सहनै नसक्ने गरी दाँत दुख्ने, किरा पर्ने जस्ता दाँत सम्बन्धी समस्याबाट धेरैजस्तो मानिस ग्रसित छन् । दाँत दुख्दा खेरीको पिंडा कल्पना समेत गर्न नसकिने हुन्छ । सहनै नसक्ने गरि दाँत दुखिरहँदा यसलाई एकछिन त औषधीले शान्त बनाउँछ तर यसबाट संधैका लागि भने छुटकारा दिलाउँदैन ।

दाँत दुखाई र दाँतमा पर्ने किरा एक आम समस्याको रुपमा रहेको छ। हामी यस समस्या लाई निर्मुल पार्न अनेक औषधी सेवन गर्ने गर्छौं तर त्यो एकछिनको लागि मात्र हुन्छ । जब औषधीले काम गर्न छोड्छ फेरी दुख्न सुरु गरिहाल्छ ।

तर आज हामी दाँतको कीरालाई पूर्ण रुपमा निकाली दुखाईबाट सधैँका लागि छुटकारा पाउन मद्धत गर्ने अचुक घरेलु औषधीको बारेमा बताउन गइरहेका छौँ, जुन १०० प्रतिशत प्राकृतिक, प्रभावकारी र दाँत सम्बन्धी सम्पूर्ण समस्यालाई सहि समाधान गर्छ ।

१. तील र ल्वङको तेल

एक चम्चा तीलको तेलमा ३/४ थोपा ल्वङको तेल मिसाएर हरेक बिहान खाली पेटमा यस तेलले कुल्ला गर्ने । यसको साथै तील र ल्वङको तेललाई बराबर मात्रामा मिसाउने । एउटा कटनको डल्ला यो तेलमा चोपेर दुखेको दाँत वा किराले खाएर खाली भएको दाँतको बीचमा राखेर १० देखि १५ मिनेट सम्म दबाएर च्याप्ने ।

यस विधिलाई दिनको ३/४ पटक प्रयोग गर्नको लागि तील र ल्वङको तेलको मिश्रणमा ३/४ ओटा कटनको बललाई चोपेर एउटा कन्टेनरमा राख्ने । त्यसपछि हरेक पटक खाना खाए पछी यस कटन बललाई १०-१५ मिनेटका लागि दाँतको बीचमा च्यापेर राख्ने । यसो गर्नले दाँतको दुखाईलाई तुरुन्तै ठिक गर्नुका साथै दाँतमा हुने किरालाई सधैँको लागि निकालीदिन्छ ।

२. लसुन

३/४ ओटा लसुनको केस्रालाई मसिनो बनाएर काट्ने । यसमा एक चिम्टी रक सल्ट राखेर मज्जाले मिसाउने । अब यस लसुनलाई सडेको दाँतको बीचमा हालेर १० मिनेटको लागि च्यापेर राख्ने । बिहान बेलुका एक एक पटक यो विधि प्रयोग गर्नाले दाँतमा भएको ब्याक्टेरिया खत्तम हुन्छ र दाँतको कालोपन पुरै हटेर जान्छ ।

३. फिटकिरी

जस्तो सुकै दुखाई लाई पनि कम गर्न फिटकिरीलाई एक अचुक औषधीको रुपमा लिइन्छ । एक कप पानीमा एक टुक्रा फिटकिरी लाई डुबाएर १/२ मिनेटका लागि राख्ने । १/२ मिनेट पछी पानीलाई चम्चाले चलाएर फिटकिरीलाई निकाल्ने ।

अब यो पानीलाई मुखमा राखेर ३/४ मिनेटका लागि घुमाइराख्ने । यस प्रक्रियालाई दिनमा २/३ पटक दोहोर्याउने । लगातार यो विधि प्रयोग गर्नले ३/४ दिनमै जस्तोसुकै गम्भीर दाँतको दुखाईलाई सधैँको लागि हटाउँछ ।

४. नुन–पानीले कुल्ला गर्ने

एक कप मन तातो पानीमा एक चम्चा नुन मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको निको गर्छ । नुन–पानीले मुखमा भएका फोहर खानेकुरा हटाएर सफा गरिदिनुका साथै दुखाई निको गर्छ ।

५. निमपत्ता

ताजा निमको पातलाई पखालेर नुन मिसाई पिसेको लेदोलाई दाँत दुखेको ठाउँमा लगाउँदा निको गर्छ । निमको पातमा व्याक्टेरियाबिरुद्ध लड्ने गुणसमेत हुने भएकाले निमपत्ता दुखाई कम गर्ने प्रभावकारी घरेलु उपाय हो । हरियो निमपत्ता नभएमा सुकेको पातलाई पानीमा पकाएर सो मन तातो पानीले कुल्ला गर्न सकिन्छ । दैनिक तीनपटक मन तातो पानीले कुल्ला गर्नुपर्छ ।

याे कुरालाइ पनि नियमित रुपमा गर्नुहाेस्

त्यस्तै दिनको दुइ पटक ब्रस गर्ने, खाना खाए पछी कुल्ला गर्ने, सके सम्म मिठाई नखाने, दाँतमा अड्किने खालको खाद्यपदार्थ नखाने, प्रशान्त पानी पिउने, धुम्रपान,सुर्ती, तमाखु सेवन नगर्ने लगायतका सावधानी अपनाउनले दाँतमा किरा पर्ने वा दाँत दुख्ने जस्ता समस्या कहिल्यै आउँदैन ।

हामीले केहि सम्बन्धित थप जानकारी दइएका छाै

यसरी गर्नुपर्छ दाँतमा ब्रस, जान्नुहाेस्र

सफा चम्किलो र स्वस्थ दाँतले मानिसको व्यक्तित्व झल्काउछ । शरीरका अन्य भागको स्वास्थ्यमा तपाईँले जति ध्यान दिनुहुन्छ त्यति नै ध्यान दाँत र गिजाको स्वास्थ्यमा पनि दिनुपर्छ ।

दाँतको स्वास्थ्यमा ध्यान नदिदा दाँत र गिजामा समस्या त हुन्छ नै यसको अलावा मुटु, मिर्गौला तथा केही मात्रामा क्यान्सर रोगको समेत जोखिम बढ्छ । यस्तो महत्वपूर्ण दाँतको सफाई चाँही कसरी गर्ने हो त ? आउनुस हेरौँ डेन प्लानले सिकाएको छ तरिका

१. ब्रसको टाउकोलाई दाँतमा राखी त्यसलाई करिब ४५ डिग्रीको झुकाब दिएर गोलाकार रुपमा चलाई सबै दाँतको सतहहरु सफा गर्नुस् ।

२. तल र माथिका दाँतहरुको बाहिरी सतहमा ब्रसलाई तलमाथि गर्दै चलाएर सफा गर्नुस् ।

३. तल र माथिका दाँतहरुको भित्री सतहमा पनि ब्रसलाई राम्ररी चलाई सफा गर्नुस् ।

४. दाँचको चपाउने सतह अर्थात तल र माथिका दाँतका टुप्पोमा राम्ररी सफा गर्नुस् ।

५. दाँतको भित्री सतह सफा गर्न ब्रसलाई ठाडो पारेर गोलाकार रुपमा चलाई ब्रस गर्नुस् ।

६. ब्रस गर्दा ज्रिबोमा समेत गर्नु राम्रो हुन्छ । यसो गर्नाले मुखको व्याक्टेरिया हटाई मुखको दुर्गन्धहटने वा सास ताजा गर्न मद्धत मिल्छ ।

दाँत सेतो र चम्किलो बनाउने घरेलु काइदा

सामान्यत हामी सौन्दर्यको कुरा गर्दा, स्वास्थ्यको कुरा गर्दा दाँतलाई पाखा लगाउँछौं । अर्थात सौन्दर्य र स्वास्थ्यको कुरामा दाँतलाई भुल्छौं । जबकी दुबैका लागि दाँतको भूमिका अहंम हुन्छ ।

जस्तो तपाईंको अनुहारको सौन्दर्यमा मिलेका दाँतले कति राम्रो भूमिका खेल्छ ? गीतहरुमा सौन्दर्यको वयान गर्दै भनिन्छ, ‘मिलेका ति दाँतका पंक्ति ।’ कथा/उपन्यासमा लेखिन्छ, ‘अनारका दाना जस्तै मिलेका दाँतका पंक्ति ।’

मानौं, तपाईंको दाँत खराब छ । न मिलेको छ, न सेतो सफा छ । यस्तो अवस्थामा तपाईंलाई अरुको सामुन्ने हाँस्न कति गाह्रो हुन्छ । हाँस्नै पर्‍यो भने, हातले मुख छोपेर हाँस्नुहुन्छ ।

नजिक गएर बोल्न सक्नुहुन्न । किनभने दाँतको दुर्गन्ध थाहा पाउँछ कि भनेर ।यदी दाँत सफा, चम्किलो र मिलेको हुँदो हो त, तपाईं निर्धक्कसाथ हाँस्नुहुन्थ्यो । तर, दाँत नै खराब भएपछि हाँस्नु पनि गाह्रो ।

यी भए, सौन्दर्यको कुरा । दाँत स्वास्थ्यको पनि महत्वपूर्ण हिस्सा हो । जब हामी कुनैपनि खानेकुरा खान्छौं, दाँतले राम्ररी चपाएको हुनुपर्छ । अहिले भन्ने गरिन्छ नि, ‘खाना बिस्तारै, राम्ररी चपाएर मात्र सेवन गर्नुपर्छ ।’ हामीले खानेकुरा जति राम्ररी चपाउँछौं, पाचन यन्त्रलाई उत्तिकै सहज हुन्छ । खाएको खानेकुरा पच्छ । तर, दाँत नै रोगी भए ?

निश्चय पनि खानेकुरा राम्ररी चपाउन सकिदैन । त्यसमाथि दाँतको किटाणु खानामै मिसिने भयो । अब रोगमाथि रोग थपिएन त ?त्यसैले दाँतको सुरक्षा र सफाईसँग हामी बढी सजग हुनुपर्छ ।

हामीलाई थाहै छ, बिहान-बेलुकी खाना खाएपछि दाँत ब्रस गर्नुपर्छ । अक्सर हामी बिहान उठेर ब्रस गर्छौं । जबकी राती खाएको खाना त्यसबेलासम्म मुखभित्रै सड्ने प्रक्रियामा हुन्छ । दाँतमा अल्भिmएका खानाका कणहरु कुहिन थाल्छ । यस्तो अवस्थामा बिहान ब्रस गर्नुको औचित्य के ?

अक्सर हामी बिहान र बेलुकी खाना खान्छौं । खाना खाएपछि ब्रस गर्नुपर्छ । अन्य बेला पनि खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्नुपर्छ। यी त सामान्य कुरा हुन् । तर, हामीलाई यति सामान्य कुरा गर्न पनि कति झन्झट ?

बजारमा थरीथरीका ब्रस पाइन्छ, टु्थपेस्ट पाइन्छ । घरमै बनाएर पनि पेस्ट प्रयोग गर्न सकिन्छ । नुन, बेसार र थोरै तेल मिश्रण गरेर त्यसले दाँत सफा गर्दा राम्रो हुन्छ ।अब कुरा गरौ, दाँत चम्किलो बनाउने । यो घरेलु विधी हो ।

यसरी बनाउने घरेलु टुथपेस्ट

दाँतको सफाइको लागि वा ब्रस गर्नको लागि हामीलाई नभई नहुने चीज हो टुथपेस्ट । यसले दाँतबाट दुर्गन्ध टाढा गरेर त्यसलाई सफा बनाउन मद्दत गर्छ साथै दाँतको पहेंलोपनबाट छुटकारा दिलाउँछ ।

तर, आजकाल बजारमा धेरै खालका टुथपेस्ट आएका छन् र कुन टुथपेस्ट ठिक छ र कुन छैन भनेर छुट्याउनै गाह्रो छ । आफ्नो टुथपेस्ट राम्रो भएको भन्दै विभिन्न टुथपेस्टले राम्रो भएको प्रचार गरेपनि ती उत्पादनले तपाईंको दाँत खासै सेतो र चम्किलो बनाउँदैनन् ।

स्वस्थ र सेता दाँत चाहनुहुन्छ भने तपाईंले घरमै टुथपेस्ट बनाउन पनि सक्नुहुन्छ । यसले तपाईंलाई मुखका विभिन्न ब्याक्टेरियाबाट बचाँउन मद्धत गर्छ साथै सासको गन्ध पनि टाढा गर्छ ।

घरमा तपाईं बेकिङ सोडाको मद्धतले टुथपेस्ट बनाउन सक्नुहुन्छ । यो टुथपेस्ट प्राकृतिक हुन्छ र यसले कुनै प्रकारको साइडइफेक्ट पनि गर्दैन । बेकिङ सोडाबाट ५ मिनेटमै टुथपेस्ट बनाउन सकिन्छ । बेकिङ सोडामा रहेका पोषक तत्वले तपाईंको दाँतलाई स्वस्थ र सफा बनाउन मद्धत गर्छ

आउनुहोस् जानीराखौं बेकिङ सोडाबाट घरमै कसरी टुथपेस्ट बनाउने

आवश्यक सामग्री

दुई तिहाइ कप बेकिङ सोडा

२-३ थोपा पुदिनाको रस

बनाउने विधि

यसलाई बनाउनको लागि सबैभन्दा पहिले एक कचौरामा बेकिङ सोडा र पानी मिसाएर एक गाढा पेस्ट बनाउनुहोस् ।

अब यो पेस्टमा पुदिनाको केही थोपा मिसाएर ब्लेन्ड गर्नुहोस् । पेस्ट गाढा होस् भन्ने कुरामा ध्यान दिनुहोस् ।

अब यो पेस्टलाई कुनै भाँडामा राखेर कुनै चिसो ठाँउमा राख्नुहोस् ।

तपाईंको टुथपेस्ट तयार भयो । यो पेस्टले दैनिक बिहान बेलुका ब्रस गर्न सक्नुहुन्छ ।

अपनाउनुपर्ने सावधानी

बेकिङ सोडाको टुथपेस्टले ब्रस गर्दा सामान्य टुथपेस्ट जस्तै तपाई यसलाई निल्न सक्नुहुन्न भन्ने कुरा याद गर्नुहोस् ।

यदि यसको प्रयोग गर्नेक्रममा पेस्ट सुक्यो भने यसमा थोरै पानी मिसाएर मिक्स गर्नुहोस् त्यसपछि फेरि यसको प्रयोग गर्नुहोस् ।

एकपटक बनाएको बेकिङ सोडा टुथपेस्टलाई हावा नछिर्ने कन्टेनरमा राम्रोसँग राख्नुहोस् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।