हाम्रो दिमागले हाम्रा अन्य शरीरलाई मार्गनिर्देश गर्छ । यसको अर्थ हाम्रो सोंच अनुसार हामीले हाम्रो काम गर्छौं । त्यसैले, सकारात्मक सोंचलाई सफलताको आधार मानिन्छ ।

1. सफल बन्ने अवसर कुनै एउटा काममा होइन, काम गर्ने व्यक्ति तथा उसको सोंचमा हुन्छ ।

2. धेरैजसो समय हामीहरु आउंदै नआउने परिस्थितिहरुको कल्पना गरेर दु : खी भइरहेका हुन्छौं , अत्तालिएका हुन्छौं ।

3. यस्ता व्यक्तिहरुको मात्र संगत गर, जसले तिमीलाई अगाडी बढ्नको लागि साथ र हौसला दिन्छन् ।

4. जब तिमीलाई परिस्थितिले घुँडा टेक्ने बनाउँछ, सम्झनु कि, यो तिम्रो प्रार्थना गर्ने आसन हो ।

5. तिम्रा सपनाहरु असफल हुने एउटा मात्र ठाउँ हो, तिम्रो सोंच ।

6. जब मैले राम्रो काम गर्छु, म खुशी हुन्छ र जब मैले नराम्रो काम गर्छु, म दुखी हुन्छु । यही नै मेरो धर्म हो ।

7. तिमीमा काम गर्ने उत्साह छ भने, जस्तोसुकै अवस्थामा पनि तिमीभित्र सकारात्मक ऊर्जा आइरहेको हुन्छ ।

8. समस्याहरु अन्त्य होइनन् । ती त तिम्रो लागि मार्ग निर्देशन हुन् ।

9. कुन कुरा प्रख्यात छ, त्यो नगर । कुन कुरा सही छ, त्यो गर ।

10. आफ्नो अनुहार सूर्यको प्रकाश तिर फ़र्कायौ भने तिमीले छायाँ हेर्नु पर्दैन । छायाँ तिमीभन्दा पछाडी रहनेछ ।

11. एउटा सानो सकारात्मक सोंचले तिम्रो पूरै दिन परिवर्तन गरिदिन सक्छ ।

12. सकारात्मक उद्देश्य सहितको काम र सकारात्मक सोंच मिलनले नै सफलता दिलाउँछ ।

13. तिमी कति माथि उड्न सक्छौ भन्ने कुरा, तिम्रो सोंच कति ठूलो छ भन्नेमा भर पर्छ ।

14. भविष्यको भविष्यवाणी गर्ने सबैभन्दा राम्रो तरिका भनेको भविष्यको निर्माणमा लाग्नु हो ।

15. हरेक दिन १४ सय ४० मिनेट हुन्छ । यसको अर्थ, सकारात्मक परिवर्तन ल्याउनको लागि हामीसंग हरेक दिन १४ सय १० वटा अवसर हुन्छन् ।

16. तिमीले परिस्थितिहरुलाई ‘कन्ट्रोल’ गर्न सक्दैनौ भने सकारात्मक सोंचले आफूलाई ‘कन्ट्रोल’ गर ।

17. आफूभित्र यस्तो कुरा खोज, जसले तिमीलाई खुशी दिन्छ । त्यही एउटा खुसीले तिम्रो सबै दु:ख बिर्साइदिन्छ

भिडियाे हेर्नुहाेस :