हरेक दिनको दौडाइ अर्थात् जगिंङले शरीरमा आखिर के फाइदा गर्छ ? अमेरिकाको मायो क्लिनिकलगायत केही स्वास्थ्य संस्थाहरुले लामो रिसर्चपछि नतिजा सार्वजनिक गरेका छन् :

–मांशपेशी स्ट्रेचिङ हुन्छ र बलियो बन्छ । हड्डी पनि मजबुत बन्छ ।

–शरीरमा थुप्रिएको बोसो पग्लिएर पसिनासँगै बाहिरिन्छ र तौल घट्छ ।

–पूरै शरीरमा रक्तसन्चार सहज हुन्छ । ब्लड प्रेसरको समस्याबाट मुक्ति मिल्छ ।

–इन्सुलिन बन्ने प्रक्रिया ठीक भएर रगतमा सुगरको मात्रा कन्ट्रोल गर्छ ।

–हर्ट बिट रेगुलर हुन्छ । मुटुरोगबाट बँच्न सकिन्छ ।

–शरीरमा एडरालिन नामक हर्मोन सही प्रक्रियामा बन्छ र राम्रो निद्रा पर्छ ।

–फोक्सोको पनि कसरत हुन्छ, स्वासप्रस्वाससम्बन्धी रोगबाट बच्न सघाउँछ ।

–दिमागमा रगत र अक्सिजनको सन्चार राम्रोसँग हुन्छ । डिप्रेसन र स्ट्रेसको समस्या हुँदैन ।

–शरीरका कोशिकाहरु बलिया हुन्छन् र इन्फेक्सनबाट बचाउँछ ।

–अनुहारमा रक्तसंचार राम्रो हुँदा प्राकृतिक चमक आउँछ ।

जगिङ गर्नुअघि ध्यान दिनुपर्ने कुरा :

–हेवी डाइटिङ गरेर जगिङमा ननिस्किनुहोला । हेवी डाइटिङलगत्तै जगिङ गर्दा डाइजेस्टिव मसल्समा असर पार्छ । पेट दुख्ने, उल्टी हुने तथा पखालाको समस्या पर्न सक्छ । हेवी खानापछि कम्तिमा तीन घन्टापछिमात्रै जगिङ गर्नुपर्छ । हल्का नास्ता पनि एक घन्टा पहिल्यै खाएको हुनुपर्छ ।

–जगिङमा निस्किनुअघि धेरै पानी पिउनु ठीक होइन । सोडियम लेभल कम भएर दिमागका सेल्समा नकारात्मक असर पार्न सक्छ । एक घन्टा दौडिने योजना हो भने दौडिनुभन्दा एक घन्टाअघि दुई गिलास पानी पिउनुहोला । केही बेरमा बाथरुम जान सकिन्छ । दौडिनुभन्दा तत्काल अगाडी चाहिँ आधा गिलास पानी पिउँदा फरक पर्दैन ।

–जुत्ता राम्रो रोज्नुहोस् । हिल भएको र निकै कँसिलो जुत्ता लगाउनु हुँदैन । दौडिनुअघि स्ट्रेचिङ र वार्मअप पनि गर्नुहुन्न । नसामा समस्या निम्तिन सक्छ । सुरुमा हल्का दौडिने, बिस्तारै–बिस्तारै । मांशपेशी केही तातेपछि मात्रै दौडको दर बढाउन सक्नुहुन्छ ।

थप जानकारीः

योगा गर्नै पर्ने १६ कारणहरु

मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर, जति कोसिस गरे पनि रोगले शरीरलाई छाड्ने होइन । कताबाट रोग आइलाग्छ पत्तै हुँदैन । स्वस्थ्य रहनका लागि मानिस बिहानबिहानै दौडिन्छन्, जिम लान्छन्, जिउ मर्काइमर्काई ‘डान्स’ गर्छन् तै पनि भनेजस्तो हुँदैन । एरोबिक, ब्याडमिन्टन, कराँतेजस्ता खेल पनि मान्छेले स्वस्थ्य रहने उपायकै रूपमा लिन्छन् । स्वस्थ्य रहन अपनाइने यस्ता अभ्यासले मानिसलाई सामान्य फाइदा पुर्याए पनि पूर्णता भने दिएको हुँदैन ।

