मासुको चर्चा गर्नुअघि फ्याट अर्थात् चिल्लो पदार्थको वर्गीकरणवारे बुझ्न जरुरी छ । फ्याट दुई प्रकारका हुन्छन्, स्याचुरेटेड र अनस्याचुरेटेड । रसायनको मात्रा ९केमिकल कम्पोजिसन० ले नै यसको निर्धारण गर्छ । स्याचुरेटेड फ्याट स्वास्थ्यका लागि हानिकारक हो भने अनस्याचुरेटेडले स्वास्थ्यलाई फाइदा गर्छ ।

खसी र राँगाको रातो मासुमा स्याचुरेटेड फ्याट बढी हुन्छ । बोसोलाई स्याचुरेटेड फ्याटको उदाहरण मान्न सकिन्छ । त्यसमा प्रोटिन पनि बढी हुन्छ । जनावरजन्य उत्पादन अर्थात् मासु, दूध लगायतमा यसको मात्रा ज्यादा हुन्छ । एउटा सामान्य व्यक्तिले पनि स्याचुरेटेड फ्याट भएको खाना धेरै प्रयोग गर्नु हुँदैन । बिरामीका लागि त यो झन् घातक हुन्छ ।

स्याचुरेटेड फ्याटयुक्त खानाले कोलेस्टेरोलको मात्रा बढाउँछ । कोलेस्टेरोलले मुटु तथा रक्तप्रवाहमा अवरोधलगायत समस्या हुन सक्छन् । खानामा स्याचुरेटेड फ्याटको मात्रा १० प्रतिशतभन्दा कम हुनुपर्छ ।जुन खानामा स्याचुरेटेड फ्याट बढी छ, त्यसलाई सकेसम्म जोड नदिनु नै राम्रो विकल्प हो ।

मासुमा स्याचुरेटेड फ्याट बढी हुन्छ, तर सामान्य मानिसले त्यसकै आधारमा मासु खाँदिन भन्नु व्यावहारिक कुरा होइन । सर्वप्रथम व्यक्तिले आफ्नो स्वास्थ्यमा कोलेस्टेरोलको मात्रा कस्तो छ, त्यसबारे ध्यान पु¥याउन जरुरी छ । कोलेस्टेरोलको मात्रा नियन्त्रणमा छ भने केही बढी खान सकिन्छ तर यसको मात्रा बढेको छ भने मासुजन्य परिकारमा आफूलाई नियन्त्रित गर्न सक्नुपर्छ ।

जसले आफ्नो कोलेस्टेरोल परीक्षण गरेकै छैन, उसले आफ्नो कोलेस्टेरोल उच्च भएको अनुमान गरी सोही अनुसार खानाको योजना बनाउनुपर्छ ।मासु खाँदा स्याचुरेटेड फ्याटलाई कसरी घटाउने रु त्यसतर्फ पनि ध्यान दिन जरुरी हुन्छ । एक, यसमा फ्याट र प्रोटिन बढी हुने कारणले क्यालोरी पनि बढी हुन्छ । क्यालोरी बढी भएकै कारण मोटोपन बढ्ने हो ।

दुई, फ्याटकै कारण कोलेस्टेरोल बढ्ने समस्या पनि उत्तिकै रहन्छ । युरिक एसिडको समस्या हुनेका लागि मासुमा पाइने प्रोटिन पनि समस्या हुन सक्छ । मिर्गौलासम्बन्धी रोगीले पनि बढी प्रोटिन हुने परिकार खान मिल्दैन । यीबाहेक सामान्य मानिसका लागि भने उच्च प्रोटिनयुक्त खाना राम्रो कुरा हो । क्यालोरी अनुसारको शारीरिक परिश्रम गर्ने व्यक्तिले मासु सहजै पचाउन सक्छन् ।

तर, मासुका कारण शरिरमा जाने स्याचुरेटेड फ्याटले खराब कोलेस्टेरोल बढाउँछ ।हाम्रो खानामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ हुन्छन् । सँगसँगै भिटामिन, लवण र फाइबर पनि जोडिन आ“उछन् । मासुमा कार्बोहाइड्रेट कम हुन्छ, तर प्रोटिन बढी हुन्छ । स्याचुरेटेड फ्याटले खराब कोलेस्टेरोल बनाउँछ भने अनस्याचुरेटेडले राम्रो कोलेस्टेरोल बनाउँछ ।

खसी र माछाको मासु तुलना गरौँ । माछामा अनस्याचुरेटेड फ्याट बढी र स्याचुरेटेड फ्याट एकदमै कम हुन्छ । खसीमा भने ठीक उल्टो हुन्छ । खसीले ब्याड र माछाले गुड कोलेस्टेरोल बढाउँछ । त्यसैले हामी खराब कोलेस्टेरोल बढाउने खानाप्रति निकै सचेत हुनुपर्छ । माछा र खसीमै तुलना गर्दा स्वास्थ्यका लागि माछा उपयुक्त देखिन्छ ।

तर, स्वादका लागि सबैले खसी नै छान्ने गर्छन् । यसमा हाम्रो खाद्य बानीले पनि भूमिका खेलेको हुन्छ । स्वास्थयखबर पत्रिकाले छापेको छ ।कोलेस्टेरोल, मोटोपन, युरिक एसिड र ग्यास्ट्रिकको समस्या हुनेले मासुको प्रयोग कम र ज्यादा होसियारीपूर्वक गर्नुपर्छ । खसी वा अरू रातो मासुभन्दा कुखुराको मासु राम्रो हो ।

धेरैमा यसले कोलेस्टेरोल बढाउँदैन भन्ने भ्रम छ । तर, यथार्थमा जुनसुकै जनावरजन्य उत्पादनले कोलेस्टेरोल बढाउँछ । खसीभन्दा माछा राम्रो हो । तर, त्यसलाई पनि तेलमा ज्यादा पकाएर खानुको साटो माइक्रोओभनमा ‘ग्रिल’ गरेर खानु राम्रो हो । स्वास्थ्यकर मासु पनि पकाउने विधि सही भएन भने अस्वास्थ्यकर हुने खतरा रहन्छ ।

थप जानकारीः

रातो मासु खाने यी हुन् सही तरीका

दशैंमा रातो मासुको खपत बढी हुने गर्छ । विशेषगरी, खसी, बोका, भेडा र च्यांग्राको मासु दशैंमा अन्य बेलाको तुलनामा ८० प्रतिशतसम्म बढी खपत हुन्छ ।रातो मासुको अत्यधिक सेवनले तौल बढ्नुका साथै बोसो लाग्ने गर्छ । त्यसबाट बच्न सही तरीका अपनाउनु जरुरी छ ।

बोसोरहित मासु

प्रोटिनको मुख्य आधार मानिने रातो मासुमा बोसोको मात्रा अधिक हुन्छ । यस्ता मासु मनपरि तरीकाले सेवन गर्दा तौल बढ्छ । त्यसका लागि मासु काट्दै ध्यान दिनुपर्छ ।सकेसम्म बोसो तथा छालारहित मासु छनोट गर्नुपर्छ । छातिको मासुमा बोसो कम हुन्छ ।

क्यालोरी घटाऊँ

बिनाडाइटिङ शरीरको तौल घटाउने अर्को उपाय भनेको क्यालोरीयुक्त खानेकुरा कम गर्नु हो ।एक अध्ययनका अनुसार एउटा मानिसले दिनमा आफूले लिने पाँच सय क्यालोरी कम गर्दा सातामा करिब एक पाउन्ड घटाउन सकिन्छ ।

पौष्टिक आहारमा सन्तुलन

शरीरको अतिरिक्त तौल कम गर्न पौष्टिक आहारमा सन्तुलन आवश्यक छ । त्यसका लागि भिटामिन, मिनरल्सलाई सन्तुलित ढंगले ग्रहण गर्नुपर्छ ।अमेरिकी कृषि विभागका अनुसार रातो मासु सेवन गर्ने मानिसले तौल बढ्न नदिन प्रशस्त मात्रामा दूध, दही, प्रोटिन, फलफूल, सागसब्जी र अनाज सेवन गर्नु जरुरी छ ।बोसोरहित मासुका साथमा पोषकतत्वको दैनिक सेवनले कोलेस्ट्रोलको उतारचढावलाई नियन्त्रणमा मद्दत पुग्छ ।

मासु पकाउने विधि

मासु पकाउँदा त्यसको विधिबारे ध्यान दिन पनि उत्तिकै आवश्यक छ । त्यसका लागि सबैभन्दा पहिले मासुमा भएको सबै बोसो हटाउनुपर्छ ।सकेसम्म गि्रल गरेको र उसिनेको मासुको सेवन उत्तम हुन्छ । यदि तपाईं तारेको वा पोलेको मासु खान चाहनुहुन्छ भने पनि त्यसमा भएको बोसो तथा चिल्लोपनालाई हटाउनु आवश्यक हुन्छ ।

यस बारे पनि जान्नुहाेस्ः

थाहा पाउनुहोस् मासु खाँदा कति फाइदा कति बेफाइदा ?

धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स :

यस्ता मासु स्वस्थकर

मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रण रहेको हुन्छ । जसको प्रयोगले शरीरलाई फाइदा पुर्‍याएको हुन्छ । तर, उसिनेको मासु प्रयोग गर्दा स्वास्थ्यका लागि बढी हितकर हुन्छ । उसिनेको मासु खाँदा अनावश्यक चिल्लो पदार्थबाट बच्न सकिन्छ ।

मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, कोलेस्ट्रोल बढी भएमा बोसो नभएको मासु प्रयोग गर्दा राम्रो हुन्छ । सकभर रातो मासु कम खानुपर्छ । सेतो मासु भने स्वास्थ्यका लागि राम्रो मानिन्छ । तुलनात्मक रूपमा खसी, सुँगुर, राँगाको भन्दा कुखुराको मासु र माछा प्रयोग गर्नु बढी श्रेयष्कर हुन्छ।

कतिपय मानिसले मासुमा भएको बोसो अत्यधिक प्रयोग गर्ने गर्छन् । गाउँघरतिर त छुट्टै निकालेर बोसो खाने प्रचलनसमेत छ । तर, स्वास्थ्यका लागि भने सकेसम्म बोसो निकालेर मात्र मासुको प्रयोग गर्नु राम्रो हुन्छ ।

नखानुस् यसरी

बढी चिल्लो र पिरो बनाएर मासु खानु हुँदैन । यसरी खाँदा ग्यास्ट्रिक, प्रेसर, बान्ता, अपच, फुड पोइजनलगायत समस्या आउन सक्छ ।शरीरका लागि केही मात्रामा राम्रो मानिए पनि धेरै मासुको प्रयोगले भने हानि गर्न सक्छ । त्यसैले दिनमा तीन–चार पिस मात्र मासु प्रयोग गर्नुपर्छ । डिनरमा भने मासु नखाएकै राम्रो । किनभने डिनरमा मासु खाँदा अपच, मोटोपनलगायतका समस्या आउन सक्छ ।पकाएको मासुलाई कहिल्यै पनि फ्रिजमा राख्नुहुँदैन । पकाएर फ्रिजमा राखेको मासुमा पौष्टिक तत्व हुँदैन ।

मासु खाएपछि

मासु खाएपछि शरीरलाई व्यायाम वा शारीरिक क्रियाकलापको अवश्यकता हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः