जिवन सधै एकै लयमा बग्दैन । हरेक दिन नयाँ नयाँ परिस्थितिहरू सिर्जना हुन्छन् । यस्ताे अवस्थामा कहिलेकाही अाफुलाइ एकदमै कमजाेर महसुस हुन्छ । त्याे कमजाेरपनलाइ व्यक्तिले सहि समयमा व्यवस्थित गर्न सक्याे भने त्याे एउटा सिकाइ बन्छ, बलियाेपनमा परिणत हुन्छ भने त्याे कमजाेरपनलाइ व्यवस्थित गर्न सकिएन भने जिन्दगी नै खतरामा पुग्छ ।

के तपाइ अाफुलाइ कमजाेर महसुस गरिरहनु भएकाे छ ? यि विधी अपनाउनुहाेस्

अाफुले पढिरहेकाे क्षेत्र या काम गरिरहेकाे क्षेत्रका नयाँ कुराहरू खाेजेर पढ्नुहाेस् । इन्टरनेटमा त्यस्ता कुराहरू सजिलै उपलब्ध हुन सक्छन् । अाफ्नाे काम या पढाइकाे क्षेत्रकाे नयाँ कुरा सिक्न पाउँदा तपाइमा नयाँ उत्साह जाग्छ ।

त्यस्तै, काम या पढाइमा पछि परे भनेर निराश हुनुहुन्छ भने सम्झिनुहाेस्, सबैका अा-अाफ्ना विशेषता हुन्छन् । अाफ्नाे विशेषता पत्ता लगाउनुहाेस् । र, सधै याे बुझ्नुहाेस् कि, काममा मान्छे काम गर्दै गएकाे अनुभवकाे अाधारमा राम्राे देखिन्छ । नअातिनुहाेस्, कामलाइ निरन्तरता दिनुहाेस् ।

साथिहरूसँग भेटघाट गर्नुहाेस् । केही समय साथिहरूसँग बिताउने, गफ गर्ने, रमाइला पल सम्झने गर्नुहाेस् । अाफ्ना मनका कुरा एक अर्कालाइ बताउँदा मन हलुका हुन्छ, दिमाग ताजा हुन्छ र हिम्मत बढ्छ ।परिवारकाे सम्पर्कमा रहिरहनुहाेस् । परिवारका सदस्यसँग बसेर गफगाफ गर्नुहाेस् ।

घरमा सानाे तिनाे काम गर्नुहाेस् । टाढा हुनुहुन्छ भने पनि परिवाका सदस्यलाइ फाेन सम्पर्क गर्नुहाेस् । यसले तपाइलाइ भावनात्मक रूपमा बलियाे बनाउँछ ।अाफुले पछिल्लाे समयमा हासिल गरेकाे उपलब्धि सम्झिनुहाेस् र अाफ्ना अागमी याेजनाहरूलाइ सम्झेर डायरीमा टिप्नुहाेस् ।

सफलतालाइ कुनै गन्तव्यकाे रूपमा नलिइ यात्राकाे रूपमा लिनुहाेस् । यिनै अफ्ठ्यारा, चाेट, धाेका, असफलता अादिले नै तपाइलाइ बलियाे बनाउँछन्, जसले गर्दा त्याे यात्रामा हिड्न सजिलाे हुन्छ । यसले तपाइमा जिवनप्रति प्रेम हुन्छ ।जिवनकाे मुख्य व्यक्ति तपाइ हाे र तपाइकाे जिवनकाे यात्रामा अगाडी बढिरहनुभएकाे छ ।

बाटाेमा कति मान्छे भेटिन्छन्, छुटिन्छन् । त्यसैले काेही अाफ्नाे जिवनबाट गयाे भन्दैमा काजार नहुनुहाेस् । तपाइले जिवनमा गर्नुपर्ने थरप्रै कुरा छन्, पुरा गर्नुपर्ने सपना छन्, जिम्मेवारी छन्, अाफ्ना व्यक्तिगत चाहना छन् । ति कुरामा ध्यान दिनुहाेस् । जिन्दगीकाे प्राथमिकतालाइ छुट्याउनुहाेस् । तपाइ अरू कसैकाे लागी अाफ्नाे जिवन बर्बाद गर्न पक्कै जन्मनुभएकाे हाेइन ।

वृद्दाश्रम, अनाथालय, अाध्यात्मिक क्ष्रत्र, अाश्रय स्थलमा जानुहाेस् । त्यहाँ केही समय बिताउनुहाेस् । त्यसपछि तपाइले महसुस गर्न सक्नुहुन्छ कि, तपाइसँग ति थुप्रै कुराहरू छन्, जुन अरूसँग छैनन् । यसकाे लागी विभिन्न मानिसका जिन्दगीका कथा पढ्ने, हेर्ने पनि गर्न सक्नुहुन्छ ।

निन्द्रा पुग्नेगरी सुत्नुहाेस् र बिहान उठेपछी याेगा व्यायाम गर्नुहाेस् । प्रशस्त पानि पिउनुहाेस् । अाफुलाइ अत्यन्तै मिठाे लाग्ने या अाफुलाइ खान मन लागेकाे कुरा खानुहाेस् । केहिसमय हरियाली भएकाे ठाउँमा गएर बस्नुहाेस् । अाफ्नाे व्याक्तिगत सरसफाइमा ध्यान दिनुहाेस् ।

घरकाे सफाइ गर्नुहाेस् । अाफ्नाे हेरचाह गर्नुहाेस् ।रून मन लागेकाे छ भने रूनुहाेस् । रूनु कुनै कमजाेरी हाेइन । यति रूनुहाेस् कि, त्यसपछि त्याे कुरालाइ सम्झेर अाँशु नै नझराेस । तपाइ हुनुहुन्छ र त तपाइकाे सँसार छ । अाफ्नाे अात्मसम्मानकाे लागी स्वार्थी पनि बन्न सिक्नुहाेस् ।

भिडियाे हेर्नुहाेस्ः

थप जानकारीः

एक्लाे महसुस ? यसरी हटाउनुहाेस् एक्लाेपन, २३ उपाय, जसले जीवनभर खुसी राख्छ

मान्छे एक्लै जन्मिछ । तर जन्मिसकेपछी विस्तारै अरूकाे साथ पाउदै गर्दा उ अरूमाथी कामले मात्र नभइ भावनात्मक रूपमा पनि परनिर्भर रहन थाल्छन् । उसलाइ अरूले अाफुलाइ स्विकारून्, अाफुलाइ सहयाेग गरून्, माया गरून्र, सम्मान गरून् भन्ने अपेक्षा हुन्छ । तर जव जिवन अगाडी बढ्दै जान्छ, ती अपेक्षा काही गएर टुक्रिएकाे जस्ताे लाग्छ र उ अाफुलाइ एक्लाे महसुस गर्न थाल्छ ।

१. पत्ता लगाउनुहोस्, म के गर्दै छु

२ आत्मविश्वास बढाउनुहोस्

३. आफ्नो सिकाइमा सक्दो ऊर्जा थप्दै जानुहोस्

४. खराब कुराहरू हटाएर जीवन सन्तुलनमा राख्नुहोस्

५. खुसी हुनका लागि आफू मानसिक रूपमा तयार हुनुहोस्

६. सकारात्मक सोच बनाउनुहोस्

७. नराम्रो कुरामा पनि राम्रो कुरा खोज्ने प्रयास गर्नुहोस्

८. सामाजिक सञ्जालबाट टाढा बस्नुहोस्

९. जे गर्दा खुसी मिल्छ, त्यही गर्नुहोस्

१०. अरूसँग नम्र बोल्नुहोस्

११. नकारात्मक सोच त्याग्नुहोस्

 

सबैभन्दा पहिले त याे स्विकार्नुहाेस् की, तपाइ एक्लाे नै हुनुहुन्छ । तपाइसँग भएका साथीहरू, नजिकका भनिएका मान्छेहरूले जतिबेला पनि तपाइकाे साथ छाेड्न सक्छन् । जिवन भनेकाे निरन्तर चलिरहेकाे यात्रा हाे । याे यात्रामा कयाैँ मान्छे भेटिन्छन् र छुट्टिन्छन्।

अाफ्ने दिमागलाइ व्यस्त बनाउनुहाेस् । जब अाफ्नाे दिमागलाइ व्यस्त बनाउनुहुन्छ, तपाइकाे व्यक्तित्व विकास हुन थाल्छ, सकरात्मक साेच अाउन थाल्छन् र डर तथा निराशाहरू घट्न थाल्छन् । पत्रपत्रिका पढ्नुहाेस्, अन्य पुस्तक पढ्नुहाेस्, नयाँ नयाँ कुरा सिक्नुहाेस्, काम गर्नुहाेस्, नाच्नुहाेस्, गाउनुहाेस्, खाली नबस्नुहाेस् ।

१२ सधैँ स्पष्ट हुनुहोस्

१३. जीवनको महत्व बुझ्नुहोस्

१४. राम्रोका लागि ध्यान दिनुहोस्

१५. यस्तो कल्पना गर्नुहोस् जसले नयाँ बाटो बनाओस्

१६. शान्त बस्नुहोस्

१७. तपाईंको विचारमा खुसी के हो जान्नुहोस्

१८. जीवन बाँचेपछि सहज हुन्छ

१९. आफ्ना लागि आफैँ बोल्नुहोस्

२०. आफ्नो उद्देश्य पत्ता लगाउनुहोस्

२१. सम्बन्ध अर्थपूर्ण बनाउनुहोस्

२२ अखाद्य वस्तुको प्रयोग बन्द गर्नुहोस्

२३. आफूले आफूलाई नियन्त्रणमा राख्नुहोस्

रून मन लागीरहेकाे छ भने एक्लै चिच्याएर रूनुहाेस् । फेरी, तपाइकाे परिवारकाे सदस्य, तपाइका साथी मध्यमा यस्ताे काेही व्यक्ति हुन्छ, जाेसँग तपाइले अाफ्नाे मनमा अाएका कुरा राख्न सक्नुहुन्छ । उनीहरूसँग कुरा गर्नुहाेस् ।

हरेका दिन नयाँ हाे । भाेलीले नयाँ सम्भावना बाेकेर अाउने छ । अाशावादी रहनुहाेस् । अाफुमाथी विश्वास राख्नुहाेस् । भाग्यमा हाेइन, कर्ममा भर पर्नुहाेस् ।र, यदि धेरै दिनसम्म नै अाफुलाइ एक्लाे महसुस गर्नुभयाे या कमजाेर महसुस गर्नुभयाे भने मनाेवैज्ञानिकलाइ भेटेर परामर्श लिनुहाेस् ।

यसकाे बारेमा पनि जान्नुहाेस्ः

कसरी बस्ने ध्यान ?

भनिन्छ, ध्यान हाम्रो स्वभाव हो, जसरी हामी रुन्छौ, हाँस्छौ । त्यसैले यसको अभ्यास आफैमा कठिन भएपनि असम्भव भने छैन । निरन्तर र नियमपूर्वक अभ्यासले हामी ध्यानको अवस्थामा रहन सक्छौ ।

ध्यान कुनै कठिन व्यायाम होइन । यो जटिल आसन पनि होइन । पद्मासनमा वा अर्धपद्मासनमा बसेर गरिने साधरण क्रिया हो । तर, यसका लागि आफुले आफैलाई संयमित राख्न सक्नुपर्छ ।

१. ध्यान गर्नका लागि एकदमै शान्त, स्वच्छ वातावरण आवश्यक हुन्छ ।

२. बिहानको समय सर्वोत्तम हुन्छ, जतिबेला वायुमण्डलमा स्वच्छ हावा चलिरहेको हुन्छ ।

३. शान्त स्थानमा पद्मासन एवं अर्ध पद्मासनमा बस्नुपर्छ । आँखा बन्द गर्नुपर्छ ।

४. अब हामीले आफ्नो सम्पूर्ण ध्यान आफ्नो स्वासप्रश्वासमा केन्दि्रत गर्ने ।

५. शुरुमा मन यताउता भड्कन सक्छ, तर संयमित भएर यहि अभ्यास गरिरहने ।

६. यसरी श्वासप्रश्वासमा ध्यान केन्दि्रत गर्ने अभ्याससँगै विस्तारै ध्यानको गहिराइमा पुग्न सकिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।