सपना देख्न सजिलाे हुन्छ, तर त्याे सपना पुरा गर्न अवश्य पनि गाह्राे छ । त्याे सपना पुरा गर्नकाे लागी बाधक बनेर अाउने एउटा तत्व भनेकाे अल्छिपना पनि हाे । यहाँ अल्छिपनालाइ कसरी कम गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरिएकाे छ ।अाफुलाइ कामकाे लागी जबरजस्ती दबाब नदिनुहाेस् ।

प्रेरक विषयवस्तु पढ्नुहाेस् र अाफ्नाे लक्ष्य तथा याेजना काेर्न थाल्नुहाेस्, जसले तपाइलाइ कामकाे लागी झकझक्याअाेस् ।तपाइले अाफुले जानकाे र सजिलाे कामबाट काम सुरू गर्नुहाेस् । यसले गर्दा सुरूमा गरेकाे काम राम्राेसँग र सजिलाे तरिकाले सम्पन्न हुन्छ र तपाइमा उत्साह जाग्छ ।

दिनकाे सुरूवात गर्दा सबैभन्दा कम समय लाग्ने र तुलनात्मक रूपमा सजिलाे कामहरू सुरूमा गर्नुहाेस् । किनकी, धेरै समय लाग्ने र गाह्राे काम गर्दा दिनकाे सुरूमै तपाइ हतास हुने, थाक्ने अादि सम्भावना रहन्छ भने समय व्यवस्थापन गर्न पनि कठिन हुन्छ र तपाइमा अल्छिपन अाउँछ ।

काम गर्दा बीच-बीचमा केही समय अाफ्नाे व्याक्तिगत कामहरूकाे लागी पनि समय छुट्याउनुहाेस् । यसले गर्दा तपाइ व्याक्तिगत रूपमा र तपाइकाे वरिपरिकाे वातावरण व्यवस्थित बन्छ र तपाइमा जाँगर चल्छ । जस्तैः अव्यस्थित वा फाेहेर काेठामा काम गर्नुभन्दा सफा काेठामा बसेर काम गर्दा तपाइकाे दिमाग ताजा रहन्छ र जाँगर चल्छ ।

काम गर्ने समयमा माेवाइल, टि.भी जस्ता चिजहरूबाट टाढा बस्नुहाेस् । सामाजिक सँजालका नाेटिफिकेसनहरू अफ गर्नुहाेस् । यदि तपाइकाे ध्यान त्यता बाँडियाे भने काम गर्ने जाँगर हराउँछ ।कामकाे बीच-बीचमा केही समय अारामकाे लागी पनि समय राखेर समय तालिका बनाउनुहाेस् ।

अाफुलाइ अनुशासनमा राख्ने गरी समयतालिका बनाउनुहाेस् ।थाेरैबाट सुरू गर्नुहाेस्, तर अाफुले गर्नुपर्ने कामलाइ बानीकाे रूपमा विकास गर्नुहाेस् । जस्तैः तपाइले दैनिक रूपमा किताबकाे ३ पेज पढ्ने नियम बनाएर अनुशासित भइ त्यसकाे पालना गर्नुभयाे भने तपाइकाे लागी त्याे काम नभएर बानी बस्छ र त्यसलाक्ष तपाइले अाफै बढाउदै लैजान थाल्नुहुन्छ ।

केही दिनकाे अन्तरालमा अाफुले के गरि रहेकाे छु, के उपलब्धि हासिल गरिरहेकाे छु र पुग्न चाहेकाे कहाँ हाे भन्ने मुल्याङ्कन गर्नुहाेस् । जसले तपाइकाे लक्ष्यलाइ सम्झाइदिन्छ र जाँगर सिर्जना गर्छ ।असफल भइने डरले मान्छेले सजिलाे काम मात्र गर्न खाेज्छन् र अाफुलाइ अल्छि बनाउँछन् ।

सधै सजिलाे र उही काम मात्र गरिनराख्नुहाेस् । चुनाैति अाएन भने पनि अाफैले चुनाैति खडा गरेर काम गर्नुहाेस् । नयाँ कुरा सिक्नुहाेस् र काम गर्ने तरिकामा नयाँ नयाँ तरिकाहरू ल्याउनुहाेस् ।प्रशस्त पानि पिउनुहाेस्, व्यायाम गर्नुहाेस्, मनाेरँजन लिनुहाेस् र उमेर अनुसार निन्द्रा पुग्ने गरि सुत्नुहाेस् ।

भिडियाे हेर्नुहाेस्ः

थप जानकारीः

एक्जाम फोबियाबाट छुटकारा पाउने उपायहरु

अचेल दिनहुँ जसो कुने न कुनै प्रकारको परीक्षा चलि नै रहेको हुन्छ । चाहे त्यो स्कुलको होस या मेडिकल ईन्ट्रान्स, कोरियन वा जर्मन या अग्रेजी भाषाको परीक्षा नै किन न होस । परीक्षार्थीहरुको बीच हाल परीक्षाकै बारेमा कुरा चलिरहेको हुन्छ । अभिभावकहरु पनि आ-आफ्नो परिक्षार्थी (छोरा-छोरी) हरुको परीक्षालाई लिएर चिन्तित् छन् ।

कसरी यिनीहरुको परिक्षा राम्रो होला भनेर ।परीक्षामा राम्रोअकं ल्याएर पास गरुन् भन्ने चाहना हरेक छात्र-छात्राहरुमा हुन्छ । परीक्षामा कसरी राम्रो नम्बर ल्याएर आफ्ना आमा-बाबु/अभिभावकले आफुसंग राखेको अपेक्षालाई पुरा गर्ने तथा उनीहरुको नजरमा प्यारोभई रहने भन्ने पनि उनीहरुमा रहेका हुन्छ ।

कसैको लागि यो परीक्षा बर्षभरीको मेहनतको फलको साथै जीवनमा प्रगतिको खुड्किलो हुन्छ भने कसैको भबिष्यको निर्धारण गर्ने आधार पनि । परीक्षाको समय आउँदा केहिपरिक्षार्थीहरुको लागि अनेक किसिमका मानसिक एवं शारीरिक समस्याहरु पनि सगैं लिएर आउछन् भन्दा अतियुक्ति नहोला ।

परीक्षाको डरले परिक्षार्थीहरुमा हुने शारीरिक एवं मानसिक समस्याहरुलाई चिकित्सकीय भाषामा ‘एक्जाम फिवर या फोबिया’ भनिन्। यसमा परिक्षार्थीहरुमा अनेक किसिमको शारीरीक एवं मानसिक समस्याहरुऊत्पन्न हुन सक्छन् । जस्तै, पढ्ने बेलामा मन एकाग्र नहुनु।

परीक्षा कोठा कालकोठरी जस्तो लाग्नु । परीक्षा हलमा प्रवेश गर्नुभन्दा अगावै घबराहट, बेचैनी हुनुको साथै जिउ सिरिंग हुन थाल्नु, पसिना आउनु, घरी-घरीपिसाव लाग्ने वा दिशा लाग्ने समस्या हुनथाल्नु, राम्रोसंग याद गरेको कुरापनि बिर्सिनु, निन्द्रा न लाग्नु, फेल भईन्छ कि भन्ने डरलाग्नु वा चिन्ता ले सताउनु आदि यसका लक्षण हुन् ।

यस किसिमको एक्जाम फिवरको समस्याबाट किशोर-किशोरीहरु मात्र होईन कि स्कुले केटाकेटीहरु पनि प्रभावित हुन्छन् । यिनीहरुमा पनि परीक्षाको समयमा टाउको दुख्ने, ज्वरोआउने, बान्ताआउने, पेट दुख्ने आदिसमस्याहरु देखिन्छन् । यसबाट लगभग ३० देखि ४०% प्रतिशत छात्र-छात्राहरु प्रभावित हुन्छन् ।

कारण

परीक्षामा राम्रोअकं ल्याएर पासहुने दबाव यसको सबैभन्दा ठुलो कारण हो । यस किसिमको दबाव प्राय गरी अभिभावकद्वारा दिइने गरिन्छ । जसले गर्दा केटा-केटीहरु परीक्षाको दौरान आफुलाई एउटा कोठमा बन्द गरेर राख्छन् । परीक्षाको समयमा यिनीहरुको खाने, पिउने, सुत्ने एवं दैनिकी नै बदलिन्छ । यो स्थिति पनि ठिक होइन । परीक्षाको समयमा केटा-केटीहरु कोठामा बन्द कैदी झै भएर बस्नुको सट्टा पढाईको साथ साथै थोरबहुत घुमफिर पनि गर्ने तथा मनोरन्जन पनि गर्नु आवश्यक छ ।

लक्षण

एक्जाम फिवरमा परिक्षार्थीहरुमा देखिने मानसिक एवं शारीरिक लक्षण ब्यक्तिको पर्सानालिटी अनुसार भिन्ना-भन्नै हुन सक्छ । पेट दुख्नु, वाक्वाकी लाग्नु, मुटुको धड्कन बढ्नु, अत्याधिक पसिना आउनु, गम्भिर रुपले टाउको दुख्नु आदि जस्ता शारीरिक लक्षणहरु देखिनु सामान्य कुरा हुन् । यसबाहेक भावनात्मक लक्षणहरुमा एकाग्रतामा कमि हुनु, याद गरेका कुराहरु बिर्सिनु, याद राख्न नसक्नु, असफलताको डर, आफुमा आत्मबिश्वासको कमिहुनु , उदास हुनु आदि देखिन्छन् ।

सुझाव

अभिभावकले आफ्ना परिक्षार्थी (छोरा-छोरी) को धैर्य तथा हिम्मत र हौसला बढाउनुमा सहायता गर्ने । अन्य केटा-केटीहरुसंग आफ्नो बच्चाको तुलना नगर्ने । उसको पर्फर्मेन्सलाई हेर्ने र मुल्याकंन गर्ने । हेलिकप्टरमा उडेर राउन्ड मारे झैं परिक्षार्थीको वरिपरी नघुम्ने । परिक्षाको बिषयलाइ लिएर धेरै दबाव दिनुहुदैन किनभने तपाईको दबावले गर्दा यिनीहरुमा तनाव बढ्छ ।

जसले गर्दा उनीहरुलाई परीक्षाको दौरान अनेक किसिमका समस्याको सामना गर्नुपर्ने हुन्छ । डराउनु पर्दैन भनि हौसला दिने, उचित सल्लाह दिने । तपाईको भावनात्मक सहयोग उसको लागि ठुलो औषधि बन्दछ । तर, कहिले कहि राम्रो सल्लाह सुझाव दिएपनि परिक्षार्थीहरुको मनमा रहेको परिक्षाको भुत जाँदैन मन भित्रै रहिरहन्छ । यस्तो अवस्थामा परिक्षार्थीलाई उचित औषधि उपचारको आवश्यकता पर्दछ ।

मनोवैज्ञानिकचिकित्सा

एक्जाम फिवर अर्थात परीक्षाको भय हुनु, एक किसिमको साईकोसोमेटिक (मनोदेहिक) समस्या हो । बेलैमा यसको उपचार गरेमा सजिलेसित यो समस्याबाट छुटकारा पाउन सकिन्छ । मनोवैज्ञानिक उपचार अन्तर्गत काउन्सिलिङ तथा संज्ञानात्मक व्यवहार चिकित्सा यसको लागि राम्रो उपचार बिधि हो । यसको लागि मनोबैज्ञानिक परामर्शदातासंग भेटेर सल्लाह लिनुपर्दछ ।

होमियोप्याथिक चिकित्सा

नर्वसनेस तथा स्मरण शक्तिको समस्याको उपचारमा यो चिकित्सा विधि प्रभावशाली छ किनभने उपचारको क्रममा मानसिक लक्षणलाई नै यसमा बढि प्राथमिकता दिईन्छ। परीक्षाको दौरान हुने समस्याहरुबाट सहज रुपमा छुट्कारा दिलाउने अनेकौ प्रभावकारी औषधिहरु होमियोप्याथिकमा उपलब्ध छन् । यसका औषधिहरुको सबैभन्दा विषेशता के होभने यसको सेवनले शरीरमा कुनैपनि किसिमको कु-प्रभाव (साईड इफेक्ट) पनि हुदैन ।

(१) यदी परीक्षा दिन जाने बेलामा डर लाग्छ भने ‌लाईकोपोडियम या साईलिसियाको प्रयोग गर्न सकिन्छ ।

( २) यदि परीक्षाको बेला टाउँको दुखने , घरि-घरि पिशाव लाग्ने, पातलो दिशा लाग्नुका साथै घबराहट हुने जस्तो समस्या देखिएमा जेल्सिमियम या आर्जेन्टम नाईट्रिकमको प्रयोग लाभदायक हुनसक्छ ।

(३) परीक्षाको दिन नजिक आउँदा धेरैजसो परिक्षार्थीहरुलाई निन्द्रा न लाग्ने समस्या देखिन्छ । यस किसिमको अवस्थामा नक्स भोमिका नामक औषधिले प्रयोग लाभदायक हुन्छ ।

(४) परीक्षाको पुर्णरुपले तयारी गरिसके पश्चात पनि यस्तोलाग्छ कि केहि याद छैन, यस किसिमको लक्षणदेखिएमा एनाकार्डियम या कालिफाँसको प्रयोग लाभदायक हुन्छ ।

यसबाहेक पनि सिम्पटमस् अनुसार जिकंममेटालिकम, पिक्रिक एसिड, ईथुजा आदि औषधिहरुको प्रयोग गर्न सकिन्छ । यसरी होमियोप्याथिक औषधिहरुले परिक्षार्थीको दिमागमा रहेको परिक्षारुपी भुतलाई हटाउनुका साथै परीक्षाको बेलामा उसलाई पुर्णरुपले साथ दिन्छ र विद्यार्थीलाई सफलता दिलाउनमा पुरा सहयोग गर्दछ ।

तर, ध्यान राखनुस्, होमियोप्याथिक औषधिहरुको सेवन प्रशिक्षित तथा काउन्सिलमा दर्ता भएको स्थानीयकुनै होमियोप्याथिक चिकित्सकको सल्लाह लिएर मात्र सेवन गर्दा लाभदायक हुन्छ ।

परिक्षार्थीहरुलाई सुझाव

परिक्षार्थीहरुले जाँचबाट डराउनु हुँदैन । परीक्षाको समय बिषयलाई एक पटक रिकल (दोहोर्‍याउनु) राम्रो हुन्छ । यसको लागि विषयवस्तुलाई आफ्नो रुचिअनुसार सरलढंगले कसरी हुन्छ याद गर्ने । पुरा मेहनत र लगनका साथ खेल भावनाले परीक्षा दिनुपर्छ । केहि छात्र-छात्राहरु परीक्षाको दौरान बढि तयारी गर्नको लागि निन्द्रा नलाग्ने किसिमको औषधि खान्छन्। जुन स्वास्थ्यको लागि राम्रो हुँदैन हानिकारक हुन्छ ।

खानपान

परीक्षाको बेला खानपान मा बिषेश ध्यान दिनुपर्छ । तारेको भुटेको, फास्टफुड खानु हुँदैन किन भने यसको सेवनले अल्छिपन ल्याउनुका साथै पेटपनि खराब हुने डर भईरहन्छ । समयमा हल्का, पौष्टिक, सुपाच्य सन्तुलित भोजन गर्ने । दुध, बादाम, मेवा, जुस आदि लिईरहने। हरियो साग सब्जि, सिजन अनुसारको फलफुलहरु बढि खाने । शुद्ध पानी प्रशस्त मात्रामा पिउने ।

गुलियो खानेकुरा चिया, कफि, कोक, फेन्टा, नखाने । नियमित रुपले व्यायाम गर्ने । परीक्षाको तनावसंग समन्वय गर्नको लागि लामो-लामो स्वास लिने, ध्यान र योगाभ्यास, कपालभाति, अनुलोमबिलोम गर्ने । सकारात्मक सोच तथा आत्मविश्वास कायम राख्ने । छात्र-छात्राहरुको आत्मविश्वासले नै उनीहरुको पर्फर्मेन्सको स्तरलाई श्रेष्टतम् बनाउन सक्छ । यि कुराहरुले पनि तनावलाई केहि हदसम्म कम गर्नमा मद्दत गर्दछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।