आलुमा हाम्रो स्वास्थ्यको लागि आवश्यक धेरै पौष्टिक तत्वहरू हुन्छन् । हालै गरिएको एक अध्ययन अनुसार, आलुमा केहीयस्ता भिटामीन पाइन्छ, जुन शरीरको सम्पूर्ण विकासमा अत्यावश्यक हुन्छ । भिटामीन बी, भिटामिन सी, क्याल्सियम, जिंक, फस्फोरस र म्याग्नेसियम लगायत तत्व आलुमा भरपुर पाइन्छ ।

कार्बोहाईड्रेटको सबैभन्दा उत्तम स्रोतको रुपमा आलुलाई लिइन्छ । आलुमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट पाईन्छ भन्ने हामी सबैलाई थाहा भएकै कुरा हो । तर,आलुमा कार्बोहाइड्रेट मात्रै पाइदैन यसमा मानव शरीरका लागि आवश्यक अन्य तत्वहरू पनि प्रशस्त पाइन्छ । धेरै मानिसमा आलु खाए मोटाइन्छ भन्ने एक प्रकारको भ्रम छ । वास्तविकता भने अलि फरक छ । आलुमात्रै होइन जुनसुकै कुरा पनि धेरै खाए स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

आलु बहूउपयोगि कन्दमूल मानिन्छ । तरकारीको प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ। आलुलाई सदाबहार तरकारीमै मात्र दर्जा प्राप्त छैन। यसमा विलक्षण औषधिय गुणसमेत छ ।

समथर मैदानी भूभागदेखि चिसो पहाडसम्म एकछत्र उत्पादन हुन्छ आलु । अफ्रिकादेखि एसिया अनि युरोपदेखि अमेरिकासम्म आलु उत्पादन नहुने कुनै क्षेत्र नै बाँकी छैन। आलुको उत्पत्ति दुई हजार वर्षभन्दा पहिला सर्वप्रथम दक्षिण अमेरिकाको पेरुमा भएको कुरो वैज्ञानिक बताउँछन्। त्यसपछि सत्रौं शताब्दीमा स्पेनका नाविकले पेरु जितेपछि आलुलाई स्पेनमा ल्याएको देखिन्छ भने सन् १५८०मा कोलम्बसले स्पेनबाट युरोप लगिएको पाइन्छ ।

युरोपको जर्मनी, अष्ट्रिया, फ्रान्स, पोर्चुगल आदि देशमा फैलिन करिब दुई सय वर्ष लागेको आलुलाई पोर्चुगलीले भारतीय उपमहाद्वीपमा प्रवेश गराएको जानकारी इतिहासमा पाइन्छ। तर हिन्दूको प्राचीन ग्रन्थ वेदमा एवं आयुर्वेदिक ग्रन्थ चरकसंहितामा पनि आलुकै र आलु एउटै देखिएकोले हाम्रो यहाँ आलुको उपस्थिति त्यो भन्दा निकै पहिले नै भइसकेको देखिन्छ ।

आलुको बोक्रा नफाल्नुहोस्,

नेपालमा अधिकांशले आलुको बोक्रा नतासी पखालेर पकाउने गर्छन्, तर कतिपय भान्छामा सबैभन्दा पोषिलो आलुको बोक्रालाई नङ्ग्याएर त्यसको अस्तित्व लुटिने गरिन्छ। विशेष गरी, विवाह-व्रतबन्ध जस्ता पार्टीसमारोहमा यस्तो भूल गरिन्छ, जसको कारण आलुको स्वाद महत्वपूर्ण स्तरले गिरेको भेट्न सकिन्छ।

धेरैले बेवास्ता गर्ने आलुको बोक्रा किन फाल्नुहुँदैन त ? यस्ता छन् कारणहरू

१. पौष्टिक तत्वले भरीपूर्ण

आलुमा हाम्रो शरीरलाई अत्यावश्यक पर्ने भिटामिन तथा खनीज पदार्थहरू पाइन्छन्।

२. अनुहारको चमकतामा आलुको बोक्रा

तपाईँको अनुहारमा जादु गर्न सक्छ आलुको बोक्राले! यसमा भएको एण्टिअक्सिडेण्ट, ब्याक्टेरिया तथा कीटनाशक गुणले तपाईँको छालालाई स्वस्थ मात्रै होइन, त्यसमा चमकता पनि प्रदान गर्दछ।

३. कपालको सुन्दरताको लागि आलुको बोक्रा

कपाल झर्ने, नबढ्ने अनि फुस्रो हुने समस्याले सताएको छ भने आलुको बोक्रा लगा उनुहोस निकै फाईदा गर्छ ।

४. भाँडा चम्काउन आलुको बोक्रा

चाँदी तथा आल्मुनियमको भाँडाकुँडा, तामाले बनेको पुजाको सामग्रीमा कडा जिद्दी दाग लागेको छ भने आलुको बोक्रा प्रयोग गर्नुहोस्। अलि बाक्लो बोक्रा निस्कने गरी आलु तास्नुहोस् र त्यसैले भाँडा मस्काउनुहोस्। यसमा पाइने हलुका किसिमको एसिडले भाँडामा लागेको दागलाई हटाउन मद्दत गर्दछ।

५. गमलामा आलुको बोक्रा

अनेकौँ पौष्टिक तत्वले भरिएको आलुको बोक्रा खान मन पर्दै भने त्यसलाई अर्कै कामको लागि सदुपयोग गर्न सक्नुहुन्छ। घरभित्र राख्नुभएको फूलको गमलामा आलुको बोक्रा राख्नुहोस्। यो कम्पोस्ट मल बनेर फूलको डाँठलाई चाहिने पौष्टिक तत्व प्रदान गरी बिरुवाको वृद्धिमा टेवा पुर्याउँदछ।

आलुको बोक्रामा यति धेरै औषधीय गुण ?

तपाईँलाई थाह छ कि छैन ? फलफुल, तरकारीका बोक्रामा भरिपूर्ण पोषण हुने हुँदा बोक्रा सहित खानु लाभदायी हुने विज्ञहरु बताउछन् । यो कुरा हाम्रो भान्छामा सबैभन्दा बढी प्रयोग हुने चीज आलुमा पनि प्रयोग हुन्छ । अत आलुमा के के फाइदा हुँदा रहेछन् हेरौँ है त :

१. यदि तपाईँ उच्च रक्तचापबाट पिडीत हुनुहुन्छ भने आजैबाट आलुको बोक्रा ताछ्न बन्द गर्नुस् । आलुको बोक्रामा हुने पोटासियमले रक्तनलीको भित्तालाई आराम दिइ रक्तचाप घटाउन मद्धत गर्छ ।

२. रक्तचापको लागि मात्रै नभइ यसमा पाइने पोटासियमले मेटाबोलिजम रेट राम्रो राख्न पनि मद्धत गर्छ । त्यसैगरी मांसपेशी खुम्चिने, तन्किने कार्य र स्नायु कोषको कामको लागि पनि पोटासियम महत्वपूर्ण हुन्छ ।

३. आइरनको कमीले हुने एनिमिया ( रक्तअल्पता) ठिक गर्न पनि आलुको बोक्रा नताछि खाने गर्नुस्, किनभने आलुको बोक्रामा प्रसस्त मात्रामा आइरन पाइन्छ ।

४. आलुको बोक्रामा पाइने अर्को महत्वपूर्ण तत्व नियासिन(भिटामिन B3) हो । नियासिनले शरीरको कार्बोहाइड्रेटलाई शक्तिमा परिणत गर्न मद्धत गर्छ । यतिमात्र नभई नयाँ कोष बन्न र सुरक्ष गर्न पनि नियासिन जरुरी हुन्छ ।

५. आलुको बोक्रामा प्रसस्त मात्रामा फाइबर हुन्छ । यसले कोलेस्टेरोल घटाउन मद्धत गर्छ । कब्जियत दुर गर्न, कोलोन क्यान्सर हुन नदिन मद्धत गर्छ ।

६. खानुको अलावा आलुको बोक्रालाई अन्य रुपमा पनि प्रयोग गर्न सकिन्छ । आलुको बोक्राबाट रस निकाली त्यसलाई शरीरको कालो धब्बाहरुमा लगाउनाले छालामा चमक ल्याउन मद्धत गर्छ ।

७.आँखा फुल्ने तथा आँखामा हुने डार्क सर्कल ( कालो धब्बा) हटाउन आलुको बोक्रा फाइदा जनक हुन्छ । यसका लागिआलुको बोक्रा छिलेर त्यसलाई आँखाको वरीपरि लगाउन सकिन्छ ।

८. आलुको ब्रोक्राले टाउकोमा मालिस गर्नाले कपाल नभएको भागमा पनि रौ उमार्न मद्धत मिल्छ ।

आलुको बोक्रा हाम्रो स्वास्थ्य र सौन्दर्य दुबैका लागि केहि फाइदाहरु छ

१.कपाल फुल्नबाट जोगाउछ 

आलुको बोक्राले कपाल फुल्नबाट जोगाउने विभिन्न अध्ययन र परीक्षणले देखाएका छन् । कपाललाई कालो बनाउनका लागि आलुको बोक्रा प्रयोग हुन्छ ।

उसिनेको आलुको बोक्रालाई पुनः पाँच मिनेट उमालेर त्यसको रसले नुहाउने बेलामा कपालमा लगाउँद कपाल फुल्नबाट रोक्छ ।

२.छाला चम्किलो बनाउँछ

आलुको वोक्राले अनुहारको छालालाई पनि चम्किलो बनाउँछ । काँचो आलुको बोक्रा ताछेर त्यसको रस अनुहारमा दल्ने र आधा घन्टापछि चिसो पानीले अनुहार सफा गर्दा अनुहारमा छुट्टै चमक आउँछ । लगातार दुई साता यही प्रक्रिया दोहोर्याउँदा अनुहारमा भएका दाग हराउँछ ।

३.पोषण तत्वको स्रोत

आलुको वोक्रामा पोटास, आईरन र भिटामिन बी ३ जस्ता महत्वपूर्ण तत्व पाईन्छ । आलुमा पाईने पोटासले मेटाबोलिजमलाई सशक्त बनाउँछ । त्यस्तै आईरनले शरिरमा राता रक्त कोष उत्पादन गर्न पनि सहयोग गर्छ ।

४.फाईबरयुक्त

आलुको वोक्रामा प्रशस्त फाईबर हुन्छ । फाईबरले तौल घटाउन सहयोग गर्छ । बोक्रासहितको आलु खाँदा कोलेस्ट्रोल घटाउँछ । तर मधुमेह र मुटुरोगका बिरामीले भने चिकित्सक वा डाइटिशिएनको सुझाव बिना आलु सेवन नगर्नुहोला । स्वास्थ्यका दृष्टिले आलु अति उपयोगी हुन्छ । आलु खाइरहे रक्तवाहिनीहरू धेरै उमेर सम्म लचिलो बनिरहन्छन् ।

स्पेनका अनुसन्धानकर्ताहरूको अनुसार, आलु खाने व्यक्तिहरू रोगव्याधिसँग भिड्ने सामथ्र्य बढ्छ । आलुलाई अनाजमा पुरक आहाराको स्थान प्राप्त छ । आलु जुन किसिमको भए पनि त्यसलाई शीतल, मलरोधक, मधुर, गरिष्ठ, मलमूत्र उत्पन्न गराउने, रुक्ष र रक्तपित्त हटाउने मानिन्छ ।

आलु कफ र वायु गर्ने, बलप्रद्, वीर्यवर्धक र अल्प मात्रामा अग्निवर्धक समेत छ । अति परिश्रमका कारण निर्बल भएका रक्तपित्तले पीडित, अधिक मद्यपान गर्ने, तीव्र जठराग्नि भएकाहरूको लागि आलु अत्यन्त पोषक हुन्छ । आलुमा १.६ प्रतिशत प्रोटिन, २२.९ प्रतिशत कार्बोहाइड्रेट, ७४.७ प्रतिशत पानी, ०.०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस पाइन्छ । प्रति सय ग्राम आलुमा भिटामिन ए ४० आईयू र फलाम ०.७ मिलिग्राम पाइन्छ ।

वैज्ञानिकहरूका अनुसार, आलुको बोक्रा ताछ्दा केही पोषक तत्वसमेत वाहिरिन्छ । आलुलाई उमाले पछि बाँकी रहेको पानीमा पनि भिटामिन हुने भएकोले त्यसलाई फयाँक्नुको सट्टा साग–तरकारी वा दालमा मिसाएर खानुपर्छ । आलुको नियमित प्रयोगले रोग प्रतिरोधक शक्तिमा वृद्घि हुन्छ । स्तनपान गराउने आमाले आलु खाइरहे दूधको मात्रा बढ्दै जान्छ ।

आलु खानुको फाइदा

१. एक अध्ययनका अनुसार नियमित रूपले आलु खानाले उच्च रक्तचाप नियन्त्रणमा रहन्छ ।

२. आलुमा पाइने सम्पूर्ण लवण कारण हड्डिलाई फाइदा हुन्छ । यसले हड्डीलाई बलियो बनाई राख्नुका साथै सही संरचनाका लागि पनि आवश्यक हुन्छ ।

३. बलियो मांसपेशिहरुका लागि आलुको सेवन गर्ने गरिन्छ । व्यायाम पछि कार्बोहाइड्रेटले शरीरलाई सबै भन्दा पहिले ऊर्जा दिने काम गर्छ र आलू कार्बोहाइड्रेटको उत्तम स्रोत हो । आलुको सेवनले मांसपेशिहरु बलियो हुन्छ ।

४. आलूमा पर्याप्त मात्रामा डाइट्री फाइबर पाईन्छ जसले कोलेस्ट्रोलको मात्रालाई बढ्न दिदैँन ।

५. स्वस्थ छालाका लागि पनि आलु एक राम्रो उपाय हो । आलुमा पाईने भिटामिन सी ले डार्क सर्कललाई हटाउनमा मद्दत गर्छ र कार्बोहाइड्रेटले मांसपेशिहरुलाई कसिलो बनाउनमा मद्दत गर्छ ।

आलु जति लाभदायक छ त्यति नै यसको बोक्रा पनि हाम्रो स्वास्थ्य र सौन्दर्य दुबैका लागि फाइदाजनक मानिन्छ । तरकारी र अचारमा अत्याधिक प्रयोग हुने आलुलाई उसिनेर वा पोलेर खान सकिन्छ । मकै, चामल र गहुँ पछि आलु विश्वमै सबैभन्दा बढी खाईने परिकार हो । चप, पकौडा, समोसादेखि अन्य खाजाका परिकारमा पनि आलुको प्रयोग हुन्छ । तर आलुको जति महत्व छ, त्यसको बोक्रालाई महत्व दिएको पाइदैन । त्यसैले हामी आलुको बोक्रा फालेर परिकार बनाउने गछौं ।

आलुका थुप्रै औषधीय प्रयोग समेत छन् यस मध्ये केहि जानकारीहरु

१.आयुर्वेदिक प्रयोगहरूका अनुसार आखाको तल भएको कालो घेरा हटाउन आलुलाई पिँधेर आँखाको चारैतिर लगाउनुपर्छ ।

२.आलुमा पाइने पोटेसियम साल्टले अम्लपित्त रोक्न काम गर्छ । यसले अम्लियतालाई रोक्छ ।

३.मृगौलाको पत्थरी हुँदा आलुको सेवन गर्नाले थुप्रै लाभ पाइन्छ । पत्थरीका रोगीको लागि आलु सेवन लाभकारी मानिन्छ ।

४.कतिपय समय चोटका कारण रगत जमी नीलो हुने गरेको छ । यस्तोमा काँचो आलु पिँधेर लगाउनाले फाइदा पुग्छ ।

५.चर्को घाम वा लूले डढेको छालामा काँचो आलुको रस लगाउनाले छालामा निखार आउँछ । कालोपोतो, चाउरी आदिमा आलुको रस लगाउँदा फाइदा पुग्छ ।

आलु खानुका फाइदा,आलुको बोक्रा हाम्रो स्वास्थ्य र सौन्दर्य दुबैका लागि केहि फाइदाहरु र आलुका थुप्रै औषधीय प्रयोग समेत छन् यस मध्ये केहि जानकारीहरु तपाइहरुलाई कस्तो लाग्यो । राम्रो लाग्यो भने सेयर गर्दिनु होला ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

के तपाई फलफूलका बोक्रा फाल्नुहुन्छ ? नफाल्नुस जसले सुन्दरतामा निखार ल्याउँछ

फलफुल मानव शरिरमा पाेषक तत्व दिलाउने आहारमा पर्दछ । यसले हाम्रो शरीरलाई चाहिने भिटामिन उब्लब्ध गराउनुको साथै अनुहारमा चमक ल्याउन सहयोग गर्दछ ।

फलफुल खाएपछि हामी त्यसको बोक्रालाई फोहरमा मिल्काई दिन्छौ किनकी हामीलाई यसको फाईदाबारे ज्ञान छैन जुन यसप्रकार छन् ।

मेवाको बोक्रा

मेवाको बोक्रा तास्दा एक किसीमको सेतो चोपयूक्त तरल पदार्थ आउछ यो सहितको बोक्राले धोएको अनुहारमा केहि समय दलेर छाड्ने र अनुहार सुके पछि अनुहार धोएमा मुलायम तथा चम्किलो महसुस् हुन्छ । यो प्रकृया हप्तामा दुई पटक गरेमा धेरै फरक अनुभव गर्न सकिन्छ ।

खरबुजाको बोक्रा

खरबुजा यस्तो मौसमी फल हो जुन गर्मी महिनामा मात्र पाइन्छ । यसले हाम्रो शरिरमा पानीको कमीलाई केही हदसम्म पूरा गर्ने गर्दछ । खरबुजाको बोक्राको पेष्टलाई अनुहारमा लगाउँदा दादको समस्या हट्छ भने यसले छालालाई विशेष चम्किलो पनि राख्छ ।

शरीरको वजन नघटेर वाक्कदिक्क हुनुभएको छ भने खरबुजाको बोक्रा खाने गर्नुस् । यसले वजन घटाउन सहयोग गर्छ । खरबुजाको बोक्रा यत्तिकै खान नसकिने भएकाले ससानो टुक्रा पारी खाने गर्नुस् । यसो गर्दा पनि खान अप्ठेरो भयो भने नुन–खुर्सानीमा चोपेर खाने गर्नुस् ।

सुन्तलाको बोक्रा

सुन्तलामा भिटामिन सि पाईन्छ । यो हाम्रो छालाको लागि निकै फाइदाजनक मानिन्छ । सुन्तलाको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा ब्ल्याकहेड्स टाढा भाग्छ र छालाका विभिन्न समस्याबाट छुटकारा पाइन्छ ।

सास गनाउने समस्या छ भने सुन्तलाको बोक्रा खानाले राम्रो गर्छ । यसमा पाइने एसिडले मुखमा रहेका ब्याक्टेरिया नाश गर्छ र सास ताजा बन्न पुग्छ ।

सुन्तलाको बोक्रामा प्रशस्त पौष्टिक तत्व हुन्छ । सक्नुहुन्छ भने सुन्तलाको बोक्रा मर्याङमर्याङ चपाएर खानुस् । यसले मुटुसम्बन्धी रोग लाग्ने जोखिमलाई कम गरिदिन्छ । सुन्तलाको बोक्राको चूर्ण बनाई मनतातो पानीसँग पिउने गर्नाले कब्जियतको समस्या हटेर जान्छ ।

केराको बोक्रा

केराको बोक्राबाट प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ । यसमा भिटामिन बी ६ र बी १२ पाईनुका साथसाथै म्याग्नेसियम र कार्बोहाइड्रेट पाईन्छ । केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले स्ट्रेसलाई कम गर्ने गर्दछ । केराको बोक्रालाई अनुहारमा लगाउँदा घामले डढेको र डण्डिफोरको समस्याबाट राहत पाइन्छ ।

केराको बोक्रामा एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरलाई बलियो राख्ने, रोगप्रतिरोधी क्षमता बढाउनेलगायत काम गर्छ ।केराको मूल फलमा भन्दा यसको बोक्रामा बढी उपयोगी तत्व हुन्छन् ।

केराको बोक्रामा फाइबर उच्च मात्रामा पाइन्छ, जसले पाचनलगायत शरीरको समग्र प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । आँखामा जुनसुकै खालको इन्फेक्सन भएको छ भने केराको बोक्रा खानु फाइदाजनक हुन्छ ।

अनार

अनारको बोक्रामा आइरन प्रशस्त मात्रामा पाइने भएकाले यो खाने गर्नाले रक्तअल्पतालगायत समस्याबाट समेत जोगाउँछ । घाँटी खसखस भएर दिक्क हुनुभएको छ भने अनारको बोक्रा खाँदा सञ्चो हुन्छ । गिजाबाट रगत निस्किने समस्या भएकाका लागि पनि अनारको बोक्रा उपयोगी हुन्छ ।

काँक्रो

काँक्रोको बोक्रा खाने गर्नाले हड्डी बलियो बन्छ । काँक्रोको बाहिरी भागमा भिटामिन ए र के प्रचुर मात्रामा पाइन्छन् । त्यही भएर बोक्रा नताछीकन काँक्रो खाने गर्नुपर्छ । शरीरको वजन घटाउन काँक्रोको बोक्रा खानु बडो उपयोगी हुन्छ ।

स्याउ

स्याउमा पाइने पोषक तत्वमध्ये अधिकांश बोक्रामा थुप्रिएका हुन्छन् । त्यही भएर बोक्रा ताछेर स्याउ खाने मूर्खता गर्नु हुँदैन । स्याउको बोक्रामा फ्लेभोन्वइड नामक तत्व पाइन्छ, जसले रोगप्रतिरोधी क्षमता बढाउँछ । स्याउको बोक्रामा क्यान्सरबाट बचाउने तत्व पनि पाइन्छ ।

कागती

कागतीको बोक्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ, जुन अनुहारका लागि ज्यादै उपयोगी हुन्छ । कागतीको बोक्रा त्यसै खान सकिँदैन भने चूर्ण बनाएर खान सकिन्छ । कागतीको बोक्रा खाने गर्नाले रोगप्रतिरोधी क्षमता चाँडै वृद्धि हुन्छ । कागतीको बोक्रामा क्यान्सरबाट जोगाउने तत्व पनि पाइन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।