शारीरिक अभ्यासका रूपमा जबसम्म योगलाई आत्मसात् गरिँदैन अरू कुनै उपायले त्यो सन्तुष्टि दिनै सक्दैन । योग त्यस्तो माध्यम हो जसले शरीर र आत्मालाई एकाकार गर्दछ र मान्छेलाई स्वस्थपनको व्यावहारिक अनुभूति दिलाउँछ । अरू व्यायामभन्दा योग नै किन ? भन्ने जिज्ञासुहरूका लागि निम्न बुँदा उपयोगी साबित हुन्छन् ।

१) स्वास्थ्य वैज्ञानिकहरूका अनुसार रोग लाग्नुको कारणमध्ये शरीरमा ‘फ्रि रेडिकल’ बढ्नु पनि एक हो । फ्रि रेडिकलले हाम्रो कोषिका तथा डीएनएलाई विकृत गर्छ । फ्रि रेडिकल बढ्ने कारणमध्ये अत्याधिक थकानयुक्त कसरत (जिम, एरोबिक, दौड आदि) पनि एउटा हो । योगको अभ्यासपछि भने शरीरमा हल्कापन आउँछ र फ्रि रेडिकल बढ्न पाउँदैन ।

२) अन्य अभ्यास तथा कसरतले शरीरको बाहिरी भाग र मांशपेसीलाई मात्र धेरै प्रभाव पार्छ भने योगले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ ।

३) शारीरिक अभ्यासका अन्य विधि खर्चिला हुन्छन् । सहयोगी, साधन, ठूलो स्थान आदिको आवश्यकता पर्दछ । योग भने खर्चबिना नै गर्न सकिन्छ । न त सहयोगी नै चाहिन्छ न ठूलो ठाउँ न उपकारण नै । योग अभ्यासका विधिबारे राम्रो जानकारी राख्यो भने एक्लैले गर्न कुनै कठिनाइ हुँदैन ।

४) अन्य अभ्यासमा मन तथा इन्द्रीयलाई नियन्त्रण गर्ने कुनै प्रक्रिया नै छैन । तर, योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।

५) योग मात्र यस्तो अभ्यास हो, जसका हरेक अभ्यासमा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ ।

६) योगका लागि धेरै खुराक आवश्यक पर्दैन, सामान्य खाना पर्याप्त छ । तर अन्य अभ्यासमा ‘हेभ्भी डाइट’को आवश्यकता पर्दछ ।

७) योगमा मात्र शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास छ । जसबाट अत्यन्त कम शक्ति खर्चिएर शारीरिक तथा मानसिक लाभ प्राप्त गर्न सकिन्छ । कमजोर व्यक्तिले पनि योगको फाइदा लिन सक्छन् ।

८) योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउने प्रक्रिया हुन्छ तर अरू अभ्यासमा त्यो पाइँदैन ।

९) जति ‘रिढ’ लचिलो हन्छ त्यति नै शरीर स्वस्थ रहन्छ । यौवन, युवापन र शरीरमा स्फुर्ती आउँछ । ‘रिढ’को लचकता बढाउने राम्रो अभ्यास योगमा छ ।

१०) योगाभ्यासले सम्पूर्ण नशा–नाडी तथा रक्तनली शुद्ध गर्छ । अरू शारीरिक व्यायाममा यस्तो पाइँदैन ।

११) योगमा फोक्सोलाई पर्याप्त खुम्च्याउने र फैल्याउने अभ्यास छ । जसले अक्सिजन लिने क्षमता बढाउँछ तर अन्य व्यायाममा यो प्रक्रिया छैन । अन्य अभ्यासमा गहिरो स्वास लिने प्रक्रिया छैन जसले गर्दा फोक्सोको कम भाग मात्र सक्रिय रहन्छ ।

१२) अहिलेको रहनसहन तथा खानपिनको अवस्था विकृत बन्दै गएको छ । योगमा खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी पाइन्छ ।

१३) अन्य अभ्यासमा पाचन प्रणाली बिग्रने, लामो समयपछि हाडजोर्नी तथा मांशपेसी दुख्ने जस्ता समस्या आउन सक्छन्, तर योगमा त्यस्ता कुनै ‘साइड इफेक्ट’ हुँदैन ।

१४) योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास तथा समग्र जिउने तरिका सिकाउँछ ।

१५) शरीरमा हर्मोन्स तथा इन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगले ठूलो भूमिका खेल्छ ।

१६) शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक विकासका लागि योग सर्वोत्तम पद्धति हो, यसको दाँजोमा अन्य कुनै पनि शारीरिक व्यायाम आउनै सक्दैनन् । स्वस्थ्य रहनका लागि शारीरिक व्यायामका अन्य उपायभन्दा योग कैयौं गुणा फाइदाजनक रहेको अभ्यास र अनुसन्धानले नै देखाएको कुरा हो ।

अतः स्वास्थ्यका लागि सक्षम योगगुरुको आवश्यकतालाई भने भुल्न हुँदैन । सुरुका दिनमा टीभी तथा सीडीका आधारमा योग सिक्नुभन्दा योगगुरुको निगरानीमा सिक्नु राम्रो हुन्छ ।

यस बारे पनि जान्नुहाेस्ः

योगा गर्नुहुन्छ ? यी कुरा ख्याल गरौं नत्र जटिल समस्या निम्तिन सक्छ !

स्वस्थ्य शरीर, मस्तिष्क र आत्माको लागि योग तथा साधना एकदमै फाइदाजनक हुन्छ । तर, योगा गर्दा केही सावधानी अपनाउनु नै पर्छ । योगा गर्दा केहि नियम अनिवार्य पालना गर्नुपर्छ । उक्त नियम पालना नगर्दा योगाबाट फाइदा मात्र हाेइन यसले समस्या समेत ननिम्त्याउला भन्न सकिन्न ।

के के कुरामा ख्याल गर्नुपर्छ त ?

१. योगा गर्नसाथ तुरुन्तै नुहाउनु हुँदैन । योग गर्दा शारीरिक तापमान बढ्छ । त्यसैले योग गरेको एक घण्टापछि मात्र नुहाउनु पर्छ । नभए, रुँघा, खोकी जस्ता समस्या आउन सक्छ ।

२. योगा गरिरहेको समयमा बाथरुममा जानु उचित हुँदैन । बरु, आफ्नो शरीरको पानी पसिनाको माध्यामबाट बाहिर निकाल्नु पर्छ ।

३. योगा गरिरहेको बेला शरीर तातो हुन्छ । यतिबेला चिसो पानी पनि पिउनु लाभदायक हुँदैन । चिसो पानीले एलर्जी, खोकी लाग्ने संभावना हुन्छ ।

४. वज्रासन बाहेक अन्य कुनैपनि योग खाना खानसाथ गर्नुहुन्न । खाना खाएको कम्तिमा पनि तीन घण्टाको अन्तरालमा योग गर्नु सकिन्छ । सबैभन्दा राम्रो त बिहान खाली पेटमा योगा गर्नु नै उत्तम हाे ।

५. योगा कठिन आसनबाट सुरु गर्नु हुँदैन । सरलबाट कठिनतिर जानुपर्छ ।

६. जब तपाई बिमार हुनुहुन्छ भने योगा नगर्नुहोस् । यदि योग गर्न चाहनुहुन्छ भने योग गुरु वा चिकित्सकको परामर्श लिनुहोस् ।

७. योगा गर्नुअघि थोरै वार्मअप गर्नुहोस् । यसपछि प्राणायाम र त्यसपछि योग गरौं । अन्त्यमा शवासन जरुर गरौं ।

८. योग गुरुको सल्लाह वा निगरानी बिना जथाभावी योग गर्नु हुँदैन । किताब पढेर वा सिडीमा हेरेर योग गर्दा समस्या हुनसक्छ । अर्काको देखासेखी पनि योग नगरौ ।

९. कम्मर र मांशपेशी वा घुँडासँग सम्बन्धित कुनै समस्या छ भने योग गर्नुअघि विज्ञसँग सल्लाह लिनुहोस् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः