चिया धेरै नेपालीले पिउने पेय पदार्थमा पर्छ । बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ । कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन् । अधिकांश नेपालीले बिहान चिया पिउछन् । के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो र ? बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन् ।

चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।
चिया पिउनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ । दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन ।

खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुन्छ । यसले पेटको अल्सर पनि हुनसक्छ ।
दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन्न अध्ययनहरुले दखाएका छन् ।स्वस्थ पत्रिकाले छापेको छ ।

ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ ।‘धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणाबढी हुन्छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन ५० हजार मानिसमा गरिएको थियो । तातो चियाले घाँटीमा रहेका नरम तन्तुहरुलाई क्षति गर्छ ।

दूध चियाले मोटोपन बढाउछ । चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ । दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो । दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ ।

थप जानकारीः

होसीयार ! खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ

संसारका आधाजसो मानिसहरु खान नपाएर भन्दा खान नजानेर विभिन्न खाले स्वास्थ्यसँग सम्बन्धित समस्या झेल्दै आएका छन् । चिकित्सक भन्छन्, आवश्यकताभन्दा बढी खाएको खानेकुराले शरिरलाई सञ्चो त गर्दैन नै त्यो खानेकुरा शरीरको लागि विषसरह बन्छ।

कुन खानेकुरा कुन समय, कति, कसरी र कस्तो अवस्थामा खाने भन्नेमा ध्यान दिनसके मानिसको स्वास्थ्य धेरै राम्रो हुन्छ। मानिस निरोगी बन्छ। सचेत रहनुस् । के हुन् त ति खानेकुरा ? लोकपथ डटकमले केहि हेल्थ टिप्स तयार पारेको छ ।

औषधि :

आली पेटमा औषधी खाँदा उत्तिकै होसीयार हुनुपर्छ । औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्त्वहरुसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया दिँदा ठूलै समस्या निम्तन्छ । केहि औषधी छोडेर प्राय औषधी डाक्टरले पनि खाना खाएपछि खानको लागि भन्नुको कारण पनि यहि नै हो । यसमा पनि होसीयारी अपनाउनुहोला । नत्र रोग विसेक पार्न खाएको औषधीले अरु रोग ननिम्त्याउला भन्न सकिन्न ।

दूध चिया :

प्राय नेपालीहरु भन्ने गर्छन्, कि बिहान उठेपछि दुध चिया नखाए फ्रेस नै हुन्न । बिहान उठेर चिया नपिए जाँगर त चल्दैन । तर, एकबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने अब स्वास्थयबारे सोच्ने बेला भयो । दुध चियाले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या असाध्यै बढाउँछ ।

अब विकल्प के त भननुहोला मनताते पानी, वा अघिल्लो दिन तामाको भाडा वा विजय सालको काठको ठेकीमा राखिएको पानी स्वास्थयका लागि निकै श्रेयकर हुन्छ । चिया नै नपिई हुँदैन भनेब्ल्याक टि वा ग्रीन टी पिउनु राम्रो हुने चिकित्सकको सुझाव छ ।

मसालेदार खाना :

तपाई ब्रेकफास्टमा के लिनुहुन्छ रु बिहानै खालीपेटमा मसलेदार स्पाईसी वा धेरै पिरो खानेकुरा खानुहुन्छ भने स्वास्थमा निकै ठूला समस्या देखिन्छ । यसमा अब सचेत हुनुपर्छ ।

बिहान तपाईले लिनुभएको यस्तो ब्रेकफास्टले पुरै दिन तपाईको पेटमा एसिडिटी बनाउँछ। चिकित्सक भन्छन्, दिनभरी ड्याउ आउने, अपाच्य भएजस्तो हुने, पेट पोल्ने, ग्यास आउने, अल्सर जस्ता रोग पनि देखिन सक्छ ।

केरा :

खाली पेटमा केरा खानु हुँदैन । केराले छिटो वजन बढाउन मदत गर्ने भएकोले दुब्लो पातलो मानिसहरु बिहानै केरा खाने गर्छन् । तर बिहानै केरा खानु स्वास्थ्यका दृष्टिकोणबाट राम्रो नहुने चिकित्सक बताउँछन् ।

