जीवनमा सकारात्मक उर्जा ल्याउनका लागी हामीलाइ प्रेरक भनाइहरूकाे अावश्यकता पर्छ । जसले हाम्राे जीवनलाइ उज्यालाे पाटाे तर्फ लैजान पनि मद्दत गर्दछ । मानीसहरू सबैथाेक भएर पनि खुसी भएका हुदैनन् । किनकि सबैथाेक भएर पनि यदि मनमा सन्तुष्टि छैन भने उ कहिल्यै पनि खुसी हुन सक्दैन । अाज हामीले यहाँ जीवनमा काम लाग्ने अत्यन्तै महत्वपुर्ण भनाइहरू लिएर अाएका छाै ।

1. बहादुर त्यो होइन जो डराउँदैन, बहादुर
त्यो, हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।

2. सबथोक पाएर दुःखी हुनुभन्दा
सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।

3. हामीलाई लामखुट्टेले होइन हाम्रै
अल्छ्याइले टोक्छ ।

4. सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति
नचिनेर गरिब भइन्छ ।

5. सबैभन्दा सस्तो औषधि हास्नु हो, किनभने
यसको कमी भयो भने सबभन्दा महंगो
औषधि खान बाध्य भइन्छ ।

6. खुसी खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।

7. अविवाहितहरू प्रेमको प्रभावले बर्बाद
हुन्छन, विवाहितहरू प्रेमको अभावमा बर्बाद
हुन्छन।

8. एक्लो मान्छेले बाटोमा हिँड्दाहिँड्दै जव केही सम्झेर
खिस्स हाँस्छ, सबैभन्दा मीठो त्यही हाँसो लाग्छ ।

9. जुन रोगको उपचारै छैन त्यही रोगको उपचार गर्ने
अनगिन्ती डाक्टर निक्लिन्छन। अनि जुन समस्याको
समाधानै छैन त्यसैको सल्लाह दिने अनगिन्ती सल्लाहकार
निक्लिन्छन।

10. चिया गुलियोमा गुलियो पनि हुन सक्छ, कडामा
कडापनि। मान्छेपनि चियाजस्तै हुनुपर्छ, आवश्यक ठाउँमा
गुलियो, नभए कडा हुनुपर्छ !

11. हजार खोक्रा शब्दहरूभन्दा
शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।

12. जिब्रो एउटा त्यस्तो छुरी
हो जसले खुन ननिकाली काट्न
सक्छ ।

भिडियाे पनि हेर्नुहाेस :