तपाइ जीवनमा केही हासिल गर्न चाहानुहुन्छ । तर, त्याे कुरासम्म पुग्न बाटाे सहज पक्कै हुन्न । जीवनका अनेक परिस्थिति पार गर्दै गर्दा दिमागमा अनेक कुराहरू खेल्न थाल्छन् । यस्ताे खवस्थामा निराशामा जाने, डिप्रेसन हुने, मानसिक सन्तुलन गुम्ने या कुनै अप्रिय घटना हुने सम्भावना पनि बढ्छ । यसले गर्दा अाफ्नाे मानसिक स्वास्थ्य ख्याल राख्नु, साेचहरूकाे व्यवस्थापन गर्नु अावश्यक हुन्छ ।

दिमागमा धेरै कुराहरू खेलेर तनावमा हुदा दिमागी सन्तुलनकाे लागी यस्ता विधिहरू अपनाउन सकिन्छ

खानपानमा ख्याल

तनावले शारीरिक अवस्थासँग प्रत्यक्ष सम्बन्ध राख्छ । खाजा नखाई बिहानैदेखि काममा जाने, खाना समयमा नखाने तथा स्वस्थ खानेकुरा सेवन नगर्ने बानीले तनाव बढाइरहेको हुन्छ । जसले शारीरिक तथा मानसिक दुवैखाले असर पुर्‍यारहेको हुन्छ । त्यसैले, समयमा त्यसमा पनि स्वस्थ खाना खानुपर्छ । केरा, अमला, स्याउ, जौ, कुरिलो, दूधलगायत तनाव व्यवस्थापन गर्न सहयोग गर्ने खानेकुरा खान सकिन्छ ।

लेख्ने बानी

दिमागमा धेरै कुराहरू अाउँछन् भने लेख्ने बानी सबैभन्दा उत्तम हाे । अाफ्नाे दिमागमा अाएका कुराहरूलाइ लेख्ने गर्दा दिमागी सन्तुलन कायम गर्न निकै सहज हुन्छ । यसले गर्दा तपाइकाे मन हल्का हुन्छ र तपाइले अाफ्ना विचारकाे विश्लेषण गर्न पनि पाउनुहुन्छ ।

बिहान योजना बनाउने

तनाव व्यवस्थापनका लागि सन्तुलित दिनचर्या एकदमै महत्वपूर्ण हुन्छ । दैनिक कामलाई आवश्यकता र महत्वका आधारमा वर्गीकरण गरी समय निर्धारण गर्नुपर्छ । त्यस्तै, नियमित व्यायाम र आरामले तनावबाट मुक्ति पाउन सकिन्छ । आफ्नो क्षमताले भ्याउने काम गर्नुपर्छ, त्यो पनि व्यवस्थित रूपमा । हरेक बिहान आफूले दिनभरि गर्ने कामको योजना बनाउनुपर्छ । जसले काम गर्न सहज हुन्छ र तनाव महसुस पनि हुँदैन ।

अाफ्नाे लागि ठाउँ

अाफ्नाे जिन्दगीमा अाफ्नाे लागि ठाउँ बनाउनुहाेस् । अाफ्नाे हेरविचार गर्नुहाेस् । अाफुलाइ प्राथमिकतामा राख्नुहाेस् । मनाेरन्जनकाे लागि समय छुट्याउनुहाेस् । विशेष दिन र चार्डपर्वमा खुलेर रमाउनुहाेस् । यसले गर्दा तपाइमा उर्जा अाउँछ र नकरात्मक विचारहरू हट्दै जान्छन् ।

जिवनकाे प्राथमिकता

अाफ्नाे जिवनका प्राथमिकताहरू छुट्टाउनुहाेस् । तपाइकाे लागी सबैभन्दा महत्वपुर्ण के हाे, त्यसमा केन्द्रित रहनुहाेस् । यसले गर्दा तपाइसँग अावशयक कुराकाे लागी समय रहँदैन भने अर्काेतर्फ, तपाइले अाफुले चाहेकाे काममा राम्राे गर्दै जान सक्नुहुन्छ । त्यसपछी तपाइकाे दिमागबाट अनावश्यक कुराहरू हट्दै जान्छ ।

सम्बन्ध र सिमितता

सकरात्मक साेच भएका मानिसहरूसँग सम्बन्ध अगाडि बढाउनुहाेस् । अाफ्नाे काम र व्यक्तिगत जिवनलाइ एकैठाउँ नमिलाउनुहाेस्। अाफ्नाे पेशागत मर्यदालाइ र जिवनलाइ ख्याल गरेर अाफ्नाे सिमितता बनाउनुहाेस् । यसले गर्दा तपाइ अनावश्यक झन्झटमा पर्नुहरन्न र अनावश्यक साेचहरू अाउँदैनन् ।

काम गर्ने बानी

काम गर्दै जाँदा अनावश्यक साेच पनि हट्दै जान्छन् । काम नगरी बस्नुभयाे भने दिमागमा अनेक साेचहरूले डेरा जमाउन थाल्छन् ।त्यस्तै एकपटक एउटा काममा मात्र केन्द्रित रहनुहाेस् । एकपटक धेरै काम गर्न थाल्नुभयाे भने तपाइकाे दैनिकी सँगै तपाइकाे साेच पनि अस्तव्यस्त बन्छ ।

 

दैनिकी

अाफ्नाे दैनिकी अस्तव्यस्त भयाे भने तपाइमा अनावश्यक साेच अाउन थाल्छन् र तनाव बढ्न थाल्छ । त्यसैले समय तालिका बनाएर काम गर्नुहाेस् । अाफ्नाे दैनिकीलाइ व्यवस्थित बनाउनुहाेस् । समयलाइ महत्व दिएर अगाडी बढ्नुहाेस् ।

व्यक्तित्व विकास

अाफ्नाे व्यक्तित्व विकासमा लगानी गर्नुहाेस् । नयाँ कुराहरूसँग अपडेट रहनुहाेस्, विभिन्न तालिम लिनुहाेस्, सभा सेमिनारमा सहभागी हुनुहाेस् । अाफु बस्ने ठाउँ र अाफुले काम गर्ने ठाउँ व्यवस्थित र सफा राख्नुहाेस् । पुस्तक पढ्नुहाेस् ।

शारिरीक अभ्यास, याेगा या ध्यान

बिहान छिटाे उठ्नुहाेस् र हिड्नुहाेस् । बिहानकाे हिडाइले शारीरिक तन्दुरूस्ती सँगै दिमागी उर्जा पनि दिन्छ । हरियाली भएकाे ठाउँमा केहि छिनु बस्नुहाेस् । याेगा, ध्यानले अझ सहयाेग गर्न सक्छन् । शारिरीक अभ्यास गर्नुहाेस् । यसले गर्दा शारिरीक तथा मानशिक स्फुर्ति बढ्छ र नकरात्मक साेच, अालस्यता, तनाव हट्दै जान्छ ।

भिडियाे हेर्नुहाेस्ः

थप जानकारीः

दिमाग स्वस्थ राख्ने ६ टिप्स

जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ । आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता नजिकिँदै जान्छ ।

गल्ती महसुस गर्ने, तनाव नलिने

गल्ती कसले गर्दैन ? जानेर पो गर्नुहुँदैन । नजानेर हुने गल्तीका लागि धेरै मान्छे पछुताउँछन् । तर, यो बानी राम्रो होइन । एकचोटी भएको गल्तीलाई सम्झिरहँदा दिमागको क्षय हुन्छ । त्यसैले गल्ती नदोहो¥याउनेमा प्रतिबद्ध भएर पुराना गल्तीमा नअल्झिने सोच बनाउनुपर्छ ।

अर्काको नजरबाट आफूलाई नहेर्ने

धेरै मान्छेले जिन्दगीमा दोहोर्याउने गल्ती हो यो । अरुले ‘राम्रो’ भन्दा मख्ख पर्ने र ‘नराम्रो’ भनेपछि खिस्रिक्क हुने प्रायः को बानी हुन्छ । यही गल्तीले मान्छेलाई निरन्तर पछारिरहेको हुन्छ । सधैँ अरुले हौसला प्रदान गर्दैनन् र सबै आफ्ना अनुकूल हुँदैनन् ।

अरुको नजरमा आफूलाई सही नदेखेकै अवस्थामा आफू गलत नहुन पनि सकिन्छ । त्यसैले सही सुझावलाई ग्रहण गर्ने तर उनीहरुको नजरिया अनुसार आफूलाई मूल्यांकन नगर्ने बानीले दिमागलाई स्वस्थ राख्न मद्दत गर्छ ।

परिवर्तनसँग नडराउने

मान्छे ठीकठाक अवस्थामा छ भने ऊ परिवर्तनदेखि डराउँछ । यथास्थितिमै रमाउन वातावरण सिर्जना गर्न थाल्छ । जसले गर्दा दिमागमा नयाँ सोच सिर्जना हुँदैन । परिस्थितिको परिबर्तनलाई अवसरको नयाँ दैलो ठान्नेहरु मात्रै यो दुनियाँमा तेज बुद्धि भएकामध्ये परेका छन् । सफलताको माथिल्लो सिँढीमा उनीहरु नै पुगेका छन् ।

मान्छेको दिमाग परिवर्तनलाई सदा स्वागत गर्छ । तर, समयसँगै आफूलाई बदल्न चाहन्छ । हामी यथास्थितिमा राख्न खोज्छौँ, जसले गर्दा बुद्धिको विकासमा असर पुर्याउँछ । परिवर्तनसँग डराउने होइन, डटेर सामना गर्ने विचारले दिमाग बढाउँछ ।

एक्लोपन महसुस नगर्ने

धेरै मान्छे अधिकांश समय साथीसँग कटाउन रुचाउँछन् । यो दिमाग क्षय गर्ने सबभन्दा ठूलो कारण हो । किनकि साथीहरुमाझ दिमागले नयाँ कुरा सोच्ने र एकोहोरिने अवसर पाउँदैन । बिस्तारै त्यसरी सोच्ने ग्रन्थी बन्द हुँदै जान्छ । गहन कुरा सोच्न खोज्दा समेत एकाग्र हुन सकिदैन ।

त्यसैले एक्लोपनसँग डराउने होइन, त्यसको सदुपयोग गर्ने बानी बसाल्नुपर्छ । आफ्नो खुसीका लागि साथीमा निर्भर नभइ एक्लै रमाउनु पनि सफलताको कारक बन्न सक्छ । त्यसरी रहँदा नयाँ सोच आउने सम्भावना धेरै हुन्छ ।

अर्काको सफलतामा रमाउने

सामूहिक रोग हो, अर्काको प्रगतिमा जल्ने । आफ्नो सफलता भन्दा अर्काको असफलतामा रम्ने बानीले अन्ततःः दिमाग नै त्यही रुपमा बदलिन्छ । नकारात्मक कुरालाई महत्व दिने ग्रन्थी दिमागबाट चाँडो निस्किन थाल्छन् ।

अन्तमा गएर आफ्नो सफलताका लागि भन्दा अर्काको असफलताका लागि दिमाग चल्छ । आफू अघि बढ्ने समय अर्काको खुट्टा तान्न खर्चिंदा कहिल्यै सफलता हासिल गर्न सकिँदैन । अर्काको सफलतामा समेत रमाउने स्वभावको विकास गर्दा आफ्नो सफलताका लागि सोच्ने शक्तिको विकास हुन्छ ।

अरुसँग तुलना नगर्ने

आफ्नो तुलना अर्काे कोहीसँग गर्नुहुँदैन । किनकि जन्मिने वातावरण, समय र अवस्था नै फरक भएपछि कुनै कुरामा समानता हुने सम्भावनै हुँदैन । आफूलाई अरुसँग दाँज्ने बानीले कहिल्यै बुद्धिको विकास हुन दिँदैन । आफू अरुभन्दा फरक हो र हुनुपर्छ भन्ने सोचाइले अन्ततः फरक बनाएरै छाड्छ ।

अरुसँग तुलना गर्दा कि त आफू कमजोर भएको महसुुस हुन्छ, कि त बलियो । दुइटै दिमागलाई नयाँ तरिकाले उपयोग गर्ने प्रक्रियाका बाधक हुन् । आफूसँग भएको कुरालाई उच्चतम प्रयोगका लागि सोच्ने बानीका कारण दिमाग सदा विकल्प ठम्याउनेतिर अघि बढ्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।