बिहानै खालीपेटमा सेवन गरेको केराबाट हाम्रो शरीरमा म्याग्निसियमको मात्रा दुई गुणा बढ्छ र शरीरमा रहेको क्याल्सियमसँग रासायनिक प्रतिक्रिया सुरु हुन्छ । परिणामस्वरुप पेट फुल्ने, ढुस्स हुने, ढ्याउ आउने, अपच हुने तथा एसिडीटि बढ्ने जस्ता समस्या देखिने कारणले गर्दा खालिपेटमा केरा नखानुहोला ।

गोलभेंडा :

गोलभेंडा स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । फेसमा कान्ति ल्याउन समेत यसको प्रयोग हुन्छ । तर तपाईलाई थाहा छ ? एकबिहानै खाली पेटमा गोलभेंडा खाँदा यसमा हुने अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । परिणामस्वरुप पेट दुख्ने, ग्यास्टिक हुने, पेट पोल्ने, बान्ता हुने, पत्थरीको संभावना बढ्ने हुन्छ ।

सोडा :

खाली पेटमा सोडा खाँदा पनि उत्तिकै जटिल समस्या देखिन्छ । सोडा खाँदा पेटको अम्लसँग मिलेर राशायनिक प्रतिक्रिया सुरु हुन्छ र पेट दुख्ने समस्या बढ्छ । पेट फूल्ने, पेट पोल्ने, दिसा लागेजस्तो हुने, अपच हुने, छाति पोल्ने हुनसक्छ ।

सखरखण्ड :

सखरखण्डमा प्रशस्त प्रोटिन पाईन्छ । तर खाली पेटमा यसको सेवन राम्रो नहुने चिकीत्सकको भनाई छ । कारण के छ भने यसमा अधिक मात्रामा हुने प्रोटिनले ग्यास्ट्रिकको समस्या बढ्छ । परिणामस्वरुप पेट पोल्ने, पेट दुख्ने, जलन र पेट फुल्ने समस्या हुन्छ । त्यसैले सखरखण्ड बिहानै खाली पेटमा नखानु राम्रो हुन्छ ।

अल्कोहल :

खाली पेटमा अल्कोहल खानु पनि विष सरह हुन्छ । यो कुरा विभिन्न अनुसन्धानले पनि देखाएका छन् । अझै घरेलु मदिराको सेवनले मानिसको मृत्यु समेत हुनसक्छ । त्यसैले चिकित्सक भन्छन्, बिहान केही नखाइकन अल्कोहलजन्य पदार्थ नखानूस् ।

कोल्ड ड्रिङ्स :

खाली पेटमा कहिले पनि चिसो पेय पदार्थ पिउनु हुँदैन । जस्तै कोल्ड कफी वा कोल्ड ड्रिन्क्स वा सफ्ट ड्रिन्क्स । खाली पेट चिसो पेय पिउनाले पाचन क्रियालाई सुस्त बनाउँछ । यस्ता पदार्थमा हुने कार्बोनेट एसिड र पेटको एसिडसँग मिसिँदा गम्भीर समस्या निमित्न सक्छ । पेटमा ग्यास भरिने, वाकवाकि हुने, वान्ता हुने, असहज हुने, बारम्बार पाद आउने जस्ता समस्या हुन्छ ।

अमिलो फल :

खाली पेटमा अमिलो फल खानु पनि हानिकारक हुन्छ । जस्तै सुन्तला, कागती, अम्बा, अचार, लप्सी आदि फल खाली पेट खानु हुँदैन । अंगुर, आँप तथा अमिलोयुक्त फलफूलले पेटमा एसिड बन्छ ।

 

यस बारे पनि जान्रुहाेस्ः

खाली पेटमा दूधमा तुलसीको पात मिलाएर पिउँदाको फाइदा

तुलसी बहुगुणी वनस्पती हो ।तुलसीको पात निकै उपयोगी हुन्छ । सामान्य ज्वारो, रुघा आदिबाट बच्न मात्र होइन, यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सकिन्छ । साथै तुलसीले वायु शुद्धीकरण गर्ने काम पनि गर्छ ।अब कुरा गरौं दूधको । दूध पनि बहुगुणी पेय हो ।

यसमा क्याल्सियम लगायत पोषक तत्व पाइन्छ । अब दूध र तुलसीलाई एकै ठाउँ मिश्रण गर्दाको के फाइदा होला ? कतिपय पदार्थ यस्ता हुन्छन्, जो आफैमा औषधि हुन्छ । तर, त्यसलाई अर्को पदार्थसँग मिश्रण गर्दा त्यो हानिकारक हुनसक्छ । विषाक्त हुनसक्छ । ठीक त्यसैगरी कतिपय पदार्थलाई आपसमा मिलाउँदा भने त्यसको औषधीय गुण अरु बढ्छ । जस्तो दूध र तुलसी ।

तुलसीको पातमा अनेक किसिमका औषधीय गुण हुन्छन् । यदि नियमित रुपले तुलसीको पात दूधमा उमालेर पिउने हो भने धेरै किसिमको रोगबाट मुक्त हुन सकिन्छ । तुलसी एउटा यस्तो हर्ब हो जसले काढा बनाएर सेवन गरेमा टाउको दुख्‍ने, रुघाखोकी चाडै निको हुन्छ ।त्यसो त अहिले धेरैजसो मान्छे कुनै न कुनै रोगले सताइएका छन् ।

कोही मधुमेहले ग्रस्त छन् त कोही हृदय रोगले । यसैगरी कोही क्यान्सरले ग्रस्त छन् । यीमध्ये धेरैजसो रोग हाम्रो खराब खानपान र जीवनशैलीले निम्त्याएको हो । अतः सही खानपान, सन्तुलित दिनचर्या अपनाउने हो भने हामी सम्भावित रोगबाट बच्न सक्छौं । यस्ता सम्भावित रोगबाट बच्नका लागि तुलसीको पात निकै उपयोगी हुन्छ ।

दम रोगमा फाइदा

यदि तपाईं श्वासप्रश्वाससँग सम्बन्धित समस्याले ग्रस्त हुनुहुन्छ भने दूधमा तुलसीको पात उमालेर पिउनु लाभदायक हुन्छ । नियमित रुपमा तुलसीको पात दूधमा उमालेर सेवन गर्दा दम रोगमा फाइदा गर्छ ।

माइग्रेनमा राहत

दूधमा तुलसीको पात उमालेर पिउँदा टाउको दुखाई वा माइग्रेन जस्ता समस्याबाट पनि राहत मिल्छ । नियमित रुपले यस औषधि सेवन गर्दा समस्याको जड नै ठीक हुनसक्छ ।

तनाव वा डिप्रेसनमा

यदि तपाईंमा तनाव वा डिप्रेसनको समस्या छ भने पनि दूधमा तुलसीको पत्ता उमालेर सेवन गर्न सक्नुहुन्छ, जो निकै लाभदायक हुन्छ । तनाव एवं चिन्ता कम हुन्छ । डिप्रेसन रोगीका लागि पनि यो लाभदायक हुन्छ ।

हृदय रोगमा

दूधमा तुलसीको पात उमालेर नियमित सेवन गर्दा हृदय रोगीलाई निकै फाइदा गर्छ । त्यतिमात्र होइन, यसले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ ।

पत्थरीको समस्यामा

यदि कुनै व्यक्तिलाई पत्थरीको समस्या छ भने दूधमा तुलसीको पात उमालेर खाली पेटमापिउनुपर्छ । यसो गर्नाले मिर्गौलाबाट पत्थरी हट्छ ।

रोग प्रतिरोधात्मक क्षमता

तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । यतिमात्र होइन, यसमा क्यान्सर पैदा गर्ने कोशिकासँग लड्ने क्षमता पनि हुन्छ । यसका साथै तुलसीको पातमा एन्टिब्याक्टेरियल एवं एन्टिभाइरल गुण हुन्छ ।

कसरी सेवन गर्ने ?

यसलाई औषधी बनाउनका लागि तपाईंले डेढ गिलास दूध उमाल्नुपर्छ । जब दूध उम्लन सुरु गर्छ त्यसमा ८ देखि १० वटा तुलसीको पात राख्नुपर्छ । अब एक गिलास दूध भएपछि त्यसलाई सेलाउन दिनुपर्छ । मन तातो भएपछि पिउन सकिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः