भाग्य या जे सुकै भएतापनि हाम्राे जिवनकाे सफलता हाम्राे अाफ्नाे साेचमा निर्भर रहन्छ । त्यसैले त अफ्ठ्याराे परिस्थितिले गर्दा केही हराएर जान्छन् भने केही अझ बलियाे भएर निस्कन्छन् र अाफ्नाे नाम इतिहासमा लेखाउँछन् ।

कसरी अाफैसँग कुरा गरेर अफ्ठ्याराे परिस्थितिमा पनि अगाडी बढ्न सकिन्छ ?

हतास या निराश हुनुभइकाे छ भने अाफ्ना राम्रा पक्षहरू, अाफुले अहिले सम्म पाएका उपलब्धीहरू कागजमा लेख्नुहाेस् । त्यसपछी ती कुराहरूलाइ बारम्बार दाेहेरीर्याएर पढ्नुहाेस् । अावाज निकालेर पढ्नुहाेस् । एनाकाे अगाडी उभिएर पढ्नुहाेस् ।तपाइकाे काममा सहयाेग गर्न सक्ने या तपाइलाइ साथ दिन सक्ने, तपाइकाे बारेमा राम्राे साेच्ने व्याक्तिहरू काे-काे छन् ।

ती सबैकाे नाम कागजमा लेख्नुहाेस् । उनिहरूलाइ सम्झिनुहाेस् । उनिहरूले तपाइलाइ दिएकाे साथ, उनिहरूले तपाइलाइ भनेका कुराहरू सम्झिनुहाेस् ।कसैसँग भेट्दा ‘ठिक छ’ भन्ने ठाउँमा ‘राम्राे छ’, ‘राम्राे छु’ भन्रे बानि गर्नुहाेस् । अरूलाइ हेरेर मनमा ‘उसले राम्राे गरिरहेकाे छ, म दुखी छु’ भन्रे नल्याउनुहाेस् ।

मनमा ‘मैले गर्दैछु, एकदिन राम्राे हुनेछ, जे हुँदैछ राम्राेकाे लागी हुँदैछ’ भन्ने कुरा ल्याउनुहाेस् । अाफुभित्र अाशाकाे दियाे बाल्नुहाेस् ।अाफुलाइ मन परेका प्रेरक भनाइहरू लेख्नुहाेस् र अाफु सुत्ने ठाउँमा, काम गर्ने ठाउँमा राख्नुहाेस् । यस्ताे ठाउँमा राख्नुहाेस्, जहाँ तपाइकाे अाखाँ बारम्बार जान्छ ।

तब तपाइले ती भनाइ पढ्नुहुन्छ र त्यसले उत्प्रेरणा जाग्छ ।’मलाइ मात्र सधै किन यस्ताे’ नभन्रुहाेस् । ‘मलाइ बलियाे बनाउनकाे लागी, मलाइ केही दिनकाे लागी यस्ताे भएकाे हाे’ भन्नुहाेस् । साच्नुहाेस् कि, त्याे भन्दा अझँ राम्राे हुनकाे लागी यस्ताे भएकाे हाे । र, मनमा राख्नुहाेस् कि हरेक व्यक्ति अाफ्नाे जिवनकाे परिस्थितिहरूसँग लडिरहेकाे एका याेद्दा हाे ।

भिडियाे हेर्नुहाेस्ः

थप जानकारीः

कुनैपनि काममा कसरी सफलता प्राप्त हुन्छ ?

हामी दिनभर जे गर्छौ, जति गर्छौ, जसरी गर्छौ, त्यसको लक्ष्य के होला ? हामी के गरिरहेका छौं ? किन गरिरहेका छौं ? कसरी गरिरहेका छौं ? कसका लागि गरिरहेका छौं ?वास्तवमा हामी त्यही काम गरिरहेका छौं, जो हाम्रो जीवनको आवश्यक्ता हो । हामी त्यसरी नै गरिरहेका छौं, जस्तो हाम्रो ढंग पुग्छ ।

बिहान उठेदेखि हामी कुनै न कुनै कर्ममा लाग्छौं । कोही खेतीपातीमा लाग्छन्, कोही जागिरमा लाग्छन् । कोही पठनपाठनमा लाग्छन्, कोही करियरको खोजीमा लाग्छन् । यी सबै गर्नुको पछाडिको एउटै मनोकांक्षा हुन्छ, हामी जे गरिरहेका छौं, त्यसमा सफल भइयोस् ।

सफलताको सूत्र

सफलता । आफैमा सुन्दर शब्दावली हो । तर, सफलता प्राप्त गर्नका लागि समूचित मिहनेत, लगाव, श्रम, इच्छाशक्ति, निरन्तरता आवश्यक हुन्छ ।खप्तड स्वामीले सफलताको सूत्र यसरी बताएका थिए, ‘आत्माविश्वास, लगनसिलता र निरन्तर प्रयास ।’ सफलताको लागि लक्ष्य पहिलो कुरा हो । कुनैपनि क्षेत्रमा सफलता प्राप्त गर्नका लागि लक्ष्य बनाउनुपर्छ ।

उक्त लक्ष्य प्राप्तिका लागि सार्थक प्रयास आवश्यक हुन्छ ।हामी सफलताका लागि मरिमेट्छौं । अथाह श्रम गर्छौ । तर, लक्ष्य प्राप्त भएको हुँदैन । किनभने कहिले काहिँ हामी निरर्थक प्रयास पनि गरिरहेका हुन्छौं । लक्षित सफलता हासिल गर्नका लागि सार्थक प्रयास आवश्यक हुन्छ ।कुनैपनि काममा सोचेजस्तो सहजै सफलता प्राप्त नहुन सक्छ । त्यस्तो अवस्थामा विचलित हुने होइन ।

बरु निरन्तर ढटिरहनुपर्छ । निरन्तरको प्रयासले जो कोहि, सफलता प्राप्त गर्न सक्छन् ।श्रमको कुनै विकल्प छैन ।श्रमविना सफलताको कल्पना गर्नु बेकार छ । बलिउड अभिनेताले भन्ने गरेका छन्, ‘श्रम नै हरेक समस्याको समाधान हो ।’ श्रम गर्नुपर्छ। श्रमले हामीलाई बाँच्न सिकाउँछ ।यसका साथै सफलता प्रप्त गर्नका लागि केहि प्रचलित सूत्र छन् ।

जस्तो कि, त्यही काम गरौं, जसमा आफ्नो रुची र स्नेह हुन्छ । यस्तो काममा हामीले सफलता प्राप्त गर्छौं ।हामीले आफ्नो साथी-सर्कल बनाउने कुरामा पनि ख्याल गर्नुपर्छ । राम्रा, सकारात्मक र उत्प्रेरणा जगाइरहने साथीहरुको संगतले हामीलाई थाक्न दिदैन । गल्न दिदैन । निरन्तर अगाडि बढ्ने उर्जा दिन्छ ।

श्रमले भाग्य बनाउँछ

सफलता र असफलताको प्रसंगमा हामी भाग्यमा निर्भर हुन्छौं । कुनैपनि क्षेत्रमा सफलता हासिल गर्नुलाई हामी भाग्य मान्छौं । तर, खप्तड स्वामीले नै भनेका छन्, ‘दृढ विचार भएको मानिसको अधिनमा भाग्य हुन्छ ।’वास्तवमा हामी भाग्यमा बढी निर्भर रहन्छौं । कुनैपनि सफलता प्राप्त गर्नु वा नगर्नुलाई हामी ‘भाग्यको खेल’ भन्छौं ।

जबकी हाम्रो पूर्खाहरुले भन्दै आएका छन्, ‘भाग्य छ भन्दैमा डोकोमा दुध दुहेर हुँदैन ।’ अर्थात भाग्यमा छ भन्दैमा विना प्रयास वा श्रम त्यो प्राप्त हुँदैन ।त्यसैले भाग्यमा निर्भर भएर निस्क्रिय बस्नु आफैमा मूर्खता हो ।हो, कुनैपनि काम गरेपछि त्यसमा आशावादी हुनुपर्छ । त्यसप्रति उत्सुक हुनुपर्छ । यसले हाम्रो जीवनलाई उत्साह दिइरहन्छ ।

डरलाई जितौं

एक पेय पर्दाको विज्ञापनमा भन्छ, ‘डर के आगे जित है ।’हामीले जब डरलाई जित्छौं, सफलताको सिंढी चढ्न सक्छौं । डरले मनमा हिनतावोध पैदा गर्छ । त्यही हीन भावनाले हामीलाई अगाडि बढ्नका लागि अवरोध गर्छ । हामी आफुले आफैलाई हेला गर्छौ, हामीले आफुले आफैलाई नजरअन्दाज गर्छौ ।

म को हुँ, मेरो क्षमता के हो, मैले के गर्नुपर्छ भनेर मनन गर्दैनौं । चिन्तन गर्दैनौं । त्यही कारण हामी अलमलिइरहेका हुन्छौं ।अतः आफ्नो क्षमताको पहिचान गरेर सोहि अनुसार अगाडि बढ्नुपर्छ ।संसारमा त्यही व्यक्तिले सफलता प्राप्त गरेका छन्, त्यही व्यक्तिले प्रशिद्धि कमाएका छन्, जसले हिम्मत गरेका छन् ।

जसले डरलाई जितेका छन् ।सफलता प्राप्त गर्नु भनेको हिमाली चुचुरो उक्लिनु जस्तै हो । त्यहाँ चुनौती आवश्य हुन्छ । तर, साथसाथै सफलताले पनि पर्खिरहेका हुन्छ । चुचुरो हाम्रो लक्ष्य हो । त्यहाँसम्म पुग्नका लागि हामीले सार्थक यात्रा तथ गर्नुपर्छ । हिम्मत गर्नुपर्छ । निरन्तर प्रयास गर्नुपर्छ । दृढ विश्वास राख्नुपर्छ । र, चुचुरोमा पुग्ने उमंग राख्नुपर्छ ।

बाहना छाडौं

हामी धेरै वाहानाबाजी गछौर्ं । कुनै झन्झटबाट छुटकारा पाउनका लागि बाहाना बनाउँछौं । कुनै कामबाट छलिएर भाग्नका लागि बाहाना बनाउँछौं । जब कसैले हामीलाई कुनै जिम्मेवारी बोकाउँछ, त्यसबाट उम्कनका लागि हामी अनेक बाहाना खोज्छौं ।यस्तो वाहानाबाजी गर्ने प्रवृत्ति हामीभित्र कति गहिरोसँग गढिएर रहेको छ भने, हामी स्वंम आफैबाट लुक्नपनि बाहाना गर्छौं ।

जस्तो कि, बिहान उठेर मर्निङ वाक गर्न मन लागेन भने हामी त्यसको बाहाना खोज्छौं । नुहाउन अल्छी लाग्यो भने बाहाना खोज्छौं ।बाहानाले हामीलाई क्षणिक रुपमा कुनै झन्झटबाट मुक्त गराउँछ । तर, यो डरलाग्दो रोग हो । यो बाधक हो । बाहानाले हामीलाई सधै पछाडि धकेलिरहेको हुन्छ । त्यसैले सफलता प्राप्तका लागि बाहानाबाजी छाडौं ।

आफूलाई पूर्ण नठानौं

हामीलाई आफु सर्वगुणी, सर्बज्ञाता लाग्छ । हामीले हरेक कुरामा तर्क गर्न तत्पर हुन्छौं । जुनसुकै कुरामा पनि पूर्व निर्धारित बिचार लाद्छौं । हामी बोल्छौं । भन्छौं । सुनाउँछौं । तर, हामी आफै भने सुन्दैनौं । बुझ्ने धैर्यता राख्दैनौं ।महान बैज्ञानिक स्टिफल हकिङ्गले भनेका छन्, ‘म केवल बच्चा हुँ, जो कहिल्यै ठूलो हुँदैन ।

म अहिले पनि कसरी र किन भन्ने प्रश्न गरिरहेका हुन्छु ।’वास्तवमा बच्चाले जस्तै हरेक कुरामा जिज्ञासा र चासो राख्नुपर्छ । सर्वज्ञाता भएर अरुको कुरा नसुन्ने, नबुझ्ने प्रवृत्तिले हामीलाई अगाडि बढ्नबाट रोक्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।