करियरलाइ हाम्राे समाजमा फेशनकाे रूपमा लिने चलन छ । तर करियर भनेकाे फेशन, सामाजिका दबाब या साथीकाे लहैलहैमा लागेर छनाेट गर्ने विषय हाेइन । प्रत्येक व्याक्तिकाे छुट्टाछुट्टै क्षमता र विशेषता फरक हुने हुनाले तपाइकाे साथीकाे लागी उपयुक्त करियर, तपाइकाे लागी उपयुक्त नहुन सक्छ ।

करियरले तपाइकाे भविष्य बाेकेकाे हुन्छ, त्यसैले करियर छनाेट गर्दा साेच विचारका साथ गर्नुपर्छ ।सबैभन्दा पहिले त अाफुलाइ चिन्नुहाेस् । तपाइकाे के कुरामा रूचि छ ? के काम गर्दा तपाइलाइ भित्रै देखि खुसी लाग्छ ? स्कुलमा तपाइलाइ कुन विषय पढ्दा सबैभन्दा रमाइलाे लाग्छ र कुन विषयमा तपाइले सबैभन्दा राम्राे गर्नुभएकाे छ ?

तपाइ खाली बसिरहेकाे समयमा कस्ता कुराहरू दिमागमा खेलाउनुहुन्छ ? यी सबै प्रश्नकाे उत्तु खाेज्नुहाेस् ।जब तपाइ ति उत्तुहरू भेट्नुहुन्छ, ति उत्तुहरू विभिन्न पेशा वा क्षेत्रसँग सम्बन्धित हुन सक्छन् । ति पेशा वा क्षेत्र के-के हुन् र कस्ता कस्ता काम हुन्छन्, त्याे खाेज्नुहाेस् ।

शिक्षक, अाफ्ना अभिभावक, अाफु भन्दा माथिल्लाे शैक्षिक तहका व्याक्तिहरूलाइ अाफ्ना रूचि बारे बताउनुहाेस्, उनिहरूबाट विभिन्न पेशाकाे बारेमा बुझ्नुहाेस् र अाफ्नाे लागी उनिहरूबाट सुझाव लानुहाेस् ।अब अाफुबाट निस्केका ति पहिलेका उत्तरहरू, ति पेशा तथा क्षेत्रकाे बारेमा मिलेकाे जानकारीहरू र अरूले दिएका सल्लह बिच मुल्याङ्कन गरेर हेर्नुहाेस् र तपाइलाइ कुन कुन क्षत्र मन पर्याे ?

कुन कुन काम तपाइकाे रूचि अनुसार परे, ति काम वा क्षत्रकाे छाेटाे सुचि बनाउनुहाेस् ।त्यसपछी ति सुचिमा अाएका क्षेत्र वा पेशाकाे बारेमा विस्तृत बुझ्नुहाेस् । ति क्षेत्रमा सफलता हासिल गर्नकाे लागी अावश्यक याेग्यता, क्षमता बुझ्नुहाेस् । उक्त क्षत्रकाे करियरकाे लागी अाधारभुत कुराहरू केके हुन्, छुट्याउनुहाेस् ।

त्यसबाट कसरी अगाडी बढ्न सकिन्छ, त्यसमा लाग्ने समयावधि, मेहनत के-कति हाे, त्यसबाट तपाइले भविष्यमा अाफुलाइ कुन पदमा देख्न सक्नुहुन्छ, तपाइकाे जिवनकाे लक्ष्य, त्याे करियरले पुरा गर्न सक्छ कि सक्दैन अादि सबै जानकारी लिनुहाेस् ।यसरी ति सबै क्षेत्रकाे जानकारी लिएपछी, अाफ्नाे लागी उपयुक्त हुने करियर छनाेट गर्नुहाेस् ।

अब त्याे करियरमा सफलता गर्नकाे लागी करियरकाे एउटा लक्ष्य निर्णारण गर्नुहाेस् ।करियरकाे लक्ष्य निर्णारण गरिसकेपछि, अगाडी बढ्नकाे लागी के-के गर्नुपर्छ, त्यही अाधारमा अाफ्ना याेजनाहरू बनाउनुहाेस् ।

थप जानकारीः

कसरी बनाउने करियर ? जान्नैपर्ने ५ टिप्स

यदि तपाइ कलेजको विद्यार्थी हुनुहुन्छ वा भर्खर कलेजमा भर्ना हुन लाग्नु भएको छ ? छ भने तपाईं आफ्नो जिवन र करियरको विषयमा आफैं निर्णय लिन सक्नुहुन्छ । यो यस्तो समय हो, जब तपाईंले लिएको एउटा निर्णयले तपाईंको भविष्यमा असर गर्नसक्छ ।

आज हामी तपाइलाइ विज्ञहरुले बताएका केही टिप्स दिन गइरहेका छौं, जुन टिप्सबाट तपाइले यो आफ्नो करियर बनाउनका लागि धेरै कुरा जान्न सक्नुहुने छ ।

१. यदि तपाईं आफ्नो भविष्यका लागि कुनै क्षेत्र रोजिसक्नुभएको छ भने त्यो राम्रो हो । छैन भने सबैभन्दा पहिला आफ्नो जिवनका लागि सही र उचित क्षेत्रको छनोट गर्नुहोस् । र, त्यही क्षेत्रसँग संलग्न कुनै पनि विषयमा विशेषज्ञता बनाउनुहोस् । आजको समय विशेषज्ञताको हो । तपाईंले कुनै विषयमा विशेषज्ञता हासिल गर्न सक्नुभयो भने यसले तपाईंलाई क्षमता विकासका लागि मद्दत गर्नेछ ।

२. कुनै क्षेत्रमा विशेषज्ञता प्राप्त गरेपछि एउटा लक्ष्य बनाउनुहोस्, कि २४ वर्षको उमेरसम्म तपाईंको हातमा एउटा राम्रो करियर परिसकेको हुनेछ । तपाई कुनै राम्रो व्यवसायी वा विषयगत विज्ञ पनि बन्न सक्नुहुन्छ ।

३. तपाइ भविष्यमा के गर्न चाहानुहुन्छ ? यसको निर्णय तपाईं आफैंले आफ्नो क्षमताअनुसार लिनुपर्ने हुन्छ । तपाईंको साथी के गर्दै छन् सोचेर कुनै निर्णय नलिनुहोस् । निर्णय लिने समयमा यो पनि सोच्नुस कि तपाईले रोजेको क्षेत्रमा ५ देखि ७ वर्षपछि कस्तो स्कोप रहने छ ।

४. एसईईदेखि १२ कक्षासम्म हरेक कोलोनीमा जो कोही पनि साथी हुन सक्छन् । तर, यसपछिको समयमा तपाईले कलेज भर्ना भएपछि मित्रतामा पनि सेलेक्टिभ हुन आवश्यक हुन्छ । राम्रो साथीको पहिचान गर्न सिक्नुहोस् ।

ती मानिसहरु जो तपाइकाे पढाई र करियरका लागि समस्या बनेका छन्,उनीहरुलाई आफ्नो लिस्टबाट हटाउनुहोस् । यसको मतल ती साथीहरुलाई आफ्नो जिबनबाट बाहिर निकाल्ने भने हैन । उनीहरुसँग सम्बन्ध बनाई राख्नुस् । हरकोही कुनै समय काम लाग्ने छन् ।

५. अब तपाईले प्रोफेश्नल बन्न पनि सिक्नुपर्ने हुन्छ । यदि रोजगार शुरु गर्नुअघि नै तपाइले प्रोफेश्नल बन्न सिक्नुभयो भने भविषयमा कुनै अफिसमा काम गर्न तपाईंलाई असहज हुने छैन । यसले तपाईलाई कुनै समस्या निम्त्याउन दिँदैन र भविषयमा आफ्नै व्यवसाय गर्दा पनि यसले धेरै मद्दत पुराउने छ ।

