आजको दुनियाँमा मोबाइल नचालउने युवा–युवती कमै होलान्। जीवनको अभिन्न अंग बनेको छ मोबाइल। मोबाइल बिना एकछिन बस्न नसक्ने भइसकेका छन् मानिस। अझ स्मार्टफोन मान्छेका हातहातमा पुगेपछि विशेषगरी युवा–युवती त्यसैको दासजस्तो बनेका छन्। सुत्दा सिरानीमै राख्ने, हिँड्दा हातैमा बोकिरहने, साथीभाइ–आफन्त भेटघाटमा पनि मोबाइलमै झुन्डिरहने, रातभरि च्याट र सामाजिक सञ्जालमा भुलिरहने युवा–युवति कैयौँ छन्।

कुनै पनि कुराको ठिक्क प्रयोग फाइदाजनक हुन्छ भने अधिकप्रयोग हानीकार। त्यस्तै हरबखत स्मार्टफोनमै रमाइरहनेहरुले पनि स्वास्थ्य, जीवनशैलीसँगै सम्बन्धहरु बिगारिरहेका हुन्छन्। एक अन्तर्राष्ट्रिय अनुसन्धान अनुसार १८ देखि २९ वर्षसम्मका ६३ प्रतिशत युवा मोबाइल वा ट्याबलेटलाई बेडमा सँगै राखेर सुत्ने गर्छन्।

पछिल्लो समय युवाहरु रातभरि नसुत्ने, सुत्नेहरु पनि निदाउन नसक्ने र डिप्रेसन बढ्नेमा केही हदसम्म स्मार्टफोनको प्रभाव देखिएको अनुसन्धानले भनेको छ।हवार्ड मेडिकल स्कुलका प्राध्यापक डा. चाल्र्स ए सिजेइस्लरले एक अध्ययन मार्फत सेल फोन, स्मार्ट फोन र ट्याबलेटजस्ता उपकरणबाट निस्किएको कृत्रिम निलो प्रकाशले दिमागका न्युरोनलाई सक्रिय बनाउने र अधिकांश युवा रातमा सुत्न नसकेको खुलासा गरेका छन्।

‘नेचर साइन्स’मा प्रकाशित उनको अध्ययन अनुसार स्मार्टफोनममा अधिकांश समय युवा–युवती अनलाइनमा या सामाजिक सञ्जालहरुमा बिताउँदा डिप्रेसनजस्तो मानसिक रोगको शिकार हुने गरेका छन्। नयाँ–नयाँ उपकरणहरुले मानिसको दैनिकी सहज त भएको छ, तर अत्यधिक प्रयोगले समस्या पनि उब्जाएको छ।

निद्रा गायब

‘अर्गनाइजेनसनल बिहेभियर एन्ड ह्युमन डिसिजन प्रोसेस’को एउटा अनुसन्धान अनुसार राति ९ बजेपछि स्मार्टफोन चलाउने वा स्मार्टफोन मार्फत काम गर्ने व्यक्तिको निद्रा निकै कमजोर हुन्छ। स्मार्ट फोनमा लामो समयसम्म बस्दा हाम्रो दिमाग एकोहोरिने र दिमागले पर्याप्त मात्रामा मेलाटोनिन हर्मन (यसले निदाउन सहयोग गर्छ) उत्पादन गर्न नसक्ने अनुसन्धानले देखाएको छ। मेलाटिनिन उत्पादनमा बाधा पुगेपछि हामी पर्याप्त सुत्न सक्दैनौँ।

यौन जीवनमा असर

स्मार्ट फोनको कुलतमा फसेका मानिसको यौन जीवन सुखदायी नहुने अध्ययनहरुले देखाएका छन्। स्मार्ट फोनमा राति व्यस्त हुने जोडीले यौन क्रियाकलापलाई बिर्सिरहेका हुन्छन्। स्मार्टफोनमा आ–आफ्नो मन परेको भिडियो वा दृश्य हेर्दै मख्ख पर्दा या च्याटमा अरुसँग मात्र रामाउँदा कतिपय जोडीको सम्बन्धमा दूरी बढेको हुन्छ।

मोबाइलमा हरबखत गेम खेलेर बस्नेहरुले पनि आफ्नो पार्टनरलाई समय दिन नसक्ने भएकाले एकअर्कामा भावना आदानप्रदान समेत नहुने गरेको अध्ययनले देखाएको छ। अमेरिकामा कम्प्युटर इन ह्युमन बिहेभियर नामक अध्ययनमा ८९ प्रतिशत युवायुवतीले फोन र त्यसको भाइब्रेसनबाट आफ्नो यौन जीवन प्रभावित भएको बताएका थिए।

निस्क्रिय जीवनशैली

मोवाइलमा गेम खेल्ने, फिल्म तथा भिडियो हेर्ने र इन्टरनेट चलाउँदा मानिसको जीवनशैली निक्रिस्य र असामाजिक बन्दै गएको केन्ट स्टेट युनिभर्सिटीको अध्ययनमा उल्लेख छ। अध्ययन अनुसार दिनमा १२ घण्टाभन्दा बढी स्मार्ट फोनमा बिताउने विद्यार्थीको फिटनेसन शून्य थियो।

अध्ययनमा सहभागी मध्ये दुई घण्टा फोन प्रयोग गर्ने विद्यार्थीको शरीर भने निकै गठिलो र पुष्ट पाइएको थियो। स्मार्टफोनको प्रयोगले विशेषगरी किशोर–किशोरी र युवायुवतीलाई एक्लो बनाउनुका साथै समाजमा घुलमिल हुन नसक्ने बनाएको अध्ययनमा उल्लेख छ।

बढ्दो दुर्घटना

मोबाइल प्रयोगकर्तालाई मेसेजबाट पनि नराम्रो असर गरेको देखिएको छ। बाटोमा हिँडेको, भर्याङबाट झरेको, गाडीबाट उत्रिएको वा वाइकको पछाडि बसिरहेको बेला मोबाइलमा बजेको मेसेज टोनले ध्यानाकर्षण गरेर दुर्घटना हुने गरेका छन्। ड्राइभिङको समयमा उठाएका फोन वा तत्काल मेसेज हेर्नाले गर्दा सन्तुलन बिग्रिन गई दुर्घटना भएका उदाहरण पनि छन्।

ओहियो स्टेट युनिभर्सिटीले गरेको एक अध्ययनले सेलफोनकै कारण पैदलयात्रुको दुर्घटना दर बढेको जनाएको छ। त्यस्तै, एक सय ओटा अस्पतालमा गरिएको अर्को अध्ययनले स्मार्ट फोन प्रयोग गर्दा बाटोमा लडेर, पुलबाट खसेर, ठोक्किएर घाइते हुनेको संख्यामा वृद्धि भएको छ।

मानसिक रुपमा विक्षिप्त

आफ्नो फोन एकछिन नभेटिँदा वा हराउदा कति आत्तिनुहुन्छ? सम्भवत संसारकै सबैभन्दा बहुमूल्य वस्तु हराएजस्तो हुन्छ होला। किन मोबाइलप्रति हामी यस्तो आशक्ति देखाउँदैछौ? माबाइल सेक्युरिटी कम्पनी लुकआउटले गरेको एक अनुसन्धान अनुसार मोबाइल हराउने अधिकांश व्यक्ति ‘पेनिक’ हुने गरेका छन्। अध्ययनमा सहभागीमध्ये ७३ प्रतिशतले मोबाइल हराउँदा आफूलाई केही दिन सम्हाल्न असजिलो भएको बताएका थिए।

आफ्नो गोप्य तथ्यांकको खुलास, नयाँ किन्न लाग्ने खर्च, सुरक्षित राखिएका अभिलेखहरुको नष्ट आदि कारणले मानिसहरु मोबाइल हराउँदा चिन्तित हुने गरेको अधययनले देखाएको छ। त्यस्तै, बेलायतमा गरिएको एक अध्ययन अनुसार मोबाइल हराउने ६६ प्रतिशतलाई नोमोफोविया अर्थात् सेलफोन नहुँदा लाग्ने त्रासबाट पीडित भएको पाइएको थियो।

 

थप जानकारीः

होस गर्नुस है ! मोवाइलको अति प्रयोग स्वास्थ्यका लागि हानिकारक हुन्छ

आजको दुनियाँमा मोबाइल नचालउने युवा–युवती कमै होलान् । मानिसको दैनिक जीवनसंग सबैभन्दा आवश्यक बस्तु बनेको छ मोवाइल । संसारका मात्रै होइन नेपालका पनि करीब करीब ८० प्रतिशत मानिसहरुमा मोवाइलको पहुच छ । यो संख्या आउने बर्षमा अझ बढ्नेमा दुईमत छैन । तर यसको अति प्रयोग वा अव्यवस्थित प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक भएको अध्ययनहरुले देखाएको छ ।

अनुसन्धानकर्ताहरुले मोवाइलबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएसनले स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने बताएका छन् । त्यो के हो र यसको असरबाट कसरी जोगिने भन्ने बारेमा हामी यहाँहरुलाई केही जानकारी दिनेछौँ ।

सतर्कताका लागि के गर्ने त ?

१. मोबाइलल फोन कम्तिमा पनि २ देखि ७ इन्च पर राख्नुस् र कुरा गर्दा सकेसम्म लाउड स्पिकर मोडमा राख्नुस् । यसो गर्दा इलेक्ट्रोम्याग्नेटिक रेडियसनहरु मष्तिस्कमा जान पाउदैन ।

२. राती सुत्दा मोबाइललाई स्वीच अफ गरी करिव १.८ मीटर पर राख्नुस् ।

३. मोबाइल खल्तीमा राख्दा कि प्याडलाई आफूतिर फर्काएर राख्नुस् ताकि त्यसको एन्टिना तपाइदेखि पर होस् ।

४. गर्भवती हुँदा मोबाइल फोनको प्रयोग नगर्नुस् । किनकी यसको असर विकसित हुँदै गरेको बच्चामा इलेक्ट्रोम्याग्नेटिक रेडियसनले नराम्रोसंग असर गर्न सक्छ ।

५. धातुका कोठाहरु जस्तो कि गाडी, एलिभेटर, हवाइजहाज र रेल आदिमा मोबाइलबाट निस्कने रेडियसनको परिमाण बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल प्रयोग नगर्नुस् ।

६. इयरफोन, हेडसेटको प्रयोग नगर्नुस् किनभने यसबाट निस्कने रेडियसनको प्रभाव कान नजिक मोबाइल फोन ल्याँउदा हुने रेडियसनको प्रभाव भन्दा तीन गुणा बढी हुन्छ ।

७. पन्ध्र वर्ष भन्दा कम उमेर समुहका बालबलिकालाई मोबाइलफोन चलाउन नदिनुस् किनभने उनीहरुको बिकसित मस्तिष्कमा रेडियसनको धेरैनै नराम्रो प्रभाव पर्छ । अनुसन्धानकर्ताहरुले यो पनि भनेका छन कि क्यान्सरबाट हुने बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको क्यान्सर (ट्यूमर) भइसकेको छ र यसको हुनुको पछाडी मोवाइलको अव्यवस्थित प्रयोग हो ।

८. मोबाइल फोनलाई भर्खर जन्मिएका बच्चादेखि टाढा राख्नुस् बालबालिकाको तालु पातलो हुनेहुँदा रेडियसन उनीहरुको मस्तिष्कबाट छिटो प्रशारण भई मस्तिस्क क्यान्सरको संभावना बढाउछ ।

९. फोनलाइ पाइन्टको खल्तीमा सकेसम्म नराख्नुस यसले तपाईँको प्रजनन् क्षमता घटाउछ । मोबइललाइ मुटु नजिक पनि नराख्नुस् यसले मुटुको धड्कनलाई प्रभाव पर्छ ।

अनुसन्धानकर्ताहरु भन्छन तपाईँ फोनमा दुई मिनेट कुरा गर्दा तपाईँको मस्तिष्कको प्राकृतिक बिद्युतिय गतिबिधि एक घण्टा सम्म प्रभावित हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः