यसले बलियो बनाउँछ ।

२.गर्भवतीलाई लाभ गर्छ

गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन केको कमीका कारण यस्तो हुनेगर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भवती महिलाका लागि उपयुक्त हुन्छ ।

३.रुघाखोकीबाट जोगाउँछ

रुघाखोकी लागिरहने मानिसले रायोका साग खानुपर्छ । रायो भिटामिन सीको राम्रो स्रोत हो । भिटामिन सीले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन आदिबाट जोगाउँछ ।

४.पत्थरी हुन दिँदैन

पिसाबनलीमा पत्थरी हुने जोखिमलाई पनि रायोको सागले कम गरिदिन्छ । पथरी भइसकेकालाई पनि यसले लाभ गर्छ ।

५.बाथका रोगीलाई राहत दिन्छ

रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ ।

६.जोर्नी र हड्डी बलियो बनाउँछ

रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन के ले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी हो ।

७.महिनावारीमा राहत दिन्छ

रायोको सागमा पाइने भिटामिन–केले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ । शरीरका विकार फाल्छ ।

८.शरीरका विकार फाल्छ

रायोको सागमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ । यी तीनवटै तत्वले एन्टी अक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तत्वले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीर बाहिर निकाल्छन् ।

९.स्मरणशक्ति बढाउँछ

उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ । प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।

१०.आँखा तेजिलो बनाउँछ

रायोको सागमा भिटामिन ए पाइन्छ । जो स्वस्थ आँखाका लागि अपरिहार्य हो । यसले रतन्धोलगायत आँखाका सम्पूर्ण समस्याबाट राहत दिलाउँछ ।

११.मुटु बलियो बनाउँछ

मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानुपर्छ ।

१२.क्यान्सरबाट जोगाउँछ

रायोको सागमा पाइने भिटामिन केले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिम कम गर्छ । कलेजोको क्यान्सर भएकाहरूका लागि पनि रायोको साग खानु राम्रो हो भोजनमा रायोको साग नियमित खाँदा क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

रायोको साग खाँदा अपनाउनुपर्ने सावधानी

रायोको साग जुनसुकै अवस्थामा पनि खान भने हुदैन । विभिन्न केहि अवस्थामा रायोको सब्जी खानु उपयुक्त हुदैन । त्यस्तै जुनसुकै मसलामा पनि रायोको सब्जी खानु ठिक हुदैन । यसैले रायोको साग खाँदा तलका कुराहरु याद गर्नुहोला ।

१.बढी नपकाउने

रायो बढी पकाउँदा यसमा पाइने उपयोगी पदार्थ हराएर जान्छन् । यसैले रायोको सागलाई बेस्सरी पकाउँने नगर्नुहोला । थोरै नुन राखेर केहि बेर मध्यम तापमा पकाएको रायो स्वास्थ्यका लागि पनि फाइदाकारी हुन्छ भने स्वादिलो पनि हुन्छ ।

२.बेसार नहाल्ने

यसै पनि सागमा हत्तपती बेसार त कसैले पनि हाल्दैन तर धेरैलाई लाग्न सक्छ कि बेसार पनि असाध्यै धेरै औषधिय गुणले भरिएको मसला हो । यसैले यसलाई जेमा पनि अलिअलि मिसाएर खाँदा फाइदा हुन्छ तर त्यस्तो सँधै हुदैन । रायोको सागमा बेसार हाल्दा त्यसले स्वास्थ्यमा हानी गर्छ ।

३.राती नखाने

रायोको साग रातीको भोजनमा खानु हुँदैछ । राती रायो पच्न गाह्रो हुन्छ । बिहान अथवा दिउँसोको खाना र खाजामा रायोको साग खानु ठीक हो ।

रायोको दानाको के फाइदा ?

रायोको सागको मात्रै होइन, रायोको दानाको पनि बेग्लै विशेषता हुन्छ । रायोको दानाको केहि औषधिय गुणहरु तल बमोजिम छन् :

पाचनशक्ति कमजोर छ भने रायोको दाना पिसेर यसलाई तरकारीमा हालेर हप्तादिनजति खानाले पाचनशक्ति बलियो बन्दै जान्छ । यसो गर्नाले भोक नलाग्ने समस्या पनि हटेर जान्छ ।

रुघा लागेमा रायोको दाना पिसेर यसलाई महमा मिसाई सुँघ्नाले सञ्चो हुन्छ ।

रायोको गेडाको चूर्णलाई तातोपानीमा हालेर घोली कुल्ला गर्नाले दाँतको दुखाइ कम हन्छ ।

बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी छ भने उसलाई रायोको चूर्णलाई चिसोपानीमा मिसाएर पिलाउने गर्नुपर्छ ।

रायोको सागमा भिटामिन–ए प्रशस्त पाइने भएकाले यसले रतन्धोलगायत रोगबाट केटाकेटीलाई बचाउँछ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

स्वास्थ्यका लागि वर्षायाममा हरियो सागसब्जी कत्तिको लाभदायक ?

सागसब्जी खानु स्वास्थ्यका लागि लाभदायक छ । तर, वर्षायाममा ? मौसममा आउने परिर्वतनले हाम्रो जीवनशैलीमा पनि प्रभाव पार्छ । हामी आफ्नो जीवनशैली मौसमको हिसावले परिवर्तन गर्न बाध्य हुन्छौं । जाडो समयमा न्यानो र तातो खानेकुरा हाम्रो रोजाईमा पर्छ भने गर्मी मौसममा चिसो र शितलता प्रदान गर्ने खानेकुरा र पहिरनको छनौट गर्छौं ।

यी मौसम बाहेक वर्षायाममा पनि हाम्रो खानेकुरा र पहिरनमा केही न केही फरक भने अवश्य हुन्छ । यो मौसममा कहिले चिसो त कहिले तातोको अनुभव हुने भएकोले अरु मौसम भन्दा वर्षायाम अलि फरक हुन्छ ।

यो समयमा खानेकुराहरु पनि भिन्दै किसिमको खान मन लाग्छ । पानी परिरहेको समयमा तात्तातो पाकौडा र चियाको कल्पनाले पनि मन नै फुरुङ पारिदिन्छ ।

यद्यपि, वर्षायाममा खाने खाद्य पदार्थमा अरु समयमा भन्दा बढि ध्यान दिनु आवश्यक छ । अन्य मौसममा स्वस्थकर मानिने हरीया तरकारी वर्षातको मौसममा स्वास्थको लागि हानिकारक पनि हुन सक्छ ।

हिजाआज बजारमा वेमौसमी तरकारीहरु जस्तै काउली, बन्दाहरु समेत उपलब्ध हुन थालेका छन् । जसको सेवनले हाम्रो स्वास्थलाई हानी पुर्‍याउन सक्छ । त्यस्ता पात भएका तरकारीमा रोगका किटाणुहरु, किराहरु समावेश भएका हुन्छन् । जसको सेवन गर्नाले हामीलाई विभिन्न रोग लाग्न सक्छ ।

वर्षायाममा ती हरीया तरकारीहरुको पातमा रोगका किटाणुहरु लुकेका हुन्छन् । ती रोगका किटाणुहरुले फोहोर र आकाशबाट परेको पानीसंगै ती तरकारीका पातहरुमा आफ्नो घर बनाएका हुन्छन् ।

वर्षायाममा धेरै बिरामी हुने प्रमुख कारण नै तरकारीबाट फैलने संक्रमणहरु हुन् । वषर्ायाममा तरकारीबाट फैलने संक्रमणहरुबाट बच्नका लागि के गर्ने ?

पानीमा उमालेर मात्र तरकारी पखाल्ने

जसरी हामी पिउने पानी उमालेर मात्र पिउँछौ, त्यसैगरि सागपात र फलफुल पनि उमालेको पानीले पखाल्नु पर्छ ।

सूर्य किरणबाट उत्पन्न हुने तातो

वर्षायाममा सूर्यको किरण केहि मध्यम हुन्छ, जसका कारण सबैतिर ओसिलो र चिपचिप हुने गर्छ । ओसिलोपनका कारण स-साना किटाणु तथा भाइरस बढ्न थाल्छ ।

त्यस्तो परिस्थितिमा किटाणु समावेश भएका तरकारी खानाले हाम्रो पाचन प्रक्रियामा सिधा असर गर्छ । जसका कारण शरीरमा विभिन्न प्रकारका रोगहरु उत्पन्न हुन थाल्छ । छालाको एलर्जी, टाइफाइड, झाडावान्ता जस्ता अनेक समस्याहरु वर्षायाममा देखिने रोगहरु हुन् ।

तरकारीमा लगाईने केमिकल इन्जेक्शनबाट बच्न

वर्षायाममा तरकारीलाई हरीयो देखाउनका लागि तरकारी उत्पादकहरुले ती तरकारीहरुमा हानिकारक केमिकलयुक्त इन्जेक्सन लगाउने गर्छन् । जुन हाम्रो शरीरका लागि अति नै नोक्सानदायक हुन्छ । त्यसले हाम्रा छाला र पेट सम्बन्धि समस्या उत्पन्न गराउँछ ।

लो मेटाबोलिज्म (पाचनपक्रिया)लाई ध्यान दिनुहोस्

वर्षायाममा हाम्रो पाचनपक्रिया सुस्त हुने गर्छ । त्यसैले स्वस्थ्यकर र स्वादिलो खाना खानु पर्छ भनेर काँचो, तेलयुक्त, धेरै पिरो, मसलायुक्त र पात भएको तरकारी सेवन गर्नु हुँदैन । त्यस्ता खानेकुराले पेट फुल्ने, अपच हुने, झाडाबान्ता हुने तथा ज्वरो आउने जस्ता समस्याहरु उत्पन्न हुन्छन् ।

ध्यान दिनु पर्ने कुराहरु

वर्षायाममा हाम्रो उर्जा शक्ति कम हुने भएकोले विहानको खाना खाए पछि सुत्नु हुँदैन । हरियो पात भएको तरकारी भन्दा मौसम अनुसारको भिन्डि, परवर, बोडि, तितेकरेला जस्ता तरकारीहरु सेवन गर्नु पर्छ ।

बाहिरका झिंगा भन्केका खानेकुरा तथा पात भएका तरकारी तथा ती तरकारीबाट बनेका खानेकुराहरुको सेवन गर्नु हुँदैन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।