यसकाे बारेमा पनि जान्रुहाेस्ः

पढ्न मन लाग्दैन ? पढेको कुरा धेरैबेरसम्म टिक्दैन ? यी हुन् समाधानका उपायहरू

भन्छन् – पढ्नु र पौडिनु उस्तै-उस्तै हो रे, तरिका जाने सजिलै पार गर्न सकिन्छ, नजाने डुबिन्छ । यसर्थमा पनि पढ्ने कुरा नितान्त प्राविधिक एवम् मनोवैज्ञानिक कुरा हो । त्यसैले हामीले बलपूर्वक पढ्न खोज्नु हाम्रो मुर्खता हो ।बलपूर्वक पढ्दा पनि केही कुरा तत्कालका लागि याद त हुन सक्छ तर यसले दिगोपना दिन भने पक्कै सक्दैन ।

अर्को कुरा, बलपूर्वक पढ्दा हाम्रा अगाडि किताब त हुन्छ, तर मन भने हामीसँग हुँदैन । कता कता बादलमाथि पुगिसकेको हुन्छ । त्यस समय न पढाइ राम्रोसँग हुन्छ, न त अन्य कार्य नै । यसरी हाम्रो महत्वपुर्ण समय बेकारमा गैरहेको हुन्छ ।अर्कोतर्फ, मन नलागी नलागी कुनै काम गर्दा सो काम पीडादायी पनि हुन जान्छ ।

सबैभन्दा डरलाग्दो पक्ष त यसरी जबर्जस्ती पढ्न खोज्दा मानिसको सिर्जनशीलता पनि नष्ट हुँदै जान्छ । यसै पढाइलाई पढुँपढुँ लाग्ने, पढेर छिटो बुझिने र पछिपछिसम्म पनि सम्झिरहने बनाउन पाए बिद्यार्थी जीवन कति सुन्दर हुँदो हो ? भन्ने सोचमा सबै हुनुहुन्छ होला ।

रुची र आनन्दका साथ कसरी प्रभावकारी रुपमा पढ्ने ? पढ्नुहोस् केही उपायहरूः

१. आफुले आफुलाई आफ्नो लक्ष्य सुनाइरहनुस्

अरुलाई भन्नुस्/ नभन्नुस् तर आफ्नो मनलाई आफ्नो गन्तव्यका बारेमा स्पष्ट पार्नै पर्छ । गन्तव्य प्रष्ट छैन भने पढ्नमा अल्छी लाग्ने, विषय कठिन लाग्ने कुनै पनि बहानामा पढाइ छोड्न खोज्छ मनले । मैले आज के पढ्नुछ र कति पढ्नु छ ? सो प्रष्ट हुनै पर्छ ।

अनि आज मैले यति पढें भने के हुन्छ ? मेरो जीवनको लक्ष्यमा यसले के प्रभाव पार्दछ, सो पनि जोड्न सके अझ राम्रो ।यसरी लक्ष्य निश्चित भएको खण्डमा तपाईंलाई अध्ययनमा रुची बढ्नेछ र पढेको कुरा पनि पछिसम्मको लागि टिकिरहनेछ ।

२. समय सीमा तोक्नुहोस्

कति समयभित्र के पढ्नै पर्ने भन्ने स्पष्ट समयसीमा नभइकन पढाइले प्राथमिकता पाउँदैन । अन्य कुरा हावी हुन्छन् । परीक्षाको २/४ महिना अगाडि र परीक्षाको २/४ दिन अगाडिको पढाइमा फरक हुनुको कारण पनि यही हो ।

मैले यो च्याप्टर राम्रोसँग अध्ययन गरिसक्नका लागि आज १ दिनको मात्र समय छ भन्ने स्पष्ट किटान हुनुपर्छ । त्यसो नभई जति पनि समय छ भन्ने म्यासेज तपाईंको मनले पायो भने अनावश्यक कुरालाई प्राथमिकतामा ल्याइदिन्छ । अहिले नपढेमा फेरि पढ्न समय पाउँदिन भन्ने स्पष्ट नपार्दासम्म पढाइ प्राथमिकतामा नै पर्दैन ।

३. मनोरञ्जन गर्दै पढ्ने बानी बसाल्नुस्

मनोरञ्जन/मस्तीले जो-कोहीको मनलाई सजिलै तानिहाल्छ । यसकारण पनि हामीले हाम्रो पढाइलाई पनि मनोरञ्जनसँग जोड्न सक्यौं भने पढेको कुरा सजिलै बुझिन्छ । त्यतिमात्रै नभएर पछिपछिसम्म पनि यो टिकिरहन्छ ।यसका लागि हामीले या त पढाइलाई नै तत्काल आनन्द, मस्ती वा रमाइलो कुरा प्राप्तिसँग जोडेर लिन सक्छौं या त पढाइलाई लक्ष्य प्राप्ति हुँदाको रमाइलो कल्पनासँग जोड्न सक्छौं ।

४. आत्मविश्वास बढाउनुस्, मनोबल उच्च राख्नुस्

म यो गर्न सक्छु भन्ने नभई कुनै पनि कार्यहरु सही रुपमा सम्पन्न हुँदैनन् । उपलब्धि हासिल हुँदैनन् । सजिल्यै गर्न सकिने कार्य पनि आत्मविश्वास कमजोर हुँदा राम्रोसँग गर्न सकिँदैन ।

त्यसैले पनि हामीले आफ्नो मनोबल उच्च राख्न जरुरी छ ।यसका लागि आफैंले आफ्ना सकारात्मक पक्षहरुलाई हाइलाइट गर्दै जानु उत्तम हुन्छ, अरुले वाह-वाह गरेर सिर्जना भएको आत्मविश्वास भन्दा यो एकदमै दिगो र प्रभावकारी हुन्छ ।

५. तपाईंले किन पढिरहनु भएको छ ? स्पष्ट कारण बनाउनुस्

बिनाकारणको पढाइले कहिल्यै तपाईलाई सोचेको गन्तब्यमा पुर्याउने छैन । यो पाठ किन पढ्ने ? अहिले नै किन पढ्ने ? लगायतका सबै प्रश्नको स्पष्ट जवाफ हुनुपर्छ तपाईसँग । अन्यथा तपाईको मनले तपाईलाई पत्याउँदैन । जसको परिणाम पढ्नमा फिटिक्कै रुची रहँदैन ।

गरे पनि हुने र नगरे पनि हुने सुविधा भएसम्म पढाइ लगायत कुनै पनि कार्यहरु प्रभावकारी हुँदैनन् । यी सबैकुरा प्रष्ट पार्न सक्नुभयो भने मात्र तपाईंको मनले विश्वास गर्छ । पढ्नमा सहयोग गर्छ ।

६. कति पढ्नु भो, कति पढ्न बाँकी छ ? स्पष्ट हुनुस् । हचुवामा नपढ्नुस्

परिणाम प्रष्ट नहुने कार्यप्रति निरन्तर लगाव लागिरहन सक्दैन । जति पढे पनि कति जानेको छु नै थाहा नहुने, आफ्नो अवस्था जाँच गर्न नसकिने, कति अध्ययन गर्दा के हुन्छ सो परिणाममा नदेखिने भयो भने पढाइ प्रभावकारी हुन सक्दैन । हरेक कार्यको परिणाम खोज्छ हाम्रो मनले ।

परिणाम नदेखिने र निरन्तर प्रयास मात्र गरिने कुनै पनि काम रुचीपरक हुन सक्दैन ।त्यसैले पढाइलाई परिणाममा विभाजन गर्नुस्, कति पढ्नुपर्ने हो ? कति सकियो र कति बाँकी छ ? यी सबै प्रश्नको स्पष्ट जवाफ तयार पार्नुस् ।

सारांशमा, हाम्रो मन र शरीरको तालमेल तब मात्र मिल्छ, जब हामीलाई आनन्द मिल्छ । त्यसैले तपाईंले यदि पढाइ आनन्ददायी कुरा हो भनेर मनलाई विश्वस्त पार्न सक्नु भयो भने सबै समस्या आफसेआफ समाधान हुनेछन् । र तपाईंको पढाइ सहज, दीर्घकालीन ,प्रभावकारी अवश्य हुनेछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः