विध्यालय हाेस् या कलेज लेभल, विध्यार्थीलाइ परिक्षा र नतिजा विशेष हुन्छ । नतिजालाइ लिएर विध्यार्थी तनाव त भएकाे हुन्छ नै, त्यसमाथी पारिवारिक र सामाजिक दवाबले गर्दा नतिजा पछि अप्रिय घटनाहरू घट्ने पनि गर्छन् । जिन्दगी भनेकै परिक्षा, नतिजा, सिकाइ, परिक्षणहरूकाे सँगालाे हाे । याे एउटा यात्रा हाे । र याे कुरालाइ विध्यार्थी, परिवार र समाज सबैले बुझ्नु जरूरी छ ।

सबैभन्दा पहिले त दिमागलाइ शान्त राख्नुहाेस् । अभिभावक र विध्यार्थी दुबैले नतिजा जस्ताे सुकै अाएता पनि त्यसलाइ स्विकार्ने मानस्थितिमा रहनुपर्छ । यसकाे लागी मेडिटेसन गर्ने, सँगीत सुन्ने, परिवारका सदस्य एकै ठाउँमा बस्ने अादि गर्न सकिन्छ ।पढाइलाइ प्नाथमिकतामा राख्नुपर्छ ।

यसले गर्दा नतिजाकाे पनि महत्व रहन्छ, तर जिवनमा करनै एउटा लेभलमा मिलेकाे नतिजा नै सर्वश्र्व हाेइन । कुनै एउटा लेभलमा राम्राे नतिजा ल्याएकाे व्यक्तिले अर्काे लेभलमा अपेक्षा गरे अनुरूपकाे नतिजा नल्याउन सक्छ र कुनै एउटा लेभलमा नराम्राे नतिजा ल्याएकाे व्यक्तिले अर्काे लेभलमा राम्राे नतिजा ल्याउन पनि सक्छ ।

नतिजा विध्यार्थीकाे लागी एउटा अवसर हाे । अाफ्ना कमजाेरी पत्ता लगाउने या अझ राम्राेसँग पढ्ने, पढ्नकाे लागी अझ प्रभावकारी तरीका पत्ता लगाउने अवसर हाे ।हामीले नतिजालाइ अरूले अाफुलाइ गर्ने मुल्याङ्कनकाे रूपमा मात्र लिन्छाैँ । तर नतिजाबाट हामीले अाफ्नाे स्वमुल्याङ्कन गर्न सक्छाैँ । हामी कुन विषयमा राम्राे रहेछाैँ, कुन विषयमा अाफ्नाे रूचि रहेछ भन्ने कुरा पत्ता लगाउन सक्छाैँ ।

जसले गर्दा हामीले अाफ्नाे अगाडिकाे करियर तय गर्न सक्छाैँ ।पढाइमा अाफुले साेचे अनुसार अाफ्नाे सन्तानले नतिजा ल्याएन भन्दैमा अभिभावक दुखी हुने या सन्तानलाइ मानशिक तनाव दिने गर्नु हुँदैन । हुनसक्छ, उ अरू कुनै अतिरीक्त क्रियाकलापमा अगाडी छ । अाफ्नाे सन्तानकाे क्षमतालाइ, उस्काे रूचिलाइ बुझ्ने प्रयास गर्नुहाेस् ।

नतिजा अाइसकेपछि अगाडिकाे करियरकाे लागी के पढ्ने या के गर्ने भन्ने कुरामा ट्रेन्ड या अरूले जे गरिरहेका छन्, त्यसकाे पछि लाग्नु हुँदैन अाफ्नाे रूचिकाे क्षेत्र बारे थप बुझ्ने, सम्बन्धित व्यक्ति या सँस्थाहरूबाट परामर्श लिने, त्यसबारे बढि भन्दा बढि जानकारी लिने प्रयास गर्ने गर्नु पर्दछ । त्यसपछी मात्र निर्णय लिने गर्नुपर्दछ ।

नतिजाले गर्दा सन्तान तनावमा देखिएकाे छ भने अभिभावकले उसँग समय बिताउने, उस्काे कुरा सुन्रे, उसलाइ बुझ्ने प्रयास गर्नुपर्छ । उसलाइ जिवनकाे परिक्षामा तिमी फेल भएकाे छैनाैँ भन्रे बुझाउने काेशिस गर्नुपर्छ । उसलाइ जस्ताेसुकै परिस्थितिमा पनि अाफु उसँग रहने अाभास दिलाउँदै उसलाइ फेरि प्रयास गर्ने या अगाडी बढ्नकाे लागी प्रेरित गर्नुपर्छ ।

भिडियाे हेर्नुहाेस्ः

थप जानकारीः

कलेजो कसरी स्वस्थ राख्ने ?

रक्सी नियामित प्रयोग गर्ने व्यक्तिलाई बिस्तारै–बिस्तारै आफ्नो कलेजो बिग्रिदै गरेको हेक्का पनि हुँदैन । कम्तीमा १० वर्षदेखि रक्सी नियमित सेवन या हप्तामा ४ दिन जसो गरेमा सिरोसिस हुन सक्छ ।दिनहुँजसो १ बोतल बियर, २ ग्लास वाइन, ६० मिली व्ह्स्किी या १ बोतल लोकल रक्सी १० वर्षदेखि खाँदै हुनुहुन्छ भने सजग हुनुस्, तपाइकाे कलेजो खराब भइसकेको हुन सक्छ ।

नेपाली परिवेशमा रक्सी नै कलेजो बिग्रनु वा कलेजो फेल हुनुको प्रमुख कारण हो । जसलाई लिबर सिरोसिस भानिन्छ । हाम्रो समाजमा १ सयमा ८०–९० प्रतिशत लिवर सिरोसिसको मुख्य कारण रक्सीको नियमित सेवन नै हो । अहिले लामो समयदेखि हेपाटाइटिस बि र हेपाटाइटिस सि भएर कलेजो बिग्रेका बिरामीको संख्या पनि बढ्दो छ ।

कलेजो ७०–८० प्रतिशत बिग्रिदासम्म पनि कतिपय अवस्थामा कलेजो रोगको कुनै पनि लक्षण वा समस्या नदेखिन पनि सक्छ । नियमित रक्सी सेवन गर्ने र कलेजो बिग्रिदै गरेको व्यक्तिको केही महिना अघिसम्म पनि कलेजोको रगतमा गरिने जाँच पनि सामान्य देखिनसक्छ । कसै कसैमा रोगको सुरुवातीमा कमजोरी महसुस हुन सक्छ ।

कलेजोमा बोसो

हिजोआज धेरै बिरामीभिडियो एक्सरे गर्दा कलेजोमा बोसो देखियो भनेर हस्पिटल, क्लिनिकमा आउने गरेको देखिन्छ । यसलाई कलेजो रोगको पहिलो लक्षण मान्न सकिन्छ । यो अवस्थामा मान्छे बाहिरबाट हेर्दा एकदमै सामान्य देखिन सक्छ, उसको रगतको रिपोर्ट सामान्य पनि हुन सक्छ ।

धेरैजस्तो अवस्थामा यो सामान्य जस्तो लाग्न सक्ला तर यसलाई नजरन्दाज वा हेलचेक्राइ गर्नु भने हुँदैन । पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श र सरसल्लाह गर्दा राम्रो हुन्छ । कतिपय अवास्थामा, यो भविष्यमा हुन सक्ने नराम्रो रोगको पहिलो लक्षणसमेत हुन सक्छ ।

इस्तेतो हेपाटाइटिस

यसलाई दोस्रो चरण मान्न सकिन्छ । यस्मा भिडियो एक्सरे गर्दा कलेजोमा बोसो देखिनुका साथै कलेजो सुन्निन्छ, फुल्छ ।

लक्षण

कसै–कसैलाई खाना मन नलाग्ने, बान्ता हुने, होला जस्तो हुने, मुख मीठो नहुने, आलस्य, कमजोरी, पहेलो पिसाब, आँखाबाट पहेलो पना सुरू भएर शरीरको अन्य भागमा पनि देखिने । करंग मुनिको दाहिने भाग कोखा दुख्ने पनि हुन सक्छ ।

यसको समयमै रोगको कारण, निदान र उपचार नगरे कतिपय अवास्थामा रोग बढेर कलेजो बिग्रने अवस्था पनि आउन सक्छ । तर, सफल उपचार गरे बिरामी र कलेजो पहिलेको जस्तै सामान्य हुन सक्छ ।

के–के जाँच्ने

– रगत, पिसाब, आवश्यकता अनुसार भिडियो एक्सरे, सिटी स्क्यान, इन्डोस्कोपी

–एलएफटी रगतबाट कलेजो जाँच्दा

– रगतमा हेपटाइटिस बि, सि

– पिसाबमा खराबी– युरिन आरइ, एमइ

– रगतमा बोसोको मात्र उच्च हुन सक्छ

– बल्ड सुगर, युरिक एसिड उच्च हुन सक्छ

– भिडियो एक्सरे गर्दा कलेजो खुम्चिएको, पेटमा पानी जमेको, फियो सुन्निएको

– सिटी स्क्यान आवश्यकता अनुसार

– इन्डोस्कोपी आवश्यकता अनुसार

तेस्रो वा अन्तिम अवस्थामा लिवर सिरोसिस हुन्छ । लिवर सिरोसिसलाई सामान्य भाषामालिवर फेल भनेर बुझ्न सकिन्छ । सिरोसिस भनेको कलेजो फेल भएको अवस्था हो । कलेजोको क्यान्सरपछिको यो दोस्रो गम्भीर बिमारी हो ।

लिभर सिरोसिसका लक्षण

– जन्डिस रहिरहने ९आँखाबाट पहेलोपना सुरू भएर शरीरका अन्य भागमा देखापर्ने र बढ्ने पहेलोपना० र पहेलो पिसाब

– खाना मन नलाग्ने, बान्ता हुने, आलस्य, कमजोरी

– खुट्टा सुनिन्ने, फुल्ने

– पेट फुल्ने,पेट ठूलो हुने

– छाला गलेर आउने, पातलो दुब्लो हुने

– केटा मान्छेको स्तन बढेर आउने

– चोट लाग्दा रगत बगिरहने

कलेजो रोग विशेषज्ञले यस्ता रोगी देख्ने बित्तिकै पत्तो लगाउन सक्छन् । तर, कलेजो के–कति बिग्रेको छ, अरु के–के जटिलता छन्, त्यो हेर्नलाई केही जाँच पठाउनु हुन्छ।

सिरोसिस हुँदा आउने समस्या

– पेटमा पानी जम्नाले पेट फुल्छ । सास फेर्न गाह्रो हुन्छ ।

– खुट्टा फुल्ने, सुनिन्नेहुँदा काम गर्न, हिँड्न गाह्रो हुने ।

– बान्तामा रगत आउने, दिसामा रगत आउने, दिसा कालो हुने ।

– बोली लरबरिने, बेला–बेलामा होस गुमाउने, दिनमा सुत्ने, रातमा बर्बराउने ।

– पिसाबमा कमी हुने ।

– सास फेर्न गाह्रो हुने, केही पाइला हिँड्न पनि कठिन हुने ।

– कलेजोको क्यान्सर

माथि उल्लिखित कुनै पनि समस्या देखापरेमा तुरुन्तै अस्पताल जानुपर्छ । कतिपय अवस्थामा आइसियुमा भर्ना गरेरमात्र उपचार सम्भव हुन सक्छ ।

लिवर सिरोसिसको उपचार

सिरोसिस भएका बिरामी जन्डिसको उपचार गर्दै हिँडेको देखिन्छ । जन्डिसको उपचार गर्दै यो रोग निको हुन्न । जन्डिस भनेको कलेजो खराब भने बुझिन्छ, यो आफंैमा कुनै रोग होइन । जन्डिस गराउने कलेजो रोगको उपचार गर्नुप¥योतर बुझ्नुपर्ने कुरो चाहिँ रक्सी बिल्कुलै बन्द गर्नुपर्छ, चुरोट खानु हुँदैन ।

समयमै रोग पत्ता लगाई उपचार गरेमा समस्या बढ्न पाउँदैन । समस्या बढ्न नदिन, कलेजो जति बिग्रियो, बिग्रियो तर थप बढ्न नदिनऔषधी प्रयोग गर्नुपर्छ । खुट्टा सुन्नेको, पेट फुलेको अवस्थामा पिसाब लाग्ने औषधीको सेवन, दिसा पातलो गर्ने झोल औषधी लेक्टुलोजको प्रयोग आदि ।

पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श, सरसल्लाह र नियमित देखाइ रहनुपर्छ । यसको अझै जटिलता नहोस् भनेर उपचार गर्ने र जेजसो जटिलता देखिन्छ त्यसको समयमै उपचार गर्ने । कतिपय अवस्थामा कलेजो फेर्ने अथवा प्रत्यारोपण गर्नु बाहेक अन्य विकल्प न रहन पनि सक्छ ।

भ्रम

– लिवर टनिक जन्डिसको सफल उपचार

– लिवर टनिक खाएपछि रक्सी खान हुन्छ

– लिवर टनिक खाएपछि कलेजो बिग्रन्न

के बार्ने, के नबार्ने रु

मुख्य कुरा रक्सी नखाने । कलेजो रोगीले कलेजोलाई आराम दिनका लागि माछा, मासु फ्राइ गरेको, चिल्लो नखाने ।

– जन्डिसमात्र हुँदा पानी ज्यादा पिउने भनिन्छ तर सिरोसिस भइसकेपछि अध्यधिक पानी नपिउने । जति पिसाब लाग्छ, त्यति जति नै पानी पिउने ।

–मुख नमिठो हुने हुँदा मीठो पानी ९ग्लुकोज पानी, फलफूलको जुस खाने भनिएको हो । फलफूलबाट पानीको विकल्पको साथमा स्वादिलो र तागत पनि आउँछ ।किलेजोलाई असर पनि गर्दैन । उखु पेल्ने हात फोहोर छ भने फाइदा होइन उल्टो बेफाइदा बढी हुन्छ । ख्याल राख्नुपर्छ । पानी उमालेको या सफा फिल्टर गरेको हुनुपर्छ ।

– नियमित बिहानबेलुका दालभात खान मिल्छ । तरकारी बनाउनको लागि प्रयोग हुने प्याज, तेल पनि प्रयोग गर्नु हुन्छ । तेलमा फ्राइ गरेको, तेलमा तारेको, जंक खाना, मम, चाउमिन नखाने ।

– कोक, फेन्टा र प्याकेटमा पाइने खाना नखाने ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।