पछिल्ला केही वर्ष यता नेपाली भान्सामा पनि अन्डा लगभग दैनिक पाक्ने गरेको छ । ब्रेकफास्टमा त अन्डा नछुटाउने धेरै भइसकेका छन् । तर, अन्डा खाने तरिका भने फरकफरक छन् । कतिले अन्डालाई फ्राइ गरेर अम्लेट बनाएर खान्छन् त कतिले उसिनेको अन्डा प्रिफर गर्छन् ।तर, पछिल्लो समय गरिएका अनुसन्धानले फ्राइ गरेर भन्दा अन्डा उसिनेर खानु स्वास्थ्यकर हुने पत्ता लगाएका छन् ।

दैनिक दुई वटा अन्डा उसिनेर खाँदा हुने फाइदाबारे विभिन्न अनुसन्धानले पत्ता लगाएका छ:उसिनेको अन्डामा भिटामिन बी–१२ तथा कोलिन हुन्छ । यी दुवैले स्मरण शक्ति बढाउन ठूलो सहयोग पुर्याउँछ । त्यसैले दैनिक अन्डा खाने मान्छेको स्मरण शक्ति बलियो हुने अनुसन्धानमा पत्ता लागेको छ ।

कपाल झरेर हैरान भएकालाई पनि उसिनेको अन्डाले धेरै फाइदा पुर्याउँछ । उसिनेको अन्डामा ल्युटिनको मात्रा अधिक हुने भएकाले कपाल झर्ने समस्या हुनेले यसको सेवन गर्नु राम्रो हुने अनुसन्धानकर्ताले जनाएका छन् ।सुख्खा छाला भएकालाई पनि उसिनेको अन्डा फाइदाजनक हुन्छ । उसिनेको अन्डामा बायोटिन हुने भएकाले यसले छालालाई नरम र चम्किलो बनाउँछ ।

एनिमियाबाट कसैलाई समस्या भएको छ भने पनि उसिनेको अन्डा सेवन गर्दा धेरै फाइदा पुग्छ । उसिनेको अन्डामा पर्याप्त मात्रामा आइरन पाइने भएकाले रक्तअल्पताको समस्या भएकालाई उसिनेको अन्डा खाने सल्लाह चिकित्सक दिन्छन् ।हाडजोर्नीमा समस्या भएकालाई पनि उसिनेको अन्डा फाइदाजनक हुन्छ ।

भिटामिन डिको मात्रा पर्याप्त हुने भएकाले उसिनेको अन्डाले जोर्नीको दुखाइलाई घटाउँछ ।अन्डामा फोस्फोरसको मात्रा पनि अधिक हुन्छ । यसले दाँत र हड्डीलाई बलियो बनाउन सहयोग गर्छ ।अन्डामा भिटामिन ए पनि पाइन्छ । भिटामिन ए पर्याप्तमात्रामा भएकाले उसिनेको अन्डा सेवन गर्नाले आँखाको समस्या भएकालाई पनि धेरै फाइदा पुग्छ । यसले आँखालाई तेजिलो पनि बनाउँछ ।

उसिनेको अन्डामा फोलिक एसिड पनि पर्याप्त मात्रामा पाइनछ । फोलिक एसिडले क्यान्सरबाट बच्न सहयोग पुर्याउँछ । त्यसैले, उसिनेको अन्डालाई दैनिक प्रयोग गर्न सुझाइन्छ ।उसिनेको अन्डाले मस्तिष्कघात तथा हृदयघात हुने सम्भावनालाई पनि न्यूनीकरण गर्छ ।पर्याप्तमात्रामा एमिनो एसिड पाइने भएकाले उसिनेको अन्डाले ‘स्टामिना’ बढाउन पनि सहयोग गर्छ ।

थप जानकारीः

ब्लड क्यान्सर भनेको के हो ?

रगतमा विभिन्न कोषिकाहरु हुन्छन् । यसलाई हामी आर.वि.सी. र डब्लु.वि.सी. भन्छौ । रगतको कोषिकाहरुमा हुने क्याक्सर नै ब्लड क्यान्सर हो । तर, धेरै मानिसलाई ब्लड क्यान्सर र बोनम्यारो क्यान्सर भिन्दाभिन्दै हो भन्ने कन्फयुजन छ । खासमा ब्लड र बोनम्यारो क्यान्सर भनेको एउटै हो ।

रातो रक्तकोष अनियन्त्रित तवरले बढ्यो भने आर.वि.सी.को भोलुम (आयतन) बढ्छ । अर्थात आर.वि.सी. र डब्लु.वि.सी. बढ्नु क्यान्सर हो । त्यससंगै प्लेटलेट बढे पनि क्यान्सर हो । तर सबै क्यान्सर रगतबाट नदेखिन पनि सक्छ । कतिपय क्यान्सर बोनम्यारोबाट पनि जाँच्नुपर्ने हुन्छ । समग्रमा भन्दा रगतको कोषिका अनियन्त्रित तवरले रगतमा बढेमा त्यसलाई रगत क्यान्सर भन्छौ ।

 

यी १० लक्षण देखिए बुझ्नुस् क्यान्सर लाग्यो

क्यान्सरले ज्यान लिन्छ । चाहे तपाइँ धनी हुनुहोस् या गरिव । हुने खाने होस वा हुँदा खाने क्यान्सरले छोड्दैन । तर क्यान्सरको शुरुवाती कालमा चाल पाइयो भने आफूलाई बचाउँन सकिन्छ । तर सामान्यतः अधिकाँश मानिसले यस्ता शुरुवाती लक्षणलाई वेवास्ता गर्ने गर्छन्।हुनत यो बढाइचढाइ जस्तो पनि लाग्न सक्छ । विज्ञहरुका अनुसार क्यान्सरको शुरुवातीकालमा निम्न लक्षण देखिन्छन् ।

१- निरन्तर खोकी- फोक्सोको क्यान्सर

फोक्सोको क्यान्सर धेरै नै नफैलिए सम्म अधिकाँश मानिसले चाल पाउँदैनन् । कतिपय मानिसमा भने फोक्सोको क्यान्सरका लक्षण शुरुमै देखिन्छन् । फोक्सोको क्यान्सरका मुख्य लक्षण मध्ये निरन्तर खोकी लाग्नु पनि एक हो । खोकी लाग्ने र त्यससँगै छाती दुख्ने हुन थाल्यो भने होसियार हुनुस् । लामो श्वास लिँदा वा हाँस्दा समेत छाति दुख्नु खतरनाक लक्षण हो ।

२- शरीरमा भएका मुसाको रंगमा परिवर्तन- स्किन क्यान्सर

मेलानोमा स्किन क्यान्सर मध्ये सबैभन्दा घातक क्यान्सर मानिन्छ । यो शरीरको कुनै पनि भागमा देखिन सक्छ । तर अधिकाँशलाई खुट्टाको पछाडी, पाखुरा वा अुहाारमा देखिन्छ । कतिपयलाई नङको भित्र समेत देखिन सक्छ ।यो क्यान्सरको शुरुवातमा शरीरमा रहेका मुसाको रंग फेरिन्छ । मुसा ठूलो हुने, आकार बदलिने, रंग बदलिँदै जाने यस्ता संकेत हुन् । दुख्ने र चिलाउने समेत हुन सक्छ ।

३- दिसामा रगत, दुखाइ- आन्द्राको क्यान्सर

दिशामा रगत देखिने र दिसा लाग्ने समय परिवर्तन भएको भयै हुनु पनि राम्रो संकेत होइन । यसले पनि तपाइँको सानो आन्द्रामा क्यान्सर भएको संकेत गर्छ । दिशा गर्दा दुख्ने वा रगत देखिनु निक्कै घातक मानिन्छ । यस्तो समस्या अधिकाँशलाई ६० वर्षको उमेरपछि मात्र देखिन्छ ।

४- मुख भित्र सन्चो नहुने घाउ- धेरै प्रकारका क्यान्सर

अमेरिकी क्यान्सर उपचार केन्द्रका अनुसार मुख भित्र घाउ देखिनु र सन्चो नहुने भयो भने क्यान्सरको लक्षण हुन सक्छ । यसलाई मुखको क्यान्सर भनिन्छ ।मुखको क्यान्सर भएपछि मुख भित्र भएका साना साना घाउ हप्तौं वा महिनौं सम्म सन्चो हुँदैनन् । दुखाइ नभएपनि यस्तो घाउ रहिरहने समस्या क्यान्सरको लक्षण हो ।

५- निल्न समस्या- खाना नलिको क्यान्सर

खाना निल्न समस्या भैरहेको छ भने सचेत हुनुस् । यो तपाइँको खाना नलीमा क्यान्सर भएको संकेत हुन सक्छ ।नियमितरुपमा खाना निल्न समस्या हुन थाल्यो भने चिकित्सककोमा गइहाल्नुस् । वजन घट्नु पनि यो क्यान्सरको अर्को लक्षण हो ।

६- रहस्यमयरुपमा वजन घट्नुः धेरै प्रकारका क्यान्सर

अधिकाँश क्यान्सरको साझा लक्षण मानिन्छ वजन घट्नु । यदि तपाइँको शरीरमा रहस्यमयरुपमा वजन घटिरहेको छ भने यो विभिन्न क्यान्सरको लक्षण हुन सक्छ ।अमेरिकी क्यान्सर सोसाइटीका अनुसार वजन घट्नुको कारण खुल्न सकेन भने यो क्यान्सरको लक्षण हुन सक्छ ।

७- पिसावमा रगत- प्रोष्टेट क्यान्सर

पिसाव गर्दा अनपेक्षितरुपमा पोल्ने र थोरै थोरै पिसाव आइरहने जस्ता लक्षण तपाइँलाई प्रोष्टेटमा समस्या भएका संकेत हुन सक्छन् । पिसाव गर्दा रगत देखिनु वा दुखाइ हुनु पनि यस्तो लक्षण हुन सक्छ ।

८- अनावश्यक टुडुल्को उठ्नु

कुनै पनि शरीरको भागमा अनावश्यक टुडुल्को उठ्न थाल्यो वा बढ्दै गयो भने यो पनि तपाइँको शरीरमा क्यान्सरको लक्षण हुन सक्छ । अधिकाँश क्यान्सर यस्तै टुडुल्को बढ्दै गएपछि पत्ता लाग्ने गरेका छन् । स्तन क्यान्सर, अण्डकोष क्यान्सरका लक्षणकोरुपमा यस्ता टुडुल्का देखिन सक्छ ।

९- रहस्यमय दुखाइ- धेरै प्रकारका क्यान्सर

शरीरमा असामान्य अवस्था आउँदा दुखाइ हुनु सामान्य विषय हो । तर शरीरको कुनै पनि भागमा विनाकारण दुखाइ महसुस हुन थाल्यो भने होस् गर्नुस् यो क्यान्सरको लक्षण हुन सक्छ । ब्रेन ट्युमर हुनेलाई टाउको दुख्ने, कोलोन क्यान्सर हुनेलाई ढाड दुख्ने र पाठेघर वा गुदद्वारको क्यान्सर हुनेलाई पनि पछाडीको भागमा दुखाइ हुन सक्छ ।

१०- दिसा/पिसावमा रगत- गुदद्वार क्यान्सर

दिशा वा पिसावमा रगत देखिनु खतरनाक हो । खासगरी दिशामा रगत देखियो भने यसले तपाइँको ठूलो आन्द्राको अन्तिम भाग वा गुदद्वारमा क्यान्सर भएको हुन सक्ने संकेत दिन्छ । पिसावमा रगत देखियो भने चाँहि प्रोष्टेट क्यान्सरको लक्षण पनि हुन सक्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः